• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

लकडाउन खुकुलो बनाउने विषयमा के भन्छन् जनस्वास्थ्यविद्?

64x64
शिव बोहरा मंगलबार, जेठ २७, २०७७  २०:२७
1140x725

काठमाडौं- सरकारले कोरोना भाइरसको नियन्त्रणका लागि लकडाउन सुरु गरेको तीन महिना पुग्न केही दिन मात्र बाँकी छ। यो अवधिमा सरकारले प्रभावकारी रुपमा नियन्त्रणका लागि गर्नुपर्ने काम गरेको पाइदैन। यसको प्रमाण पछिल्लो समय बढ्दै गएको संक्रमितको संख्या हो। नेपालसँगै लकडाउन गरेको न्यूजिल्यान्डले कोरोना संक्रमण शून्य घोषणा गरेर लकडाउन हटाएको छ।

तर नेपालको परिस्थिति भने फरक छ। संक्रमितको संख्या बढेको हेर्दा लकडाउन थप कडा गर्नुपर्ने छ। आम नागरिकमा धैर्यता टुट्दै गएको देखिन्छ। मध्यम तथा न्यून आय भएका व्यक्ति र व्यवसायीहरु स्वतस्फूर्त रुपमा निस्किएका छन्। उनीहरू व्यवसाय सञ्चालन गर्न थालिसकेका छन्। जीवन निर्वाहका लागि व्यवसाय आवश्यकसमेत भइसकेको छ।

सरकारले पनि जनचाहना अनुरुप लकडाउनलाई खुकुलो बनाउनुपर्ने बाध्यात्मक आस्थामा पुगेको छ। त्यसैलेको फलस्वरुप प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार दुई दर्जन बढी विज्ञलाई बोलाएर लकडाउन खुकुलो पार्ने मोडालिटीका बारेमा छलफल गरेका थिए। त्यस्तै कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले समेत विभिन्न चरणमा छलफल गरिरहेको छ। 

यद्यपि सरकार ठोस निर्णयमा पुग्न भने सकेको छैन। यसै सन्दर्भमा नेपाल लाइभले लकडाउन खुलुलो बनाउँदा हुँदा कस्त असर पर्छ? कसरी र कुन मोडालिटीमा खुकुलो बनाउनु उपयुक्त हुन्छ? भन्ने विषयमा हामीले स्वास्थ्य क्षेत्रका केही विज्ञहरुसँग कुराकानी गरेको छौं। उनीहरुको भनाइ उनीहरुकै शब्दमा:

तत्काल खुकुलो बनाउने अवस्था छैन : डा लोचन कार्की 
अध्यक्ष, नेपाल चिकित्सक संघ

लकडाउन खुकुलो पार्ने नपार्ने भन्दा पहिलो अर्थतन्त्रमा परेको प्रभावको विषय जटिल रुपमा आएको छ। ल्कडाउनलाई खुकुला पार्नुपर्ने दबाब चौतर्फी रुपमा आएको छ। मानिसहरु कामबिहीन हुँदा आत्महत्या गर्नेसम्मको अवस्था सृजना हुँदैछ। 

भारतबाट नागरिकहरु आउने क्रम जारी नै रहेकाले संक्रमण बढ्ने सम्भावना छँदैछ। अब हामीले डब्लुएचओको गाइडलाइन अनुसार लकडाउनलाई सहज बनाउनेतर्फ सोच्नुपर्छ। पहिलो कुरा संक्रमण  दर घट्दै गएको हुनुपर्छ। तर देखिदैन। त्यसैले लकडाउन खुकुलो पार्दा बिरामी बढ्ने भएकाले अस्पताल तथा क्वारेन्टाइट बढाउनु पर्छ। 

लकडाउन खुकुलो बनाउँदा काम गर्ने ठाउँहरु, फ्याम्ट्रीहश्र खुल्ने भएकाले मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने जस्ता कुराहरु अवलम्बन गर्नुपर्छ। १ सय जनाले काम गर्ने ठाउँमा ३३\३३ जनाको सिफ्टमा काम गर्ने व्यवस्था समेत मिलाउन सकिन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

आम मानिसमा पनि कोरोना भाइरसबाट बच्ने उपायबारे राम्रो ज्ञान हुनु पर्दछ। त्यसका लागि सरकार तथा अन्य निकायहरुले मास्क अनिवार्य गर्ने, सामाजिक दूरी कायम गर्ने, हात धुने कुराको पालनामा गर्न प्रेरित गर्नुपर्छ। 

तत्कालै हाम्रो परिस्थितिअनुसार खुकुलो बनाउने अवस्था भने छैन। डब्लुएचओले पनि संक्रमणको संख्या घट्न थालेपछिमात्र खुकुलो पार्न सकिने बताएको छ। तर हाम्रोमा संख्या बढ्दै गइरहेको छ। यद्यपी सधैँभर लकडाउन गर्ने अवस्था भने छैन। हाम्रो देशमा बिरामी देखिएकामा समस्या कम भएको, मृत्युदर तुलनात्मक रुपमा न्यून रहेकाले जनजीवन सहज बनाउन लकडाउन खुकुलो बनाउन सकिन्छ। तर त्यसका लागि स्वास्थ्य सम्बन्धी मापदण्ड भने कडाइका साथ पालना जरुरी छ। 

सार्वजनिक सवारी चल्दा कसरी चलाउने? कति जना बस्न मिल्ने? मोटरसाइकलमा एक जनामात्र दिने हो वा दुईजना नै चढ्न दिने लगायतका विषय स्पष्ट हुनुपर्छ। अनुगमनलाई प्रभावकारी बनाउनुपर्छ। संक्रमित बढ्ने पक्का जस्तै भएकाले त्यसका लागि आवश्यक तयारी गर्नुपर्छ। 

डाक्टर तथा स्वास्थ्य कर्मचारीहरु नै संक्रमित हुन थालेकाले हस्पिटलनै सिल भइरहेका छन्। हस्पिटलहरुमा भीडभाड नियन्त्रण गर्न डाक्टर अप्वाइन्टमेन्टलाई समयतालिका बनाइ भिड नहुने गरी व्यवस्थित बनाउनु पर्छ। त्यसै गरि विदेशबाट आउनेहरुलाई जाँच गर्ने, उनीहरुलाई व्यवस्थापन गर्ने, आउन सक्ने जोखिमताई बहन गर्न सक्ने तयारी गरेर मात्र लकडाउन खुकुलो बनाउन सकिन्छ। 

Xtrem

Xtrem

परीक्षण र उपचारमा स्पष्ट नीतिका साथ लकडाउन खुकुल्याउनु उपयुक्त : डा अनुप सुवेदी, सरुवा रोग विशेषज्ञ
लकडाउन अनियन्त्रित रुपमा खुल्ने डर बढेको छ। यसरी लकडाउन खुल्दा संक्रमितको संख्या बढ्ने निश्चित छ। अवस्था नियन्त्रणबाहिर जानुअघि नै सरकारले निश्चित मोडेल तय गर्नुपर्छ। खोल्नैपर्ने प्राथमिकताका क्षेत्र निर्धारण गर्नुपर्छ।

क्षेत्र निर्धारण गरेपछि कार्यक्षेत्र सुरक्षित बनाउने कसरी? यस विषयमा तयारी थाल्नुपर्छ। विशेषगरी काम गर्ने ठाउँ रिडिजाइन गर्नुपर्छ। त्यहाँ सामाजिक दूरी आवश्यक पर्ला । हात धुने वा सेनिटाइज गर्ने व्यवस्था मिलाउनुपर्ला। 

सार्वजनिक बस चलाउने हो भने यात्रु ओर्लेपछि त्यसलाई संक्रमणरहित बनाइनुपर्छ। यसका लागि सरकारले एउटा गन्तव्यको त्यस्तो ठाउँको व्यवस्था गर्नुपर्छ। त्यसका लागि जनशक्ति आवश्यक हुन्छन्। उनीहरुलाई तालिम आवश्यक हुन्छ।

अहिले लकडाउन खोल्नुपर्दा संक्रमणको अवस्थालाई ध्यान दिनुपर्छ। त्योसँगै अर्थतन्त्रको चिन्ता छ। यसका लागि कृषि, सानो उद्यम व्यवसाय र कमजोर आय भएकाहरुको रोजीरोटीलाई प्राथमिकता दिनुपर्छ। 

लकडाउन खुल्नुअघि हाम्रो सामाजिक व्यवहार परिवर्तन जरुरी हुन्छ। यसका लागि सरकारले नागरिकलाई सचेत गर्ने गर्नुपर्छ। सामाजिक व्यवहार भनेको मास्क अनिवार्य लगाउने, दूरी कायम गर्ने, हात धुने आदि हुन्। 

जहाँसम्म उपत्यकाको कुरा छ। हेर्दा कम संक्रमित देखिएपनि यो भित्रभित्रै फैलिएको हुन सक्छ। लक्षणविहीन संक्रमित हुन सक्छन्। अर्थतन्त्रका लागि उपत्यका महत्वपूर्ण क्षेत्र हो। त्यसैले यहाँको लकडाउन खोल्दा होसियारी पनि उत्तिकै जरुरी हुन्छ। 

परीक्षणको संख्या बढाउने भनिएको छ तर दायरा खुम्चिएको छ। लकडाउन खुल्नेबित्तिकै संक्रमण बढ्ने विषयमा हामीले सचेत हुनुपर्छ। त्यो अनुसारको तयारी गर्नुपर्छ। परीक्षणदेखि उपचारमा स्पष्ट नीति लिएर लकडाउन खुकुलो बनाउनु उपयुक्त हुन्छ।

हरेक साता खुकुलो बनाउँदै लैजानुपर्छ : डा समिरमणि दीक्षित, जनस्वास्थ्य विज्ञ
लकडाउन खुकुलो बनाउन सबैभन्दा पहिले त परीक्षण नै बढाउने हो। तर हाम्रो सरकारले अपेक्षाकृत रुपमा परीक्षण बढाउन सकेको छैन। तथापि स्वास्थ्यका मापदण्ड पुरा गरेर लकडाउनलाई खुकुलो बनाउनुको विकल्प हामीसँग छैन। लकडाउन कडा बनाइ रहने हो भने कोभिड १९ ले भन्दा अन्य रोगले धेरै मानिस मर्ने अवस्था नआउला भन्न सकिन्न। 

न्यूजिल्यान्डले ६ प्रतिशत जनसंख्याको परीक्षण गरेर संक्रमण शून्य घोषणा गर्दै लकडाउन हटाएको छ। तर हाम्रो सरकारले त्यस्तो गर्न सक्दैन भन्ने त देखिसकेको छ। यद्यपी बाहिरबाट आएकालाई निगरानी गर्दै संक्रमितको संख्या धेरै भएको ठाउँ र कम भएको ठाउँलाई छुट्याएर कम भएका ठाउँमा खुकुलो बनाउने तर्फ लाग्नुपर्छ। 

संक्रमितको संख्या कम भएका वा नभएका ठाउँमा अत्यावश्यक बाहेकका अन्य व्यवसायित तथा सेवा क्षेत्रहरु खुलाउने तर्फ जानुपर्छ। बन्द कोठामा हुने बाहेकमा खुल्ला स्थानमा हुने कामहरुमा स्वास्थ्य मापण्ड अपनाएर सहज रुपमा चलाउँदा फरक पर्दैन। मानिसहरुलाई मर्निङवाक गर्न दिनुपर्छ। सधैँ लकडाउन भनेर घरमै राखिरहने हो भने कोभिड भन्दा अन्य रोगले धेरै मानिसको मृत्यु हुने अवस्था आउनेछ।

स्वास्थ्य मापदण्ड अपनाएर मोटरसाइकल तथा साइकल चलाउन दिनुपर्छ। मास्क लगाएर,  व्यक्तिगत दूरी कायम गरेर खुल्ला ठाउँ भएका कार्यस्थललाई सहज रुपमा सञ्चालन गर्न दिनुपर्छ। मानिसहरुलाई हात धुने चेत वृद्धि गर्नुपर्छ। आन्तरिक हवाइ सेवा विस्तारै खोल्नेतर्फ तयारी गर्नुपर्छ। विद्यायलहरु भने अझै २ महिनाजति खोल्नु हुँदैन। स्कुलहरुमा बन्द कोठाभित्र पढाइने भएकाले संक्रमणको जोखिम धेरै हुन्छ। 

मानिहरुले काम गर्न नपाएर आवश्यकता पूरा गर्न नसक्ने अवस्था सिर्जना भएर आत्महत्या गर्न थालिसकेका छन्। त्यसैले आर्थिक गतिविधि बढाउने तर्फ सोच्नुपर्ने भइसकेको छ। लकडाउन खुकुलो बनाएर काम गर्ने सहज वातावरण नबनाउने हो भने विद्रोह समेत हुनसक्छ। सरकारले ३ सातामा खुकुलो पार्ने चरणहरु बनाउने बताएको छ। अब ३ साता होइन हरेक सातामा खुकुलो पार्ने क्रम बढाउँदै जानुपर्ने आवश्यकता भइसकेको छ।

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०७७  २०:२७
  • #Novel Corona Virus

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात बुधबार, असोज २१, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट बुधबार, असोज २१, २०८३
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्