• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ३०, २०८३ Tue, Sep 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

मालपोतमा भ्रष्टाचार गर्दै अस्ट्रेलिया बस्ने जेठानको खातामा पैसा पठाउँदै

जेठान र श्रीमतीविरुद्ध पनि मुद्दा
64x64
नेपाल लाइभ मंगलबार, जेठ २०, २०७७  १८:३५
1140x725
प्रतीकात्मक तस्बिर

काठमाडौँ- ललितपुर मालपोत कार्यालयमा कार्यरत रहेका एक मालपोत अधिकृतले नेपालमा गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति लुकाउन अस्ट्रेलियामा रहेका जेठानलाई पठाउने गरेको खुलासा भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानमा मालपोत कार्यालय ललितपुरमा कार्यरत रहेका शाखा अधिकृत बद्रीप्रसाद ढकालले गैरकानुनी रुपमा नेपालमा आर्जन गरेको सम्पत्ति चोख्याउन अस्ट्रेलियामा रहेको जेठानको खातामा जम्मा गर्ने  पाइएको हो। 

मालपोत अधिकृतको रुपमा रहँदा ढकालले १० करोड २७ लाख ५८ हजार  ४सय ६१ बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरेको अख्तियारले फेला पारेको थियो। ढकालविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

अस्थायी शिक्षक हुँदै मालपोत अधिकृतसम्म
२०५४ सालमा अस्थायी शिक्षकका रूपमा सार्वजनिक सेवामा प्रवेश गरेका ढकाल मालपोत कार्यालय लमजुङ्गबाट राजपत्र अनंकित द्वतीय श्रेणी खरिदारका रूपमा निजामती सेवामा प्रवेश गरेका थिए। २०५५ सालमा खरिददार भएका उनी शाखा अधिकृतसम्म हुँदा १० करोडभन्दा बढी सम्पत्ति आर्जन गर्न सफल भए। 

ढकाल निजामती सेवामा प्रवेश गरी मालपोत कार्यालयहरु तनहुँ, कास्की, डिल्लिबजार काठमाडौं, पर्सासमेतका मालपोत कार्यालयहरुमा कार्यरत रही हाल मालपोत कार्यालय लगनखेल, ललितपुरमा कार्यरत छन्। उनी यही पैसाको भरमा सधै सुगम र अनियमिता गर्ने सहज हुने स्थानमा सरुवा भएर बस्ने गरेका अख्तियारको अनुसन्धानमा पाइएको छ। 

ढकाल मालपोत कार्यालयहरुमा कार्यरत रहँदै जग्गा दर्ता लगायतका गैरकानूनी कार्यहरूबाट गैरकानूनी रुपमा अकूत सम्पत्ति आर्जन गरी अस्वभाविक रुपमा उच्च जीवनयापन गरिरहेकाले उजुरीको आधारमा अनुसन्धान हुदाँ उनको यस्तो कार्यको खुलासा भएको हो। 

सार्वजनिक सेवामा प्रवेश पश्चात ढकालले सालीका नाममा सवारी साधन खरिद गरी प्रयोग गर्ने गरेका थिए। गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति पत्ता नहोस् भनेर उनले अन्य व्यक्तिको नाममा गाडी खरिद गरेको आयोगको अनुसन्धानमा खुलेको आरोपपत्रमा उल्लेख छ।  

परिवारको बैंक खातामा रकम जम्मा गर्दैनथे ढकाल 
उनी यति चलाख थिए कि गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति लुकाउन परिवारको नाममा रहेको बैंक खातामा पैसा जम्मा गर्दैन थिए। अख्तियारको अनुसन्धानमा उनले यसरी परिवारको नाममा रकम जम्मा नगरी बाहिरी व्यक्ति खोज्ने गरेको पाइएको हो।

उनले यसरी आर्जन गरेको सम्पत्ति अस्ट्रेलिया बसोबास गर्दै आएका जेठान नाताका नवराज अर्यालका नाममा जनता बैंकमा नयाँ खाता खोली जम्मा गर्ने गरेका थिए। उक्त खाता खोलेकै दिन खाता संचालकबाट खाता संचालनको अनुमति लिई ढकालले आफू अनुकूलका व्यक्तिहरू एवं आफूसमेतले विभिन्न व्यक्तिहरुका नामबाट खातामा पैसा जम्मा गराएको अख्तियारको अनुसनधानमा पाइएको छ। सो खातामा मौज्दात रकमहरूबाट आफूले खरिद गरेका जग्गाका जग्गाधनी तथा जग्गा बिक्रेता एवं जग्गा कारोबारसँग सम्बन्धित व्यक्तिहरुलाई भुक्तानी तथा खर्च लगानी गर्ने कार्यमा उनले गर्ने गरेको अख्तियारको अनुसनधानमा पाइएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

जेठानको उक्त खाताबाट आफू अनुकूल ४ करोड २६ लाख ९९ हजार विभिन्न शीर्षकहरुमा खर्च गरेको अख्तियारले अनुसन्धानको क्रममा फेला पारेको थियो। 

जहाँ पुग्यो उही पैसा लुकाइदिने मान्छे 
ढकाल जुन मालपोत कार्यालयमा सरुवा हुन्थे सोही स्थानमा यसरी आर्जन गरेको पैसा राख्ने र कारोबार गर्ने व्यक्ति बनाउने गरेका थिए। ढकालले आफू तनहुँ जिल्ला स्थित मालपोत कार्यालयमा कार्यरत रहँदा सोही तनहुँ जिल्लाबासी डेकबहादुर गुरुङ्गलाई प्रभावमा पारी श्रीमतीसमेतका नाममा दर्ता कायम रहेका जग्गाहरु कुनै किसिमको खरिद बिक्री कारोबार नै नगरी लिखतमा सरकारी न्यूनतम मूल्य उल्लेख गरी खरिद बिक्री कारोबार देखाइ आफ्नो नाममा ल्याएका थिए। 

पुनः जग्गा फिर्ता गर्दा लिखतमा अत्यधिक मूल्य खुलाई उक्त जग्गा डेकबहादुर गुरुङ र उनकी श्रीमती  गुरुङका सहोदर दिदी र भिनाजु र बहिनीसमेतका नाममा बिक्री लिखतले बनाएर खरिदबिक्री देखाएका थिए।  ढकालले उक्त जग्गा १ लाख ९७ हजारको लगानी गरी केही दिन र महिनाको अन्तरालमै १ करोड ६८ लाख आर्जन गरेको देखाई बिक्री गरेको देखाएको आयोगको अनुसन्धानमा पाइएको छ।  

अनुसन्धानको क्रममा संकलित प्रमाणका कागजात एवं सम्वन्धित व्यक्तिहरुले खुलाई दिएका व्यहोराहरु अनुसार ढकालले सार्वजनिक सेवामा प्रवेश गरेदेखि २०७६ फाल्गुण मसान्तसम्मको जाँचअवधिमा १४ करोड ५३ लाख ८२ हजार ४ सय ९८ रुपैयाँ आर्जन गरेको पाइएको छ। 

ढकालको लगानी 

  • श्रीमती सिर्जना अर्याल ढकालको नाममा दर्ता कायम रहने गरी घर तथा जग्गा खरिदमा रु.४,५४,१७,२४४। 
  • घर निर्माण र घरमा रहेको फर्निचर तथा फर्नि्सिङ एवं इलेक्ट्रोनिक उपकरणहरु समेतमा रु.१,०१,५३,०८१।
  • पूँजिगत लाभ तथा आयकर रु.७,९०,१३०।
  • विभिन्न बैंक तथा वित्तीय संस्थाका साधारण तथा संस्थापक शेयर खरिदमा रु.१,११,४६,७०१।
  • सन्ततीको अध्ययनमा रु.१,६०,०००।
  • जीवन बीमा प्रिमियम शुल्कमा रु. ९,२४,६४०। 
  • विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट लिएका कर्जा चुक्तामा रु. ६४,६३,५११।
  • सवारी साधन खरिद तथा संचालनसमेतमा रु. २८,२२,७००।
  • सुन खरिदमा रु. १७,३००।
  • सरसापटी व्यवहारमा रु. २०,००,०००।
  • जेठान नाताका नवराज अर्यालको नाममा बैंक खाता खोली सो खाता संचालन गर्नेलाई आफू एवं विभिन्न व्यक्तिहरुको नामबाट रकम जम्मा गरे गराएका स्रोत नखुलेको मौज्दात रकमहरुबाट रु.४,२६,९९,२९४।
  • विविध शीर्षक (अभिलेखमा देखिने शीर्षकका खर्चहरु बाहेक निजले खुलाईदिएका अन्य विविध खर्च) र साथमा रहेको नगद समेत रु. २,२४,२६,६८९।
  • निजी विदेश भ्रमणमा रु. ९२,३००।
  • बैंक खाताहरुमा अन्तिम मौज्दात रकम रु. २,६८,९०८। 

सोही जाँचअवधिमा ढकालको पारिश्रमिक तलव एवं विभिन्न अतिरिक्त भत्ता लगायतका वचत र सवै परिवारको हिसाब गर्दा ४ करोड आय ४९ लाख ४४ हजार १ सय ६० मात्र वैध भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ। 

ढकालको वैध आय 

  • श्रीमती सिर्जना अर्याल ढकालको पारीश्रमिक बचत आयबाट ७७ हजार ३ सय ६७, ढकालको वैदेशिक बचत आयबाट १ लाख 
  • कर्मचारी सचयकोष तथा बैंकबाट लिएका कर्जा ६८ लाख ९१ हजा ७ सय ५१ 
  • घरबिक्रीबाट. १ करोड १५ लाख  
  • जग्गा बिक्रीबाट .१ करोड  ८ लाख ६७ हजार 
  • २ सय  शेयर बिक्रीबाट रु.६,९९,२३०।
  • सवारी साधन बिक्रीबाट १२¸९६¸०००।-
  • कृषि आय रु.१,००,२७४।

माथि उल्लेखित आय मात्र वैध देखिँदा सोभन्दा बढी देखिएकोले रकमहरुको स्रोत खुल्न नआई गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्दै ढकालसँग सोही बराबर बिगो, जरिवाना र भ्रष्टचार निवारण ऐन अनुसार सजाय गर्न माग गरिएको छ। 

श्रीमती  र जेठानविरुद्ध पनि मुद्दा 
अख्तियारले सम्पत्ति जफतको प्रयोजनका लागि ढकालकी श्रीमती सिर्जना अर्याल र जेठान नाताका नवराज अर्यालसमेतलाई प्रतिवादी कायम गरी विशेषमा मुद्दा दायर गरेको छ। ढकालले आर्जन गरेको सम्पत्ति उनीहरुको नाममा रहेकाले जफत गर्ने प्रयोजनका लागि उनीहरुलाई प्रतिवादी बनाइएको छ।
 

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०७७  १८:३५
  • #भ्रष्टाचार

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपालका बाढीपहिरो प्रभावितको उद्धार र पुनर्निर्माणका लागि अमेरिकासँग सहयोग माग
सेयर बजार सुधारका लागि सरकारले ल्यायो २१ बुँदे कार्ययोजना
रुसविरुद्धको युद्धमा नेटोले युक्रेनलाई सहयोग गर्ने
सम्बन्धित सामग्री
खोलाको अधिकारमा सर्वोच्चको पहिलो व्याख्या : ‘जीवित व्यक्तित्व’को मान्यता सर्वोच्च अदालतले पहिलो पटक खोला तथा नदीको अधिकार सम्बन्धमा विस्तृत व्याख्या गर्दै फैसला सुनाएको छ। सोमबार, भदौ २९, २०८३
आज हरितालिका तीज हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज सोमबार अटल सौभाग्यको कामना गरी मनाइँदैछ। सोमबार, भदौ २९, २०८३
आज दर खाँदै नेपाली महिला हरितालिका (तीज) व्रतका लागि शक्ति सञ्चय गर्न नेपाली महिलाले आज दर खाँदैछन्। दर खाएसँगै चारदिने तीज पर्व औपचारिक रूपमा सुरु हुनेछ। आइतबार, भदौ २८, २०८३
ताजा समाचारसबै
नेपालका बाढीपहिरो प्रभावितको उद्धार र पुनर्निर्माणका लागि अमेरिकासँग सहयोग माग मंगलबार, भदौ ३०, २०८३
सेयर बजार सुधारका लागि सरकारले ल्यायो २१ बुँदे कार्ययोजना मंगलबार, भदौ ३०, २०८३
रुसविरुद्धको युद्धमा नेटोले युक्रेनलाई सहयोग गर्ने मंगलबार, भदौ ३०, २०८३
नेपाललाई भारतले दैनिक ६५४ मेगावाट विद्युत् दिने मंगलबार, भदौ ३०, २०८३
मुख्य राजमार्गमा अवरोध, रसुवा–धादिङमा पूर्ण बन्द मंगलबार, भदौ ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
विशेष महाधिवेशन स्वीकार नगर्न बादललाई ओलीको फोन, एमाले पुनर्गठन कार्यदलको बैठकमा चर्काचर्की सोमबार, भदौ २९, २०८३
खोलाको अधिकारमा सर्वोच्चको पहिलो व्याख्या : ‘जीवित व्यक्तित्व’को मान्यता सोमबार, भदौ २९, २०८३
आईसीयूमा अन्तर्वार्ता विवाद चर्किएपछि प्रेस काउन्सिलको छानबिन, सुरजसिंह ठकुरीसहित तीन निकायलाई पत्र सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्