काठमाडौं–कोरोनाका कारण कतारमा समस्यामा रहेका ४३ नेपाली लिएर कतार एयरलाइन्स काठमाडौं आइपुगेको छ। उक्त जहाजमा कतारमा महिनौँदेखि अड्किएका २० शवसमेत छन्।
वैदेशिक रोजगार बोर्डका अनुसार कपिलवस्तु दोहनीका महमुद अलमान मुसलमान, सिरहाका रुपेशकुमार मण्डल, सर्लाही हरिवनका मुस्तक सैश , लमजुङका कुम्बा तामाङ, बाँकेका भक्तबहादुर थापा, मोरङका युवराज अधिकारीको शव ल्याइएको हो।
त्यस्तै सप्तरीका राजेन्द्रप्रसाद मण्डल, भोजपुरका मिनबहादुर थापा, भोजपुरकै मंगलबहादुर तामाङ, सुर्खेतका निरबहादुर कामी, बर्दियाका सुकराम थारु, सर्लाहीका अरुणकुमार पंजियार, महोत्तरीका शिवशंकर राउत, रुपन्देहीका यामबहादुर थापा, सर्लाहीका कसिन्द्र यादव, धनुषाका छुत्रवा मण्डल, सर्लाहीका मनोज पासवान, मकवानपुरका जितेन्द्र थापा मगर, सिरहाका कासिदेव यादव र महोत्तरीका अनिल चौधरीको शव पनि कतार एयरलाईन्सले ल्याइदिएको छ।
२० शवमध्ये ७ वटा शव विमानस्थलबाट परिवारले बुझ्ने र बाँकी १३ वटा बोर्डले घरसम्म पुर्याइदिने बोर्डले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।