• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, फागुन २६, २०८२ Tue, Mar 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

यदि एड्सजस्तै कोभिड-१९ विरूद्धको पनि भ्याक्सिन बनेन भने के होला?

64x64
प्रदीप खद्योत सोमबार, वैशाख २२, २०७७  १७:४६
1140x725

एजेन्सी- देशहरू धमाधम कोरोना भाइरस संक्रमणको जोखिमका कारण दिनदिनै लकडाउनमा गइरहेका छन्‚ मानिसहरूको जिविकोपार्जन धरापमा परेको छ‚ कोरोना भाइरस संक्रमणको अन्त्यका लागि विभिन्न भ्याक्सिन बनाउनका लागि विभिन्न आँकडाहरू बाहिरिरहेका छन्।

तर योसँगै अर्को चिन्ताजनक कुरा पनि हाम्रो अगाडि छ- अहिलेसम्म कोभिड-१९ विरूद्धको कुनै भ्याक्सिनको विकास भएको छैन। यस्तो बेलामा मानिसहरूलाई विभिन्न भ्याक्सिन आउने आशका साथै न नआउने पो हो कि भन्ने चिन्ता पनि छ।

यदि भ्याक्सिनको विकास नै भएन भने मानिसले कोभिड-१९ लाई नियन्त्रण गर्नुको साटो योसँगै बाँच्ने कला पनि सिक्न जरूरी हुन्छ। विशेषज्ञहरूका अनुसार यदि यस्तै स्थिति पछिसम्म रहिरह्यो भने सहरहरू बिस्तारै खुल्दै जानेछन्। सिमित अवधिको लागि मानिसहरू स्वतन्त्र भएको महशुस गर्नेछन्।

कोभिड-१९ को परीक्षण गरिरहनु‚ हाम्रो जीवनको एउटा अभिन्न पाटो बन्न पुग्नेछ। सेल्फ आइसोलेसका विभिन्न तरिकाहरू आउनेछन्। यसमा गरिने उपचारमा केही सुधार हुनेछ। तर यो रोगको महामारी हरेक वर्ष भइरहनेछ। विश्वमै मृत्युदर दिनप्रतिदिन झन् झन् बढ्दै जानेछ।

विभिन्न संस्थाहरू यसविरूद्धको भ्याक्सिनका लागि खटिइरहेका छन्। तर विशेषज्ञका अनुसार यदि यस्तो किसिमको भ्याक्सिनको विकास नभएको खण्डमा आउनसक्ने सम्भाव्यताहरूमा पनि ध्यान मोडिनु जरूरी हुन्छ किनकि यस्तो पहिला पनि धेरैपटक भइसकेको छ।

‘यस्ता केही भाइरसहरू छन्‚ जसको औषधि अझै पनि हामीसँग छैन।’ विश्व स्वास्थ्य संगठनमा कोभिड-१९ का लागि विशेष दूतसमेत रहेका लन्डनस्थित इम्पेरियल कलेजका ग्लोबल हेल्थसम्बन्धी प्रोफेसर डा डेबिड न्यबारो भन्छन्‚ ‘कोभिड-१९ विरूद्धको भ्याक्सिन हामी पत्ता लगाउँछौं नै भनेर अनुमान गर्न सकिँदैन। यदि भ्याक्सिन पत्ता लाग्यो भने पनि धेरै परीक्षणपछि मात्र उपचारका लागि बजारमा उपब्लध हुनेछ।’

‘यदि यस्तै रहने हो भने हाम्रो समाजले कोरोना भाइरसको जोखिमबाट अनिवार्य रूपमा बच्नैपर्ने स्थितिको सिर्जना गर्नुपर्ने हुन्छ।’ न्यबारोले सिएनएनसँग भने।

धेरैजसो विशेषज्ञहरू भने कोभिड-१९ विरूद्धको भ्याक्सिन बन्नेमा ढुक्क छन् किनकि पहिलेका रोग जस्तै: एचआइभी‚ मलेरिया जस्तो कोभिड-१९ ले छिटो-छिटो आफ्नो रूप परिवर्तन गर्दैन।

Ncell 2
Ncell 2

नेशनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सियस डिजिज्जका निर्देशक डा एन्थोनी फोचीलगायतका धेरै विशेषज्ञका अनुसार भ्याक्सिनको विकास हुन कम्तिमा पनि १ वर्षदेखि १८ महिना लाग्न सक्ने हुन्छ। अन्य केही जस्तै: बेलायतका चिफ मेडिकल अफिसर क्रिस विटी १ वर्ष अथवा योभन्दा अघि नै भ्याक्सिनको विकास हुन सक्ने बताउँछन्।

Anthony Fauci - Wikipedia
डा एन्थोनी फोची‚ उनीलगायतका अन्य धेरै मेडिकल वैज्ञानिकहरूले कोभिड-१९ विरूद्धको भ्याक्सिन बन्नका लागि कम्तिमा पनि १ वर्षदेखि १८ महिनासम्म लाग्ने बताएका छन्।

‘हामीलाई कहिले पनि एक वर्षदेखि १८ महिनाको बीचमा विकसित भ्याक्सिन सार्वजनिक रूपमा उपचारका लागि प्रयोग गरिएको थाहा छैन,' हस्टनस्थित बेलर कलेजका नेसनल स्कूल अफ ट्रोपिकल मेडिसिनका डिन डा पिटर होटेजले भने‚ ‘यसको मतलब भ्याक्सिनको विकास हुन असम्भव भन्ने होइन। यदि यसको विकास सम्भव भयो भने यो इतिहासकै ठूलो उपलब्धि हुनेछ।’

जब भ्याक्सिनले काम गर्दैनन्
सन् १९८४ मा हेल्थ एन्ड ह्युमन सर्भिसका सेक्रेटरी मार्गरेट हेक्लरले वासिङ्टन डिसीमा एक प्रेस कन्फ्रेन्स गर्दै वैज्ञानिकहरूले नयाँ भाइरसको बारेमा धेरै कुरा पत्ता लगाएको घोषणा गरे‚ जुन भाइरस पछि गएर एचआइभीको रूपमा चिनिन थाल्यो। र तत्कालीन समयमा २ वर्षभित्र त्यसलाई नियन्त्रण गर्न भ्याक्सिनको विकास भइसक्ने आंकलनहरू बाहिर आउन थाले।

अहिलेसम्म करिब ४ दशक समय बितिसकेको छ भने ३ करोड २० लाख मानिसको मृत्यु भइसकेको छ‚ अझै पनि विश्व एचआइभीको भ्याक्सिनलाई कुरिरहेको छ।

यसको खोजी सन् १९८०को दशकमा पनि रोकिएन। १९९७ मा अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले तत्कालीन समयको एक दशकपछि एचआइभीको भ्याक्सिन बजारमा आउने घोषणा गरे। करिब १४ वर्षअघि वैज्ञानिकहरूले एचआइभीको भ्याक्सिनको पूर्णरूपमा विकास हुन अझै १० वर्ष लाग्ने बताए।

Protester Mark Milano is arrested during an AIDS demonstration in Washington DC in 1994.
सन् १९९४मा वासिङ्टन डिसीमा गरिएको एड्सविरूद्धको प्रदर्शनमा प्रदर्शनकारी मार्क मिलानोलाई पक्राउ गर्दै प्रहरी।

एचआइभीविरूद्धको भ्याक्सिन बनाउनका लागि विभिन्न कठिनाइहरू देखिए। ‘इन्फ्लुएन्जाले हरेक वर्ष आफ्नो रूप र गुण परिवर्तन गरिरहन्छ। त्यसैले हरेक वर्ष मानिसमा भिन्न प्रकृतिका इन्फ्लुएन्जाले असर गर्ने गर्छन्। अघिल्लो वर्ष देखिएको इन्फ्लुएन्जाले पछिल्लो वर्ष अर्कै रूप धारण गरेर आइदिन्छ। यस्तो भयो भने पनि झन् कठिन हुन्छ,’ बाल रोग तथा संक्रामक रोग विशेषज्ञ‚ रोटाभाइरसको भ्याक्सिनका सह-आविष्कारक पल अफिटले भने ‘एचआइभीले पनि हाम्रो शरीरभित्र विभिन्न रूप र गुण परिवर्तन गरिरहन्छ। त्यसैले एचआइभी संक्रमण भएका सम्पूर्ण व्यक्तिमा एकै प्रकृतिको भाइरसको संक्रमण भएको भनी स्पष्ट हुन नसकिनेमा विशेषज्ञहरूको एकमत छ।

तर‚ हाम्रो विश्वमा अझै यस्ता भाइरसहरू पनि छन्‚ जसले वैज्ञानिकलाई चकित बनाएका छन्। विश्व स्वास्थ्य संगठनका अनुसार डेङ्गी ज्वरो (जसबाट ४ लाखभन्दा बढी मानिस संक्रमित भए)का लागि प्रभावकारी भ्याक्सिन दशौं वर्षमा पनि विकास हुन सकेन। सन् २०१७ मा यसका लक्षणलाई नष्ट गर्नका लागि भ्याक्सिन पत्ता लगाउन धेरै ठूलो प्रयास गरिएको थियो।

यसैगरी ‚ राइनो भाइरस र एडेनो भाइरसको भ्याक्सिन विकास गर्न पनि धेरै नै गाह्रो भइरहेको छ। यी भाइरसले पनि कोरोना भाइरसकै जस्तो रूघा-खोकी जस्ता लक्षण देखाउने गर्थे। एडेनो भाइरसलाई नियन्त्रण गर्न जम्मा एउटा भ्याक्सिनको विकास भएको छ। त्यो पनि पूर्ण रूपमा बजारमा उपलब्ध छैन।

‘भ्याक्सिन आउनेमा तपाईंलाई ठूलो आश हुन्छ‚ र आएन भने त्यो आश एकै क्षणमा धराशयी बन्न पुग्छ,’ न्याबरोले भ्याक्सिनको विकासमा हुने ढिलासुस्ती र दुःखदायी प्रक्रियाको बारेमा बताउँदै भने‚ ‘हामीले बायोलोजिकल र मेकानिकल प्रणालीबाट यसलाई हेरिरहेका छौं। भ्याक्सिनको विकास शरीरले भाइरसप्रति कसरी प्रतिक्रिया जनाउँछ भन्ने कुरामा पनि निर्धारित हुन्छ।’

बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयमा कोरोना भाइरसविरूद्धको भ्याक्सिनको मानव परीक्षण सुरू भइसकेको छ। यसैगरी अमेरिकामा पनि मोडेर्नाद्वारा कोरोना भाइरसविरूद्धको भिन्न प्रकारको भ्याक्सिनको परीक्षण भइरहेको छ।

तर‚ यी अहिले परीक्षणकै क्रममा रहेका छन्‚ विकासका क्रममा होइन। भ्याक्सिन विकासको चरणमा प्रवेश गर्नका लागि अझ समय लाग्ने विशेषज्ञहरू बताउँछन्।

सार्स भाइरसविरूद्धको भ्याक्सिन बनाउने कार्यमा सरिक भएका होटेज भन्छन्‚ ‘भ्याक्सिन विकास भइसकेपछि सबैभन्दा जटिल विषय भनेको त्यसले भाइरसविरूद्ध राम्रोसँग काम गर्छ कि गर्दैन र मानव शरीरमा त्यसको प्रयोग गर्दा सुरक्षित छ या छैन भनी पुष्टि गर्नु नै हो।’

यदि एचआइभीजस्तै कोभिड-१९ को पनि भ्याक्सिन पत्ता लागेन भने यो भाइरस हामीसँग धेरै समयका लागि त्रासका रूपमा रहिरहन्छ।

कोभिड-१९ को उपचारका लागि पनि धेरै नै परीक्षणहरू भइरहेका छन्। तर वैज्ञानिकहरू पनि ती सबै परीक्षणको प्रारम्भिक चरणमै छन्।

वैज्ञानिकहरू अहिले एन्टी-इबोला औषधि ‘रेम्डेसिभिर’को परीक्षण गरिरहेका छन्। ब्लड प्लाज्माबाट पनि उपचारहरू गरिँदै आएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त ‘हाइड्रोक्सीक्लोरोक्वीन’ लाई कोभिड-१९ रोगका लागि ‘गेम चेन्जर’ नै भने‚ जुन पछि गएर गम्भीर प्रकृतिका बिरामीमा काम नलाग्ने देखियो।

‘वैज्ञानिकहरूले छनोट गरेका औषधीहरू सबैभन्दा प्रभावकारी औषधीहरू हुन्,' नोटिघम विश्वविद्यालयका संक्रामक रोग तथा महामारी विषयका प्रोफेसर केथ निल भन्छन्।

‘हामीले यसका लागि आरसिटी (र्‍यान्डमाइज्ड कन्ट्रोल्ड ट्रायल्स) गर्नु जरूरी हुन्छ। कोभिड-१९ विरूद्धको भ्याक्सिन विकास गर्ने कुरामा हामी भरखर जमिनबाट उठ्ने तरखर गरिरहेको बेला यस्तो कुरा गर्नु हाँस्यास्पद हुनसक्छ,’ विभिन्न परीक्षणहरूको प्रतिक्रिया दिने र मेडिकल पत्रकारसमेत रहेका निल भन्छन्‚ ‘मैले कोभिड-१९ विरूद्धको भ्याक्सिनका लागि तयार पारिएका विभिन्न रिसर्च पेपरहरू पढेको छु‚ जसको अनुसन्धान उचित तवरले गरिएका छैनन्‚ तिनीहरूलाई मैले रिजेक्ट गरेको छु।’

कतिपय औषधिहरू अहिले परीक्षणको क्रममा छन्। यदि ती औषधिले कोभिड-१९ को लागि प्रभावकारी भूमिका निर्वाह गर्न सके भने त्यसको प्रभाव ‘केही हप्ता’मै देखिने निल बताउँछन्।

यूएस फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनले इबोलाको लागि विकास गरिएको ‍औषधि ‘रेम्डेसिभिर’ कोभिड-१९ का लागि प्रभावकारी देखिएकाले छिट्टै नै कोभिड-१९ का बिरामीमा यो औषधि उपलब्ध गराउने बताएको छ।

Remdesivir, one of the drugs being tested as a Covid-19 treatment.

कुनै ‍औषधिले बिरामी अथवा संक्रमितमा कसरी काम गरिरहेको छ‚ त्यसबाट त्यसको प्रभाव जान्न सकिन्छ। रेम्डेसिभिर‚ अन्तर्राष्ट्रिय बजारमा सबैतिर पुगेको छैन। तर यसको निर्माण पनि पर्याप्त मात्रामा नगरिएकाले यसबाट केही समस्या आउन सक्ने हुन्छ।

अहिले नियन्त्रणमा आएको संक्रमण पछि गएर फेरि नआउला भन्न नसकिने विशेषज्ञहरू बताउँछन्। यसरी नियन्त्रण गरेका भाइरसहरूले विभिन्न रूप र गुण परिवर्तन गरी भविष्यमा झन् खतरनाक भाइरसको रूपमा पनि हामीमा देखिन सक्छन्।

भ्याक्सिनको विकास नभए हाम्रो जीवन कस्तो होला?
यदि कोभिड-१९ रोगविरूद्धको भ्याक्सिनको विकास हुन सकेन भने हाम्रो जीवन अहिलेको जस्तो सामान्य पक्केै हुँदैन। यसबाट मुक्त भएर सामान्य जीवनमा छिटै फर्किन धेरै नै कठिन हुन्छ।

‘आर्थिक र राजनीतिक दुवै दृष्टिकोणबाट दीर्घकालीन रूपमा लकडाउन गरिराख्न सम्भव छैन,' निल भन्छन्‚ ‘त्यसैले यसलाई नियन्त्रण गर्न हामीलाई अन्य बाटोबाट जानुपर्ने हुन्छ।’

यसको मतलब घरमै बसेर सबै काम गर्न मिल्ने माध्यमबाट काम  थाल्नु जरूरी हुन्छ। यसले गर्दा मानिसमा प्रविधीप्रति बढी जिज्ञासा पैदा हुन्छ र काम गर्ने नयाँ विधीजस्तै हुनेछ। विशेषज्ञहरूका अनुसार  विभिन्न देशका सरकारले अब कोभिड-१९ विरूद्धको भ्याक्सिनको विकास भएर यो संक्रमण पूर्णरूपमा नियन्त्रण नहुन्जेलसम्मका लागि नयाँ किसिमबाट जीवन जिउने तौर तरिकाको विकास गर्नु जरूरी हुन्छ। 

‘कोभिड-रेडी’का लागि अहिलेदेखि नै लागिपर्नु अत्यावश्यक छ‚' न्याबरो भन्छन्‚ ‘नयाँ ढङ्गको सामाजिक अन्तरक्रियाको विकास गर्न जरूरी हुन्छ। यदि कसैमा कोभिड-१९ सँग मिल्दोजुल्दो कुनै लक्षणहरू देखिएमा र त्यस्ता व्यक्तिको सम्पर्कमा आएको खण्डमा सेल्फ आइसोलेसनमा जानका लागि मानिसले आफ्नो व्यक्तिगत जिम्मेवारी वहन गर्नुपर्ने हुन्छ।’

Social distancing and lockdowns could be reintroduced until a vaccine is found.
कोभिड-१९ संक्रमणका बेला लकडाउनमा सुनसान सडक

अब सामान्य रूघाखोकी लाग्दा पनि सतर्क रहनुपर्ने हुन्छ। विशेषज्ञका अनुसार यदि कोभिड-१९ को कुनै पनि प्रभावकारी भ्याक्सिन पत्ता लागेन भने हाम्रो दैनिकीमा निक्कै नै ठूलो प्रभाव पर्छ। विशेषगरी हामीले दैनिक गर्दै आएको काममा यसले ठूलो प्रभाव पार्छ। केही समयका लागि भए पनि कार्यालयमै गएर गरिनुपर्ने काम घरबाट नै हुन थाल्छन्।

‘गरीब देशमा भने यसले निकै नै ठूलो असर पार्नेछ।’ न्याबरो भन्छन्‚ ‘यस्तै संक्रमण रहिरहेमा अहिलेको भन्दा छिटो छरितो तवरले परीक्षण गर्नुपर्ने विधिको प्रयोग गर्नुपर्ने हुन्छ।’

‘यदि अवस्था यस्तै रहने हो भने प्रिमियर लिग‚ एनएफफएल र अरू सामूहिक कार्यलाई विशेष प्रथमिकताका साथ आफ्नो तालिकाअनुसार नै खेल खेलाउनुपर्ने र खेलाडीहरूको परीक्षण गरिरहने‚ सामाजिक दूरी कायम गर्ने गर्नुपर्छ।’ निल भन्छन्‚ ‘बार र पबहरूमा धेरै भीड हुने भएकाले यस्ता किसिमका ठाउँहरूमा विशेष ध्यान दिनेगरी रेस्टुरेन्टहरू फेरि खोल्न सकिनेछ तर सामाजिक दूरी कायम राख्ने हिसाबले।’

केही यूरोपेली देशहरूले आफ्नो देशमा रहेका रेस्टुरेन्टलाई सामाजिक दूरी कायम राख्ने र रेस्टुरेन्टको क्षमताभन्दा निक्कै थोरै ग्राहकहरू भित्र्याउने शर्तमा खोल्न दिइरहेका छन्। 

भ्याक्सिनको विकास नहुन्जेल विशेषगरी जाडोयाममा अन्यबेलाको भन्दा बढी सतर्कता अपनाउनुपर्ने हुन्छ। धेरै ठाउँहरूमा लकडाउनलाई खुकुलो बनाउने कार्य  जारी छ‚ तर जुनसुकै बेला पनि फेरि लकडाउन गर्नुपर्ने अवस्था सिर्जना हुनसक्छ। जुनसुकै बेला पनि फेरि उस्तै महामारी फैलने डर हुन्छ।

विभिन्न देशका जोखिमयुक्त क्षेत्रहरूमा कोभिड-१९ लाई नियन्त्रण गर्नका लागि प्रतिबन्ध लगाइएको छ। न्याबरो भन्छन्‚ ‘यस्तैगरी संक्रमण अझ बढी फैलँदै गए पुरै देश नै लकडाउन गरिराख्नुपर्ने स्थिति पनि आउन सक्छ।’

समाजमा रोग प्रतिरोधात्मक क्षमता भएका करीब ७० देखि ९० प्रतिशत जनसंख्या हुनासाथ ‘हर्ड इम्युनिटी’ को बारेमा बहस चल्न थाल्नेछ। ‘तर पनि प्राकृतिक संक्रमणका लागि भने हर्ड इम्युनिटी नै सबैभन्दा राम्रो विकल्प भने पक्कै होइन। यस्ता किसिमका संक्रमणका लागि सबैभन्दा राम्रो विकल्प भनेकै भ्याक्सिनको विकास हुनु हो।’ अफिट भन्छन्‚ ‘भ्याक्सिन विश्व बजारमा फैलनुभन्दा अघिको मिजल्स संक्रमण यसको प्रमुख उदाहरण हो। प्रत्येक वर्ष २० देखि ३० लाख मानिसहरुलाई मिजल्सको संक्रमण देखिने गर्थ्यो। र यसमा पनि ठ्याक्कै त्यहीजस्तो नै हो।’

यो पनि पढ्नुहोस्

 

के हो 'हर्ड इम्युनिटी'? कोभिड-१९ लाई जित्न यो किन महत्त्वपूर्ण?शुक्रबार, वैशाख १२, २०७७

‘मलाई लाग्छ‚ हामीले भ्याक्सिनको विकास गर्नेछौं। त्यसका लागि पर्याप्त रकमको आवश्यकता हुन्छ।’ अफिट भन्छन्। तर पहिलाका केही भाइरसको जस्तै कोभिड-१९ को पनि भ्याक्सिनको विकास नहुन सक्छ‚ हामीमा यही नै हुन्छ भनेर ढुक्क पर्ने स्थिति पनि छैन।

‘कुनै भ्याक्सिन एकदम छिटो आइहाल्छ भन्ने मलाई लाग्दैन।’ ‌अफिट भन्छन्‚ ‘यदि १८ महिनासम्ममा भ्याक्सिनको विकास भयो भने‚ त्यो एकदम आश्चर्यको विषय बन्नेछ।’

एजेन्सीहरूको सहयोगमा

प्रकाशित मिति: सोमबार, वैशाख २२, २०७७  १७:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रदीप खद्योत
लेखकबाट थप
ट्रम्पको अप्रिय बहिर्गमन
अमेरिकी उपराष्ट्रपतिमा जितेकी कमला ह्यारिस को हुन्?
कोभिड-१९ : 'फल्स पोजेटिभ रिपोर्ट'पछि तनावग्रस्त मेरा चार दिन
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
मोदीसँग रवि र बालेनको फोन संवाद: मिलेर काम गर्ने भारतको प्रतिबद्धता सोमबार, फागुन २५, २०८२
विश्वकै सबैभन्दा प्रदूषित सहरको सूचीमा काठमाडौँ पहिलो नम्बरमा सोमबार, फागुन २५, २०८२
धनुषा-१ को मतपरिणाम घोषणा नगर्न सर्वोच्चको आदेश सोमबार, फागुन २५, २०८२
इलाम-१ मा कांग्रेसका निश्कल राई निर्वाचित सोमबार, फागुन २५, २०८२
रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध सर्वोच्चको रिट ‘हेर्न नभ्याइने’ मा सोमबार, फागुन २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारत टी–२० विश्वकप च्याम्पियन आइतबार, फागुन २४, २०८२
८ निर्वाचन क्षेत्रको समानुपातिक मतगणना बाँकी, कहाँ कहाँ सकियो मतगणना ? सोमबार, फागुन २५, २०८२
अमरेशसँग हारेपछि यस्तो भने गगन थापाले आइतबार, फागुन २४, २०८२
धनुषा-१ को मतपरिणाम घोषणा नगर्न सर्वोच्चको आदेश सोमबार, फागुन २५, २०८२
समानुपातिकतर्फ ४४ लाख मत गणना, कुन दलले कति पाए ? आइतबार, फागुन २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
झापा– ५ मा बालेन ओलीभन्दा चार गुणा बढी मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
ललितपुर १ मा कांग्रेसका उदयशमशेरको अग्रता शुक्रबार, फागुन २२, २०८२
श्रीलंका नजिकै इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु बुधबार, फागुन २०, २०८२
बालेनलाई लिएर झापाका लागि उडेको हेलिकोप्टर काठमाडौंमै फिर्ता बिहीबार, फागुन २१, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्