काठमाडौं-शुक्रबार साउदी र युएईबाट ३ सयभन्दा बढी नेपाली स्वदेश आइपुगेका छन्। साउदीबाट हिमालय एयरलाइन्समार्फत् १५४ र युएईबाट नेपाल एयरलाइन्समार्फत् १४८ नेपाली स्वदेश फर्किएका हुन्।
युएईबाट स्वदेश फर्कनेमा १ सय १ महिला र ४७ पुरुष रहेको दूतावासले जनाएको छ। १ सय १ महिलामध्ये गर्भवती, बिरामी र जेष्ठ नागरिकसमेत रहेको उल्लेख छ।
त्यस्तै आजै कतार, कुवेत र माल्दिभ्सबाट पनि नेपालीहरु स्वदेश फर्कँदै छन्। माल्दिभ्सबाट १५० नेपाली स्वदेश फर्कँदैछन्। कतार र कुवेतबाट फर्कनेको संख्या यकिन गरिएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।