• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

कहिलेसम्म पाइएला र यी गाउँको माया?

64x64
पदम गौतम बुधबार, जेठ २१, २०७७  १२:२१
1140x725

पोर्चुगलमा यस वर्ष १९ मार्चबाट सुरु भएको स्वास्थ्य संकटकाल ४ मेको मध्यरातदेखि हिँडडुलका हिसाबले खुकुलो भयो। ५ मेको बिहान ९ बजेतिर श्रीमतीको मोबाइलमा फोन आयो। फोन गर्ने मान्छे हामी पहिला बसेको घरका साहु बा अन्तोनियो पेन्तियादो रहेछन्। हामी यस दुर्गम गाउँमा आपतकाल घोषणा हुने दिन बढी सुरक्षित र सस्तो बसाइका लागि आएका थियौं, स्पेन नजिकको ठूलो शहरबाट।

‘मूल चौकबाट कतातिर हो तिमीहरुको घर? म भेट्न आएको छु, बाहिर निस्क’, दुई बर्षअघिका घरपेटी बाले ओदेमिरा नगरपालिकाबाट हाम्रा लागि बकुल्ला, मटरकोसा, अण्डा, सलाद आदि आफ्नै बारीमा फलेका तरकारी र केही फलफूल ल्याइदिएका रहेछन्।

हामीले फोनमा यस गाउँमा ताजा तरकारी किन्न नपाएको सुनाएका थियौं। सिंगो विश्व लकडाउनमा रहेको समयमा एउटा पूर्वघरपेटीले देखाएको यो आत्मीयता हाम्रा लागि साँच्चै नै अकल्पनीय थियो। उता आफ्नो मुलुकमा अस्पताल, घाट र समाजमै अमानवीय घटना बढ्दै गरेको समयमा यस्तो अनकण्टार ठाउँमा यस्तो माया पाउँदा हामी खुसी मात्र हैन, साँच्चै द्रवित भयौं।

म पूर्वी मधेसबाट काठमाडौं गएर करिब २४ बर्ष भाडाको घर र कोठामा उपत्यकाका विभिन्न ठाउँमा बसें। जीवनमा मात्र एकपल्ट, आफ्नै विवाह परेको बेला एक साता घरभाडा ढीला भएकोमा पनि मैले घरपेटी ‘दिदी’ बाट गम्भीर लेक्चर सुन्नुपरेको थियो। तर, मीरा नदीको किनारमा रहेको आफ्नै इतिहास र सभ्यता बोकेको यस गाउँका मान्छेसँगका मेरा अनुभव र यिनले पढाएको पाठ अलिक अनौठा छन्।

अर्को कोणबाट हेर्दा यहाँका मान्छेसँग ‘छालाको रंग’, धर्म, जात र भूगोल केही पनि नमिल्ने अर्कै विश्वबाट यहाँ आइपुगेको मान्छेले केही नौला कुरा सिक्न पाउनु नै अनौठो बिषय हो । अवकाश प्राप्त होटल कर्मचारी र सात दशक उमेर काटेका यिनै बाजेले करिब पाँच बर्षअघि हामीलाई घर भाडामा दिएपछि कुराकानी गर्दा आफूले नेपालको नाम नै नसुनेको बताएका थिए। पछि हामीले व्याख्या गर्दै बताउँदा उनकै भाषामा सोधेका थिए, ‘माउन्ट एभरेष्ट त अमेरिकामा छ हैन?’

क्षेत्रफलका आधारमा पोर्चुगलकै ठूलो ओदेमिरा नामको यो नगरपालिका आम्दानी, सुविधा र अन्य धेरै कोणबाट मध्यमस्तरीय नगरपालिका मात्र हो। हाम्रो मुलुकका सदरमुकामबाट अलिक टाढा र आफैंमा आत्मनिर्भर नगरपालिका वा गाउँपालिका जस्तो लाग्ने यो गाउँसँग मेरो अनौठो साइनो छ। मुलुक छाडेपछि केही समय बसेको यो गाउँले थोरै समयमा मलाई धेरै कुरा सिकाएको छ। अलिक दुर्गम भए पनि आफैंमा धेरै आप्रबासी पालेको गाउँ भएकाले यस ठाउँबारे मेरो चासो विगतमा यहाँबाट अन्यत्र सर्दा पनि उस्तै रह्यो। यहाँनेर ६ बर्षअघिको अर्को एउटा अनौठो घटना र सन्दर्भ उल्लेख गर्न चाहन्छु।

‘दाइ, त्यता काम छैन भने हामी बसेको ठाउँमा आउनोस्। मेरो घरपेटी बूढाले काम नभएको मान्छेसँग बसेको पैसा लिँदैन, म मिलाउँछु’, यिनै घरपेटी बाजेको घर भएको यस नगरपालिकाको एउटा कुनामा रहेको गुल्मेली भाइ चक्रले मलाई अनौठो खबर गरेका थिए। म करिब ४० किलोमिटर पर अर्को कुनामा थिएँ। सन् १४ को विश्वकप फुटबल चलिरहेको गर्मीको साँझ थियो, त्यो समय।

Ncell 2
Ncell 2
nimb
nimb

एउटा चर्चित भनाइ नै छ, युरोपमा कामको भर हुन्न, आज छ, भोलि छैन। कहिलेकाहीँ बढी काम हुँदा बोल्ने फुर्सद पनि हुन्न, काम छैन भने फुर्सद बाहेक केही हुन्न। तर, काम नहुँदा पनि खाना घरमै बनाएर खाँदा निकै सस्तो पर्ने भएकाले खानका लागि मात्रै चाहीँ खासै अफ्ठ्यारो हुँदैन। तर, कोठाभाडा निकै मँहगो हुने भएकाले काम नहुँदा भाडा तिर्न समस्या नै पर्छ। चक्र भाइको सल्लाह अनुसार त्यो ‘फिरीको’ घरमा सरेर काम खोज्नुपर्ला भन्ने सोच्दासोच्दै मेरो पुरानै काम फेरि सुरु भयो, त्यता गइरहने जरुरी मलाई परेन।

करिब दुई महिनापछि चक्र भाइलाई फोन गरें। उनले थप अर्को अनौठो खबर सुनाए। ‘दाइ, बुढाले दुई महिना भाडा नलिई घरमा राख्यो, अब यता काम पाउँदैन यसले भन्ने लागेछ, आफैं राजधानी लिस्बनमा काम खोजिदियो, टिकट पनि उसैले काटेर पठाइदियो।’ 

यसबाहेक बीचबीचमा चाडपर्व, विकेण्ड र पोर्चुगलका खेल भएका दिन पार्टी दिने र परिवारकै सदस्य जस्तो मानेर आफैंसँग खुवाउने पनि गरेका रहेछन्, चक्रका घरपेटीले। दुर्गम ठाउँमा बस्ने मान्छे, जसका लागि घर भाडामा लगाएर खानु थिएन, उसले काम खोज्दै आएको एउटा परदेशीसँग पैसा लिन मानेन। आफ्नै परिवारजस्तै गर्‍यो र अर्को काम खोजेर राजधानी पठाइदियो। म आफैं धेरै नजिक हुन नखोजे पनि काठमाडौंमा घर भाडा बस्दाभन्दा बढी माया र सम्मान यताका घरपेटीले गरेको चाहीँ पाएको छु। तर, मानव जनजीवन सामान्य हुँदाको यो मानवीय नाता कहिलेसम्म? मैले यही गाउँको अवस्था र पछिल्लो मानसिकताबारे पनि जानेको र लागेको लेख्नुपर्ने हुन्छ।

सरकारी आँकडा अनुसार, करिब २६ हजार जनसंख्या भएको यो नगरपालिकामा अहिले स्थानीय जनसंख्याभन्दा बढी विदेशी कामदार छन्। त्यसमा पनि पछिल्लो समय दक्षिण एशियाली कामदारको बाहुल्य छ। सन् २०१४ मा मेरा लेखक साथी श्रीभक्त खनालसँग म यहाँ आउँदा हामी पुगेको टोलमा एक जना एक्ला नेपाली र एउटा भारतीय परिवार मात्र थियो। कामदारहरुमा धेरैजसो थाइल्याण्ड, रुमानिया, बुल्गेरिया, माल्दोभा, युक्रेन र ब्राजिलका नागरिक थिए। यिनीहरुमा थाइबाहेक अन्य नागरिक व्यवहारमा जस्ता भए पनि अनुहारमा पोर्चुगिजसँग लगभग मिल्छन्। त्यससँगै यिनीहरु सरसफाइ र अरुलाई व्यवधान हुने विषयमा यहाँकै मान्छेको स्तरमा सचेत छन्।

त्यस बेला हाम्रा स्वादका मसला र खाद्य पदार्थ  किनमेलका लागि नगरपालिका भरीमा एउटा भारतीय दोकान थियो, त्यो पनि भर्खर खुल्दै गरेको। अहिले यहाँ दुईवटा नेपाली खाजाघर र एक दर्जनभन्दा बढी दक्षिण एशियाली सामानका दोकान छन्। नगरपालिकाको १ हजार ७ सय २० वर्ग किलोमिटर क्षेत्रका हरेक टोलमा हिँड्दा स्थानीयबासीभन्दा दक्षिण एशियाली कामदार बढी देखिन्छन्। यीमध्ये पनि संख्या अनुसार भारतीय, नेपाली, बंगाली र त्यसपछि पाकिस्तानी नागरिक भेटिन्छन्।

मीरा नदीका नाममा यस सहरको नाम ओदेमिरा रहन गएको हो। कुनै समय मोरक्कन साम्राज्यले यहाँसम्म शासन गरेको इतिहास पाइन्छ। त्यही समयको कुनै अफ्रिकी भाषामा मीरा नदी देखिने ठाउँको नाम ओदेमिरा भनिएको स्थानीय बुढापाकाहरु बताउँछन्।

‘हामी विगतमा अरब, फ्रान्स, स्पेन र बेलायत सबैबाट शासित र पीडित भएकाले अन्य युरोपेलीभन्दा कम र्‍यासिस्ट छौं’, अलिक पढेलेखेका मान्छे हाकाहाकी भन्छन्।

अहिले म आफैं अनेक कोणबाट यो नगरपालिकालाई नियाल्छु र फेरि प्रश्न गर्छु, ‘आखिर कहिलेसम्म यो ठाउँले विदेशी कामदारलाई राम्रो व्यवहार गरिरहला?’

अहिले पर्यटन मूल आम्दानी भएको पोर्चुगलमा पर्यटनसँग आबद्ध सबै क्षेत्र ठप्प छन्। आप्रवासी बेरोजगार दर एकदम डरलाग्दो छ। स्वास्थ्य संकटकाल अलिक खुकुलो हुने बित्तिकै मेरा दर्जनौं परिचित नेपाली र भारतीय नागरिक मजस्तै यो नगरपालिकामा सरेका छन्। कोरोनाको असर तुलनात्मक रुपले कम परेका कारण यहाँ काम पाइने सम्भावना यथावत छ। ओदेमिराका विभिन्न ठाउँमा सयवटा जति फलफूल कम्पनी छन्। त्यसबाहेक सलाद, गाँजरलगायतका सागसब्जी उत्पादन गर्ने फार्म पनि छन्। नेपालीमा खेती भनिने स्तुप भित्रका यी काममा अहिलेसम्म तुलनात्मक रुपमा कम असर परेको छ। हामीले पनि यही क्षेत्रमा केही समय सस्तो र सुरक्षित ढंगले बस्ने सोच बनायौं। र, सम्पर्क गर्‍यौं तिनै तरकारी बोकेर आउने पूर्व घरपेटी अन्तोनियो बाजेलाई। उनले पछिल्लो समय सबै घर भारतीयहरुले भरिएको बताए। भने, ‘अहिले सबैका घरमा भारतीय बसेका छन्। हल्ला र तोडफोड गर्छन्। यो महामारी सकिएपछि निस्किएर जाऊ भन्ने घरवाला धेरै छन्। मेरो घरको भारतीयलाई पनि जा भनेको छु, ऊ गएछ भने तिमीहरु फेरि आउनू।’

नगरपालिकाको साओँ तेओतोनियो (नेपाली नाम सान्तोन्या) भन्ने ठाउँमा रहेको प्राथमिक विद्यालयमा अहिले नयाँ बालबालिकाले भर्ना पाउन निकै गाह्रो छ। प्राथमिक र पूर्वप्राथमिक तहमा स्थानीयभन्दा बढी विदेशी मूलका बालबालिका बढी छन्। यसमा पनि पगडी बाँधेका पञ्जाबी बालबालिकाको संख्या अपत्यारिलो गरी धेरै छ। अन्य युरोपेली या दक्षिण अमेरिकी बालबालिका यहाँ आएर पढे पनि उनीहरु लगभग यही देश बस्छन्। पोर्चुगिज भाषा, सभ्यता र संस्कृति उनीहरुका अभिन्न अंग बन्न पुग्छन्।

तर, दक्षिण एसियाली मूलका बालबालिकाको स्थिति फरक हुन्छ। सरदर आठ बर्ष यहाँ समय बिताएपछि तिनका अभिभावक यहाँको पिआर वा पासपोर्ट लिएर बढी आम्दानी हुने वा अंग्रेजी बोल्ने देश जान पाउँछन्। ती ‘भगौडा’ बालबालिकाका लागि यहाँको राज्यले किन लगानी गर्ने? नगर्ने हो भने आफ्नो देशमा काम गरिरहेका कामदारका बालबालिकालाई शिक्षाबाट कसरी वञ्चित गर्ने? अहिले यो विषयले यहाँका नीति निर्मातालाई हैरान पारेको छ। तर, गाउँबासीहरु आफ्ना बालबालिकाले समयमा विद्यालय भर्ना हुन नपाउने कुराको कारक आप्रवासीका अनौठा र ‘भगौडा’ भुराहरु भएको थाहा पाएपछि स्वाभाविक रुपमा विदेशीलाई फरक ढंगले हेर्न थालेका छन्।

मैले यहाँ उल्लेख गरेको मीरा नदी आफैंमा जैविक विविधताले भरिएको नदी हो। पहाडको चीसोमा मूल फुटेर तातो क्षेत्र पार गर्दै नदी फेरि चीसो समुद्रमा मिसिन्छ। यस नदीमा माछा त हुने नै भए, अनेकौं किसिमका कीरा पनि पाइन्छन्। नदी किनारका हजारौं बासिन्दाले हाँस पालेका छन्। कीरा, हाँस र माछा एकअर्कामा परनिर्भर छन् र यी सबैको प्राण भनेको मीरा नदी हो।

यहाँ मैले उल्लेख गर्न लागेको सन्दर्भचाहीँ सन् २०१७ को एउटा सानो जस्तो लाग्ने, यहाँका लागि दुःखद घटना हो। यो नदी समुद्रमा मिसिने ठाउँमा अन्यत्रभन्दा धेरै किसिमका कीरा पाइन्छ। त्यस क्षेत्रमा बस्ने थाइल्याण्डी समूह एक पटक माछा मार्न जाल र दुवाली लिएर नदी पस्छ। माछा मात्र नभएर त्यो समूहले त्यहाँका सबै जातका कीरा समातेर खाइदिन्छ, त्यो पनि पूरै सफाचट शैलीमा। लगत्तै त्यहाँ माछाको संख्या घट्छ, हाँसलाई चारो पुग्दैन। यो घटनापछि यस क्षेत्रमा थाइल्याण्डीलाई घर दिन छाडिएको थियो र यिनलाई हेर्ने स्थानीयको दृष्टिकोण फरक भएको थियो।

पटकपटक ग्यांग फाइट, छुरा हानाहान जस्ता काण्डले गर्दा यहाँ रहेका करिब बीस हजार नेपालीको इज्जत घट्दैछ। पसलबाट सस्तो वाइन ल्याएर दैनिक जसो पार्टी गर्ने हाम्रा एसियनको व्यवहार शान्तसँग लकडाउन पालन गरेर चाडबाड पनि नमनाउने स्थानीयबासीले पक्कै याद गरेका छन्। घरका सामानको जतन नगर्ने, भीड बनाउने, हल्ला गरिरहने जस्ता काममा भारतीयहरु धेरै अगाडि छन्। हामी नेपाली अलिक पछाडि भए पनि हामीलाई ‘भारतीय भन्दा हामी फरक हौं’ भनेर चिनिन खोज्दाखोज्दै यिनले हामीलाई ‘भारतीयका भाइ’ भनेर चिनिसक्छन्।

बाटोघाटो, चौक, बजार, काम सबैतिर ठूलो स्वरमा हल्ला गर्ने र दैनिक सस्तो पार्टी गर्दै गीत गाउने गरेका विषय अहिलेसम्म मुद्दा बनेका छैनन्। तर, लाग्छ यी सबै त्यस समयसम्म मुद्दा बन्दैनन् जबसम्म यहाँ संकटले घेर्दैन। भोलि यहाँका बासिन्दा आफैं बेरोजगार बनेपछि रोजगारी खोसिनेको पहिलो पंक्तिमा हामी हुन्छौं। आफ्नै घर बाहिर बिहान ६ बजेदेखि मध्यरातसम्म देखिने दक्षिण एशियाली अनुहार त्यस समय निकै संकटमा पर्ने देखिन्छ, जब यहाँका गाउँ नै आर्थिक र स्वास्थ्य संकटले घेरिन थाल्नेछन्। आखिर बाहिर भनिए पनि र नभनिए पनि आजको समयमा हरेक कुराको एक एक हिसाब त समयको स्टोरबाट निकाल्न मिल्छ नै। 

(पूर्वपत्रकार तथा कवि गौतमलाई @G_padam  मा भेट्न सकिन्छ।)

प्रकाशित मिति: बुधबार, जेठ २१, २०७७  १२:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पदम गौतम
लेखकबाट थप
किन यस्ता भए नेपालका वामपन्थीहरू?
'विश्रामपुर'का दुई अंश : 'नखानेलाई अण्डा, भोकालाई टमाटर' र 'माई किनारका वामे दाइ'
ओलीको अन्तर्वार्ता र अबको बाटो 
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
आज तीन वटा संसदीय समितिका बैठक बस्दै बुधबार, असोज ७, २०८३
आईएमईसीलाई ट्रम्प प्रशासनको बलियो समर्थन बुधबार, असोज ७, २०८३
एमाले केन्द्रीय कमिटीको बैठकको तेस्रो दिन पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने बुधबार, असोज ७, २०८३
न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता बुधबार, असोज ७, २०८३
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्