• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोना जितेकी नेपाली युवतीको आइसोलेसन डायरी: बिछ्यौनाले घोचेका रातहरु

64x64
नेपाल लाइभ बिहीबार, जेठ ८, २०७७  १४:३४
1140x725

हुन त यस्ता कयौं रातको अनुभव लिएकी छु मैले। निद्राको अलिकति छिर्काहरु पनि आँखामा बस्न नपाउँदै बिहान सूर्यले लाली छर्न आइपुगेका छन्। लगभग १० हजार रातको अनुभव लिइसकेका यी आँखालाई ती रातमा निद्रामा डुब्न नपाउँदाको जस्तो पीडा अरु हजारौ‌ं रातको घेराभित्र छैन सायद। यी हजारौं रातमा म सुत्ने बिछ्यौनाले कहिले पनि घोचेन तर यी सात रात मन र दिमाग दुवैमा निकै बिझाए। 

मनमा विश्वास नभए पनि विज्ञानलाई विश्वास मान्नैपर्ने। मेरो मनमा त ०.१ प्रतिशत पनि विश्वास थिएन, मलाई कोरोना (कोभिड-१९) छ भनेर। (कोभिड-१९) त के (कोभिड-१) पनि छैन भन्ने कुरामा म पूर्ण ढुक्क थिएँ। 

बन्दाबन्दीले दुई महिना विश्राम दिएपछि धेरै काम थुप्रिँदै गएकोले जिल्ला प्रशासन कार्यलयको अनुमतिमा  २०७७ वैशाख २९ गते म सुनसरीबाट काकासँगै बाइकमा काठमाडौं आएँ। १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्नेगरी। जहाँ म काम गर्छु, त्यहाँ रोग प्रतिरक्षा प्रणाली कमजोर भएका करिब २०० जना बिरामी नियमित उपचारको लागि आउँछन्। उनीहरुको जीवन रक्षा गर्नु हाम्रो ठूलो दायित्व हो भन्ने बुझेर म आफैंले परीक्षण गर्नुपर्छद् भन्ने सोचें।

हुन त म घरबाट कतै निस्केकी थिइनँ, यो दुई महिनाको अवधिमा। तर तराईतिर कोरोनाको संक्रमण बढी रहेकाले एक पटक चेक गर्नु बुद्धिमानी हुन्छ भनेर चेकजाँच गराउने निधो गरें। करिब ३ बजे म साँगा आइपुगेको थिएँ, मैले काम गर्ने अफिसको एम्बुलन्स पनि भक्तपुर नै आएको रहेछ।

सुरक्षा चेक जाँचले गर्दा मेरो कोरोना परीक्षण गर्न नभ्याउने भएपछि भक्तपुरसम्म आइपुगेको एम्बुलेन्सलाई साँगा नै बोलाएँ र सिधै टेकु गएर स्याम्पल दिएँ। लक्षणको 'ल' पनि थिएन ममा। हाच्छिउँ पनि आएको थिएन। म ढुक्क थिएँ ममा कोरोना छैन भनेर। मेरो लागिभन्दा पनि उपचारको लागि आउने बिरामी र अरु स्टाफको सुरक्षाको लागि परीक्षण गरें। परीक्षण नमुना दिइसके‍पछि काका बाइक लिएर जानुभयो। मलाई त्यहीँ एम्बुलेन्सले भक्तपुरमा चिनेको एक जना बहिनीकोमा पुर्‍याए। कोठामा पनि रिपोर्ट आएपछि मात्रै जाने सोच बनाएँ। 

छैन भन्ने ढुक्क भए पनि नमुना परीक्षण गर्न दिइसकेपछि के होला? कसो होला? भनेर कौतुहल त भइरहने रहेछ। भोलिपल्ट राति करिब ९ बजे फोन आयो- तपाईंको रिपोर्ट पोजेटिभ छ। म एक्कासि छाँगाबाट खसे जस्तो भएँ। मलाई पत्यार त लागेको थिएन तर डर अति नै लागेको थियो। दु ई महिना घरमा ममीसँग सुतें। दम रोगी ममीको झलझली याद आउन थाल्यो। त्यो एक रात सँगै बसेकी बहिनीले त झन् जुठो खाएकी छिन्। बहिनीलाई पनि धेरै सम्झिएँ। भयानक डर उब्जायो। किनकी मैले कोरोनालाई ठूलो हाउगुजीको रुपमा लिएको रहेछु, बुझेको रहेछु। बुझेको रहेछु भन्दा पनि मलाई कोरोना भयानक राक्षस जस्तै हो भनेर बुझाइएको छ, मिडियाले पनि सरकारले पनि। 

टेकुबाट एम्बुलेन्स आउन नसक्ने जानकारी भएपछि मैले आफूले काम गर्ने ठाउँको एम्बुलेन्स आउन अनुरोध गरें। डाक्टरको निर्देशन बमोजिम पूरै सावधानी अपनाएर फुल पिपिई लगाएर मलाई लिन एम्बुलेन्स भक्तपुरमा नै आयो। मलाई मास्क पनि ल्याइदिनुभएको रहेछ, त्यो लगाएँ। सरकारले निर्देशित गरेको मापदण्ड अपनाएर समाजिक दूरी कायम गरी म एम्बुलेन्समा बसें र टेकुतिर लागें।

टेकुमा जाँदै गर्दा सरकारले निर्देशन गरेको लकडाउनको नियम पालना गरी म दुई महिनासम्म घरमा बसिरहें। कोरोना सर्‍यो कहाँबाट? यही कुरा दिमागमा खेलिरह्यो। मलाई लागेको हैन भन्ने कुरामा म विश्वस्त छु र फेरि विज्ञानलाई मान्न पनि विवश छु। यदि कोराना भएको रहेछ भने पनि मैले काम गर्ने उक्त सेन्टरमा डायलाइसिस गर्ने करिब २०० जना बिरामीमा भाइरस सर्न त पाएन भनेर दु:ख छोप्ने खुसीको पर्दा पनि खोलेर मनको भावले हेरें। मलाई आइसोलेसनमा भर्ना गरियो।

Ncell 2
Ncell 2
nimb
nimb

न कोही भेट्न आउन मिल्ने न बहिर मुस्कुराइरहेको  वसन्त ॠतुको अनुभव गर्न पाइने, पूरै जेल जस्तै लाग्न थाल्यो। सुविधा त थियो। वाइफाई थियो, सामाजिक सन्जाल हेर्दा, समाचार हेर्दा सुन्दा झन् अत्यास लाग्ने। सकरात्मक ऊर्जा दिने, उत्प्रेरणा दिने म्यासेज गर्ने ट्याग गर्नेहरु पनि थुप्रै आइरहेका थिए। तर नकारात्मक ऊर्जा दिने म्यासेज आउने र ट्याग गर्नेको पनि कमी थिएन। मलाई भित्ताहरुले थिचिरहेको थियो। बाहिर वसन्त मुस्कुराएर के गर्नु? भित्र डर फक्रिरहेको थियो।

यही बीचमा मैले यो दुई महिनामा भेटेको घर परिवार, छोड्न सँगै आउनुभएको काका, सिन्धुलीमा खाना खाएको ठूलोममीको घर। सबै जनाको रिपोर्ट नेगेटिभ आयो भन्ने खबर पाएँ। मलाई कोरोना छैन भनेर आत्मविश्वास १०० प्रतिशतबाट बढेर २०० प्रतिशत पुग्यो। तर डर भने यथावत नै  छ।  

मेरो पुन: जाँच भयो रिपोर्टको प्रतीक्षा गर्न पनि यति मुस्किल भयो कि नमुना लिएको ३ दिनपछि रिपोर्ट आयो नेगेटिभ। सायद मैले ठूलो युद्ध जिते जस्तो लाग्यो। मलाई वार्डमै नाचिदिउँ जस्तो लाग्यो। सायद सबैभन्दा खुसीको क्षण थियो यो।

मेरो आत्मविश्वासको जित भयो तर परीक्षण रिपोर्ट दिन ढिला गर्दा यस्तो गाह्रो हुने रहेछ। रिपोर्ट जेजस्तो भए पनि पोजेटिभ भए पनि नेगेटिभ भए पनि चाँडोभन्दा चाँडो उपलब्ध गराउने व्यवस्था भइदिए तनावको भारी अलि कम हुने थियो। यहाँको सेवासुविधा सबै राम्रो छ। डाक्टर तथा सिस्टरहरुले गर्ने व्यवहारमा पनि कुनै गुनासो छैन तर डर अझै पनि छ मनमा। नेगेटिभ रिपोर्ट आइसकेको मलाई यहाँ बसिरहँदा कतै सर्ने त हैन भनेर डर मनमा पैदा भइरहेको छ।

Xtrem

Xtrem

हमी जस्तोलाई तत्काल पुन: परीक्षण गरी यहाँबाट जति सक्दो चाडोँ निकाल्ने व्यवस्था गरिदिन पनि अनुरोध गर्दछु। साथै रिपोर्टको प्रतीक्षा धेरै गर्नुपर्ने र एक पटक पोजेटिभ देखिएपछि हो वा हैन पुन: परीक्षण तत्काल गरेर मात्रै आइसोलेसनमा राख्ने निर्णय लिन पनि सुझावको रुपमा दिन चाहन्छु।

मैले बुझेको कुनै पनि ल्याबको रिपोर्ट १०० प्रतिशत सही हुन सक्दैन। त्यसैले  एक पटक पोजेटिभ देखिएको रिपोर्टलाई भर नगरी यथास्थानमा संक्रमितलाई राखी पुन:परीक्षण गरेर मात्रै निर्णय लिइयोस्। साथै मिडियाहरुले समाचार सम्प्रेषण गर्दा सत्यतथ्य बुझेर मात्रै सम्प्रेषण गरिदिनु होला।

यो समयमा कुनै मिडियाले मलाई डाक्टर बनाए। कुनै मिडियाले नर्स बनाए, कुनै मिडियाले विवाहित माइती गएर आएको भन्ने समाचार प्रकाशित गरे। यस्ता समचारले समाजमा त्रास मात्रै पैदा गर्छ।यही समाचार सुनेको भरमा सत्यतथ्य नबुझी पुलिस प्रशासनले अस्पताल सिल गरिदिँदा अस्पतालमा उपचार गर्न आउने सबै बिरामीहरु उपचारमा बाधा भयो। बिरामीले डायलाइसिस गर्न पाएनन्। त्यसको लागि म माफी चाहान्छु।

हस्पिटल सिल गरेको कारण उक्त अस्पतालमा कारर्यरत सबै कर्मचारी अस्पताल भित्रै बन्दी भए। यसका लागि पनि म माफी चाहन्छु। 

डेरा गरी बस्ने कर्मचारीहरुलाई कतिपय घरबेटीले गरेको व्यवहार सुनेर साह्रै दु:ख पनि लाग्यो। साथै सहयोग गर्ने घरबेटीको बारेमा पनि सुनें।

सबैलाई नआत्तिन र नडराउन अनुरोध गर्दछु। हामीले लिएको डरभन्दा यो भाइरस धेरै कमजोर छ। साथ र सहयोगका लागि सबैलाई हार्दिक आभार।

(उनी पुल्चोकस्थित निदान अस्पतालसँगै रहेको आरोग्य प्रतिष्ठानमा कार्यरत छिन्।) 
 

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०७७  १४:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आश्विन कृष्ण औँसी: सोह्र श्राद्ध समापन गरिँदै
कांग्रेस १५औँ महाधिवेशन : बाँकी सबै पदाधिकारीको मतगणना आज दिउँसोदेखि सानेपामा
इजरायल ठगी प्रकरण: कांग्रेस केन्द्रीय सदस्यकी उम्मेदवार विनिता खड्का पक्राउ
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
आश्विन कृष्ण औँसी: सोह्र श्राद्ध समापन गरिँदै शनिबार, असोज २४, २०८३
कांग्रेस १५औँ महाधिवेशन : बाँकी सबै पदाधिकारीको मतगणना आज दिउँसोदेखि सानेपामा शनिबार, असोज २४, २०८३
इजरायल ठगी प्रकरण: कांग्रेस केन्द्रीय सदस्यकी उम्मेदवार विनिता खड्का पक्राउ शनिबार, असोज २४, २०८३
कांग्रेस १५औँ महाधिवेशन : सभापतिमा गगनकुमार थापा विजयी शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्