• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक ९, २०८३ Mon, Oct 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

गाविस सचिवदेखि नगरको कार्यकारीसम्म : २६ करोड सम्पत्ति आर्जन, १८ करोड गैरकानुनी

भ्रष्टाचार गरेको साढे ४ करोड दान र सापटीमा
64x64
नेपाल लाइभ बुधबार, जेठ ७, २०७७  १७:४४
1140x725

काठमाडौं- २०३९ सालमा गाविस सचिवबाट सरकारी सेवा प्रवेश गरेको एक कर्मचारीले ३७ वर्षमा १८ करोडभन्दा धेरै स्रोत नखुल्ने सम्पत्ति गैरकानुनी गतिविधीबाट आर्जन गरेको पाइएको छ।

२०३९ साल साउन १ गते स्याङ्जाबाट गाविस सचिवको रुपमा प्रवेश गरेर अवकाश पाउँदा काठमाडौंको टोखाका विभिन्न स्थानमा घडेरी, बैंक मौज्दात र कम्पनीहरुको शेयर जम्मा गर्ने व्यक्ति हुन्, ऋषिराम अर्याल। 

हालैमात्र टोखा नगरपालिको कार्यकारी अधिकृतबाट अवकाश पाएका अर्यालले यो अवधिमा यसरी आर्जन गरेको सम्पत्ति श्रीमती र दुई छोराको नाममा राखेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अभियोगमा उल्लेख छ। विशेष अदालतमा अर्यालसहित सबैलाई प्रतिवादी बनाएर अख्तियारले बुधवार भ्रष्टाचार मुद्दा दायर गरेको हो।

श्रीमती र दुई छोरालाई अख्तियारले सम्पत्ति जफतको प्रयोजनका लागि विपक्षी बनाएको हो। गत वर्षमात्र अवकाश पाएका अर्यालले यो अवधिमा आर्जन गरेको सम्पत्तिमध्ये ८ करोड ७७ लाख २७ हजार बराबर मात्र स्रोत पुष्टि भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

सार्वजनिक सेवामा प्रवेश मितिदेखि आ.व. २०७५।०७६ सम्मको अवधिलाई जाँच अवधि लिएर गरिएको अनुसन्धानमा अर्याल तथा श्रीमती लक्ष्मीदेवी उपाध्याय अर्यालको नाममा दर्ता कायम रहने गरी घर तथा जग्गा खरिदको स्रोत पुष्टि हुन नसकेको आरोपपत्रमा उल्लेख छ।

अर्यालको सम्पत्ति
- अर्याल र श्रीमतीको नाममा रहेको जग्गाको ५ करोड ४४ लाख ८५ हजार 
- घर निर्माणमा ४१ लाख १० हजार ४ सय २५ 
- पुँजीगत लाभ तथा आयकर ४ लाख ९६ हजार १ सय २६
- विभिन्न बैंक तथा वित्तीय संस्था एवं कम्पनीहरुका साधारण तथा संस्थापक शेयर खरिदमा ९ करोड १३ लाख ७८ हजार १ सय २१
- विभिन्न बचत तथा सहकारी संस्थाहरुमा भए गरेको लगानी २ लाख ५० हजार
- छोरी छोराहरुको अध्ययनमा २० लाख ३२ हजार ३ सय ६६
- छोराछोरीहरुको विवाहमा २८ लाख 
- जीवन बीमा वापतको प्रिमियम शुल्कमा ४ लाख १० हजार 
- विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट लिएका कर्जा चुक्तामा १ करोड ७६ लाख ४६ हजार 
 - न्यू लिङ्क कापी उद्योग र एल.डि.इन्टरप्राइजेज फर्मसमेतमा लगानी ४ करोड ४२ लाख ५० हजार
- सवारी साधन खरिदमा १२ लाख 
 - सुन खरिदमा ४ लाख 
- दान र सरसापटी व्यवहारमा ४ करोड ५० लाख ३३ हजार 
 - बैंक खाताहरुमा अन्तिम मौज्दात रकम १५ लाख ७६ हजार ७ सय ४८ रुपैया 

अख्तियारले अर्यालको यो सबै सपत्ति अनुसन्धानको क्रममा फेला पारेको विशेष अदालतमा दायर गरेको मुद्दामा उल्लेख छ। यो अवधिमा उनले २६ करोड ६० लाख ६९ हजार खर्च गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

अख्तियारको आरोपपत्र अनुसार अर्यालले यो अवधिमा विभिन्न स्थानमा गरेको लगानी र परिवारको आम्दानीबाट ८ करोड ७७ लाख २७ हजार आम्दानी गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

Ncell 2
Ncell 2
nimb
nimb

अर्यालले सार्वजनिक सेवामा प्रवेश गरेदेखि अवकाश पाएको २०७६ आषाढ मसान्तसम्म १७ करोड ८३ लाख ४१ हजार ५ सय ७९ रुपैया स्रोत पुष्टि नै हुन नसकेको अख्तियारको आरोपपत्रमा उल्लेख छ। अर्यालले ८ करोड ७७ लाख २७ हजार ४ सय ८३ बैक आम्दानीबाट आर्जन गरेको २६ करोड ६० लाख ६९ हजार ६२ रुपैया विभिन्न स्थानमा लगानी र खर्च जोड्दा कुल सम्पत्ति देखिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

अवकाश पाउनुअघि मात्र घरजग्गामा लगानी
३७ वर्षदेखि सरकारी सेवामा कार्यरत रहेका अर्याले अवकाश पाउनुभन्दा केही समयअघि मात्र आफूसँग भएको अवैध आम्दानी घर जग्गामा लगानी गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ। ३६ वर्षसम्म अन्यत्रै लगानी गर्दै आएका अर्याल टोखा नगरपालिको कार्यकारी भएपछि सोही ठाउँमा जग्गा खरिद गर्न सक्रिय भएका थिए। 

‘टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत ऋषिराम अर्यालले विभिन्न तबरले अकुत सम्पत्ति कमाएको र ठाउँठाउँमा घर जग्गा जोडी आफ्नो कार्यकालका कर्मचारीलाई समेत दबाबमा पारी नगरपालिकालाई भ्रष्टाचारको अखडा बनाएको देखिन्छ’, अख्तियारको आरोपपत्रमा भनिएको छ, ‘गैरकानुनी सम्पत्ति आर्जन गरी उच्च जीवनयापन गरिरहेको भन्ने आयोगमा प्राप्त हुन आएको उजुरीमाथि छानबिन हुँदा अर्यालको गैरकानुनी आर्जन खुलेको हो।’

अर्याल राष्ट्रसेवक कर्मचारीको रुपमा लामो समय काठमाडौं जिल्लाका साविकको धापासी गाविस, टोखा सरस्वती गाविस र भीमढुंगा गाविसमा सचिवको रुपमा कार्यरत रही टोखा नगरपालिकामा निमित्त कार्यकारी अधिकृतको रुपमा काम गरेका थिए।  अर्यालले अनुसन्धानको क्रममा बयान गर्दा समेत सम्पत्ति आर्जनको वैधानिक स्रोत एवं वस्तुनिष्ठ आधार प्रमाणहरु प्रस्तुत गरी आयभन्दा बढी देखिएका व्यय रकमहरुको स्रोत पुष्टि गर्न नसकेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

विद्यमान सम्पत्तिको स्रोत नखुलेको हुँदा निजको सम्पत्ति विवरण अमिल्दो र अस्वाभाविक देखिएकोले आफ्नो हैसियतभन्दा बढी रकम खर्च लगानी गरी आफू तथा श्रीमती र छोराहरुको नाममा घर जग्गाहरु खरिद¸ विभिन्न बैंक तथा वित्तीय संस्थाहरु तथा कम्पनीहरुका संस्थापक एवं साधारण शेयरहरु खरिद लगानी लगायतका चल र अचल सम्पत्तिहरु खरिद, विभिन्न उद्योग तथा फर्म एवं सहकारीहरुमा लगानी, विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा रकम जम्मा एवं घर निर्माण लगायत गरेको आरोपपत्रमा उल्लेख छ।

अख्तियारले अर्याललाई  भ्रष्टाचार निवारण ऐन बमोजिम कैद सजायको पनि माग गरेको छ।

श्रीमती र दुई छोरा पनि प्रतिवादी 
अख्तियारले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति लुकाउने प्रयोजनका लागि मतियार भएको भन्दै श्रीमती लक्ष्मीदेवी उपाध्याय अर्याल तथा छोराहरु सुशील अर्याल र सुनिल अर्याल समेतलाई प्रतिवादी बनाएको छ। 

उनीहरुलाई अवैध आर्जनको सम्पत्तिहरु जफत प्रयोजनार्थ प्रतिवादी कायम गरी बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको अख्तियारले जनाएको छ। अख्तियारले अर्यालसँग कैद, अवैध आर्जन बराबरको बिगो र सोही बराबर जरिवाना र आर्जन गरेको सम्पत्ति जफत गर्न माग गरेको छ।

प्रकाशित मिति: बुधबार, जेठ ७, २०७७  १७:४४
  • #भ्रष्टाचार

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कहाँ छन् रवि लामिछाने?
साइबर जोखिमले बन्द सरकारी वेबसाइट कहिले खुल्छन् ?
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत
सम्बन्धित सामग्री
कहाँ छन् रवि लामिछाने? लामिछाने कात्तिक ६ गतेदेखि तीनदिने निजी तथा पारिवारिक तीर्थाटनका लागि भन्दै भारत प्रस्थान गरेका थिए। आइतबार, कात्तिक ८, २०८३
खगेन्द्रले स्वीकार गरेनन् विवादित अडियो : थप प्रमाण खोज्दै रास्वपा, अडियो परीक्षणको तयारी समितिका संयोजक भट्टराईका अनुसार सुनारले आरोप स्वीकार नगरेपछि अब सार्वजनिक सामग्रीको सत्यता परीक्षण र थप प्रमाण संकलनमा केन्द्रित हुन... आइतबार, कात्तिक ८, २०८३
हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ रामेछापको उमाकुण्ड गाउँपालिकाको केन्द्र प्रीतिमा आयोजित पार्टी गाउँपालिका कमिटी पुनर्गठन कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले रोजगारीक... आइतबार, कात्तिक ८, २०८३
ताजा समाचारसबै
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
साइबर जोखिमले बन्द सरकारी वेबसाइट कहिले खुल्छन् ? आइतबार, कात्तिक ८, २०८३
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत आइतबार, कात्तिक ८, २०८३
एनपीएलमा नियोफिन तीन वर्षका लागि प्लेटिनम क्याप प्रायोजक आइतबार, कात्तिक ८, २०८३
क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्