काठमाडौँ- सरकारले वैदेशिक रोजगारीमा विदेश जाने अनुमति दिने निर्णय गरेको छ। शुक्रबार बसेको कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट केन्द्र (सिसिएमसी)को बैठकले वैदेशिक रोजगारी र विदेश अध्ययन गर्न जाने विद्यार्थीले सबै प्रक्रिया पुरा गरी जान दिने निर्णय गरेको हो।
‘विदेश जान ठिक्क परेका जापान-कोरियालगायत खाडी मुलुक भएका श्रमिकलाई पठाउने हो,’ श्रम तथा रोजगार मन्त्री रामेश्वर राय यादवले भने, ‘अरु युवाहरुलाई पासपोर्ट बनाएर विदेश जान खुला गरेका होइनौँ।’
यसरी विदेश जान ठिक्क परेका श्रमिक र विद्यार्थी दुवैलाई प्रक्रिया पूरा गरी विदेश जान अनुमति दिने निर्णय केन्द्रले गरेको जानकारी मन्त्री यादवले दिए। यसरी विदेश जान सबै प्रक्रिया पुरागरी सकेका ३ देखि ४ हजार भएको यादवको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।