• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

भौतिक पूर्वाधार विकासमा कुन प्रदेशको कति बजेट?

64x64
शिव बोहरा शुक्रबार, असार ५, २०७७  १२:३५
1140x725

काठमाडौं- केन्द्र सरकारले जेठ १५ मा संघीय बजेट प्रस्तुत गरेसँगै प्रदेश सरकारहरुले असार १ मा बजेट प्रस्तुत गर्ने व्यवस्था रहेको छ। त्यही अनुरुप प्रदेश सरकारहरुले केन्द्र सरकारको चार वटा शीर्षकमा दिने अनुदान, आन्तरिक स्रोतबाट आउने राजश्व लगायतलाई आधार मानेर बजेट ल्याएका छन्।

प्रदेश सरकारहरुले केन्द्र सरकारले जस्तै कोभिड १९ को असर न्यून गर्न स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर बजेट ल्याएका छन्। स्वास्थ्यपछि भौतिक पूर्वाधारको विकासलाई समेत प्राथमिकतामा राखेका छन्। त्यसैले यहाँ कुन प्रदेशले भौतिक पूर्वाधार कस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेका छन्, उल्लेख गरिएको छ।

सुदूरपश्चिम प्रदेश 
सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत खानेपानी गुरुयोजना, जलस्रोत गुरुयोजना लगायत विभिन्न गुरुयोजनाका लागि २ करोड ८५ लाख रुपैयाँ बजेट छुट्याइएको छ। यातायात सेवा विस्तारका लागि यातायात प्राधिकरण बनाई सुधारका लागि ६ करोड रुपैयाँ बजेट छ।

रणनीतिक महत्त्वको सडक निर्माणका लागि ४ अर्ब ७२ करोड रुपैयाँ बजेट छुट्याइएको छ। त्यस्तै सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश पूर्वाधार विकास कार्यक्रम अन्तर्गत समेत विभिन्न शीर्षकमा बजेट विनियोजन  गरेको छ।

कर्णाली प्रदेश 
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि सडक र यातायातको विकासका लागि ५ अर्ब ७९ करोड रुपैयाँ बजेट छुट्याइएको छ। स्थानीय तहको केन्द्रदेखि जिल्ला सदरमुकामसम्मको सडक पहुँच नभएका स्थानमा सडक निर्माणलाई प्रथमिकता दिएर कार्यान्वयन गर्न १५ करोड रुपैयाँ बजेट रहेको छ।

त्यस्तै, प्रदेश सरकारबाट सञ्चालित जनता सडक कार्यक्रमलाई १ अर्ब ४२ करोड रुपैयाँ विनियोजन गरिएको छ। अन्य विभिन्न शीर्षकमा पूर्वाधार विकासका लागि बजेट छुट्याइएको छ।

प्रदेश ५ 
प्रदेश ५ ले भौतिक पूर्वाधार विकासका लागि आगामी आर्थिक वर्षमा १५ अर्ब २ करोड २४ लाख रुपैयाँ बजेट विनियोजन भएको छ। पूर्वाधारको विकास गर्दै रोजगारी सिर्जना गर्ने गर्ने लक्ष्य समेत बजेटले लिएको छ।

पूर्वाधार विकास अन्तर्गत प्रदेश ५ ले खानेपानीदेखि पुल निर्माणसम्मलाई समेटेको छ। झोलुङ्गे पुल निर्माणका लागि आगामी आर्थिक वर्षका लागि १४ करोड ३४ लाख रुपैयाँ छुट्याइएको छ। प्रदेशका १२ वटा जिल्लाका नयाँ तथा निर्माणाधीन सडकका लागि १ अर्ब ४३ करोड रुपैयाँ विनियोजन गरिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्डमा वर्षेनी हुने दुर्घटनाको जोखिमलाई न्यून गर्दै वैकल्पिक मार्ग बनाई यातायात सञ्चालन गर्न १५ अर्ब ५० करोड रुपैयाँ बजेट छुट्याइएको छ। त्यस्तै प्रदेश सरकारले अन्य विभिन्न आयोजनालाई उच्च प्राथमिकता दिएर बजेट छुट्याएको छ।

गण्डकी प्रदेश
प्रदेश गौरवका सडक, एक निर्वाचन क्षेत्र एक सडक, रणनीतिक महत्वका सडक,  स्थानीय तहका केन्द्र जोड्ने सडक र विभिन्न सडक निर्माण कार्यक्रमलाई निरन्तरता दिइएको छ। यस कार्यक्रमका लागि ६ अर्ब १७ करोड ३ लाख विनियोजन भएको छ।

सञ्चालनमा रहेका विभिन्न सडकलाई मर्मत सम्भार गरी सञ्चालन २४ करोड ५५ लाख रुपैयाँ छुट्याइएको छ।

ठूला नदीमा नवीन प्रविधिको प्रयोग गर्दै पुल निर्माण गर्ने कार्यलाई निरन्तरता दिइने बजेटमा उल्लेख छ। आगामी दुई वर्षभित्र प्रदेश लोकमार्ग र अन्य सडकमा क्रमागत १ सय ४४ पुल निर्माण गर्न र नयाँ ६३ वटा पुल अध्ययन गरी सुरू गर्न आगामी वर्षका लागि १ अर्ब २५ करोड ६२ लाख रुपैयाँ बजेट छ।

नेपाल सरकारसँगको सहकार्यमा बृहत पोखरा चक्रपथ, भिमाद–डेढगाउँ–अरुणखोला सडक, शालिग्राम करिडोर र आरुघाट–सिर्दिबास–रूइला भन्ज्याङ सडकको निर्माण कार्यलाई निरन्तरता दिइएको छ। यो कार्यक्रममा १६ करोड २० लाख रुपैयाँ रहेको छ। त्यस्तै, गण्डकी प्रदेशले अन्य विभिन्न आयोजनाका लागि बजेट छुट्याइएको छ।

बागमती प्रदेश 
बागमती प्रदेशले प्रदेश गौरवको रुपान्तरणकारी योजनाको रुपमा रहेको पोष्टबहादुर बोगटी सुरुङमार्ग (भिमफेरी–कुलेखानी) को निर्माण गर्न संघीय सरकारसँग सहकार्य गरी आगामी चार वर्षमा निर्माण गर्ने लक्ष्य राखिएको छ। आगामी आवमा भैंसे–भिमफेदी र कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक खण्डलाई दुई लेनको बनाइने भएको छ।

मुख्यमन्त्री सडक कार्यक्रम अन्तर्गत नजिकैका कालोपत्रे सडकबाट स्थानीय तहहरुको केन्द्र जोड्ने सडकहरु पाँच वर्षमा स्तरोन्नति गरिने बजेटमा उल्लेख छ। पुष्पलाल प्रदेश चक्रपथ (रामेछाप–दोलखा, काभ्रेपलान्चोक–सिन्धुपाल्चोक–रसुवा–नुवाकोट–धादिङ–चितवन–मकवानपुर–सिन्धुली–रामेछाप) को विभिन्न खण्डको सम्भाव्यता अध्ययन र निर्माणका लागि बजेट व्यवस्था गरिएको उल्लेख छ।

त्यस्तै काठमाडौं उपत्यका काँठका सडक सञ्जाल जोडी काठमाडौं उपत्यका काँठ चक्रपथको रुपमा विकास गर्न सम्भाव्यता अध्ययन भएको र बाँकी स्थानको अध्ययन गरी निर्माण कार्य आगामी आवमा थालिने बजेटमा उल्लेख छ। प्रदेश सरकारले प्रदेशको सन्तुलित विकास गर्न प्रदेश पूर्वाधार विकास कार्यक्रमका लागि १ अर्ब ९८ करोड रुपैयाँ बजेट छुट्याइएको छ। अन्य विभिन्न शीर्षकमा समेत पूर्वाधार विकासका लागि बजेट विनियोजन गरिएको छ।

प्रदेश २ 
प्रदेश सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा एक नाला सहितको २ लेनको कालोपत्रे ५ किलोमिटर सडक निर्माण गरिने र त्यस्ता ६४ वटा सडकका लागि ६७ करोड २० लाख रुपैयाँ बजेट छुट्याइएको छ। प्रदेशमा खानेपानी, ढल तथा सार्वजनिक शौचालय निर्माणका लागि ३२ करोड ३५ लाख रुपैयाँ विनियोजन भएको छ।

त्यस्तै सप्तरीदेखि पर्सासम्मको मधेसी सहिद राजमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गर्न तीन करोड बजेट छुट्याइएको छ। सडक पुल निर्माणका लागि २६ करोड ७५ लाख र वातावरणीय सरसफाइका लागि १ करोड ९५ लाख रुपैयाँ विनियोजन गरिएको छ। त्यस्तै प्रदेशमा अन्य सडक, नदी नियन्त्रणलगायत शीर्षकमा बजेट छुट्याइएको छ। 

प्रदेश १ 
प्रदेश १ सरकारले पूर्वाधार तथा यातायात विकासका लागि आगामी आर्थिक वर्षमा ८ अर्ब ७४ करोड रुपैयाँ खर्च गर्ने भएको छ। असार १ मा ल्याइएको प्रदेश बजेटमा पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राखिएको छ। 

प्रदेश पूर्वाधार विकास कार्यक्रलाई २ करोड र प्रदेश सभा समस्याको सिफारिसमा आयोजना कार्यान्वयनका लागि थप १ करोड रुपैयाँ बजेट दिइएको छ। बहुवर्षीय सडक र मुख्यमन्त्री ग्रामिण सडकका लागि आगामी आवमा ५ अर्ब २१ करोड २३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। त्यस्तै सडक पुल र झोलुंगे पुल निर्माणका लागि १ अर्ब ३५ करोड रुपैयाँ छुट्याइएको छ। प्रदेश १ ले यी लगायत विभिन्न आयोजनाका लागि बजेट विनियोजन गरेको छ।

प्रकाशित मिति: शुक्रबार, असार ५, २०७७  १२:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
रसुवा-नुवाकोटका सडक सम्पर्क पुनर्स्थापित गर्न भारतद्वारा तीन बेलिब्रिज सहयोग भारत सरकारको सहयोगमा प्राप्त प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज शनिबार सडक डिभिजन कार्यालय हेटौंडालाई हस्तान्तरण गरिएको हो। भारतीय दूतावा... शनिबार, भदौ २७, २०८३
भदौभित्रै कृष्णभीरमा यातायात सञ्चालन गर्ने गरी काम तीव्र कृष्णभीरमा पहाड काटेर करिब २५० मिटर नयाँ ट्रयाक निर्माण गर्न १० वटा मेसिन र ३० जना कर्मचारी खटाइएको छ। बिहीबार, भदौ २५, २०८३
भोटेकोशी बाढीपछि पुनर्निर्माणमा सवा ७ खर्ब लाग्ने, ऊर्जामै ३ खर्ब ९० अर्ब राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्ष... बिहीबार, भदौ २५, २०८३
ताजा समाचारसबै
नक्कली ब्लुबुक बनाउने व्यक्ति ४ राउण्ड गोली लोड भएको पेस्तोलसहित पक्राउ सोमबार, असोज ५, २०८३
कास्कीमा एक महिनामै ५६ जना फरार प्रतिवादी पक्राउ सोमबार, असोज ५, २०८३
कार्टुन सोमबार, असोज ५, २०८३
रुसमाथि युक्रेनको एक हजारभन्दा बढी ड्रोन हमला, मस्कोमा ठूलो क्षति सोमबार, असोज ५, २०८३
सिटीको विजयी यात्रा कायमै, युनाइटेड हारबाट जोगियो सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्