• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

ओम्नीको बचाउमा स्वास्थ्य सचिव: अहिलेसम्मको कोरोना परीक्षण ओम्नीकै कारण सम्भव

64x64
नेपाल लाइभ सोमबार, वैशाख २९, २०७७  १३:०९
1140x725

काठमाडौं– स्वास्थ्य सचिव यादव कोइरालाले ओम्नी समूहले ल्याएका मेडिकल सामग्रीकै बलमा हालसम्म कोरोना परीक्षण सम्भव भएको जनाउँदै विवादित ओम्नी समूहको बचाउ गरेका छन्।

राज्य व्यवस्था तथा सुशासन समितिमा गृहमन्त्री रामबहादुर थापा र रक्षामन्त्री इश्वर पोखरेल समेत उपस्थित बैठकमा ओम्नीको बचाउ गर्दै उनले भने, ‘ओम्नीले किन ल्यायो,कुरा बुझौं। उसले ज्यान बचायो।’

मिडियामा आएका समचारका आधारमा सांसदहरुले समेत धारणा बनाएकोप्रति उनले असन्तुष्टि पोखे। खरिद प्रक्रियामा पारदर्शिता अपनाइएको दाबी गर्दै उनले समिति सदस्यहरुलाई भने, ‘सबै पारदर्शी छ। फाइल हेरौं। १४ प्रतिशत बढी लिएको छ। शतप्रतिशत बढी लिएको कुरा समेत आए।’

समिति सदस्यहरुले उठाएको प्रश्नमा जवाफ दिँदै सचिव कोइरालाले देशभर १२७ अस्पतालनमा कोरोना उपचार हुने जानकारी दिए। कोरोना परीक्षण १७ प्रयोगशालामा भएको जनाकारी दिँदै उनले दैनिक ३ हजार टेस्टिङ गर्न सकिने क्षमता रहेको बताए।

पिसिआर परीक्षणका लागि प्रति परीक्षण १० हजार रुपैयाँ खर्च लाग्ने उनले बताए।

कोरोना रोकथाम र नियन्त्रणमा सरकारले गरेको कार्यका जानकारी गराउन बैठक डाकिएको थियो। बैठकमा बोल्ने सांसदहरुले विदेशमा  अलपत्र नेपालीलाई स्वदेश फर्काउन पहल गर्न आग्रह गरे। सीमा क्षेत्रमा अलपत्र परेकालाई स्वदेश ल्याई क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न सदस्यहरुले माग राखे। लकडाउनको मोडालिटी परिवर्तन गर्न समेत उनीहरुको सुझाब छ। संक्रमण फैलिएको क्षेत्रमा थप कडाइ गर्न र अन्यत्र वातावरण खुकुलो बनाउँदै लैजानुपर्ने कतिपय सांसदहरुको राय छ।

सांसदहरुले कोरोनाकै कारण आत्महत्या बढेकोप्रति सरकारको ध्यानाकर्षण गराएका थिए। भारतका लागि नेपाली राजदूतले समस्यामा परेका नेपालीका पक्षमा कार्य गर्न नसकेकोप्रति पनि कतिपय सांसदले प्रश्न उठाए। समिति सदस्य लक्ष्मीकुमारी चौधरीले भनिन्, ‘भारतमा हुनेले धेरै दुःख पाएका छन्। राजदुतले भने जस्तो छैन।’ 

भारतमा आफन्तजन कोरोनाको कारणले विपतमा परेपछि सूदूरपश्चिममा ३४ जनाले आत्महत्या गरेको उनले दाबी गरिन्। भनिन्, ‘कोरोनाकै चिन्ताले आफन्तको पनि ज्यान गएपछि मृत्यलाई कोरोनासँग जोड्नुपर्छ।’ 

Ncell 2
Ncell 2
nimb
nimb

चौधरीकै बोलीमा समर्थन जनाउँदै अर्का सांसद लालबाबु पण्डितले कोरोना सिर्जित अन्य कारणले मृत्यु भए पनि त्यसलाई कोरोनाबाटै मृत्यु भएकोमा समावेश गर्न सुझाब दिए। विदेशमा रहेका नेपाली कामदारले त्यहाँको सरकारले स्वदेश जाऊ भनी ताकेता गरे पनि नेपाली पक्षले ल्याउन बल नगरेकोप्रति उनले आपत्ति जनाए। उनले गृहमन्त्री थापालाई प्रश्न गरे, ‘आफ्ना नागरिक ल्याउन सकिन्न भने उनीहरु कसका नागरिक हुन्?’

नेपालमै मर्न पाऊँ भनी फर्कन चाहेका नेपालीलाई स्वदेश ल्याउनुपर्ने उनको तर्क छ।

सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा गृह सचिव महेश्वर न्यौपानेले लकडाउनको समयमा अन्य घटना कम भए पनि आत्महत्या बढेको बताए। सीमामा २ हजार २ सय १२ जना नेपाली रहेको  बताए। दशगजा क्षेत्रमा  एक हजार ८ सय ४८ रहेको उनले बताए। स्वदेश ल्याएपछि गरिने प्रक्रिया पूरा हुने गरी मात्रै नेपाल फर्काउने उनले बताए। उनले भने, ‘सबैको पिसिआर परीक्षण गर्ने गरी घर फर्कने अवस्था बन्ने भएपछि मात्रै मात्रै ल्याउँछौ।’

भारतबाट फर्काउने नेपालीहरुको व्यवस्थापन गर्ने क्षमता भएपछि मात्रै अन्य देशबाट आउनेका बारेमा सोच्न सकिने उनले बताए।

लकडाउनको समयमा खटिएका सुरक्षाकर्मीको भत्ता कटौती नभएको उनले जानकारी गराए। उनले समिति सदस्यलाई भने,‘ प्रहरीको भत्ता कटौती भएको छैन। कटौतीको समाचार मिडियामा कहाँ बाट आयो,थाहा छैन।’ लकडाउनमा राजधानीमा विपतमा परेका मजदुरलाई पठाउन सांसदहरु नै सक्रिय भएको उनले बताए।  उद्योगहरु खुलेसँगै मजदूरलाई फिर्ता गरिदिन फेरि पनि सांसदबाटै आग्रह आएको सुनाए। उनले सांसदहरुलाई प्रश्न गरे, ‘सांसदहरुले नै मजदूर पठाउनुभयो। अब उद्योगमा काम गर्न कसरी फकाउने?’

जघन्य अपराध नगरी कारागारमा रहेकालाई निश्चित मापदण्ड बनाएर रिहा गर्न समितिको निर्देशन छ। स्थानीय स्तरमा बनेका क्वारेन्टाइन मापदण्ड विपरित भए सुधार गर्न भनिएको छ। कोरोना परिक्षणमा पिसिआर प्रविधिलाई नै व्यापक गर्न सुझाइएको छ।

वैदेशिक रोजगारीमा रहेका धेरै युवा फर्कने अवस्था रहेकोतर्फ पनि सचेत बनाइएको छ। फर्किएका युवालाई कृषिजन्य उद्योगमा लगाउन निर्देशन दिइएको छ

मल र बीउबिजन कृषकहरुलाई उपलब्ध गराउन समितिले निर्देशन दिएको छ। उत्पादित वस्तु सरकारले नै खरिद गर्ने व्यवस्था गर्न निर्देशन दिइएको छ।

प्रकाशित मिति: सोमबार, वैशाख २९, २०७७  १३:०९
  • #ओम्नी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
संयुक्त राष्ट्रसंघको महासभा सुरु, गुटेरेसले औंल्याए मेसिनदेखि युद्धदेखिसम्मको जोखिम, बालेनको सम्बोधन पर्सी
भोलि देशैभर काङ्ग्रेसको पालिका अधिवेशन हुने
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका?
सम्बन्धित सामग्री
भोलि देशैभर काङ्ग्रेसको पालिका अधिवेशन हुने कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार असोज ३ गतेबाट सुरु भएको वडा अधिवेशन अधिकांश स्थानमा सम्पन्न भइसकेको छ। केही स्थानमा भने व... मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? दोहामा छोटो समयको बसाइपछि प्रधानमन्त्री शाह असोज ७ गते (२३ सेप्टेम्बर) बुधबार न्युयोर्कतर्फ प्रस्थान गर्नेछन्। न्युयोर्कस्थित जोन एफ... मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान उनी कतार एअरवेजमा दोहा ट्रान्जिट हुँदै न्यूयोर्क पुग्नेछन् । प्रधानमन्त्री शाहले असोज ८ गते महासभालाई सम्बोधन गर्ने र असोज १० गते स्... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
संयुक्त राष्ट्रसंघको महासभा सुरु, गुटेरेसले औंल्याए मेसिनदेखि युद्धदेखिसम्मको जोखिम, बालेनको सम्बोधन पर्सी मंगलबार, असोज ६, २०८३
भोलि देशैभर काङ्ग्रेसको पालिका अधिवेशन हुने मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सामसङले ल्यायो दसैं–तिहार विशेष अफर, दैनिक र साप्ताहिक लक्की ड्रमार्फत उपहार जित्ने मौका मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्