• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नेकपा स्थायी कमिटी बैठक बजेटपछि धकेलिने संकेत

64x64
वीरेन्द्र ओली सोमबार, वैशाख २९, २०७७  १४:१०
1140x725
फाइल फोटोः नेकपा स्थायी कमिटी बैठक

काठमाडौं- लामो समयदेखि विवादित हुँदै आएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बजेटपछि धकेलिने संकेत देखिएको छ। तत्काल बैठक राख्ने विषयमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच समझदारी बन्न सकेको छैन। प्रचण्डले मात्रै चाहेर बैठक बस्न नसक्ने भएपछि बैठकको समय ओलीको ईच्छामा भर पर्ने भएको छ। उनी तत्काल बैठक बोलाउने पक्षमा छैनन्।

स्थायी कमिटी बैठक राख्न प्रचण्डले ओलीलाई २५ गतेपछि चार पटक भेटेरै आफ्ना कुरा राखिसकेका छन्। तर, ओलीले बैठक राख्ने समय र एजेण्डालाई इन्कार गर्दै आएका एक सचिवालय सदस्यले बताए। कोरोना महामारी, बजेट, सीमा विवादलाई देखाएर अध्यक्ष ओलीले बजेटपछि मात्रै बैठक बस्ने मनसाय देखाएको ती सदस्यले बताए।

‘हामीले स्थायी कमिटी बैठक राख्न अध्यक्षहरुलाई पत्र लेख्यौं। आफ्ना एजेण्डा केके हुन् भन्ने बुझायौ’, एक स्थायी कमिटी सदस्यले भने, ‘बैठकको मिति र एजेण्डामा अध्यक्ष ओली र प्रचण्डवीच समझारी नै भएको छैन। हामीले मात्रै दबाब दिएर केही हुने देखिएन।’

बजेटअघि बैठक बस्ने सम्भावना टर्दै गएको ती नेताले बताए।
 
पार्टी विधानलाई नै मिचेर बैठकको मिति धकेल्न नमिल्ने स्थायी कमिटी सदस्य गणेश साहले बताए। ‘पार्टी विधान बमोजिम बैठक बस्ने बेला भइसक्यो। अध्यक्षबाटै विधान मिचियो भने पार्टीको स्थिति के हुन्छ?’, उनले भने।

एकपछि अर्को बाहना पारेर बैठक सार्नु व्यवहारिक नहुने साहले बताए।

तर, अध्यक्ष ओली निकट स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले तत्काल स्थायी कमिटी बैठकको औचित्य नभएको जिकिर गरे। पार्टीको बैठक आवश्यकताका आधारमा बस्ने भन्दै मण्डलले कुनै नेताको लहडमा नबस्ने स्पष्ट पारे।

बैठक बस्नै सकस
पार्टी एकता भएको झण्डै दुई वर्ष पुग्दा समेत अझै पोलिटब्यूरो गठन हुन सकेको छैन। अहिले सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटी मात्रै छ। सबै निर्णयहरु सचिवालयबाट हुँदै आएका छन्। पार्टी एकता भएको दुई वर्षमा एक पटक गत माघ १५ गतेदेखि १९ गतेसम्म केन्द्रीय कमिटी बैठक बसेको थियो। केन्द्रीय कमिटी बैठक पनि लामो समय माग गरेपछि मात्रै बसेको थियो।

नेकपाको विधान अनुसार स्थायी कमिटी बैठक तीनतीन महिनामा बस्नुपर्ने हुन्छ। पार्टी एकताको दुई वर्ष पुग्नै लाग्दा तीन पटक मात्रै बैठक बस्न सकेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

स्थायी कमिटी बैठक २ असोज ०७५, २९ मंसिर ०७५ र २९ मंसिर ०७६ मा बसेको रेकर्ड छ। स्थायी कमिटी बैठक नेताहरुले दबाब दिएपछि मात्रै बस्ने अवस्थामा पार्टी पुगेको छ। स्थायी कमिटी बैठक ओलीले आफू अनुकुल भए राख्ने र प्रतिकूल भए धकेल्दा बैठक बस्न सकस भएको नेताहरु बताउँछन्।

पार्टी अध्यक्षले नै आफ्नो कमजोरी छल्न बैठक सर्दा समस्या झन् बल्झिँदै जाने देखिएको छ।

ओली आफैं बजेटपछि बैठक धकेल्ने मुडमा
पार्टी स्थायी कमिटीमा अल्पमतमा परेका ओलीलाई बैठक पर धकेल्दै लग्न परिस्थितिले समेत साथ दिएको छ। अध्यक्ष ओलीले बजेट अधिवेशन कोरोना महामारी र कालापानी सीमा विवाद देखाएर जेठ १५ गतेपछि बैठक सार्न सजिलो बनाएको छ। बजेटअघि बैठक राखे अवस्था आए एक व्यक्ति एक पद, अध्यादेश सांसद अपहरण र मन्त्रीहरु अनियमिततामा मुछिएका विषय जवाफ दिनुपर्ने हुनसक्छ। तर, बजेटपछि बैठक बस्ने अवस्था आए अहिलेका विषयवस्तु चिसो भइसकेका र बजेट केन्द्रित मुद्दा तातो रुपमा आउने हुँदा ओलीलाई केही सहज हुनसक्छ।

संकटमा स्थायी कमिटी बैठक राख्न खोज्नु कुतर्क भएको ओली टिकट मण्डलले बताए। ‘कोरोना महामारी छ। त्यसैमा बजेटमाथि छलफल गर्नुपर्ने छ। सीमा विवाद जटिल बन्दै छ’, मण्डलले भने, ‘कतिपय साथीहरुलाई रमिता देखाउन बैठक चाहियो। संकटको बेला एक हुनुपर्नेमा विवाद सिर्जना गर्न खोजिँदै छ। के गर्न खोजेका होला?’

बजेटपछि अनुकूल समयमा स्थायी कमिटी बैठक बसाल्दा ठीक हुने मण्डलको तर्क छ।
 
प्रचण्ड नेपाल समूह बजेटअघि बैठक बसाल्ने योजनामा
बजेट अधिवेशन सुरु भएकाले जेठ २ गतेको नीति तथा कार्यक्रम प्रस्तुत भएपछि प्रचण्ड नेपाल समूहका नेताहरु स्थायी कमिटी बैठक बसाल्ने योजनामा छन्। ओलीले एकपछि अर्को गर्दै बैठक धकेल्दै लगेकाले पनि तत्काल बैठक राख्नुपर्ने पक्षमा उनीहरु छन्। बैठक धकेलिँदै गए विषयवस्तु सेलाउँदै जाने उनीहरुको बुझाई छ।

नीति तथा कार्यक्रम पास भए लगतै स्थायी कमिटी बैठक बोलाउनुपर्ने स्थायी कमिटी सदस्य मणि थापाले बताए।

गत वैशाख २५ गते बोलाइएको स्थायी कमिटी बैठकमा पेश हुने एजेण्डामा विवाद हुँदा स्थागित भएको थियो। २४ गते बसेको सचिवालय बैठकमा स्थायी कमिटी बैठकमा पेश गर्ने एजेण्डालाई लिएर विवाद भएपछि अध्यक्ष ओली बैठक छाडेर निस्किएका थिए। २५ गतेको बैठक स्थागित भए पनि सोही दिन २० प्रभाशाली स्थायी कमिटी सदस्यको पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बसेको थियो।

बैठकले स्थायी कमिटीमा पेश हुने एजेण्डा आफ्नो तर्फबाट तय गरी जनार्दन शर्मा, भीम रावल, रघुजी पन्त र हरिबोल गजुरेलले अध्यक्ष प्रचण्डलाई भेटेर बुझाएका थिए। यसअघि १० वैशाखमा अध्यक्ष ओली प्रचण्डलाई पत्र नै लेखेर बैठक राख्न माग गरेका थिए।
  
एक दिन मात्रै बैठक राखे नमान्ने
स्थायी कमिटी बैठक एक दिन राखेर झारा टार्ने रणनीति अपनाइए नमान्ने प्रचण्ड नेपाल समूहका नेताहरुले बताएका छन्। ‘बैठक एक दिन राखेर बोल्नै नदिएर सकियो भन्न मिल्दैन’, नेता साहले भने, ‘सबैमा सबैले आ–आफ्ना कुरा राख्न पाउनुपर्छ। सबैले एक आपसमा मन माझ्न पाउनुपर्छ।’

अध्यक्ष ओलीले नै बैठक राख्न नमानेकाले कति दिनसम्म चलाउने भन्ने विषयमा बहस नभएको साहले बताए। स्थायी कमिटी नेताहरुले खुलेर आफ्ना कुरा राख्न पाउनेगरी सबैले बोल्न पाउनुपर्ने उनले बताए।

प्रकाशित मिति: सोमबार, वैशाख २९, २०७७  १४:१०
  • #नेकपा
  • #स्थायी_कमिटी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ उनले भनेका थिए, ‘केन्द्रीय कमिटीबाट नेतृत्वको हस्तान्तरणको सहज विधि र प्रक्रिया बनाएर निकास दिन्छौँ। त्यसका लागि विधानमा संशोधन, राष... सोमबार, असोज ५, २०८३
एमालेभित्रको असन्तुष्टिमा ओलीको आक्रोश : ‘पार्टीभित्रै समस्या सिर्जना गर्न लागिपरे’ सोमबार पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा उनले विरोधीलाई खेल्ने ठाउँ दिनका लागि पार्टीभित्रबाट कोही पनि लाग्न नहु... सोमबार, असोज ५, २०८३
एमाले केन्द्रीय कमिटी बैठक सुरु बैठकको सुरुवात अध्यक्षको मन्तव्य र राष्ट्रिय गानबाट हुने कार्यसूची तय गरिएको छ। त्यसपछि नयाँ सदस्यहरूको मनोनयन तथा अध्यक्षको राजनीति... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
ऊर्जामन्त्री श्रेष्ठको प्रस्तावमा अर्थमन्त्री वाग्ले सहमत, बिजुलीमा भ्याट हट्ने सोमबार, असोज ५, २०८३
एमालेभित्रको असन्तुष्टिमा ओलीको आक्रोश : ‘पार्टीभित्रै समस्या सिर्जना गर्न लागिपरे’ सोमबार, असोज ५, २०८३
एमाले केन्द्रीय कमिटी बैठक सुरु सोमबार, असोज ५, २०८३
बसमा आगलागी, घाइते चालकलाई अस्पताल लगियो सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्