काठमाडौं- कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि नेपाली सेनाले चीनमा ६७ थरीका स्वास्थ्य सामग्री खरिद गरेको थियो। उसले खरिद गरेको स्वास्थ्य सामग्री शनिबार काठमाडौं आइपुगेको छ।
चीनबीचको तातोपानी नाकामा बुधबार आइपुगेको सामान ३ दिनपछि काठमाडौं आइपुगेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए। उनका अनुसार पहिलो लटमा १० वटा गाडीमा करिब साढे आठ टन सामग्री ल्याइएको हो।
ती स्वास्थ्य सामग्री चीनको व्यापारिक सहर ग्वान्जाउबाट सात दिन लगाएर कन्टेनरमा ल्याइएका हुन्। उक्त सामग्री बोकेका कन्टेनरहरू वैशाख २२ मा काठमाडौंतर्फ आएका थिए।
नेपालले करिब २ अर्ब २६ करोड रुपैयाँमा करिब तीन सय ४३ टनको स्वास्थ्य सामग्री ल्याउन लागेको हो। सेनाले वैशाख ८ गते चिनिया कम्पनीलाई ६७ थरीका स्वास्थ्य सामग्रीका लागि करिब २ अर्ब २६ करोड रुपैयाँ भुक्तानी गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।