• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

संक्रमित थपिँदै गएपछि दैलेखको नारायणबाट प्रश्न- हामी एक्लै लड्नुपर्ने हो?

64x64
दुर्गा दुलाल बुधबार, जेठ २१, २०७७  ०७:५१
1140x725
दैलेखको नारायण नगरपालिकाकाे क्वारेन्टाइन। तस्बिर : सावित्री मल्ल।

काठमाडौ- जेठ ११ गते एकै पटक दुई सय मानिस भारतबाट घर फर्कंर्दै गर्दा नेपालगञ्ज नाकामा अलपत्र भएको खबर नगरपालिकामा आयो। उनीहरुलाई सवारी साधान जोहो गर्दै दैलेखको नारायण नगरपालिकाले भित्र्यायो। यसरी भित्रिनेमा बालबालिकादेखि युवासम्म थिए।

भारतमा श्रम गर्न गएका उनीहरु कोरोना संक्रमणको जोखिम बढ्दा पनि फर्कन सकेका थिएनन्। भारतमा जारी लकडाउन केही खुकुलो भएसँगै सीमासम्म आइपुगेका थिए। त्यसपछि आफ्नो नगरपालिकासम्म आइपुगे।

यसरी भित्रिएका मानिसहरुलाई राख्न नगरपालिकाले रातारात क्वारेनटाइन निर्माण गर्‍यो। त्यससँगै उनीहरुको कोरोना परीक्षणको प्रक्रिया पनि अघि बढ्यो।

जेठ ११ देखि २० गतेसम्म नगरपालिकामा ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। दैलेख जिल्लाकै सबैभन्दा धेरै संक्रमित भएको नगरपालिका हो, नारायण।

कर्णाली प्रदेशको दैलेख र त्यसमा पनि दुल्लु र नारायण नगरपालिकामा नयाँनयाँ संक्रमित देखिन थालेका छन्। दैलेखमा मंगलबार मात्र पनि ९ जनामा संक्रमण पुष्टि भएको थियो। यीमध्ये धेरै नारायण नगरपालिका थिए। दुल्लुमा एक जनाको मृत्यु भइसकेको छ।

संक्रमण पुष्टि हुने सबै भारतबाट फर्किएका नागरिकहरु छन्।

नगरपालिकामा हाल ४३० जना क्वारेनटाइनमा रहेका छन्। मंगलबार मात्रै ४०० जना आउँदै गरेको गाउँपालिका अध्यक्ष रत्नबहादुर खड्काले बताएका थिए। नगरपालिकामा २१ वटा क्वारेनटाइन  सञ्चालनमा रहेको खड्काले बताए।  २ सय १२ जनाको स्वाब संकलन गरेर पठाएकोमा एकै पटक ४० जनामा संक्रमण पुष्टि भएको उनले जानकारी दिए।

जिल्लाकै धेरै संक्रमित हुनुको कारण जिल्ला सदरमुकाम नजिक भएर हुनसक्ने मेयर खड्काले बताए।
 
‘परीक्षणमा ढिलाई भयो’ 
मेयर खड्काले दैनिक मानिस थपिने क्रम चलिरहेको तर परीक्षणमा ढिलाई हुँदा समस्या भएको बताए। ‘दैनिक ४०० जनाका दरले मानिस थपिएका छन् तर नगरमा परीक्षण किट छैन’, उनले भने, ‘एक पटकमा जम्मा १० जनाको रिपोर्ट आउँछ , यसरी कहिले परीक्षण सकिएला?’

Ncell 2
Ncell 2
nimb
nimb

कोरोनाको परीक्षण नहुँदासम्म को संक्रमित हो र को होइन भन्ने थाहा नहुने भएकाले समस्या भएको उनले बताए। ‘हिजो मात्रै सुत्केरी महिलालाई क्वारेनटाइनमा ल्याइएको छ’, उनले भने, ‘बच्चा र महिलाको स्याहार गर्न समस्या छ। छिट्टै परीक्षण गर्न पाए उनलाई त्यही अनुसारको व्यवस्था गर्न सहज हुन्थ्यो।’

स्वाब संकलन रिपोर्ट जुम्ला र सुर्खेतबाट आउने र जिल्लाभरीको चाप पर्ने भएकाले ढिलाई हुने गरेको उनले बताए।

नगरपालिकाले सकेसम्म क्वारेनटाइनलाई व्यवस्थित गर्ने प्रयास जारी राखेको उनले खड्काले बताए। नगरपालिकाभित्रका अधिकांश क्वारेनटाइनलाई मापदण्ड अनुसार बनाउने प्रयास गरेको उनको दाबी छ। महिलालाई अलग्गै राख्ने तथा सेनेटरी प्याड पनि वितरण गर्ने काम गरेको बताए।

परीक्षण किट र स्वास्थ्य सामग्री छैन
मेयर खड्काले नगरपालिकामा अहिले स्वास्थ्य सामग्री अभाव भएको र परीक्षण पनि किट नपाएको गुनासो गरे। प्रदेशले २० लाख रुपैयाँ उपलब्ध गराएको तर त्यति रकमले  किट किन्ने कि क्वारेनटाइन व्यवस्थित गर्ने भन्ने समस्या भएको उनले बताए।

क्वारेनटाइनहरुमा मास्क, स्यानिटाइजर र निर्मलीकरण गर्ने औषधीको अभाव भएको उनले बताए।

हामी एक्लै लड्ने हो? 
मेयर खड्काले संघीय सरकारबाट सहयोग नपाएको बताए। ‘नगरपालिकाले आफ्नै क्षमतामा सयौं मानिस राखेको छ’, उनले भने, ‘परीक्षण किट छैन। सामान्य पञ्जा समेत अभाव छ। यस्तो महामारीमा पनि स्थानीय सरकार एक्लै लड्नुपरेको छ।’ 

सामाजिक संस्थाले पनि कर्णालीलाई नहेरेको उनले गुनासो गरे। ‘सामाजिक संस्था डलर कमाउने काम मात्र गर्ने रहेछन’, मेयर खड्काले भने, ‘हाम्रो तथ्यांक देखाएर उनीहरु पैसा कमाउने तर हामी आपतमा हुँदा उनीहरु कता छन्?’

उनले अवस्था यस्तै रहेमा केही समयमै कर्णाली प्रदेशमा भयावह अवस्था आउने चेतावनी दिए। परीक्षण नहुँदा क्वारेनटाइनमा रहेका मानिसहरु भाग्ने प्रयास गरिरहेको उनले बताए।

‘मानिसहरुलाई थुनेर राखेको धेरै दिन भइसक्यो। परीक्षण रिपोर्ट आउँदैन’, मेयर खड्काले भने, ‘कति दिन हामीलाई थुन्ने कि त परीक्षण गर्नुस् कि त घर जान दिनुस् भन्न थालिसके।’

मानिसलाई सधैं थुनेर राख्न नसकिने भएकाले परीक्षणको रिपोर्टको आधारमा उनीहरुलाई घर पठाउने निर्णय गर्न सहज हुने उनले बताए।

कर्णाली प्रदेशमा मात्र ४० हजार मानिस भारतबाट फर्किने भएकाले केन्द्र सरकारले समयमै तयारी गर्नुपर्ने नत्र भयावह अवस्था आउने उनको चेतावनी छ।

‘समयमै केन्द्र सरकारले सोचेर योजना बनाए भने केही होला, नत्र समय गएपछि भयावह हुन्छ। त्यसपछि केही  गर्न सकिँदैन’, उनले भने, ‘सधैं भोकले मर्ने कर्णालीबासी अब भोक र रोग दुवैले मर्ने छन्।’

प्रकाशित मिति: बुधबार, जेठ २१, २०७७  ०७:५१
  • #कोरोना_अपडेट

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्