• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

'नेहरुले चिठी लेखेर अनुरोध गरेपछि कालापानीमा भारतीय सेना बस्न दिइएको हो'

विश्वबन्धु थापा आइतबार, जेठ १८, २०७७  १५:१५
1140x725

काठमाडौं- भारतले एकतर्फी रुपमा राजनीतिक नक्सा जारी गरेपछि नेपाल-भारतबीच पछिल्लो असझदारी सुरु भएको छ। गत वैशाख २६ गते उसले नेपाली भूमि हुँदै निर्माण गरेको सडक उद्घाटन गरेपछि त त्यो असमझदारी झनै उत्कर्षमा पुगेको छ। भारतीय गतिविधिको प्रतिक्रिया स्वरुप नेपालले पनि आफ्नो अद्यावधिक नक्सा सार्वजनिक गरेको छ। र, संविधान संशोधनको प्रक्रिया अघि बढाएको छ।

भारतसँगका सम्बन्ध र नेपाली भूमिका उसको सैनिकको उपस्थितिका सम्बन्धमा नेपाल लाइभका लागि डिबी खड्काले तत्कालीन राजा महेन्द्रका सहयोगी विश्वबन्धु थापासँग कुराकानी गरेका छन्। महेन्द्र, जसको बलियो प्रभाव रहेको बेलामा भारतीय सैनिक नेपाली भूमिका बस्न सुरु गर्‍यो। त्यसको कारण के हुनसक्थ्यो? वा, रणनीति के हुनसक्थ्यो? नेपाल-भारतका बाध्यता वा समझदारी कस्ता थिए? भन्ने जस्ता कोणबाट थापासँग कुराकानी गरिएको छ।

भिडिओमा विस्तृत कुराकानी हेर्न र सुन्न सकिन्छ। प्रस्तुत छ, थापाका धारणाहरुको सम्पादित अंशः

नेपाल भारतको सिमानामा समस्या छैन। अहिले धेरै चर्चा भएर आएको हो। नेपाल र भारतबीचको सम्बन्ध अर्कै तहको हो। जंगे पिल्लर राख्दैमा हाम्रो सम्बन्ध छेकिँदैन। नेपाल र भारत त विश्वासको पिलरले छुट्टिएका हुन्।
  
मैले झापामा हेर्दा पहिले जंगे पिल्लर देखिँदैन थियो। अहिले सरेर सहर नजिकै आइसकेको छ। अब यी सबै कुरा हेर्न सुगौली सन्धिमा जानुपर्छ। यो हामीले हारेको वा जितेको जे भए पनि त्यो एकप्रकाकारको सन्धि थियो। तराई ब्रिटिशले राख्यो र पहाड हामीलाई दियो। तर, तराईका केही भाग पछि हामीलाई फेरि आयो।

जंगबहादुर राणाले ब्रिटिशलाई खुसी पारेका थिए। नयाँ मुलुक उनले माग गरेका कारण पाएको हो। पहिला नेपाल भनेको काठमाडौं नै हो । हामी यहाँ आउँदा पनि काठमाडौं नै थियो। यहाँ राणाले हामीलाई मान्छे होइन, जन्तु भन्थे। मुखिया  र जिम्मावालले चलाएको देश थियो। यहाँ सरकार नै थिएन।

२००७ सालको क्रान्तिपछि मात्र नेपालमा आधुनिकीकरणको इतिहास सुरु भयो। त्यसपछि मात्र प्रहरी र सेनाको स्थापना भएको हो।

अहिलेको विवाद मानसरोवर जाने उद्देश्यबाट सुरु भएको देखिन्छ। प्रधानमन्त्री नरेन्द्र  मोदीले चीनसँग मानसरोवर बाटो बनाउने भनेर सहमति गरेको देखिन्छ। चीनले पनि लिपुलेकबाट व्यापार गर्ने सोचेको हुनसक्छ। यी नाका खुल्दा भारत र चीन दुवैलाई फाइदा हुने भएपछि यो सहमति उनीहरुका बीचमा भएको हुनसक्ने देखिन्छ।

यो सहमतिका विषयमा नेपाललाई जानकारी नभएको होइन। सरकार झुक्किने कुरा हुँदैन। अहिले कम्युनिस्ट सरकार छ, यसलाई हल्लाखल्ला गर्न पाए आफ्नो छवि उज्यालिन्थ्यो भनेर गरेको पनि हुन सक्छ। तर, जे भए पनि यो राम्रै भएको छ। यो भूमि नेपालकै हो नेपालले आफ्नो दाबी गर्नुपर्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

चीन र भारतका बीचमा युद्धमा हुँदा म ठ्याक्कै कुन पदमा थिएँ, बिर्सें। मेरो नेतृत्वमा चीन भ्रमण भएको थियो। माओ र चाओ लिनलाई भेटेको थिएँ। त्यो बेला माओले हामीलाई राम्रै रुपमा लिएका थिए। उनीहरुलाई पनि भारतसँग नेपालको सम्बन्ध राम्रो छ भन्ने थाहा थियो। हाम्रो सेना ब्रिटिश र भारतमा पनि भएको मैले जानकारी गराएका थिएँ। भारतीय नेपाली गोर्खा सेनालाई माया गरेर राख्न भनेको थिएँ। इतिहासका कारण उनीहरुसँग हाम्रा नागरिका भारतीय सेना भएको बताएको थिएँ। माओले मलाई जिस्काएर माया गरेर राखेको भन्दै दशैंका बाजा बजाएर नाच्ने गरेको बताएका थिए।

सन्धिको कुरा प्रष्ट नै छ। ब्रिटिशसँग गरेको सुगौली सन्धि नै छ। महाकाली कुन हो भन्ने कुरा लेखिएकै छ। पञ्चेश्वरमा ठूलो बिजुली निकाल्ने भनिएको थियो। त्यो समयमा पनि कुन खोलावाट पानी आउँछ र खोला कहाँ छ भन्ने लेखेकै होला। अब यो विषयमा पनि छलफल नगरौं।

अब जाउँ कालापानीमा भारतीय सेना किन बस्यो। हाम्रो र भारतको धेरै पुरानो सम्बन्ध छ। राजा  त्रिभुवन भागेर कहाँ गए? दिल्ली। यहाँका नेता कहाँ बसे? दिल्ली। त्रिभुवन फर्केर यहाँ आउँदा उनको सहयोगी को थियो? भारतीय।  त्रिभुवन राजपथ कसले बनाइदियो? भारतले। यी यस्ता सम्बन्ध भारतसँग इतिहासदेखि नै थियो। कोदारी राजमार्ग निर्माण चीनले चाहेको थियो। बिपी कोइरालाको चीनसँग पनि राम्रो सम्बन्ध थियो। उनले कोदोरी बनाउन चाहेपछि तत्कालिन भारतीय प्रधानमन्त्री ज्वाहरलाल नेहरुले पत्र लेखेर रोकेका थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सन् १९६२ मा चीन र भारतका बीचमा युद्ध भयो। अरुणाञ्चलमा भारतले नमानेपछि यो विवाद भएको थियो। कस्मिर, लद्दाख र अक्साई चीन जस्ता भागमा भारत र चीनका बीचमा विवाद थियो। त्यही सेरोफेरोमा भारतीय सेना कालापानी आइपुगे। चीनसँग युद्धका समयमा भारतीय सेना माथि टाकुरामा थिए। हिउँ पर्न थालेपछि उनीहरुलाई तल आएर बस्नुपर्ने थियो। उनीहरुले नेपालको कालापानीमा आँखा लगाए। आसाममा हारेपछि नेहरु स्तब्ध थिए।

नेपालको कालापानी चौरमा बस्न उपयुक्त हुने उनीहरुले महसुस गरे। कालापानी खालि जमिन थियो।  जवाहरलाल नेरुले महेन्द्रसँग कुरा गरे। यहाँ पनि महेन्द्रलाई कांग्रेसहरुले दुःख दिइरहेका थिए। चीनसँग नजिकिँदा भारतलाई शंका थियो। बिरामी नेहरु, त्यसैमाथि चीनसँग हारेको पीडा आदि समयमा भारतसँग सम्बन्ध कायम राख्न भए पनि कालापानीमा सेना बस्न दिइयो। नेहरुले राजा महेन्द्रलाई चिठी लेखेरै  कालापानीमा अस्थायी रुपमा भारतीय सैनिक बस्न मागेका थिए।  ल होस् न बसुन्, दुःख पाएका छन् भनियो। बिस्तारै त्यहाँ भारतीय सैनिकले क्याम्प बनाए।

अहिले आएर उनीहरुले नयाँ काली नदी र नयाँ मन्दिर बनाए। बाटो बनाए। अब उनीहरुले बाटोभन्दा उता तिम्रो यता हाम्रो भन्न सक्लान्। यो रकमी कुरा मात्र हो।

उनीहरुको भूभाग थियो त्यो भने किन नेहरुले हामीलाई पत्र लेख्नुपर्‍यो? नेपालकै हो भनेर त बस्न अनुमति माग्न लेखेको हो नि।

शारदा बाधमा ब्रिटिशले के भनेको थियो त्यो पनि हेर्न जरुरी छ। शारदा बाँध अहिलेको होइन। पञ्चेश्वरमा सहमति गर्दा महाकाली कहाँ भनिएको छ? नक्कली कि सक्कली भनिएको छ?

राजा महेन्द्र भएको समयमा दिल्ली पहिलोपल्ट दरबारबाट टाढा भएको थियो।

भारतले हामीलाई थिचोमिचो गर्न हुँदैन। हाम्रो विश्वासको नाता हो। उसले घात गर्न मिल्दैन।

राजा महेन्द्रले माओसँग सगरमाथा हामीलाई दिनुभयो भने नेपाली खुसी हुन्छन् भनेर प्रस्ताव गरेका थिए। त्यसको जवाफमा माओले नेपालका करोड खुसी होलान्। आफूलाई दिइयो भने सय करोड चिनिया खुसी हुने जवाफ दिएका थिए। त्यो आधा आधा गर्नेुपर्ने उनले प्रस्ताव गरेका थिए। चीनले पछि हामीलाई दियो। मुस्ताङमा पनि यस्तै कुराकानी भएको थिए तर चीनले विवाद गरेन।

अब फर्काउन के गर्नुपर्ला  त? यसलाई बाघचाल र बुद्धिचालसँग दाँजेर हेर्न जरुरी छ। बाघचालमा बाख्राले बाघ घेर्न सक्छन्। हामीले बाघचाल खेल्ने हो। बुद्धिचालमा भारत अगाडि हुन सक्छ। किनकी उसँग सबैथोक छ। महात्मा गान्धीले बाघचाल खेलेका थिए। उनले ब्रिटिशलाई बाघचालमै हराएका हुन्। जनता साथ लिएर उनले जसरी ब्रिटिशलाई फर्काए, अब हामीले पनि यसैगरी बाघचाल खेल्नुपर्छ। 

जनतालाई साथ दिएर खेल्ने हो भने यो सहज रुपमा जितिन्छ। विराटनगरको कोशी ब्यारेजको कार्यालय बन्द गराउन त हामीलाई मुस्किल  भएको थियो। त्यो कार्यालय हटाउन हामीले धेरै संघर्ष गरेका थियौं।  यसलाई अझ सरलसँग बुझ्न नेपालमा आएको भूकम्पसँग तुलना गरौं। भूकम्प आयो, मेरो घरमा केही आश्रय खोज्दै आए। किनकि मेरो घरको आंगन सुरक्षित थियो। मैले उनीहरुलाई आश्रय दिएँ। उनीहरुलाई दिएको आश्रयको आधारमा दाबी गर्न त मिलेन नि।

त्यसैले भारतीय सेनालाई केही समयका लागि हामीले दिँदैमा त्यो भूमि उनीहरुको भएको होइन। सानो देश छ भन्दैमा यस्तो कुरा गर्न भारतले मिल्दैन। भारत र हामी भाई–भाई होइनौं। हामी त छिमेकी मात्र हौं। भारतका भाईहरु त पाकिस्तान र बंगलादेश हुन्।

प्रधानमन्त्री केपी शर्मा ओली बाठो मान्छे हो भन्ने मैले वुझेको छु। उनी जुनसुकै चाल खेल्न सक्ने देख्छु। पार्टीभित्रको अन्तरकलह मिलाउनुस् भनेर पुष्पकमल दाहाल र माधव नेपालसँग आग्रह गर्दछु। पुष्पकमल दाहाल त धेरै चतुर छन्। यी सबै मिलेर नेपालको भूमि फिर्ता ल्याउनेतिर लाग्नुपर्छ। मेरो सुझाब लडाइँ भइसकेपछि  जवानलाई गोली हान्न सिकाउने होइन। जति सिकाउनुपर्ने हो, त्यो तालिमकै समयमा सिकाउनुपर्‍यो। लडाइँ नै भइसकेको पछि उनीहरुको कौशलले लड्न साथ दिऔं। अहिले ओलीलाई पनि सिकाउने भन्दा पनि साथ दिनु हाम्रो हितमा छ।

(थापासँग डिबी खड्काले गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति: आइतबार, जेठ १८, २०७७  १५:१५
  • #नेपाल_भारत
  • #विश्वबन्धु_थापा

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा शुक्रबार, असोज ३०, २०८३
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’ शुक्रबार, असोज ३०, २०८३
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शुक्रबार, असोज ३०, २०८३
स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क लागू गर्ने सेवा प्रदायकलाई ५० हजार जरिवाना शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्