• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

'नेपालमा देखिएका ९० प्रतिशत कोरोना संक्रमित क्वारेन्टाइनमै बसेका व्यक्ति'

कल्पना पौडेल शुक्रबार, असार ५, २०७७  १५:४३
1140x725
बाँकेको नरैनापुरमा गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका व्यक्तिहरू। उनीहरु भारतबाट आएपछि क्वारेन्टाइन बसेका हुन्।

काठमाडौं- पछिल्लो समय क्वारेन्टाइनमा बसिरहेका मानिसको संख्या घटिरहेको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको छ। मन्त्रालयका अनुसार हाल क्वारेन्टाइनमा १ लाख १६ हजार २१५ जना व्यक्ति क्वारेन्टाइनमा छन्।

'नेपालमा हालसम्म देखिएका ७ हजार ८४८ कोरोना संक्रमितमध्ये ९० प्रतिशत क्वारेन्टाइन रहेका व्यक्तिहरु हुन्। जसमध्ये २२ जना संक्रमितको मृत्यु भएको छ भने  १ हजार १८६ जना संक्रमण मुक्त भएका छन्,' मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भने। नेपालमा देखिएका ९० प्रतिशत संक्रमित भारतबाट नेपाल आई क्वारेन्टाइनमा बसेका व्यक्ति रहेको उनको भनाइ छ। 

पछिल्लो समय सरकारले क्वारेन्टाइनमा बसेका १४ दिन पूरा भएका तर लक्षण नदेखिएका व्यक्तिलाई पिसिआर परीक्षण बिना डिस्चार्ज गर्ने नीति लिएसँगै क्वारेन्टाइनमा सबेका व्यक्तिको संख्या घटेको हो। जेठ २० गते मन्त्रालयले ‘नेसनल टेस्टिङ गाइडलाइन कोभिड-१९’ जारी गरी यस्तो नीति लिएको छ।

पिसिआर परीक्षणको लागि रिर्पोट आउन समय लागेमा क्वारेन्टाइनको पनि बसाई लम्बिन्छ तर आरडिटी परीक्षण गरेर मात्र घर पठाउने भएकाले अहिले क्वारेन्टाइनमा बस्ने मानिसको सख्ंया घटिरहेको हो।

संक्रमितको संख्या भने दिनप्रतिदिन बढिरहेको छ। यस्तो अवस्था मन्त्रालयले अवैज्ञानिक नीति लिएको भन्दै जनस्वास्थ्य विद्हरुले विरोध गर्दै आएका छन्। 

मन्त्रालयका प्रवक्ता डा गौतमले १४ दिन पुगेका तर लक्षण नभएका व्यक्तिले अरु संक्रमण सार्ने खतरा कम रहेको बताए। उनले भने, ‘क्वारेन्टाइनमा बसेका व्यक्तिहरु जहाँ बिचमा नयाँ व्यक्ति आएका छैनन्। बसेका व्यक्तिमा लक्षण देखिएको छैन भने आरडिटी गरेर पठाउन मिल्छ।’ 

पूर्व स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेतीले अहिलेको कोरोना परीक्षण दायरा पर्याप्त नभएको बताउँछन्। उनले आवश्यक व्यक्तिलाई परीक्षण नगर्ने तर अनावश्यक व्यक्तिको परीक्षण संक्रमण फैलन खतरा हुने बताए। उनले भने, ‘कोरोना नेपालमा देखिएपछि भएको लकडाउनका समयमा संक्रमण फैलन नदिन मन्त्रालयले पर्याप्त तयारी गर्नुपर्ने थियो। अहिलेको परीक्षण दायरा पर्याप्त हो कि होइन भन्ने पनि विश्लेष्ण गर्नुपर्छ।’

पूर्व जनस्वास्थ्य विद डा बाबुराम मरासिनीले सरकारले भद्रगोल क्वारेन्टाइन व्यवस्थित नगर्दा संक्रमितको संख्या बढेको बताए। उनले यस्तो अवस्थामा सरकारले क्वारेन्टाइनमा बसेका व्यक्तिको पिसिआर परीक्षण नगरी आरटिडी मात्र गरेर घर पठाउने नीति लिनु गल्ती भएको बताए।

Ncell 2
Ncell 2
nimb
nimb

पूर्व स्वास्थ्य सचिव उप्रेती र जनस्वास्थ्यविद् मरासिनी अहिलेको सरकारलेको अपरिपक्क र अवैज्ञानिक नीतिले समुदायमा संक्रमण अझ फैलन खतरा रहेको बताउँछन्।

सरकारले बनाएका मापदण्ड विपरीतका क्वारेन्टाइनबाटै समुदायमा संक्रमण फैलन सक्ने उनीहरुको संकेत छ। पछिल्लो समय क्वारेन्टाइनबाट आरडिटी मात्र गरी पठाइएका व्यक्तिलाई समेत पिसिआर पोजिटिभ देखिएको छ। भने केही संक्रमितले आरटिडी नेगेटिभ आएपछि घर पुग्दा स्वास्थ्यमा समस्या आउँदा ज्यान गुमाएका छन्। जसको मृत्युपछि गरिएको पिसिआर परीक्षण पोजिटिभ आएको छ। क्वारेन्टाइनमा मृत्यु भएका व्यक्ति पनि उपचारको अभावमा मृत्यु भएको खबर आइरहेको छ। 

मन्त्रालयले कति क्वारेन्टाइनमा मरे, कतिको मृत्युपछि पिसिआर परीक्षण भयो भन्ने विश्लेषण गरिरहेको स्वास्थ्य प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।

सरकारले हरेक क्वारेन्टाइन स्थलमा एक स्वास्थ्यकर्मी, एम्बुलेन्स २४ घण्टा तयारी अवस्था राख्ने कागजी व्यवस्था गरेको छ। तर, पछिल्लो समयमा नेपालका क्वारेन्टाइनको अवस्थाले सरकारको गैरजिम्मेवारीपन दर्शाइरहेको छ। तर, त्यहाँ चिकित्सक, एम्बुलेन्सको त कुरै छोडौँ, खाने, बस्ने व्यवस्था समेत  निकै दयनीय छ। 

Xtrem

Xtrem

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्व प्रवक्ता डा विकास देवकोटा सरकारले बनाएको मापदण्ड अनुसार क्वारेन्टाइन भएनभएको अनुगमन गर्ने, नभए सोही अनुसार गर्न सुरक्षा निकाय र स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताए। ‘नियमित अनुगमन गरी मापदण्ड कायम गराउन समस्या भएमा प्रदेश, स्वास्थ्य मन्त्रालयमा खबर गर्नुपर्छ। मन्त्रालयले त्यसको लागि आवश्यक समन्वय र सहयोग गर्छ। गर्नुपर्छ,’ उनले भने।

सरकारले आफैंले बनाएको मापदण्ड अनुसारका क्वारेन्टाइन बनाउन नसक्दा  क्वारेन्टाइनमा बसेका धेरै व्यक्तिमा संक्रमण देखिएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेठ ७ गते जारी गरेको ‘क्वारेन्टाइनमा रहेका व्यक्तिका लागि स्वास्थ्यसम्बन्धी व्यवस्था’मा त्यहाँ हुनुपर्ने विषय उल्लेख गरेको छ। जसमा क्वारेन्टाइनमा रहेका व्यक्तिहरूले पालना गर्नुपर्ने र क्वारेन्टाइनमा हुनुपर्ने स्वास्थ्य व्यवस्थासम्बन्धी १६ बुँदे व्यवस्था उल्लेख छ। 

क्वारेन्टाइनमा रहेका व्यक्तिले सम्बन्धित क्वारेन्टाइनबाट जारी गरेका आचारसंहिता अनिवार्य रुपमा पालना गर्ने र कोभिड-१९ को संक्रमणबाट जोगिनको लागि भौतिक दुरी कायम राख्ने, बेलाबेलामा साबुनपानीले धुने र मास्कको प्रयोग गर्ने व्यवस्था गरेको छ।

त्यसैगरी, क्वारेन्टाइनमा निम्न १६ स्वास्थ्य व्यवस्था हुनुपर्ने कागजी व्यवस्था सरकारले गरेको छ।

१. क्वारेन्टाइनमा हुनुपर्ने स्वास्थ्य व्यवस्थामा क्वारेन्टाइन स्थलमा प्रति सय जनासम्म लागि स्वास्थ्य सुरक्षा सामग्री सहित एक चिकित्सक(अन साइट÷अन कल), एक नर्स र एक प्यारामेडिक्स उपलब्ध हुनुपर्ने,

२. प्रत्येक क्वारेन्टाइनले स्थानीय कन्ट्याक्ट आइडेन्टिफिकेसन  र कन्ट्याक्ट टे«सिङ(सिआइसिटि) टिमको समन्वयमा स्वास्थ्य व्यवस्थापन गर्ने,

३. क्वारेन्टाइनमा  भएका व्यक्तिको कम्तिमा दिनको २ पटक  स्वास्थ्य परीक्षण गर्ने, आवश्यक परामर्श  दिने र आवश्यकता अनुरुप थप स्वास्थ्य सेवाको लागि रिफरको व्यवस्था मिलाउने, रिर्पोट गर्ने,

४. स्वास्थ्य सम्बन्धमा केही जटिलता भएमा नजिकको अस्पतालसँग समन्वय गरी उपचार व्यवस्था मिलाउने,

५. एम्बुलेन्सको सम्बन्धमा नजिकको स्वास्थ्य संस्था वा एम्बुलेन्स सेवासँग समन्वय गरी २४ घण्टा एम्ुबलेन्स सेवाको सुनिश्चिता गर्ने।

६. प्रत्येक क्वारेन्टाइनमा अनिवार्य रुपमा कम्तीमा एक केजी अक्सिजन सिलिण्डर उपलब्ध हुनुपर्ने ।

७. क्वारेन्टाइनमा रहेका बालबालिका, जेष्ठ नागरिक, गर्भवती सुत्केरी महिला तथा दिर्घरोगीहरुका लागि आवश्यक स्वास्थ्य सेवा तथा औषधिको व्यवस्था गर्ने,

८. क्वारेन्टाइन स्थलमा व्यक्तिगत सरसफाई सामग्री र प्राथमिक उपचार सामग्रीको व्यवस्था मिलाउने।

९. क्वारेन्टाइनमा कम्तिमा ३ जना सरसफाई गर्ने कर्मचारीको व्यवस्था मिलाउने, क्वारेन्टाइनमा डसबिनको व्यवस्था गर्ने तथा क्वारेन्टाइनबाट निस्किएको फोहरलाई तोकिएको मापदण्ड अनुरुप व्यवस्थापन गर्ने,

१०. कोभिड१९ को संक्रमणबाट जोगिनको लागि भौतिक दुरा कायम राख्ने, नुहाउन र हात धुनका लागि पर्याप्त सफा  पानी  तथा साबुनको व्यवस्था गर्ने, मास्कको वितरण गर्ने,

११. क्वारेन्टाइनमा खालि भए पश्चात २४ घण्टा सम्म प्रयोगमा नल्याउने र सफाई पश्चात मात्र प्रयोग गर्ने,

१२. क्वारेन्टाइन स्थलमा सफा खानेपानी तथा स्वस्थ खानेकुराको व्यवस्था तालिका अनुसार मिलाउने,

१३. एक खाट देखि अर्को खाटको बिच न्यूनतम दुरी कम्तिमा १ मिटरको हुनुपर्ने, आवश्यक अनुसार झुलको व्यवस्था गर्ने,

१४. भौतिक दुरी कायम राख्दै शारिरीक व्यायाम, मनोपरामर्श सम्बन्धि क्रियाकलाप सञ्चालन गर्ने,

१५. क्वारेन्टाइन स्थलमा प्रवेश गर्नुपर्ने अवस्थमा व्यक्तिगत सुरक्षा सामग्री अनिवार्य रुपमा लगाउने, 

१६. क्वारेन्टाइनमा रहने व्यक्तिहरुको क्वारेन्टाइनमा राख्नु पूर्व र क्वारेन्टाइनबाट जाँदा स्वास्थ्य अवस्था जाँच गर्ने र रिर्पोट गर्ने,

दिनानुदिन कोरोना संक्रमण बढ्दो छ यसले अबको दिनमा यसले स्वास्थ्य लगायत अन्य क्षेत्रमा पार्ने प्रभावको आँकलन गर्न सकिन्छ।

क्वारेन्टाइनमा भएका व्यक्तिलाई सरकारले पहिलो प्रथिकतामा राखेर जाँचको दायरा बढाउनुपर्छ। जाँँच भएका व्यक्तिको नतिजासमेत चाँडो दिने व्यवस्था गर्नुपर्छ।

जसबाट कुनै व्यक्ति संक्रमित भयो र उसलाई समयमा आइसोलेसनमा राख्न सकियो भने अरुलाई संक्रमण सर्ने दर कम हुन सक्छ।

बुधबार मात्र सरकारले कोरोना व्यवस्थापनमा १० अर्ब रुपैयाँ खर्च भएको बताएको थियो। तर कोरोना रोक्न बनाएका क्वारेन्टाइनहरुको अवस्था हेर्न हो सरकार आफैंले बनाएको मापदण्डको एक प्रतिशत पनि पूरा गरेको छैन।

प्रकाशित मिति: शुक्रबार, असार ५, २०७७  १५:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम
सम्बन्धित सामग्री
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछ: राष्ट्रपति पौडेल जितीया पर्वको अवसरमा आज उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै यस्ता पर्वले आपसी सहिष्णुताको भावन... शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात बुधबार, असोज २१, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट बुधबार, असोज २१, २०८३
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्