• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोना हटस्पट नरैनापुरका अध्यक्ष भन्छन्- बिस्तारै बिरामी निको भएर फर्कन थाले‚ खुशी भएको छु

64x64
दुर्गा दुलाल आइतबार, जेठ १८, २०७७  ०८:४०
1140x725

काठमाडौं- बाँकेमा कोरोना भाइरस संक्रमितको संख्या सयबाट नाघेर १ सय १४ पुगेपछि आत्तिएका बाँके नरैनापुर गाउँपालिका प्रमुख इश्तियाक अहमद शाह अहिले अलिक खुशी भएका छन्। अस्तिमात्र बाँकेबाट गाउँपालिकाका ३ जना कोरोना जितेर घर फर्किएपछि उनी अलि ढुक्कको सास फेर्न थालेका छन्। 

‘एकातिर संक्रमित बढिरहेका थिए भने अर्कातर्फ  क्वारेन्टाइनमा बसेका मानिसहरू पनि धमाधम भाग्न थालेपछि म अताल्लिएको थिएँ’ अध्यक्ष शाहले भने‚ ‘न डाक्टर न त गाउँमा पढे बुझेको मान्छे, म त गाउँ नै सखाप हुने डरले पागल झैं भएको थिएँ।’ यही समयमा गाउँका मानिसहरूले क्वारेन्टाइनमा बसेका र बाँके लगेकाहरूलाई कलेजो झिक्ने र अन्य के के गर्ने भनेर हल्ला फैलाएपछि क्वारेन्टाइनमा रहेका शंकास्पद मानिस भाग्न थालेका थिए।

‘भारतीय सिमाबाट सम्झाएर क्वारेन्टाइनमा ल्यायो‚ बेलुका भागेर खोज्न प्रहरी लिएर जानुपर्ने’ अध्यक्ष शाहले सम्झना गरे‚ ‘समुदायमा सरेर झन् महामारी फैलँदै गाउँ नै सखाप पार्ने हो कि भनेर प्रधानमन्त्री र प्रदेशलाई पत्र लेखेको हो।’ यो अवधीमा आफूलाई सञ्चार माध्यमलगायत अन्य धेरै ठाउँबाट सहयोग भएको उनले बताए।

अहिले क्वारेन्टाइनमा बसेका मानिसहरू पनि अनुशासित भएर बसेको उनले बताए। बाँके जिल्ला प्रशासनबाट सेना परिचलानको निर्णय भएपछि आफुलाई धेरै राहत भएको उनको भनाइ छ। ‘अब गाउँमा एउटै समस्या छ- डाक्टरको’ उनले भने‚ ‘सरकारले एमबिबिएस गरेको एकजना डाक्टर पठाए गाउँमै अस्पताल चलाउने थिएँ र यहीँ उपचार गर्ने थिए।’ गाउँको क्वारेन्टाइनमा अहिले २०० जना मानिस रहेको उनले बताए। उनी अहिले दैनिक क्वारेन्टाइन रेखदेख गरिरहेका छन्।

गाउँपालिकामा छिटै अस्पतालमा रहेका अरु पनि निको भएर आउने   खबर आफूले पाएको उनले बताए। गाउँमा उनीहरू फर्केर आएपछि गाउँलेहरूले आफैं सजगता अपाउने उनको विचार छ। ‘यो गाउँमा धेरै पढेका मानिस छैनन्’ शाहले भने‚ ‘यहाँका जनता सोझा भएकाले जसले जे भन्यो त्यसैको पछि लाग्छन्, निको भएर मानिस आउन थाले भने उनीहरूलाई कोरोना जितिन्छ भन्ने लाग्नेछ।’ अस्पतालमा रहेका १ सय ११ जनालाई निको भई संक्रमण पुष्टि नभए आफू धेरै खुशी हुने उनले बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

नरैनापुरका गाउँपालिकाका अध्यक्ष शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र पठाएको भोलिपल्ट सेना परिचालन गर्ने निर्णय भएको थियो। बाँकेको भैरवप्रसाद दल गणबाट सेना गाउँमा गस्तीका लागि पुगेको थियो अहिले पनि सेनाले गाउँमा गस्ती गरिरहेको छ। बाँके जिल्लाकै सबैभन्दा धेरै संक्रमित रहेका उक्त क्षेत्रका मानिसहरू क्वारेनटाइनबाटै भाग्न थालेपछि गाउँपालिका अध्यक्ष शाहले संघ र प्रदेशलाई गुहारेका थिए। 

यो नेपाल–भारत सिमाक्षेत्रसँगै जोडिएको गाउँपालिका हो। नेपालगन्जबाट करिब ३५ किलोमिटर पूर्वी–दक्षिणमा रहेको नरैनापुरमा मधेसी समुदायको बसोबास छ। कुनै समयमा नेपाली रुपैयाँ समेत नचल्ने यहाँका अधिकांश व्यक्ति कृषि पेशामा निर्भर छन्। शिक्षा र स्वास्थ्यमा धेरै पछाडि परेका यहाँका प्रायः युवा वैदेशिक रोजगारीका लागि भारत जाने गर्छन्। यही रोजगारीका कारण अहिले नरैनापुर कोरोनाको हटस्पट बनेको छ। 

सीमापारी आएर रोकिएका ८ सय युवालाई गाउँपालिकाले वैशाख अन्तिम साता उद्धार गरेर ल्याएको थियो। गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा उनीहरूलाई राखियो र परिक्षण सुरु गरियो। कोरोना भाइरस प्रभावित क्षेत्र भारतको मुम्बईलगायत स्थानबाट फर्केर आएका व्यक्तिको क्वारेन्टाइनमै स्वाब परीक्षण गर्दा जेठ २ गते पहिलो पटक  नै ८ जनामा कोरोना संक्रमण पुष्टि भयो।

त्यस लगत्तै क्वारेन्टाइनमै बसेको अवस्थामा नरैनापुर गाउँपालिका- ५ का २४ वर्षीय युवकको कोरोना संक्रमणबाटै मृत्यु भयो। एम्बुलेन्सले बोक्न नमान्दा समयमा उनलाई अस्पताल पुर्‍याउन नसकेपछि उनको ज्यान गएको थियो। उक्त घटनापछि नरैनापुरमा झन् डरलाग्दो अवस्था सिर्जना भयो।   

समुदायमा गलत बुझाइले फैलायो कोरोना 
कोरोना भाइरसबारे यहाँका समुदायमा अहिले पनि बुझाइ गलत भएका कारण पनि फैलिएको अध्यक्ष शाहको भनाइ छ। कोरोना महामारीको मौका छोपेर कतिपय व्यक्तिले राजनीतिक लाभ लिन खोजिरहेका छन्। समुदायको गलत बुझाइ भएका कारण संक्रमित व्यक्ति आइसोलेसनमा बस्नै चाहँदैनन्। केही दिनअघि संक्रमितलाई आइसोलेसनमा लैजान स्वास्थ्यकर्मी र सुरक्षाकर्मी नरैनापुरमा पुग्दा एक समूहले अवरोध गर्ने प्रयास गरेको थियो। 

‘गाउँपालिकामा धेरै युवाहरू भारतको मुम्बईबाट फर्केर आएका छन्, उनीहरू भारतबाटै संक्रमित भएर आएको आशंका छ’ अध्यक्ष शाहले भने‚ ‘त्यसकारण धेरै जनामा एकै पटक कोरोना फैलिएको हुनसक्छ।’ 

कलेजो निकाल्छ, के  के निकाल्छ भनेर राजनीति भयो 
गाउँपालिका अध्यक्ष शाहले क्वारेन्टाइनमा रहेका युवामाथि राजनीति मिसिएको आरोप लगाए। ‘केही बदमास व्यक्तिहरूले गलत हल्ला फैलाए जसका कारण यहाँबाट मानिस भागे र समुदायमा फैलाउने त्रास सिर्जना भयो’ शाहले भने। शिक्षाबाट पछाडि परेको नरैनापुरमा कोरोना भाइरससम्बन्धी गलत बुझाइ भएका कारण समस्या बल्झिएको उनको भनाइ छ। ‘कोरोना भाइरसविरुद्ध एकजुट भएर लड्नुपर्ने बेलामा उल्टो केही व्यक्तिले कलेजो निकाल्छन् र अरु के के निकाल्छन् भनेर भ्रम फैलाए, मानिस क्वारेनटाइनबाट भागे’ अध्यक्ष शाहले भने‚ ‘जसका कारण समुदायमै फैलियो कि भनेर त्रास भइरहेको छ।’ 

प्रकाशित मिति: आइतबार, जेठ १८, २०७७  ०८:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
नेपाल–युगान्डाबीच नामको मन्त्रीस्तरीय बैठकबारे छलफल मंगलबार, असोज ६, २०८३
संयुक्त राष्ट्रसंघको महासभा सुरु, बालेनको सम्बोधन पर्सी मंगलबार, असोज ६, २०८३
भोलि देशैभर काङ्ग्रेसको पालिका अधिवेशन हुने मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सामसङले ल्यायो दसैं–तिहार विशेष अफर, दैनिक र साप्ताहिक लक्की ड्रमार्फत उपहार जित्ने मौका मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्