• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ २२, २०८३ Mon, Sep 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोनाविरुद्ध विश्वका उत्कृष्ट ५ महिला 'फ्रन्टलाइनर'मा नेपालकी डा रुना झा

64x64
नेपाल लाइभ शनिबार, वैशाख २०, २०७७  २२:४७
1140x725

काठमाडौं-  कोरोना भाइरस (कोभिड१९)को नियन्त्रणमा अग्रस्थानमा रहेर काम गर्ने उत्कृष्ट ५ महिलामा नेपालकी डा रुना झा पनि परेकी छिन्। संयुक्त राष्ट्रसंघको यूएन वुमेनले कोरोना भाइरस नियन्त्रणका अग्रस्थानमा रहेर काम गरिरहेको ५ महिलाको सूचीमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा झालाई राखेको हो। 

यूएन वुमेनले पाँच जनाको विषयमा लेखेको जानकारीमा प्रयोगशालाकी निर्देशक डा झाको कथा पनि समावेश गरेको छ। युनएन वुमेनले ‘कोभिड रेसपोन्समा फ्रन्टलाइनमा काम गर्ने ५ महिला’ को सूचीमा नेपालकी डा झाको नाम सहितको विवरण उल्लेख गरेको हो।

सो रिपोर्टमा कोभिड१९ को सुरुवात भएसँगै विश्वभरका महिला र केटीहरुको जीवनमा विभिन्न खाले चुनौती आइरहेको समेत उल्लेख गरेको छ। सयौं चुनौतिका बावजुत विश्वभरका लाखौं महिला कोभिड१९को नियन्त्रणका लागि अग्रस्थान रहेर जिम्मेवारी निभाइरहेको भन्दै युएन वुमेनले उनीहरुले गरेको  सेवाका लागि धन्यवाद दिएको छ। ती धेरै महिलाले स्वास्थ्यकर्मी र सामाजिक कार्यकर्ताका रुपमा काम गरिरहेका छन्।

कोभिड१९का पाँच महिलाको कथामा नेपाली रुना झाले कोरोना भाइरस परीक्षणमा नेतृत्वदायी भुमिका निर्वाह गरिरहेको विवरण उल्लेख छ।

यूएन वुमेनले भनेको छ,‘उनी र उनको टीमले  दैनिक रुपमा करिब ७० ओटा नमुना परीक्षण गर्ने गर्छन्। दैनिक अनिश्चित संख्यामा नमुना आउने कारण ढिलासम्म ल्यावमा बसेकी छिन्।’ 

प्राविधिक कामसँगै आफ्ना स्टाफको यातायात र खानेकुराको व्यवस्थापन पनि गर्नुपर्ने जिम्मेवारी उनलाई छ।

फेबुु्रअरीको मध्य तिर चीनको वुहानबाट नेपाल सरकारले १७५ जनाको उद्दार गरी ल्याएपछि उनी र उनका स्टाफको टोलीको व्यवस्ता बढेको छ। उनी आफ्ना सहयोगी टीमको सुरक्षा प्राथमिकतामा भएको बताउँछिन्। 

वुहानबाट उद्दार गरी क्वारेन्टाइनमा राखिएका १७५ जनाको नमुना रातभरी संकलन गरी भोली पल्ट सबैको रिपोर्ट तयार पारिएको डा रुना बताउँछिन्।

Ncell 2
Ncell 2
nimb
nimb

नेपालमा संक्रमितको संख्या बढेपछि उनीको व्यस्तता पनि बढेको छ। उनी भन्छिन,‘यो हाम्रो लागि चुनौतिपूर्ण समय हो। म उनीहरुको मनोबल बढाउने प्रयास गरिरहेको हुन्छ। उनीहरुको सुरक्षा पहिलो प्राथमिकतामा छ भनेर पनि सम्झाइरहेको हुन्छु।’

संक्रमणको जोखिममा परिवारमा नपरोस् भनेर उनी अलग्गै बस्छिन्। श्रीमान् र छोरीसँग हप्तौँदेखि भेटेकी छैनन्। हप्ताको तीन पटक भेट्न पुग्ने आमाबुवालाई उनले लामो समयदेखि भेट्न पाएकी छैनन्। जागिर र जिम्मेवारीबिच उनले परिवारलाई जोखिमबाट जोगाउने जिम्मेवारी पनि पुरा गर्नुपरेको छ।

उनी भन्छिन्,‘ म मेरी छोरीलाई भेटेर अगाँल्न चाहन्छु। बुवाआमाको हेरचाह गर्न चाहन्छु तर उहाँ र अरुलाई सुरक्षित राख्न मैले मेरा इच्छासँग सम्झौता गर्नैपर्छ।’

डा रुना बाहेक विश्वका यी चार महिलाले पनि कोभिड१९ को फ्रन्टलाइनमा बसेर जिम्मेवारी निर्वाह गरिरहेका छन्।
को को छन् सूचीमा?
१. अमल अल महायरा र हदील दाबाइह  
अमल अल महायरा र हदील दाबाइह जोर्डनमा रहेका  महिला र सिरियाली शरणार्थीका लागि काम गरिरहेका छन्। कोरोना भाइरसको समयमा उनीहरू मोबाइल फोनको भरमा समुदायलाई महत्वपूर्ण जानकारी र अन्य परामर्श दिने गर्छन्। लैङ्गिक हिंसाको सामना गरिरहेका महिलाको लागि २४ घण्टा उपलब्ध हुने हटलाइन सेवा प्रदान गरिएको छ। 

२. यान शेङ्लियान 
यान शेङ्लियान पेशाले कृषक हुन्। तर यो समय उनी चीनको उत्तरपश्चिमी प्रान्त क्विङहाई प्रान्तको सियारुओयाओ गाउँको चेकप्वाइन्टमा  बसेर  गाउँ आउने जाने मानिसको तापक्रम नाप्ने काम गरिरहेकी छिन्। उनको यो काम कोरोना भाइरस नियन्त्रणको लागि निकै महत्वपूर्ण छ । स्वयंसेवकको रुपमा अहिले उनी कोरोना भाइरस नियन्त्रणको काम गरेको युनएन वुमेन उल्लेख गरेको छ।

३. दीना स्माइलोवा 
काजकस्तानमा क्वारेन्टाइन सुरु हुनुभन्दा पहिले नेमोल्ची (चुप नबसौँ) अभियानमा जोडिएर काम गरिरहेकी छिन्। सो अभियानले सञ्चालन गरेको हेल्पलाइनमा यौन हिंसाका पीडितलाई सहयोग गर्दै आएको छ। नोमोल्चिले अहिलेसम्म एक सय २० पीडित महिलालाई कानुनी सहयोग गरिसकेको छ। 

४. र्‍याएनचिया हेनरी
क्यालिफोर्नियाको एक होटलमा काम गर्ने हेनरी कोरोना भाइरसका कारण होटल बन्द भयो।  उनलाई आमाले उनलाई फोन गरेर रुदैँ घर बोलाएकी थिइन्। तर, उनलाई अन्तर्राष्ट्रिय उडान बन्द गरिएकाले घर एन्टिगुआ जान सम्भव भएन र उनी अमेरिकामा एक्लै परिन्। होटल बन्द भएपछि खर्चको चिन्ता थियो। आफ्नो देशमा मानिसहरू विश्वभर फैलिएको यो महामारीमा कसरी सुरक्षित बसेका होलान् भन्ने चिन्ता भयो। यो चिन्ताले उनले कोरोना भाइरस नियन्त्रणको लागि सहयोगी हुने म्यासेज सामाजिक सञ्जालमार्फत सेयर गर्ने  सोच आयो।   उनले यस्ता सहयोगी म्यासेजहरु सेयर गरेर सहयोग गर्न थालिन्। 

प्रकाशित मिति: शनिबार, वैशाख २०, २०७७  २२:४७
  • #Dr.Runa-Jha

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढीमा ज्यान गुमाएकाप्रति मटिहानीमा श्रद्धाञ्जली, आधा झन्डा झुकाइयो
नबिल बैंकले १५.८० प्रतिशत लाभांश दिने
अस्ट्रेलियाली संसद्मा नेपालको बाढीबारे अल्बानिजको सम्बोधन : यो दुःखको भारी बोक्न तपाईंहरू एक्लै हुनुहुन्न
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
बाढीमा ज्यान गुमाएकाप्रति मटिहानीमा श्रद्धाञ्जली, आधा झन्डा झुकाइयो सोमबार, भदौ २२, २०८३
नबिल बैंकले १५.८० प्रतिशत लाभांश दिने सोमबार, भदौ २२, २०८३
अस्ट्रेलियाली संसद्मा नेपालको बाढीबारे अल्बानिजको सम्बोधन : यो दुःखको भारी बोक्न तपाईंहरू एक्लै हुनुहुन्न सोमबार, भदौ २२, २०८३
खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गर्ने तीन जना पक्राउ सोमबार, भदौ २२, २०८३
गृहमन्त्री अस्पताल भर्ना भएको पुष्टि गर्ने तस्बिर भेटियो, सचिवालयको खण्डनबारे प्रश्न सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
केपी ओलीलाई कालोमोसो दलिएको ‘एआई निर्मित’ कृतिम फोटो भाइरल आइतबार, भदौ २१, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
ठमेलमा युवती जिस्क्याउने युवक पक्राउ आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्