• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

सेयर बजार : हल्लाको पछि लगानीकर्ता, परिसूचक नकारात्मक

64x64
नेपाल लाइभ शनिबार, वैशाख १, २०७५  ०९:४६
1140x725

काठमाडौं– २०७४ साल नेपाली पुँजी बजार खासै सन्तोषजनक रहन सकेन। नेप्से परिसूचक, कारोबार रकमदेखि समग्र बजार अघिल्लो वर्षको तुलनामा नकारात्मक देखियो।

४ सय १९ अंकको गिरावट

नेप्से परिसूचकमा अघिल्लो सालको तुलनामा ४ सय १९ दशमलब ५८ अंकले गिरावट आएको छ। अघिल्लो सालको अन्तिम कारोबारको दिन १ हजार ६ सय ९७ दशमलब १३ अंकको बिन्दुमा रहेको नेप्से परिसूचक यो वर्षको अन्तिम कारोबारको दिन १ हजार २ सय ७७ दशमलब ५५ को बिन्दुमा आइपुगेको छ।

कारोबारमा सवा ६ अर्बको गिरावट

२०७३ सालको अन्तिम कारोबारको दिन चैत ३१ गते ६ अर्ब ५४ करोड ५३ लाख रुपैयाँको कारोबार भएको सेयर बजार २०७४ सालको अन्तिम कारोबारको दिन चैत २९ गते ४४ करोड ३० लाख रुपैयाँमा खुम्चिएको छ। यसरी हेर्दा यस वर्षको अन्तिम दिनकै करोबार रकम हेर्ने हो भने, ६ अर्ब १० करोड रुपैयाँले गिरावट आएको छ।

सेन्सेटिभ इन्डेक्समा ९५ अंकको गिरावट

‘क’ वर्गका कम्पनीहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्समा ९५ अंकको गिरावट आएको छ। अघिल्लो वर्षको अन्तिम कारोबारको दिन ३ सय ६७ को बिन्दुमा रहेको सेन्सेटिभ परिसूचक यस वर्षको अन्तिममा २ सय ७२ को विन्दुमा आइपुगेको छ। 

कुन उपसमूहमा कति परिर्वतन?

Ncell 2
Ncell 2
nimb
nimb

बजार नकारात्मक देखिनुका कारण

पुँजी वृद्धिको असर बजारमा
आर्थिक वर्ष ०७२/७३ को मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी चार गुणासम्म बढाएको थियो। उक्त पुँजी वृद्धिको असर २०७४ सालको पुँजी बजारमा परेको देखिन्छ। पुँजी वृद्धि योजना अनुरुप तथा वित्तीय संस्थाहरुले पुँजी वृद्धिका लागि ठूलो परिणाममा हकप्रद र बोनस सेयर वितरण गर्न थाले। हकप्रद र बोनसबाट सेयरको ठूलो मात्रा बजारमा आयो।

जसबाट बजारमा आपूर्तिको मात्रा ब्यापक रुपमा बढ्यो भने सोही अनुसार मागमा वृद्धि भएन। फलतः माग र आपूर्तिको सन्तुलन नमिल्दा बजार नकारात्मक हुँदै गयो। साथै, बजारमा आएको ठूलो मात्राको सार्वजनिक निस्काशनले गर्दा दोस्रो बजारमा नकारात्मक प्रभाव पर्न गएको देखिन्छ।

हल्लाको पछि लगानीकर्ता

Xtrem

Xtrem

सानातिना हल्लाले पनि नेपाली पुँजी बजारका लगानीकर्तालाई असर गर्ने गरेको अनुभव विगतदेखिकै हो। यो असर २०७४ सालमा पनि कायम रह्यो। सरकारले स्थानीय र प्रदेशसभाको चुनाव यही वर्ष सम्पन्न गर्यो। चुनावपछि देशले स्थायी सरकार पाउने आशामा हौसिएका लगानीकर्ता पुनः सरकार गठनमा ढिलाई हुँदा बिच्किएका थिए। फलस्वरुप बजार नकारात्मक बन्न गएको थियो। त्यस्तै, अर्थमन्त्रीमा डा युवराज खतिवडा आएपछि उनले सेयर बजारलाई अनुत्पादक क्षेत्र ठानेर कडाइ गर्ने हल्लाकै भरमा सेयर बजार तिलमिलाएको थियो।

लगानीकर्तामा मनोवौज्ञानिक असर

नयाँ अर्थमन्त्रीका रुपमा डा युवराज खतिवडा अएसँगै लगानीकर्तामा मनोवौज्ञानिक असर परेको देखिन्छ। अर्थमन्त्री खतिवडाले राष्ट्र बैंकको गभर्नर हुँदादेखि नै सेयर बजारलाई अनुत्पादन मूलक क्षेत्रको संज्ञा दिँदै आएका थिए। उनी पुँजी बजारप्रति सकारात्मक बन्दैनन् कि भन्ने मनोवौज्ञानिक असरले लगानीकर्तालाई तर्साएको देखियो।

सेयर बजारमा उतारचाढाव स्वभाविक नै हो। तर, बजारलाई राजनीतिक घटनाक्रमले असर गर्ने हुँदा कहिलेकाहीँ बजारमा अस्वाभाविक उतारचढाव पनि देखिने गरेको छ।

रलता अभाव

लगानी योग्य पुँजी (तरलता) अभावको हल्लाले पुँजी बजार नराम्रोसँग थलिन पुग्यो। बैंक तथा वित्तीय संस्थाले ‘मार्जिन कल’ गर्न थाले भने सेयर कर्जा पूर्ण रुपमा बन्द गेर। यसले सेयर कारोबारमा व्यापक कटौति भयो। बैंकिङ क्षेत्रमा तरलता अभाव चुलिएसँगै बैंक तथा वित्तीय संस्थाले निक्षेपमा ब्याजदर बढाए। साथै, कर्जा प्रवाहलाई पूर्ण रुपमा रोके, जसले पुँजी बजारमा असर गर्यो। कर्जा लिएर पुँजी बजारमा लगानी गर्ने लगानीकर्ता हच्किए भने ब्याजदर बढ्दा दोस्रो बजारका लगानीकर्ता निक्षेपतर्फ नै अकर्षित भए। 

पुँजी बजारमा भएका सकारात्मक कदम
लघुवित्त समूह नेप्सेमा थप

यसै वर्ष नेप्सेले लघुवित्त कम्पनीलाई छुट्टै समूहमा राखेर कारोबार सुरु गरेको छ। कात्तिक १५ देखि लघुवित्त कम्पनीहरु छुट्टै समूह ‘माइक्रोफाइनान्स’ मार्फत कारोबारमा आएका हुन्। विकास बैंकबाट लघुवित्त कम्पनी छुट्याउँदा नेप्सेले दुवै समूहलाई समान अंक १ हजार ८ सय ४५ प्रदान गरी परिसूचक सुरु गरेको थियो। नेप्सेले साविकमा विकास बैंक समूहमा रहेका ७१ कम्पनीमध्ये नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको लघुवित्त कारोबार गर्ने इजाजत प्राप्त गरेका ३३ वित्तीय संस्थालाई अलग गरी नयाँ परिसूचक निर्माण गरेको हो। 

सि–आस्वा प्रणाली कार्यान्वयन

नेपाली पुँजी बजारको विकास तथा विस्तार सुधारको चरणमा रहेकाले कही अपेक्षा गर्न सकिन्छ। २०७४ को सुरुवाती समयमै अस्वा प्रणालीलाई अनिवार्य कार्यान्वयमा ल्याइयो। जसका कारण साधारण सेयरमा आवेदन दिँदा लामो समय लाइन लाग्नु पर्ने समस्याबाट लगानीकर्ताले छुट्कारा पाएका छन्। 

वर्षको अन्त्यतिर उक्त प्रविधिलाई आधुनिकीकरण गरेर सि–आस्वा प्रणाली संचालनमा आएको छ। जसले प्राथकिम बजारको लगानी लामो समयसम्म फ्रिज हुने समस्याको समाधान गरेको छ। साधारण सेयर भरेको तीन दिनमा नै सेयर बाँडफाँट गर्न सम्भव भएको प्रमाणित सि–आस्वा प्रणालीले गरिदिएको छ। जसका कारण अब साधारण सेयरमा लागानी गरेको पैसा लामो समयसम्म फ्रिज हुने समस्याको अन्त्य भएको छ। जसको सकारात्म प्रभाव नेपाली पुँजी बजारमा पर्ने देखिन्छ।  

६ मर्चेन्ट बैंक सञ्चालनका लागि अनुमति

नेपाल धितोपत्र बोर्डमा चैत महिनामा ६ वटा मर्चेन्ट बैंकले सञ्चालनका लागि अनुमति माग्दै आवेदन दिएका छन्। आवेदन दिएका धेरैजसो मर्चेन्ट बैंक ठूला बैंकका सहायक कम्पनी हुन्। जनता बैंकको सहायक कम्पनी जनता क्यापिटल, सेञ्चुरी बैंकको सहायक कम्पनी सेञ्चुरी क्यापिटल, कुमारी बैंकको कुमारी क्यापिटल र बंगलादेश बैंकको बंगलादेश क्यापिटल एन्ड मर्चेन्ट बैंकले सञ्चालनको अनुमति माग्दै बोर्डमा आवेदन दर्ता गराएका छन् जसले बजार सकारात्म गतिमा अगाडि बढ्न टेवा पुर्याउने देखिन्छ। 

लगानीकर्ता के चाहन्छन्?

प्रधानमन्त्रीले समेत राजनीतिक अस्थिरता अन्त्य भई स्थिर सरकार आएको र सरकारले आर्थिक सम्वृद्धिलाई जोड दिने बताइरहँदा नेपाली पुँजीबजार पनि केही सकारात्मक देखिएको छ। २०७५ सालमा नेपाली पुँजी बजार सकारात्मक बन्ने लगानीकर्ताको अपेक्षा छ। जसलाई नियामक निकायले बुझेर पुँजी बजार सुधारका लागि विभिन्न किसिमका काम गर्न आवश्यक छ। 

लामो समयदेखि चर्चामा रहेको गैरआवासीय नेपालीलाई पुँजी बजारमा भित्र्याउन प्रक्रिया अघि बढाउन आवश्यक ठान्छन लगानीकर्ता। साथै, अन्तर्राष्ट्रयस्तरको टेस्टेड अनलाइन कारोबार प्रणाली नेप्सेले भित्र्याउन आवश्यक छ। यस प्रणाली मार्फत गैरआवासीय नेपालीले सेयर सहज तरिकाले किनबेच गर्न सक्दछन्।

लगानीकर्ताहरु बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्ने पक्षमा छन्। बैंकलाई ब्रोकर लाइसेन्स दिन सके नेपाली पुँजी बजारमा प्रतिस्पर्धा बढ्नेछ। साथै, नयाँ ब्रोकरलाई पनि लाइेसेन्स खुला गर्न आवश्यक छ। 

यसैगरी, नेप्सेले क्लियरिङ बैंक थप्न आवश्यक छ। १० कित्ताभन्दा कम परिमाणका सेयर कारोबार गर्ने व्यवस्था ल्याउन आवश्यक छ।

साथै, धितोपत्र बोर्ड, नेप्से, सिडिएससी लगायतका निकायको क्षमता अभिवृद्धि गरी पूर्वाधार तथा प्रविधि मैत्री बनाउनुपर्छ। नेप्सेको संरचनागत सूधार गर्न आवश्यक छ। मार्केट मेकर र धितोपत्र व्यापारीलाई छिटो हालको बजारमा प्रवेश गर्ने वातावरण बनाउनुपर्छ। 

त्यस्तै, सूचीकृत कम्पनीहरुले प्रदान गर्ने बोनस सेयर वार्षिक साधारणसभा सम्पन्न भएको ७ दिन र हकप्रद सेयर बाँडफाँटको भएको ७ दिनभित्र सूचीकृत गर्ने व्यवस्था गर्न आवश्यक छ।

यी कुराको व्यवस्थापन नियामक निकायले गर्न सक्यो भने २०७५ नेपालको पुँजी बजारका लागि सुनौलोसावित हुने आमलगानीकर्ताको अपेक्षा छ।

प्रकाशित मिति: शनिबार, वैशाख १, २०७५  ०९:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी
सम्बन्धित सामग्री
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? विगत लामो समयदेखि अख्तियारले पोशाक खरिदमा भएको भ्रष्टाचारबारे अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा सोझै भ्रष्टाचार भएको भन्दा पनि घुमा... बिहीबार, भदौ ४, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्