complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

नीति तथा कार्यक्रममा उपेक्षित युवा

64x64
एमजे झा मंगलबार, जेठ ६, २०७७  ०७:१२
1140x725
dhakatribune.com

विज्ञानदेखि अध्यात्मसम्म र राजनीतिदेखि रंगमञ्चसम्म युवा शब्दको प्रयोग र युवाहरुको प्रसंग अचेल एउटा ‘बजवर्ड’ जस्तै भएको छ। यसैलाई अर्को शब्दमा भन्नुपर्दा कसैलाई प्रभावित पार्न फेसनको रुपमा सबैभन्दा बढी प्रयोग हुने शब्दहरु मध्ये एक हो- युवा।

हुन पनि परिवर्तनको निम्ति यथास्थितिवादलाई भत्काउन भएको सामाजिक तथा राजनीतिक क्रान्तिमा युवाहरुले दिएको बलीदानीको दस्तावेजहरु छ्यापछ्याप्ती पाइन्छ। नेपालमै पनि विभिन्न समयमा युवाहरुले देशलाई दिएको ऐतिहासिक योगदानहरुलाई केलाउँदा अब राष्ट्र निर्माणमा युवाहरुको भूमिकामा कसैले कसी लगाउनु पर्दैन। त्यसैले होला- विषम परिस्थितिहरुमा राज्यको तर्फबाट देखाइने चासोमा युवाहरुले विशेष प्राथमिकता पाउनुपर्ने अपेक्षा पनि गरिन्छ। तर राज्यले उल्टै निराशाको भारी बोकाउँदै ‘आकाशको फल, आँखा तरी मर’ जस्ता कथनहरुलाई मुर्तरुप दिने गरेको पाइन्छ। ऊ ठूलाठूला नाराले सुसज्जित सपनाहरु मात्र लिएर आउँछ।

यसरी सरकारले प्रत्येक वर्ष कर्मकाण्डी पुराण भट्याएझैं अर्को एक वर्षको लागि देशको भविष्यको खाका कोर्ने योजना सार्वजनिक गर्छ, जसमा युवाहरुको सपना, चाहना र महत्त्वाकांक्षाहरु प्रतिबिम्बित हुँदैन।

सरकारले पुरानै नारामा आधारित कार्यक्रमहरुलाई बढाइचढाइ गरी जनताको लागि आकर्षक प्याकेज ल्याएर ठूलै गुन लगाएको स्वाङ गर्दैछ। जबकि गत वर्षमा तिनै कार्यक्रमहरु कतिको प्रभावकारी भयो, जनतासम्म केकस्ता कार्यक्रमहरु पुग्न सक्यो र उपलब्धि के रह्यो? जस्ता सामान्य प्रश्नहरु सहित विगतको समीक्षा गर्ने न्युनतम नैतिक चरित्र पनि देखाउँदैन।

आफ्नो पार्टीको सरकारले जेजस्तो निर्णयहरु गरे पनि ताली बजाउने कार्यकतालाई देखेर प्रफुल्लित सरकार आफू भ्रमको बजारमा हराएको बुझ्ने ल्याकत समेत गुमाइसकेको छ।

उता कमजोर प्रतिपक्षी दलका नेताहरु संसद भवनमा आफूलाई रमितेको रुपमा प्रस्तुत गर्न थालेको पनि धेरै नै भइसक्यो। नेताहरुको हाउभाउ हेर्दा वर्षौं सत्ताको नेतृत्व गरेको प्रतिपक्षी दललाई आफ्नो भूमिकाबारे पर्याप्त ज्ञान नभएझैं लाग्छ। नतिजा, युवाहरुको लागि आवाज उठाइदिनेहरुबाट नै युवाहरु अभिभावकविहीन महसुस गर्न थालेका छ।

कोरोना महामारीको कारण जारी लकडाउनको कारण विश्वले सन् २००८ को भन्दा पनि ठूलो आर्थिक संकट सामना गर्नुपर्ने सम्भावनालाई नकार्न सकिँदैन। अर्थतन्त्रमा अचानक आएको भूइँचालो र यसले ल्याउने परकम्पनहरुबाट शक्ति राष्ट्रहरु पनि थप पीडित हुने तथ्य हालै जारी गरिएको विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ। औद्योगिक राष्ट्रहरुले कामदार कटौती गर्ने तथा विश्व सामान्य अवस्थामा नफर्केसम्म आफ्नो देशको अर्थतन्त्रलाई चलायमान राख्न ल्याएका रणनीतिहरुको कारण विश्वमा करोडौंको संख्यामा बेरोजगारी बढ्ने निश्चित छ।

यस्तो अवस्थामा रेमिट्यान्सको भरमा टिकेको अर्थव्यवस्थालाई यथावत राख्नका निम्ति नेपालजस्तो मुलुकलाई धौधौ पर्ने कुरामा शंका छैन। लाखौंको संख्यामा बेरोजगार भएर युवाहरु देश फर्किने छन्।

Ncell 2
Ncell 2
nimb
nimb

वस्तुतः सरकारले कोरोना महामारीलाई सामना गर्दै आर्थिक संकटबाट पार पाउन ठूलो संख्यामा युवाहरुको सहभागिता हुने गरी स्वदेशी उत्पादन वृद्धि गर्ने नीति तथा कार्यक्रमहरु ल्याउनुपर्ने हो। यस्ता कार्यक्रमहरु ल्याउँदा आन्तरिक स्रोत साधनको प्रयोग बढाउने तथा विदेशबाट फर्केका दक्ष जनशक्तिलाई उत्पादनमुखी क्षेत्रमा लगाउन सकिन्थ्यो। यसरी युवा बेरोजगारी, आयात न्युनीकरण तथा सम्भावित खाद्यान्न संकटलाई सँगसँगै समाधान गर्न सकिन्थ्यो। तर सरकारको नीति तथा कार्यक्रममा त्यस्तो नियत झल्किँदैन।

भौतिक शास्त्रको नियम अनुशार कुनै पनि शक्तिलाई धेरै बेरसम्म स्थिर राख्न सकिँदैन। अर्थात उर्जा र भावनाले ओतप्रोत युवा शत्तिलाई उत्पादक क्षेत्रमा सहभागी गराइएन भने आर्थिक संकट झेलिरहेका युवाहरु मानसिक रुपमा आक्रान्त हुनेछ्न्। यसले दुई किसिमको नतिजालाई जन्म दिनसक्छ।

पहिलो- उनीहरु लुटपाट जस्ता अपराधिक क्रियाकलापमा संलग्न हुन सक्छन्। जसले गर्दा सुरक्षाको चुनौती थपिनुका साथै सामाजिक सन्तुलन बिग्रिने प्रबल सम्भावना रहन्छ। अतः विगतमा पनि महामारी वा प्राकृतिक विपतिपछि घटेका घटनाहरुबाट हामीले पाठ सिकेर यथाशीघ्र ठोस कदम चाल्नुपर्छ।
 
दोस्रो- अर्को राजनीतिक विद्रोहको बीउ रोपिनेछ। राष्ट्रको भविष्यको निम्ति जनताले स्थायी सरकारको कल्पना गरेको वर्षौं भइसकेको थियो। तत्कालीन एमाले र माओवादीको एकताले थप सकारात्मक सन्देश दिएको थियो। केपी ओलीको नेतृत्वमा चुनावी अभियानमा गएको नेकपाले जनताको अपेक्षालाई साकार पार्ने आशाका किरणहरु देखायो। भारतीय नाकाबन्दीको बेला केपी ओली नेतृत्वको सरकारले देखाएको अदम्य साहसबाट प्रभावित जनताहरु नेकपाको मतदातामा बदलिने निर्णय लिन धेरै समय लिएनन्। जसले नेपालको राजनीतिक इतिहासको नयाँ अध्याय लेखिदियो।

आफ्नो मत संस्थागत भएपछि जनतामा उत्साह तथा अपेक्षाले सगरमाथाको उचाई छुन थाल्यो। तर सत्ताको राप र तापमा तल्लिन नेताहरुले सरकारलाई त्यो उचाईलाई संस्थागत गर्ने उडान भर्न दिएन। सरकारको झण्डै तीन वर्ष बितिसक्दा आज जनमानसमा सरकारप्रति वितृष्णा बाहेक केही पनि छैन। अतः अबको सामान्य विस्फोट पनि विद्रोहमा परिणत हुन समय लाग्ने छैन। जुन नेकपाको लागि प्रत्युत्पादक हुने छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अबको विकल्प
दुई तिहाईको बलियो सरकारलाई संरक्षण गर्नु जनताको पनि दायित्व हो। हालको अवस्थामा अस्थिर राजनीतिक वातावरण देशको लागि अर्को महामारी सरह हुनेछ। गठबन्धनको सरकार बन्ने अवस्था सिर्जना भए सत्ताको खिचातानीमा विकासको मुद्दा स्वतः ओझेलमा पर्न जानेछ। अब सरकारसँग कि युवाहरुको अपेक्षालाई सम्बोधन गरी सत्तामा सुरक्षित रहने वा दुई तिहाईको सरकारको रुपमा केवल इतिहासको संग्रहालयमा संरक्षित हुने विकल्पहरु मात्र छ।

बल सरकारकै कोर्टमा छ। कमजोर प्रतिपक्षको रुपमा रहेको रेफ्रीलाई नजरअन्दाज गरी सत्ताको आडमा दादागिरी गर्न खोजे अब खेल रद्द हुनेछ। सरकारले अबको विद्रोह थेग्नसक्ने छैन। अतः भावी अवस्था पूर्वानुमान गरी देश अर्को संकटमा जानुअघि वर्तमान नेतृत्वले युवाहरुलाई उपेक्षा गरेर होइन, साथ लिएर अघि बढ्नु नै देश र सरकारको भविष्यको लागि उचित विकल्प हुनेछ।

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०७७  ०७:१२
  • #नीति_तथा_कार्यक्रम_२०७७_७८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
एमजे झा
लेखकबाट थप
नीति तथा कार्यक्रममा उपेक्षित युवा
सम्बन्धित सामग्री
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा बैंकमा १२ खर्बभन्दा बढी तरलता, तर लगानी र रोजगारीमा रूपान्तरण भएन। रेमिट्यान्स र ऊर्जा उत्पादन बढे पनि निर्यात कमजोर छ, उद्योग औसत ४... बिहीबार, असोज २९, २०८३
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस दशैंको महान पर्वलाई असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको विजय र अन्धकारमाथि उज्यालोको विजयपर्वका रुपमा स्वीकारिन्छ। तर यो पर्वक... मंगलबार, असोज २७, २०८३
परिवारभित्रको पर्व जितिया देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया... आइतबार, असोज १८, २०८३
ताजा समाचारसबै
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै बिहीबार, असोज २९, २०८३
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा बिहीबार, असोज २९, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
विदेशी मुद्रा सञ्चिति ४० खर्ब नाघ्यो, १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्ने बिहीबार, असोज २९, २०८३
भोटेकोशी बाढीपीडितलाई अफ्रिकाबाट २ करोड ११ लाख सहयोग बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्