• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

चीनमा लामो सरकारी बिदा हुँदा स्वास्थ्य सामग्री ल्याउने सेनाको काम प्रभावित

सेनाले आज चीन पठाउन लागेका दुई ‘चार्टर्ड फ्लाइट’ स्थगित
64x64
रामकुमार डिसी मंगलबार, वैशाख २३, २०७७  १२:५०
1140x725

काठमाडौं– कोरोना भाइरस (कोभिड–१९)का लागि अत्यावश्यक स्वास्थ्य सामग्री चीनबाट ल्याउने काम प्रभावित भएको छ। 

मे दिवसका अवसरमा चीनमा हुने लामो सरकारी विदाका कारण स्वास्थ्य सामग्री ल्याउन नेपाली सेनाले मंगलबार गर्न लागेको दुई ‘चार्टर्ड उडान’समेत प्रभावित भएको छ। ‘हाम्रो तालिकाअनुसार आज नेपाल एयरलाइन्सका दुई विमान स्वास्थ्य सामग्री ल्याउन पठाउने भन्ने कुरा थियो,’ नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले भने, ‘समस्या के भइदियो भने आजसम्म चीनमा मे दिवसको अवसरमा सरकारी विदा छ। विदाको समयमा भन्सारको समेत काम नहुने भएकाले हाम्रो तालिका प्रभावित भयो।’

केही अत्यावश्यक स्वास्थ्य सामग्री हवाईमार्ग र बाँकी स्थलमार्गबाट ल्याउने योजनाअनुसार सेनाले दुई चार्टर्ड विमान पठाएर करिव ३७ टन स्वास्थ्य सामग्री आज ल्याउने तयारी गरेको थियो। चीनमा मे दिवसका अवसरमा मे १ देखि ५ तारिखसम्म र आइतबारको विदा पर्ने भएकाले चाँडोमा शुक्रबार नभए सोमबारसम्म ती रोकिएका दुई उडान गर्ने प्रवक्ता पाण्डेले जानकारी दिए। 

‘भोलि उहाँहरुको कार्यालय खुलेपछि उहाँहरुले कहिलेसम्म गर्न सकिने जवाफ दिनुहुन्छ अनि मात्रै अर्को उडान कहिले गर्ने भन्ने तय हुन्छ,’ उनले भने, ‘अहिलेको अवस्था हेर्ने हो भने ढिला भयो भने सोमबार मात्रै हुने भयो, चाँडोमा शुक्रबारसम्म उडान गर्न सकिन्छ कि।’

भोलिदेखि भन्सारको काम थालेमा ‘कस्टम क्लिरियन्स’ पाउन कम्तीमा पनि तीन दिन लाग्छ। चीनमा स्वास्थ्य सामग्रीको गुणस्तरमा प्रश्न उठेपछि गत १० अप्रिलदेखि चीनले गुणस्तर नियन्त्रणमा कडा कानुनी उपाय अपनाएको छ। 

भन्सार पास चाँडो गरिदिन सैन्य च्यानल र परराष्ट्रमार्फत आग्रह गरिएको पनि प्रवक्ता पाण्डेले जानकारी दिए। ‘हामीले भन्सारमा अलि चाँडो गरिदिनुपर्‍यो, हामीलाई अत्यावश्यक स्रोतहरुको अभाव भइरहेको छ भनेर चिनियाँ पक्षलाई आग्रह गरिरहेका छौं,’ उनले भने, ‘हामीले सेनाको च्यानलबाट पनि आग्रह गरेका छौं। नेपाल सरकारले पनि उहाँहरुलाई आग्रह गरिरहेको छ।’

सेनाले चिनियाँ सरकारी कम्पनी सिनो फर्म इन्टरनेशनलसँग २ अर्ब २५ करोड (१ करोड ८४ लाख ४१ हजार ७०६.३५ अमेरिकी डलर) भन्दा बढी मूल्यको स्वास्थ्य सामग्री ल्याउने सम्झौता गरेको थियो। सेनाले चीनबाट ६७ किसिमका स्वास्थ्य सामग्री तथा औषधि ल्याउने सहमति गरेको थियो, जसमध्ये अत्यावश्यक सामग्री हवाईमार्ग र बाँकी स्थलमार्गबाट ल्याउने तयारी सेनाको छ। 

ती स्वास्थ्य सामग्री चीनको ग्वान्जाओमा ल्याएर चिनियाँ कम्पनीले जम्मा गरिदिने र त्यहाँबाट सेनाले आफैं ल्याउने गरी सम्झौता भएको थियो। त्यसै अनुरुप ३ सय ४२ टन स्वास्थ्य सामग्री ल्याउन सेनाले आपूर्तिकर्ता कम्पनीलाई पौने ६ करोड रुपैयाँ तिरिसकेको छ। ग्वान्जाओबाट स्वास्थ्य सामग्री आपूर्तिका लागि टेन्डरमार्फत फ्ल्यास फ्रेट नेपाल कार्गो कम्पनीसँग सम्झौतापछि भुक्तानी भइसकेको छ। 

nimb
nimb

ग्वान्जाओबाट समान उठाउन कठिन
सेनाले चिनियाँ सरकार कम्पनीसँग स्वास्थ्य सामग्री ग्वान्जाओमा ल्याएर जम्मा गर्ने र आपूर्तिकर्ता कम्पनी फ्ल्यास फ्रेटसँग त्यहीबाट समान उठाने सहमति गरेको थियो। तर, त्यहाँबाट समान उठान धेरै कठिन हुने देखिएको छ।

ग्वान्जाओ विमानस्थालमा धेरै ‘ट्राफिक’ भएकाले त्यहाँबाट समान उठाउन कठिन हुने भएकाले नजिकैको अर्को विमानस्थलबाट ल्याउनुपर्ने अवस्था रहेको पाण्डेले जानकारी दिए। ‘ग्वान्जाओबाटै धेरै देशले समान लिने भएको हुनाले ट्राफिक कन्ट्रोल गर्न नै गाह्रो भयो भनेर नजिकै भएको विमानस्थबाट ल्याउने हाम्रो तयारी हो,’ उनले भने, ‘नजिकैको विमानस्थलबाट ल्याउन सहजीकरण गरिदिन हामीले सैनिक सहचारीमार्फत चिनियाँ पक्षलाई भनिसकेका छौं। परराष्ट्रले पनि त्यही अनुसार आग्रह गरेको छ।’

ग्वान्जाओमा धेरै चाप भएपछि केही दिनअघि एक निजी कम्पनीले अर्को विमानस्थलमा गएर नेपालमा स्वास्थ्य सामग्री ल्याएको थियो। समान लोड गर्ने जनशक्तिको अभावका कारण सामान लिन गएको हिमालयन एयरलाइन्सका पाइलट आफैंले समान लोड गरेर ल्याएका थिए। ग्वान्जाओमा धेरै चाप भएकाले सामान हराउने खतरा पनि त्यतिकै रहेको छ। चोरी नियन्त्रण गर्न अहिले चिनियाँ पक्षलाई हैरानी भएको छ।

स्थलमार्गबाट ल्याउने बाँकी सामान सेनाले ग्वान्वाओबाट नभएर विभिन्न स्थानबाट ल्याउने तयारी गरेको छ। केही अत्यावश्यक सामग्रीलाई मुख्य प्राथमिकता दिएर हिजो नै स्थलमार्गबाट सामान नेपाल छुटिसकेको सेनाले बताएको छ। हवाईमार्गबाट नेपाल आइपुग्दा हिजो स्थलमार्गबाट छुटेको समान पनि आइपुग्ने अवस्था रहेको छ। 

भारतमा भुक्तानी कठिनाइ
सेनाले भारतबाट पनि ५३ प्रकारका स्वास्थ्य समाग्री ल्याउने गरी समझौता गरेको छ। भारतको सरकारी कम्पनी ब्यूरो अफ फर्मा पिएचओज अफ इन्डिया (बिपिपिआई)सँग सेनाले औषधि खरिद गर्न सम्झौता गरी सकेको छ।

त्यसका लागि सेनाले परराष्ट्र मन्त्रालयमार्फत दुई करोड ४० लाख नेपाली रुपैयाँ दिल्लीस्थित नेपाली दूतावासलाई भुक्तानी दिइसकेको छ। तर, बिपिपिआईसँग निर्यात अुमति नभएकाले उक्त रकम भुक्तानी गर्न गठिन भइरहेको नेपाली सेनाका प्रवक्ता पाण्डेले जानकारी दिए। ‘त्यो कम्पनीलाई निर्यात गर्ने अनुमित रहेनछ,’ पाण्डेले भने, ‘ निर्यात गर्ने अुनमति पत्र नभएपछि पैसा कसरी पठाउने भन्ने समस्या परिरहेको छ।’

उक्त कम्पनीलाई सिधैं पैसा दिन नमिल्ने भएपछि त्यहाँको विदेश मन्त्रालयसँग भुक्तानी लेनदेनको सहमति गर्ने प्रयास सेनाले गरिरहेको छ। ‘एउटा सहमति जस्तो सानो केही गर्नुपर्‍यो भनेर रक्षा हुँदै परराष्ट्रमार्फत १४ गते नै एउटा चिठी दिल्लीस्थित नेपाली दूतावासमा पठाइ सकिएको छ,’ प्रवक्ता पाण्डेले भने, ‘भारतको विदेश मन्त्रालयको कसैले हामीले समानको भुक्तानी लियौं भनेर हस्ताक्षर गर्दिए भयो। त्यसका लागि विदेश मन्त्रालयलाई अनुरोध भइरहेको छ। संयोजनको सबै जिम्मा नेपाली दूतावासलाई दिइएको छ।’

सरकारले १६ चैतमा स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर जिटुजी प्रक्रियामार्फत औषधि खरिदका लागि नेपाली सेनालाई जिम्मा दिने निर्णय गरेको थियो। सेनाले स्वास्थ्य सामग्री खरिका लागि भारत, चीन, सिंगापुर, इजरायल र दक्षिण कोरिया गरी ५ देशलाई पत्राचार गरेको थियो। ती मध्ये चीनले मात्रै स्वाथ्य सामग्री  र भारतले केही औषधि दिन सक्ने जवाफ पठाएका थिए।

कोभिड–१९ क्राइसिस मेनेजमेन्ट सेन्टर (सिसिएमसी)ले आँकलन गरेअनुसार स्वास्थ्य मन्त्रालयको समन्वयमा चीनबाट ६७ प्रकारका स्वास्थ्य सामग्री र भारतबाट ५३ प्रकारका औषधि किन्ने तय सेनाले गरेको थियो।

सिसिएमसीले भने तीन सय ९६ प्रकारका औषधि र स्वास्थ्य सामग्री आवश्यकपर्ने आँकलन गरेको भए पनि  भारत र चीनका सरकारी कम्पनीले जम्मा एक सय २० प्रकारका औषधि र स्वास्थ्य सामग्री उपलब्धी गराउन सकिने बताएका थिए।

प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०७७  १२:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रामकुमार डिसी
नेपाल लाइभका वरिष्ठ संवाददाता डिसी परराष्ट्र, रक्षा तथा राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फर्किएनन् द्वन्द्वकालमै हराएका आफन्त
नेपाली भूमिमा भारतको सडक : दलपिच्छे विज्ञप्ति, नेतापिच्छे बोली
कालापानी : विज्ञप्तिपछिको विकल्प के?
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
साझा संकल्प गरौं, विपत्तिमा कोही एक्लो नहोस् : प्रचण्ड बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढीपछि नुवाकोटका प्रभावित क्षेत्रमा वैकल्पिक लाइनबाट विद्युत् सेवा सुचारु बिहीबार, भदौ ११, २०८३
भोटेकोसी बाढी प्रभावितहरुको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एनसेल फाउन्डेसनद्वारा रु. १ करोड सहयोग बिहीबार, भदौ ११, २०८३
अपर त्रिशूली ३ ‘ए’ मा हेलिकप्टर अवतरण, विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा बिहीबार, भदौ ११, २०८३
बाढी प्रभावित विदुरतर्फ लागे प्रधानमन्त्री बालेन, क्षतिग्रस्त क्षेत्रको स्थलगत निरीक्षण बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
केरुङमा पनि पहिरो, उद्धारमा जुट्न सी जिनपिङको निर्देशन बुधबार, भदौ १०, २०८३
नेपालको विपद्‌मा सहयोग लिएर आउँदै सोनु सूद: भने– ‘नेपाल, तिमी एक्लो छैनौ, हामी खाना र आश्रय लिएर आउँदैछौँ’ बुधबार, भदौ १०, २०८३
नुवाकोटको विदुर ७ बाट पत्रकार निराजन पौडेलको परिवार सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्