• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

नीति तथा कार्यक्रम : जनशक्ति प्रक्षेपण प्रतिवेदन थन्काएर किन गर्ने फेरि अध्ययन?

‘जनशक्ति प्रक्षेपण तथा मानव संशाधन विकास योजना तर्जुमा कार्यदल’ को प्रतिवेदन गुपचुप
64x64
हेमन्त जोशी आइतबार, जेठ ११, २०७७  १९:४९
1140x725

काठमाडौं- एक वर्षअघि अध्ययन सम्पन्न भएर प्रतिवेदनसमेत बुझाइसकेको कामलाई सरकारले फेरि आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रममा राखेको छ। नेपालमा कुन क्षेत्रमा कति जनशक्ति आवश्यक र उपलब्ध छ? भनी आगामी २५ वर्षसम्मका लागि गरिएको प्रक्षेपणलाई उपेक्षा गर्दै सरकारले नयाँ अध्ययन तथा प्रक्षेपण गर्ने विषय नीति तथा कार्यक्रममा राखेको हो। 

आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रमको बुँदा नम्बर ६२ मा ‘राष्ट्रिय आवश्यकता र अन्तर्राष्ट्रिय अवसरका आधारमा जनशक्ति प्रक्षेपण गरी विषय क्षेत्रगत जनशक्ति उत्पादन गरिनेछ। राष्ट्रिय योग्यता प्रारुपको ढाँचा कार्यान्वयनमा ल्याइनेछ,’ भनी उल्लेख गरिएको छ। तर सरकारले आर्थिक वर्ष २०७५/७६ मै यही काम गर्नका लागि शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा निर्देशक समिति र डा. रुद्र सुवालको संयोजकत्वमा कार्यदल बनेको थियो। निर्देशक समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र एक जना सदस्य तथा दश वटा मन्त्रालयका सचिवहरू सदस्यका रुपमा रहेका थिए। 

२०७५ असोजमा डा रुद्र सुवालको संयोजकत्वमा गठन भएको ‘जनशक्ति प्रक्षेपण तथा मानव संशाधन विकास योजना तर्जुमा कार्यदल’ले २०७६ असारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्ययन प्रतिवेदनसमेत बुझाएको छ। तर उक्त प्रतिवेदन थन्काएर सरकारले नीति तथा कार्यक्रममार्फत फेरि जनशक्ति प्रक्षेपण गर्न लागेको विषय सार्वजनिक गरेको छ। 

उक्त अध्ययन कार्यदलका संयोजक डा रुद्र सुवाल करिब एक वर्ष लगाएर गरेको अध्ययन प्रतिवेदन आफूहरूले प्रधानमन्त्रीलाई बुझाएको र प्रधानमन्त्रीले पनि उक्त प्रतिवेदनले दिएका सुझाव कार्यान्वयन गर्ने आश्वासन आफूहरूलाई दिएको बताउँछन्। ‘हामीले प्रधानमन्त्रीलाई नै प्रतिवेदन बुझाएका हौं। तर त्यो प्रतिवेदन सार्वजनिक पनि भएन र त्यसका सुझाव पनि कार्यान्वयनमा आएनन्,’ सुवालले नेपाल लाइभसँग भने। प्रधानमन्त्रीको सचिवालयका व्यक्तिहरु हेरफेर भएपछि प्रतिवेदन कार्यान्वयनका विषयमा आफूले कुनै जानकारी पाउन नसकेको सुवाल बताउँछन्। 

आफूहरूले विस्तृत अध्ययन गरेर नै प्रतिवेदन तयार पारेका कारण यही विषयमा थप अध्ययन गर्नु आवश्यक नभएपनि सरकारले नीति तथा कार्यक्रममा समेट्नु सरकारी निकायहरुबीचको समन्वय हुन नसक्नु मुख्य कारण हुनसक्ने सुवालको भनाइ छ।

Ncell 2
Ncell 2
nimb
nimb

‘आगामी २५ वर्षसम्मका लागि कुन क्षेत्रमा कति जनशक्ति छ र कति आवश्यक पर्छ भनेर एक वर्षअघि मात्रै अध्ययन भएको हो। यसमा थप अध्ययन गर्नुपर्ने कुनै कारण छैन। कोभिड १९ महामारीपछिको अवस्था केही फरक हुनसक्ने भएपनि सामान्य हेरफेरबाहेक विस्तृत अध्ययन आवश्यक छैन,’सुवालले भने। प्रतिवेदनमार्फत छुट्टै मानव संशाधन आयोग गठन गर्ने तथा छुट्टै निकाय वा संयन्त्रमार्फत देशभित्र र बाहिरको जनशक्तिका बारेमा अध्ययन र परिचालन गरिनुपर्नेलगायतका महत्वपूर्ण सुझाव सरकारलाई दिइएको भएपनि सरकारले त्यसलाई कार्यान्वयन गर्नुको साटो त्यस्तै प्रकृतिको अर्को अध्ययन गर्न लाग्नु अनावश्यक खर्चमात्रै भएको उनको भनाइ छ। 

विकासका लागि पूँजी र मानव संशाधन गरी दुई प्रकारका श्रोत आवश्यक ठानिन्छ। पूँजी र लगानी जुटाउने तथा त्यसको बाँडफाँड गर्ने विषयमा सरकारले विभिन्न अध्ययन अनुसन्धान गरेपनि नेपालमा मानव श्रोतका विषयमा भने डा सुवालको संयोजकत्वमा अघिल्लो वर्ष भएको अध्ययन नै पहिलो हो। तर त्यो प्रतिवेदन पनि गुपचुप राखिएको छ। 

कार्यदलले अर्थतन्त्रका  विभिन्न आयामलाई १५ वटा क्षेत्रमा विभाजन गरी फरक-फरक क्षेत्रमा शीर्षकगतरुपमा मानव संशाधन अध्ययन गरेको थियो। जसमा कृषि तथा वन, मत्स्यपालन, खानी तथा उत्खनन, उद्योग, विद्युत्, ग्याँस तथा पानी, निर्माण र थोक तथा खुद्रा व्यापार क्षेत्र थिए। त्यस्तै होटल तथा रेस्टुरेन्ट, यातायात सञ्चार तथा  भण्डारण, वित्तीय मध्यस्थता, रियल स्टेट, भाडा तथा व्यवसायिक सेवा, सार्वजनिक प्रशासन र रक्षा, शिक्षा, स्वास्थ्य र सामाजिक कार्य, अन्य सामुदायिक सामाजिक तथा व्यक्तिगत सेवा क्षेत्रमा जनशक्तिको अवस्था पनि अध्ययन गरिएको थियो। 

भण्डारण, वित्तीय मध्यस्थता, रियल स्टेट, भाडा तथा व्यवसायिक सेवा, सार्वजनिक प्रशासन र रक्षा, शिक्षा, स्वास्थ्य र सामाजिक कार्य, अन्य सामुदायिक सामाजिक तथा व्यक्तिगत सेवा क्षेत्रमा जनशक्तिको अवस्था पनि अध्ययन गरिएको थियो।

प्रकाशित मिति: आइतबार, जेठ ११, २०७७  १९:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हेमन्त जोशी
जोशी नेपाललाइभका अर्थ बिटमा कार्यरत छन्।
लेखकबाट थप
राजस्व अनुसन्धानले समातेको ७२ मेट्रिक टन गुणस्तरहीन चिनी नष्ट गरिँदै
साइबर सुरक्षामा बैंक-वित्तीय क्षेत्र कति संवेदनशील छ?
आफैंले भोगेको समस्याबाट जन्मिएको ‘फुडमान्डु’
सम्बन्धित सामग्री
२५ म्यानपावरलाई विभागको पत्र : पाँच वर्षको कारोबारदेखि श्रमिक विवरणसम्म बुझाउनू मलेसिया जाने नेपाली श्रमिक पठाउने प्रक्रियामा सीमित म्यानपावरलाई मुख्य कम्पनी र अन्यलाई सबएजेन्ट बनाइएको विषयमा विवाद भइरहेका बेला व... शुक्रबार, असोज २, २०८३
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब आवेदन दिएकाहरूको आवश्यक परीक्षणपछि अन्तिम छनाेट सूची प्रकाशन गरी इजरायल पठाउने र रोजगादारताहरूले लक्की ड्रमार्फत कामदार छनाेट गर्ने... मंगलबार, भदौ २३, २०८३
देशभरका म्यानपावर कम्पनी बन्द‚ वैदेशिक रोजगारीमा श्रमिक नपठाउने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आज (सोमबार)देखि बन्द गर्ने घोषणा गरेको छ। सोमबार, भदौ १, २०८३
ताजा समाचारसबै
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
जलवायु परिवर्तनलाई राष्ट्रिय सुरक्षाको केन्द्रमा राख्नुपर्छ : गगन थापा शुक्रबार, असोज २, २०८३
राजदूत सिफारिसबाहेक अरु के–के निर्णय गर्‍यो मन्त्रिपरिषद्ले ? शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा शुक्रबार, असोज २, २०८३
एन्फा मुख्यालयमा सीआईबीको छापा, कागजात नियन्त्रणमा शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्