• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

प्रिय प्रधानमन्त्रीज्यू! विदेशका नेपाली छिटो फर्काउनुहोस्

डा अच्युतशाली घिमिरे सोमबार, जेठ १२, २०७७  १५:२७
1140x725

कोरोनाको महामारीले विश्वलाई छोएको छ। जहाँ छन् नेपालीहरूले आफ्नो गाँउ ठाँउको खुबै याद गरिरहेका छन्। स्वदेशलाई हामी जननी भन्छौं। दुःख आपत पर्दा जननीभावसँग गासिन खोज्नु हाम्रो सभ्यता हो। आमा समान यो देशको प्रेममा सत्यको भाव झल्किन्छ। यो संकटको घडीमा अमेरिका,अष्ट्रेलिया, कतार, मलेसिया, भारतलगायत मुलुकमा हुने नेपालीहरू नेपाल फर्किन खोज्नु र काठमाडौंमा भएकाहरू समेत हिँडेरै भएपनि आफ्नो गाउँ जान खोज्नुले मातृभूमिको भावना आखिरीमा महत्वपूर्ण हुनेरहेछ भन्ने कुरा प्रष्ट्याउँछ।

मातृभूमिभन्दा ठूलो चिज दुनियामा केही हुँदैन। विदेश एउटा कथाजस्तै हो, नलेखिएको वा नदेखिएको। जब देखिन्छ वा भोग्न सुरु गरिन्छ‚ बिस्तारै मातृभूमिसँग टाढा बनाउँछ। विदेसिनुको व्यथा उस्तै छ। कोही कक्षा १२ पास गरेपछि अष्ट्रेलिया गएका छन्‚ कोही विशेषज्ञता हासिल गर्न अमेरिका गएका छन्। कोही घरको छानो फेर्न र गुजारा गर्न साउदी, कतार गएका छन्। होला देशले फर्किने माहौल बनाएन शायद। उतै श्रम बेच्न र अर्कैको देश बनाएर जवानी सिध्याउन विवश भए नेपालीहरू।

हो‚ विदेसिनु बाध्यता उनीहरूको थियो होला। तर धेरैपछि आज उनीहरूले फेरि देश सम्झिएका छन् र निराश हुँदै भनेका छन्‚ ‘यस्तो संकटमा पनि देशले लिन जहाज पठाएन।’  सुन्दैछु धेरै देशले नेपालीलाई आफ्नो देश फर्क भनिसकेका छन्। यो महामारीमा सरकारी सेवा सुविधा आफ्ना नागरिकलाई मात्र प्राथमिकतामा राखेर दिने भनेका रहेछन्। अनि कार्डिओलोजिस्ट डाक्टर भइकन अमेरिकामा एक नेपाली कोरोना लाग्दा स्वास्थ्य सेवाबाट प्रताडित भएछन्।यो आपतको बेलामा सबैका आँखा वरिपरि आफ्ना परिवार समाज गाउँ ठाउँ साथीभाइ इष्टमित्र  घुमिरहेछन्।

संकटमा उजागर भएपनि यो स्वदेश प्रेम स्वागतयोग्य छ। यो देशभक्ति कायम राख्नु जरुरी छ। उनीहरूका लागि विदेश एउटा सपना थियो, झिलीमिली थियो होला, आफू र परिवार उकास्ने सिढीं पनि थियो होला तर कोरोना महामारीले विदेशिएको नेपालको दक्ष जनशक्ति देशको विकासमा प्रयोग गर्ने अवसर दिएको छ। त्यसैले उनीहरूलाई फर्काउन र स्थायी रुपमा नै नेपालमा बस्ने वातावरण सिर्जना गर्न ढिलो नगरौं।

प्रिय प्रधानमन्त्रीज्यूसँग मेरो आग्रह- जतिसक्दो चाँडो विदेशमा रहेका नेपालीलाई स्वदेश फर्कन पहल गरिदिनुहोस्। संख्या लाखौं होला, तर साँच्चै दुःख भोगिरहेका र नेपालमा नै गएर केही गर्ने अठोट बोकेकालाई प्राथमिकतामा राखेर फिर्ता ल्याउने कोशिस गरौं। एयरपोर्टमा नै टेस्ट गर्ने व्यवस्था मिलाएर प्रदेश एवं स्थानीय सरकारसँगको सहकार्यमा सजगता एवं स्वास्थ्य आचरसंहिताहरू पालना गर्न लगाएर घर फिर्ता गराउन सकिन्छ। अरु देशको तुलानामा ठूलो संख्यामा विदेशी भूमिबाट नेपाली फिर्ता ल्याउनु चुनौती त छँदैछ तर नक्सा जारीसँगै जुन वाहवाही हजुरले पाउनुभएको छ, यस कार्य सफल गर्न सक्नुभएमा हजुरको गुणगान गाउन नेपालीहरू थाक्नेछैनन्।

Ncell 2
Ncell 2
nimb
nimb

स्वदेशका श्रमका औजारहरू उनीहरूलाई कुरिहेछन्। यहाँका कोदालीहरू, दाउराका भारीहरू, हलो र असार पन्ध्रहरू उनीहरूकै बाटो हेरिरहेछन्। अमेरिकामा बसेर कृषि क्रान्तिका गफ गरेर देश कृषिमा आत्मनिर्भर हुन सक्दैन। यहाँका कक्षा कोठाहरू, घुम्ने मेचहरू, दूरदराजका अस्पतालहरू, सिंहदरबारका आसनहरू दक्ष जनशक्तिकै प्रतिक्षामा छन्। देशले एउटा आशा गरिरहेछ, जुन आर्यभावना बाल्यकालमा हरेक मनुष्यमा नै मातृभूमिले जागृत गरेको हुन्छ‚ त्यसको फेरो समाउदै साँझ परेपछि गुँड फर्किने चराहरूजस्तै एकदिन फर्किआउनेछन् स्वदेशमा नै आफ्ना सन्तानहरू।

साँच्चै यो नाता कस्तो हो? जवानीमा नै जननीसँग वियोगिन्छौं र बिर्सिएर जान्छौं। के हामी लाचार छौं? भूकम्प आउँदा ७२ सालमा सबैले गाउँ फर्किने अठोट गर्यौं तर बिस्तारै भुल्दै गयौं। विपत्ति आउँछ, हामीलाई झस्काउँछ फेरि उही अवस्थामा फर्किन्छौं। अहिले कोरोनाको कहर छ, कतिखेर नेपाल फर्कौं र आफन्त भेटौंको मनोदशामा गुज्रिरहेछन् सबै। तर यो कस्तो सम्बन्ध? क्रुरताले सम्झाउने र शितलताले बिर्साउने। मातृभूमिको माया आफ्ना सन्तानप्रति सदैव रहने तर विदेशीनेहरूको माया मुतको न्यानोमात्र ठहरिने, यो कस्तो विडम्बना? 

हामी मानव जाती हौं। विषाणु, जिवाणु र प्रकृतिका अवयवहरूभन्दा पनि श्रेष्ठ भन्ठान्थ्यौं। तर कोरोना प्रकोपले हाम्रो सोच र क्रियाहरूमा पूर्णविराम लगाइदिएको छ। हामी जहाँ‚ जस्तो अवस्थामा छौं‚ त्यही बस्न बाध्य बनाइएका छौं। र हरेक चीज धारण गर्नु मानवजातीको धर्म हो, धर्म जन्मभूमिको हृदयबाट निस्केको हुन्छ। जहाँ जता नै हाम्रो सत्ता रहेपनि जन्मभूमिको भाव खँदिलो रहन्छ‚ जुन हाम्रो परस्पर श्रद्धा र जन्मभूमिप्रतिको सेवाले निर्धारण गर्छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

हाम्रो जीवन, धन र सर्वस्व नै आखिर के रहेछ? यी सबैका लागि बिलौना गर्नु नै कत्तिको बुद्धिमानी रहेछ? सुन्दर सपनाको पछि पछि भागी हिँड्नेहरूले सोच्नुपर्नेछ। दुःख पर्दा आसुँ झर्दा, आफ्नोपनको मोहनी एउटा मातृभूमिले जागृत गर्न सक्छ भने किन मातृभूमि सिंगार्न हामी आफ्नो जवानी खर्च गर्न सक्दैनौं? नेपालमा पुरै अँधेरोमात्र देख्नेहरूले किन ज्योतिको पुञ्ज ल्याएर पोख्न सक्दैनन्? के देशलाई सरापेर र नेतालाई धिक्कारेर मात्र विकास हुन्छ र? जबसम्म देशले आफ्नो पूँजी, श्रम र जनशक्ती सँग सँगै जोड्न सक्दैन, हामीले हाम्रो देश भनेर गर्व गरिरहन लायकको बन्नै सक्दैन।

आखिरमा प्रकोप र महामारीले देखाउँछ हाम्रो देशको तस्बिर, हामीसँग साधन स्रोत केही छैन भन्ने कुरा। यो नहुनुमा तपाईं विदेशमा बसेर देश विकासको फुईं लाउने विज्ञ व्यक्ति कति ज़िम्मेवार? कहिले सोच्नुभएको छ?

आज त विश्वव्यापी महामारी छ‚ भोलि त किनार लाग्छ‚ लाग्छ तर यसबाट आफूभित्र स्वदेश प्रेमको अंकुर सबैले उमारेनौं भने युवा जनशक्ति कै अभावमा देश पछाडि परिरहनेछ। अनि यसैगरी आफू संकटमा पर्दा देश पुकारिरहनेछौं र देशले चाहेर पनि हामीलाई केही गर्न सक्ने छैन। किन कि देश बनाउने ज़िम्मेवारी हाम्रो काँधमा पनि छ। यो महामारीले सबैको बुद्धि फिरोस्। केही दिनलाई होइन सधैंलाई देश फिर्ने जाँगर चलोस्। होलान् हतोत्साहित गर्ने राज्य व्यवस्था,प्रणाली र संरचनाहरू, सबै मिलेदेखि प्रश्न उठाएदेखि बाङ्गाटिङ्गा रेखाहरू पनि सिधा हुँदै जानेछन्। आशा गरौं।

प्रकाशित मिति: सोमबार, जेठ १२, २०७७  १५:२७
  • #Novel
  • #corona

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह
यमनमा राष्ट्रपतीय दरबारमा हुथीको क्षेप्यास्त्र आक्रमण, पाँच जनाको मृत्यु
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित शुक्रबार, असोज ३०, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
यमनमा राष्ट्रपतीय दरबारमा हुथीको क्षेप्यास्त्र आक्रमण, पाँच जनाको मृत्यु शुक्रबार, असोज ३०, २०८३
हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना शुक्रबार, असोज ३०, २०८३
नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्