काठमाडौं–कतारमा महिनौैंदेखि अड्किएका २० वटा शव आज स्वदेश ल्याइने भएको छ। कतार एयरलाईन्समार्फत् २० वटा शव ल्याउन लागिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।
वैदेशिक रोजगार बोेर्डका अनुसार कपिलवस्तु दोहनीका महमुद अलमान मुसलमान, सिरहाका रुपेशकुमार मण्डल, सलार्ही हरिवनका मुस्तक सैश , लमजुङका कुम्बा तामाङ, बाँकेका भक्तबहादुर थापा, मोरङका युवराज अधिकारीको शव आउँदैछ ।
त्यस्तै सप्तरीका राजेन्द्रप्रसाद मण्डल, भोजपुरका मिनबहादुर थापा, भोजपुरकै मंगलबहादुर तामाङ, सुर्खेतका निरबहादुर कामी, बर्दियाका सुकराम थारु, सर्लाहीका अरुणकुमार पजियार ,महोत्तरीका शिवशंकर राउत, रुपन्देहीका यामबहादुर थापा, सर्लाहीका कसिन्द्र यादव, धनुषाका छुत्रवा मण्डल, सर्लाहीका मनोज पासवान, मकवानपुरका जितेन्द्र थापा मगर, सिरहाका कासिदेव यादव र महोत्तरीका अनिल चौधरीको शव पनि कतार एयरलाईन्सले ल्याउँदैछ।
२० शवमध्ये ७ वटा शव विमानस्थलबाट परिवारले बुझ्ने र बाँकी १३ वटा बोर्डले घरसम्म पुर्याइदिने उल्लेख छ। यसअघि पनि वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएकाहरुको शव बोर्डले निःशुल्क ढुवानी गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।