• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

विलासी सरकारका 'अभिशप्त' नागरिक

केशवी जोशी शनिबार, जेठ २४, २०७७  १५:१४
1140x725

क्वारेन्टाइनको अभाव र त्यसको व्यवस्थापन गर्न नसक्ने निर्क्योलमा सरकार पुगिसकेको छ। स्वास्थ्य संकटकाल घोषणा गर्ने अवस्थामा सरकार पुगेको छ। यसले कोरोना नियन्त्रणभन्दा बाहिर जान लागेको हो कि भन्ने त्रास नागरिकमा पारेको छ। तर, सरकार अझै पनि विलासिताका वस्तु उपभोग गर्न लमतन्न छ। 

भेन्टिलेटर, पिपिई, स्यानिटाइजर, मास्क र ग्लोब्स अभावमा अस्पताल र स्वास्थकर्मी तड्पिरहेका छन्। यसको प्रत्यक्ष असर स्वास्थ्यकर्मी र बिरामीलाई नै पर्ने हो। क्वारेन्टाइनमा सुरक्षा दिने सुरक्षाकर्मी बिना सुरक्षा ड्युटीमा छन्। क्वारेन्टाइनमा ठाउँ नभएपछि खुला आकासमुनी बास छ। आइसोलेसन नभएपछि कोरोना संक्रमितलाई भैसीको गोठमा राखिएकाे छ। कोरोना संक्रमितको संख्या ३ हजार हाराहारीमा पुगिसक्यो र मर्नेको संख्या एक दर्जन पुगिसक्यो । जसकारण पनि नागरिक झन् तनावमा पिल्सिएका छन्। खाद्यान्न अभाव छ। सरकार भने आफ्नो वाहीवाही खोज्दै हिँडेको छ। बौलाउनु भन्दा मर्नु बेस भन्दै जनता कोरोनाको डर भन्दा पनि भोक डरले काममा निस्कन थालेका छन्। 

सरकार आफ्नै मोजमस्तीमा चुर्लुम्म डुबेपछि जनतामा सरकारप्रतिको निराशा मौलाउनु नौलो होइन। सरकारको रवैया देखेर आम मानिस हतोत्साहित हुनु पनि नौलो रहेन। राष्ट्रपति कार्यालयमा करिब २ करोडमा गलैँचा र सजावटका सामान फेरिँदै छ। विदेशमा अलपत्र परेका नेपालीलाई स्वादेश ल्याएर क्वारेन्टाइनमा राख्ने व्यवस्थामा खर्चेको भए, जनताका लागि साच्चै अभिभावक बन्न सकेको भए राष्ट्रपतिको गरिमा कति माथि पुग्थ्यो होला। 

मन्त्री निवाासमा लगभग १ करोडको जिमखाना बन्दै छ। उता, जनता पानीसमेत नपाएर तड्पिरहेका छन्। कोरोनाको माहामारी न फैलिएको भए जनताले यस्ता समाचार पढ्ने थिएनन्। र, यसमा विरोध गर्ने थिएनन्। तर, यतिबेला उक्त रकमले जनतालाई राहत दिने काममा खर्च गर्नुको साटो सरकारलाई विलासिताले कहिलै वाक्क लाग्दैन। गुण जति खाए पनि गुलियै मात्र लाग्ने मानिसका इन्द्रियले काम नगरेको भन्ने गरिन्थ्यो गाउँघरमा। यो सरकारलाई जनताको पीडाले पोल्दैन। भ्रष्टाचार र विलासिताले वाक्क लाग्दैन। प्रश्न उठेको छ- यो सरकारको अग्रभागमा रहेका मानिसका इन्द्रिय त ठिकै छन्?

लकडाउनको सुरुको अवस्थामा बाँडिएको राहत उहिल्यै सकियो। अहिले भोकै रहने अवस्था छ। पुनः राहत वितरणको नाम उच्चारण सुन्न चाहँदैन सरकार।

दैलेखमा आरडिटी पोजेटिभ आएपछि अस्पताल लगिनुपर्ने बिरामीलाई भैंसीको गोठमा राखिएको छ। दैलेखलगायत देशका विभिन्न जिल्लामा कोरोना संक्रमित बिरामीले बस्ने ठाँउ समेत पाएका छैनन्। आरडिटी र पिसिआर समेत पोजिटिभ देखिएका बिरामीलाई क्वारेन्टाइनबाट अलग बस्न नलगेको भन्दै क्वारेन्टाइनबाट भागेका समाचारहरु सबै तिरबाट आईरहेका छन्। सरकारले कोरोना रोकथामको लागि सम्मपूर्ण तयारी भइरहेको रटान लगाउन थालेको १०० दिन उहिल्यै कटिसक्यो।

'कोरोना नेपाल पस्दैन र पसे पनि जनताभन्दा पनि आफूहरु सुरक्षित नै रहने' विश्वासमा सरकार ढुक्क थियो। सरकारले किन जनताहरुको बारेमा सोचेनन्? यतिबेला, सरकारमा महामारीका बेला चाहिने दुरदर्शिताको अभाव खड्किएको छ। कोरोना महामारीबाट बच्नका लागि सरकारले लम्ब्याउँदै गएको लकडाउनले जनता आक्रान्त छन्। उनीहरुले रोजगारी गुमाएका छन्।

लकडाउनको सुरुको अवस्थामा बाँडिएको राहत उहिल्यै सकियो। अहिले भोकै रहने अवस्था छ। पुनः राहत वितरणको नाम उच्चारण सुन्न चाहँदैन सरकार।एकातिर, हात मुख जोड्न धौधौ भएपछि मानसिक पिडामा छटपटाएका नागरिक देखेर सरकारको छाती पोल्दैन। कामका लागि विदेशिएका नेपालीहरु विदेश र स्वदेश फर्केर पनि कोरोना पोजिटिभ देखिएका र मृत्यु भएका घट्नाले तिनीहरुका परिवार विक्षिप्त अवस्थामा छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

दुरदराजमा क्वारेन्टाइनमा सुरक्षा दिरहेका सुरक्षाकर्मीको अनुहारमा मास्कसमेत छैन। आफै किन्नका लागि मास्क पाइँदैन, सरकारका आँखाले त्यो देख्दैन। कोरोना परीक्षण गर्ने ल्याबका कर्मचारीलाई पिपिई र ग्लोब्स छैन। कोरोना संक्रमितले पिउने पानी पाउन हम्मे छ। दिन दोगुणा र रातको चौगुणाका हिसाबले कोरोना संक्रमितको संख्या बढिरहेको छ। कसैले सन्तान गुमाउँदैछन्, कोही अभिभावक गुमाउँदैछन्। यस्तो अवस्थामा तपाईलाई दुख्दैन राष्ट्रपतिज्यू, प्रधानमन्त्रीज्यु, र मन्त्रीज्यूहरु?

कोरोना परीक्षण गर्ने ल्याबका कर्मचारीलाई पिपिई र ग्लोब्स छैन। कोरोना संक्रमितले पिउने पानी पाउन हम्मे छ। सरकारका आँखाले यो देख्दैन।

सरकार बाटो बिराउँदै जाने र कोरोनाले बाटो समाउँदै जाने अवस्था छ। सरकारले लकडाउन सुरु गरेको तीन महिना हुन लाग्दासमेत संवेदनशीलता भने कहीँ पनि देखिन्न। कोरोना नियन्त्रण तयारी अझ पनि शून्य नै छ। लकडाउन सुरु गर्दा २ जनामा देखिएको कोरोना संक्रमण लकडाउन गरीगरी पनि ३ हजार पुग्न आजभोलिभन्द टाढा जान नपर्ला। तर सरकारले गरेका समीक्षामा सुनिन्छ- सरकारको पर्याप्त तयारीका कारण कोरोना संक्रमण बढ्न पाएन। यो कस्तो तर्क हो? सरकार कोरोना नियन्त्रणको रटान बढाउँदै गर्दा र प्रतिपक्षी दल भने जनताका कष्टप्रति कुम्भकर्णजस्तो निद्रामा परेको छ। 

नेपालमा रहेका भारतीय नागरिकको व्ययस्था नेपाल सरकारले र भारतमा रहेका नेपालीको व्यवस्था भारत सरकारले गर्ने समन्वय गर्दा नै सरकार चुकेको हो। आफ्ना जनतालाई नै उपयुक्त उपचार दिन नसकेको भारतले नेपालीको कुनै व्यवस्था गर्न सक्छ भनेर कसरी सोच्छ यो सरकार? भारतले लगाएको लकडाउन खुल्नेबित्तिकै नेपाली घर फर्कने कुरा जगजाहेर थियो। किनकि कोरोनाको माहामारी कति समय खेप्नु पर्ने हो र काम कहिले गर्न पाइने हो भन्ने अन्यौल छ। उनीहरुलाई घर फर्किनुको विकल्प छैन भन्नेबारेमा सरकार जानकार भएर पनि मौनता साँधिरह्यो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रधानमन्त्रीले संसद्‍मा नै उपस्थित भएर वास्तवमा नेपालमा कोरोनाबाट कसैको पनि मृत्यु नभएको तर विश्व स्वास्थ्य संगठनले भनेको मान्नुपरेका कारण मात्र नेपालमा कोरोना संक्रमितको मृत्यु भएको तथ्यांक निस्किएको दाबी गरे। प्रधानमन्त्री सबै विषयमा विज्ञ छन्। ४४ डिग्री भन्दा बढी तापक्रम भएको तराई क्षेत्र तातोपानी खाए  कोरोना निको हुने दाबी गरिदिन्छन् प्रधानमन्त्री। प्रधानमन्त्रीले हामीमा रोग प्रतिरोधात्मक क्षमता भएको कारण कोरोनाले आक्रमण गर्न नसक्ने भनिरहनु कति उचित थियो? 

सरकारको लापरवाही कि भूल?
सरकारको आश्वासनमा बाँचेका जनतामा अहिले झन् तनाब बढेको छ। बाँकेको क्वारेन्टाइनमा बसेका युवाको उपचार हुन नपाई मृत्यु भयो। क्वारेन्टाइनबाट घर फर्काइएका व्यक्ति घर पुग्न नपाउँदै मृत्यु वरण गरे। क्वारेन्टाइनमा कुनै सुविधा छैन। संक्रमित र संक्रमण प्रमाणित सबैलाई एकस्थानमा राखिएको छ। कोरोना नसरे पनि कोरोना सार्नका लागि क्वारेन्टाइन राखिएको भन्दै केही मानिस नै क्वारेन्टाइनबाट भाग्ने क्रम रोकिएको छैन। सुरक्षाको कुनै प्रत्याभूति हुन नसक्ने क्वारेन्टाइनमा किन बस्ने?

कम्तीमा सरकारले तोकिदिएको क्वारेन्टाइनमा बसेका मानिसका लागि आपत्कालीन एम्बुलेन्सको व्यवस्था हुनु पर्ने होइन? एम्बुलेन्स नपाउँदै कोभिड-१९ संक्रमितको मुत्यु हुनु, संक्रमितको काजक्रिया सकिएपछि कोरोना संक्रमणको रिपोर्ट आउनुमा को गैरजिम्मेवार? कोभिड-१९ बाट मृत्यु भएका गुल्मीका शिक्षकको शव २ दिनसम्म अस्पतालमै किन रह्यो?

लकडाउनको समय समेत ७० दिन कटेको पनि हप्ता दिन पुग्न लाग्यो। एम्बुलेन्सले संक्रमितलाई बोक्न मान्दैन्। बिरामी उचित समयमा अस्पताल नपुग्ने, पुगेपनि उचित उपचार नपाउनेजस्ता समस्याबारे सरकार के सोचेर घोत्लिएको छ?

क्वारेन्टाइन बसेका नागरिकलाई चेकजाँच नगरी कसम खुवाएर घर पठाइँदै गरेका विषय पनि समाचारमा आएका छन्। यो होइन भने सरकारले स्पष्ट पार्नु पर्‍‍यो। नत्र 'मौनम् स्वीकृति लक्षणम्' भन्न किन नपाउने? 

छिमेकी भारतमा काम गर्न गएका नेपालीहरु स्वादेश पर्किए पछि शूरुमा बाँकेको देखिएको अवस्था अन्य ठाँउमा पनि देखिसकेको छ। अहिले हजारौं मानिसहरु भारतबाट नेपाल आइरहेका छन्। तर, प्रदेश सरकारसँग पिसिआर किट त परै जाओस् आरडिटी किट समेत छैन। क्वारेन्टाइन बसेका नागरिकलाई चेकजाँच नगरी कसम खुवाएर घर पठाइँदै गरेका विषय पनि समाचारमा आएका छन्। यो होइन भने सरकारले स्पष्ट पार्नु पर्‍‍यो। नत्र 'मौनम् स्वीकृति लक्षणम्' भन्न किन नपाउने नागरिकले? 

क्वारेन्टाइनमा राख्ने नाममा सीमितभन्दा बढी मानिस एउटै कोठामा कोचिएको छ। गोठ र ओढार क्वारेन्टाइन बनेका छन्। वर्षाको समयमा पानी पर्ने समयको क्वारेन्टाइनबाट तारामण्डल देखिन्छ। पानी र शौचालयसमेत छैन क्वारेन्टाइनमा।

क्वारेन्टाइनमा बसेको १४ दिनसम्म पनि कोरोना परीक्षण हुँदैन। परीक्षण गरिएकाको रिपोर्ट १४ दिनसम्म पनि आउँदैन। यी प्रश्नको उत्तर कस्ले दिने? सांसद् मन्त्री र पहुँचवालाले पिसिआर परीक्षण गराएका छन्। के सांसद् वा मन्त्री भएपछि मात्र कोरोना परीक्षण गर्न पाइने हो?

लकडाउन शुरु हुँदै सीमामा आइपुगेका नेपालीलाई बेलैमा नेपाल आउन दिएको भए अहिलेको जस्तो भयावहको अवस्था आउने थिएन। त्यति बेला थोरै नेपाली कोरोना संक्रमणको शिकार भएका थिए। उनीहरुलाई क्वारेन्टाइनमा राख्न सजिलो थियो। सरकारले जानीजानी नागरिकलाई दुख दियो। नेपाल प्रवेश गर्न चाहनेलाई कुख्यात अपराधीलाई पनि नगरिने व्यवहार गर्यो सरकारले। नेपाल प्रवेश गर्न खोजेकै कारण नागरिकलाई नांगेझार बनाएर बजार परिक्रमा गरायो सरकारले। यति गल्ती गर्दा पनि न कुनै सांसद् बोल्छ न कुनै प्रतिपक्षी दल। नेपाल भित्रिने नेपालीहरुको संख्या बढिरहेका बेला कोरोना परीक्षणका लागि के तयारी गरेको छ सरकारले? क्वारेन्टाइनको अभाव र त्यसको व्यवस्थापन गर्न सरकार कति संवेदनशील छ? स्वास्थ्य संकटकाल घोषणा गरेर मात्र कोरोना नियन्त्रण हुन्छ? सरकारका विलासी काम बढ्दै जाने र संवेदनशीलता नबढ्ने हो भने यसको चुनौती झन् बढ्दै जानेछ। 

प्रकाशित मिति: शनिबार, जेठ २४, २०७७  १५:१४
  • #केशवी_जोशी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै
स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क लागू गर्ने सेवा प्रदायकलाई ५० हजार जरिवाना
सफ्टवेयर केन्द्रमा ३८ जनालाई जागिर खुल्यो, मासिक तलब साढे २ लाखसम्म
सम्बन्धित सामग्री
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? म के कुरामा स्पष्ट छु भने सर्वोच्च अदालतमा सुनुवाइका लागि न्यायाधीश छनोट वा इजलास गठनको प्रक्रिया ‘मेकानिकल’ हुनुहुँदैन। शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउको तरिका गलत हो भन्नेमा दुईमत छैन। सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
ताजा समाचारसबै
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शुक्रबार, असोज ३०, २०८३
स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क लागू गर्ने सेवा प्रदायकलाई ५० हजार जरिवाना शुक्रबार, असोज ३०, २०८३
सफ्टवेयर केन्द्रमा ३८ जनालाई जागिर खुल्यो, मासिक तलब साढे २ लाखसम्म शुक्रबार, असोज ३०, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
बालेन सरकारका सात दिनका उपलब्धि : ६११ नियुक्ति, ७१४ कर्मचारीमाथि कारबाहीको निर्देशन शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्