• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, वैशाख २४, २०८३ Thu, May 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

'नेहरुले चिठी लेखेर अनुरोध गरेपछि कालापानीमा भारतीय सेना बस्न दिइएको हो'

विश्वबन्धु थापा आइतबार, जेठ १८, २०७७  १५:१५
1140x725

काठमाडौं- भारतले एकतर्फी रुपमा राजनीतिक नक्सा जारी गरेपछि नेपाल-भारतबीच पछिल्लो असझदारी सुरु भएको छ। गत वैशाख २६ गते उसले नेपाली भूमि हुँदै निर्माण गरेको सडक उद्घाटन गरेपछि त त्यो असमझदारी झनै उत्कर्षमा पुगेको छ। भारतीय गतिविधिको प्रतिक्रिया स्वरुप नेपालले पनि आफ्नो अद्यावधिक नक्सा सार्वजनिक गरेको छ। र, संविधान संशोधनको प्रक्रिया अघि बढाएको छ।

भारतसँगका सम्बन्ध र नेपाली भूमिका उसको सैनिकको उपस्थितिका सम्बन्धमा नेपाल लाइभका लागि डिबी खड्काले तत्कालीन राजा महेन्द्रका सहयोगी विश्वबन्धु थापासँग कुराकानी गरेका छन्। महेन्द्र, जसको बलियो प्रभाव रहेको बेलामा भारतीय सैनिक नेपाली भूमिका बस्न सुरु गर्‍यो। त्यसको कारण के हुनसक्थ्यो? वा, रणनीति के हुनसक्थ्यो? नेपाल-भारतका बाध्यता वा समझदारी कस्ता थिए? भन्ने जस्ता कोणबाट थापासँग कुराकानी गरिएको छ।

भिडिओमा विस्तृत कुराकानी हेर्न र सुन्न सकिन्छ। प्रस्तुत छ, थापाका धारणाहरुको सम्पादित अंशः

नेपाल भारतको सिमानामा समस्या छैन। अहिले धेरै चर्चा भएर आएको हो। नेपाल र भारतबीचको सम्बन्ध अर्कै तहको हो। जंगे पिल्लर राख्दैमा हाम्रो सम्बन्ध छेकिँदैन। नेपाल र भारत त विश्वासको पिलरले छुट्टिएका हुन्।
  
मैले झापामा हेर्दा पहिले जंगे पिल्लर देखिँदैन थियो। अहिले सरेर सहर नजिकै आइसकेको छ। अब यी सबै कुरा हेर्न सुगौली सन्धिमा जानुपर्छ। यो हामीले हारेको वा जितेको जे भए पनि त्यो एकप्रकाकारको सन्धि थियो। तराई ब्रिटिशले राख्यो र पहाड हामीलाई दियो। तर, तराईका केही भाग पछि हामीलाई फेरि आयो।

जंगबहादुर राणाले ब्रिटिशलाई खुसी पारेका थिए। नयाँ मुलुक उनले माग गरेका कारण पाएको हो। पहिला नेपाल भनेको काठमाडौं नै हो । हामी यहाँ आउँदा पनि काठमाडौं नै थियो। यहाँ राणाले हामीलाई मान्छे होइन, जन्तु भन्थे। मुखिया  र जिम्मावालले चलाएको देश थियो। यहाँ सरकार नै थिएन।

२००७ सालको क्रान्तिपछि मात्र नेपालमा आधुनिकीकरणको इतिहास सुरु भयो। त्यसपछि मात्र प्रहरी र सेनाको स्थापना भएको हो।

अहिलेको विवाद मानसरोवर जाने उद्देश्यबाट सुरु भएको देखिन्छ। प्रधानमन्त्री नरेन्द्र  मोदीले चीनसँग मानसरोवर बाटो बनाउने भनेर सहमति गरेको देखिन्छ। चीनले पनि लिपुलेकबाट व्यापार गर्ने सोचेको हुनसक्छ। यी नाका खुल्दा भारत र चीन दुवैलाई फाइदा हुने भएपछि यो सहमति उनीहरुका बीचमा भएको हुनसक्ने देखिन्छ।

यो सहमतिका विषयमा नेपाललाई जानकारी नभएको होइन। सरकार झुक्किने कुरा हुँदैन। अहिले कम्युनिस्ट सरकार छ, यसलाई हल्लाखल्ला गर्न पाए आफ्नो छवि उज्यालिन्थ्यो भनेर गरेको पनि हुन सक्छ। तर, जे भए पनि यो राम्रै भएको छ। यो भूमि नेपालकै हो नेपालले आफ्नो दाबी गर्नुपर्छ। 

nimb
nimb
Ncell 2
Ncell 2

चीन र भारतका बीचमा युद्धमा हुँदा म ठ्याक्कै कुन पदमा थिएँ, बिर्सें। मेरो नेतृत्वमा चीन भ्रमण भएको थियो। माओ र चाओ लिनलाई भेटेको थिएँ। त्यो बेला माओले हामीलाई राम्रै रुपमा लिएका थिए। उनीहरुलाई पनि भारतसँग नेपालको सम्बन्ध राम्रो छ भन्ने थाहा थियो। हाम्रो सेना ब्रिटिश र भारतमा पनि भएको मैले जानकारी गराएका थिएँ। भारतीय नेपाली गोर्खा सेनालाई माया गरेर राख्न भनेको थिएँ। इतिहासका कारण उनीहरुसँग हाम्रा नागरिका भारतीय सेना भएको बताएको थिएँ। माओले मलाई जिस्काएर माया गरेर राखेको भन्दै दशैंका बाजा बजाएर नाच्ने गरेको बताएका थिए।

सन्धिको कुरा प्रष्ट नै छ। ब्रिटिशसँग गरेको सुगौली सन्धि नै छ। महाकाली कुन हो भन्ने कुरा लेखिएकै छ। पञ्चेश्वरमा ठूलो बिजुली निकाल्ने भनिएको थियो। त्यो समयमा पनि कुन खोलावाट पानी आउँछ र खोला कहाँ छ भन्ने लेखेकै होला। अब यो विषयमा पनि छलफल नगरौं।

अब जाउँ कालापानीमा भारतीय सेना किन बस्यो। हाम्रो र भारतको धेरै पुरानो सम्बन्ध छ। राजा  त्रिभुवन भागेर कहाँ गए? दिल्ली। यहाँका नेता कहाँ बसे? दिल्ली। त्रिभुवन फर्केर यहाँ आउँदा उनको सहयोगी को थियो? भारतीय।  त्रिभुवन राजपथ कसले बनाइदियो? भारतले। यी यस्ता सम्बन्ध भारतसँग इतिहासदेखि नै थियो। कोदारी राजमार्ग निर्माण चीनले चाहेको थियो। बिपी कोइरालाको चीनसँग पनि राम्रो सम्बन्ध थियो। उनले कोदोरी बनाउन चाहेपछि तत्कालिन भारतीय प्रधानमन्त्री ज्वाहरलाल नेहरुले पत्र लेखेर रोकेका थिए।

सन् १९६२ मा चीन र भारतका बीचमा युद्ध भयो। अरुणाञ्चलमा भारतले नमानेपछि यो विवाद भएको थियो। कस्मिर, लद्दाख र अक्साई चीन जस्ता भागमा भारत र चीनका बीचमा विवाद थियो। त्यही सेरोफेरोमा भारतीय सेना कालापानी आइपुगे। चीनसँग युद्धका समयमा भारतीय सेना माथि टाकुरामा थिए। हिउँ पर्न थालेपछि उनीहरुलाई तल आएर बस्नुपर्ने थियो। उनीहरुले नेपालको कालापानीमा आँखा लगाए। आसाममा हारेपछि नेहरु स्तब्ध थिए।

नेपालको कालापानी चौरमा बस्न उपयुक्त हुने उनीहरुले महसुस गरे। कालापानी खालि जमिन थियो।  जवाहरलाल नेरुले महेन्द्रसँग कुरा गरे। यहाँ पनि महेन्द्रलाई कांग्रेसहरुले दुःख दिइरहेका थिए। चीनसँग नजिकिँदा भारतलाई शंका थियो। बिरामी नेहरु, त्यसैमाथि चीनसँग हारेको पीडा आदि समयमा भारतसँग सम्बन्ध कायम राख्न भए पनि कालापानीमा सेना बस्न दिइयो। नेहरुले राजा महेन्द्रलाई चिठी लेखेरै  कालापानीमा अस्थायी रुपमा भारतीय सैनिक बस्न मागेका थिए।  ल होस् न बसुन्, दुःख पाएका छन् भनियो। बिस्तारै त्यहाँ भारतीय सैनिकले क्याम्प बनाए।

अहिले आएर उनीहरुले नयाँ काली नदी र नयाँ मन्दिर बनाए। बाटो बनाए। अब उनीहरुले बाटोभन्दा उता तिम्रो यता हाम्रो भन्न सक्लान्। यो रकमी कुरा मात्र हो।

उनीहरुको भूभाग थियो त्यो भने किन नेहरुले हामीलाई पत्र लेख्नुपर्‍यो? नेपालकै हो भनेर त बस्न अनुमति माग्न लेखेको हो नि।

शारदा बाधमा ब्रिटिशले के भनेको थियो त्यो पनि हेर्न जरुरी छ। शारदा बाँध अहिलेको होइन। पञ्चेश्वरमा सहमति गर्दा महाकाली कहाँ भनिएको छ? नक्कली कि सक्कली भनिएको छ?

राजा महेन्द्र भएको समयमा दिल्ली पहिलोपल्ट दरबारबाट टाढा भएको थियो।

भारतले हामीलाई थिचोमिचो गर्न हुँदैन। हाम्रो विश्वासको नाता हो। उसले घात गर्न मिल्दैन।

राजा महेन्द्रले माओसँग सगरमाथा हामीलाई दिनुभयो भने नेपाली खुसी हुन्छन् भनेर प्रस्ताव गरेका थिए। त्यसको जवाफमा माओले नेपालका करोड खुसी होलान्। आफूलाई दिइयो भने सय करोड चिनिया खुसी हुने जवाफ दिएका थिए। त्यो आधा आधा गर्नेुपर्ने उनले प्रस्ताव गरेका थिए। चीनले पछि हामीलाई दियो। मुस्ताङमा पनि यस्तै कुराकानी भएको थिए तर चीनले विवाद गरेन।

अब फर्काउन के गर्नुपर्ला  त? यसलाई बाघचाल र बुद्धिचालसँग दाँजेर हेर्न जरुरी छ। बाघचालमा बाख्राले बाघ घेर्न सक्छन्। हामीले बाघचाल खेल्ने हो। बुद्धिचालमा भारत अगाडि हुन सक्छ। किनकी उसँग सबैथोक छ। महात्मा गान्धीले बाघचाल खेलेका थिए। उनले ब्रिटिशलाई बाघचालमै हराएका हुन्। जनता साथ लिएर उनले जसरी ब्रिटिशलाई फर्काए, अब हामीले पनि यसैगरी बाघचाल खेल्नुपर्छ। 

जनतालाई साथ दिएर खेल्ने हो भने यो सहज रुपमा जितिन्छ। विराटनगरको कोशी ब्यारेजको कार्यालय बन्द गराउन त हामीलाई मुस्किल  भएको थियो। त्यो कार्यालय हटाउन हामीले धेरै संघर्ष गरेका थियौं।  यसलाई अझ सरलसँग बुझ्न नेपालमा आएको भूकम्पसँग तुलना गरौं। भूकम्प आयो, मेरो घरमा केही आश्रय खोज्दै आए। किनकि मेरो घरको आंगन सुरक्षित थियो। मैले उनीहरुलाई आश्रय दिएँ। उनीहरुलाई दिएको आश्रयको आधारमा दाबी गर्न त मिलेन नि।

त्यसैले भारतीय सेनालाई केही समयका लागि हामीले दिँदैमा त्यो भूमि उनीहरुको भएको होइन। सानो देश छ भन्दैमा यस्तो कुरा गर्न भारतले मिल्दैन। भारत र हामी भाई–भाई होइनौं। हामी त छिमेकी मात्र हौं। भारतका भाईहरु त पाकिस्तान र बंगलादेश हुन्।

प्रधानमन्त्री केपी शर्मा ओली बाठो मान्छे हो भन्ने मैले वुझेको छु। उनी जुनसुकै चाल खेल्न सक्ने देख्छु। पार्टीभित्रको अन्तरकलह मिलाउनुस् भनेर पुष्पकमल दाहाल र माधव नेपालसँग आग्रह गर्दछु। पुष्पकमल दाहाल त धेरै चतुर छन्। यी सबै मिलेर नेपालको भूमि फिर्ता ल्याउनेतिर लाग्नुपर्छ। मेरो सुझाब लडाइँ भइसकेपछि  जवानलाई गोली हान्न सिकाउने होइन। जति सिकाउनुपर्ने हो, त्यो तालिमकै समयमा सिकाउनुपर्‍यो। लडाइँ नै भइसकेको पछि उनीहरुको कौशलले लड्न साथ दिऔं। अहिले ओलीलाई पनि सिकाउने भन्दा पनि साथ दिनु हाम्रो हितमा छ।

(थापासँग डिबी खड्काले गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति: आइतबार, जेठ १८, २०७७  १५:१५
  • #नेपाल_भारत
  • #विश्वबन्धु_थापा

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
शङ्कर पोखरेलको कटाक्ष : संकटको समयमा निराशा र पलायन कायरहरूको बाटो हो
‘सञ्चारमाध्यमले नागरिकका आवाजलाई केन्द्रमा राख्नुपर्छ’ : सञ्चार मन्त्री तिमिल्सिना
‘संवैधानिक व्याख्या र बहुमतबारे सर्वोच्चको निर्णय सबैले मान्नुपर्छ’: विश्वप्रकाश शर्मा
सम्बन्धित सामग्री
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
ताजा समाचारसबै
शङ्कर पोखरेलको कटाक्ष : संकटको समयमा निराशा र पलायन कायरहरूको बाटो हो बिहीबार, वैशाख २४, २०८३
‘सञ्चारमाध्यमले नागरिकका आवाजलाई केन्द्रमा राख्नुपर्छ’ : सञ्चार मन्त्री तिमिल्सिना बिहीबार, वैशाख २४, २०८३
‘संवैधानिक व्याख्या र बहुमतबारे सर्वोच्चको निर्णय सबैले मान्नुपर्छ’: विश्वप्रकाश शर्मा बिहीबार, वैशाख २४, २०८३
सुनचाँदीको मूल्य बढ्यो बिहीबार, वैशाख २४, २०८३
तीन दिनपछि खुल्यो बीपी राजमार्ग बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
ओलीले फिर्ता गरे दोहोरो सुविधाको गाडी बिहीबार, वैशाख २४, २०८३
सरकारले खारेज गर्‍यो १२ वटा ट्रेड युनियनहरू बुधबार, वैशाख २३, २०८३
विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त बुधबार, वैशाख २३, २०८३
संवैधानिक परिषद् बैठक आज, प्रधानन्यायाधीश सिफारिस मुख्य एजेन्डा बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्