कराँची- पाकिस्तानको सिन्ध प्रान्तमा भएका तीनवटा बम विस्फोटबाट दुई सैनिकसहित चार जनाको मृत्यु भएको छ।
स्थानीय सञ्चार माध्यमका अनुसार सिन्धुदेश क्रान्तिकारी सेना नामको विद्रोही समूहले ती विस्फोटहरुको जिम्मेवारी लिएको छ।
एउटा विस्फोट सिन्ध प्रान्तकाे राजधानी कराँचीमा भएको थियो। उक्त आक्रमणमा एक सर्वसाधारण र अधैसैनिक बलका सदस्यसहित आठ जना घाइते भएका छन्।
अर्को विस्फोट घोट्की जिल्लामा भएको थियो‚ जसमा दुई सैनिकको ज्यान गएको थियो। तेस्रो विस्फोट सिन्ध प्रान्तकै लर्काना जिल्लामा भएको थियो, तर त्यहाँ भने कुनै क्षति पुगेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।