• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

वामदेवको बाटो मोडिएपछि अर्थमन्त्री खतिवडा सुरक्षित

64x64
सविन मिश्र शनिबार, वैशाख २०, २०७७  २२:३८
1140x725

काठमाडौं- फागुन २१ गते आफ्नो दोस्रो कार्यकाल सम्हाल्न सिंहदरबार प्रवेश गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले भनेका थिए, 'मेरो समय त्यही बेलासम्म हो‚ जुन बेला कमाण्डरले लडाइँ सकियो अब फर्क भनेर भन्दैन।' आफूलाई नेपालको मुलुकको गरिबी, अभाव, अशिक्षा र अन्यायविरुद्ध लड्ने विकासे योद्धाको रूपमा चित्रण गर्दै खतिवडाले कमाण्डरले फिर्ता नबोलाउञ्जेल आफ्नो लडाइँ जारी रहने बताएका थिए। 

उनले संकेत गरेका कमाण्डर प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयको निर्णय कार्यान्वयन गर्न अटेर गरेरै भएपनि सुरक्षित बनाएका छन्। राष्ट्रियसभामा दोहोरिनुका साथै अर्थमन्त्रीका रूपमा निरन्तरता दिने बाटो सुरक्षित भएको छ। नेकपा सचिवालयले यसअघि राष्ट्रियसभामा पठाउने निर्णय गरेका बामदेव गौतमलाई प्रतिनिधि सभामा ल्याउने निर्णय गरेपछि खतिवडा सुरक्षित बनेका हुन्।

सांगठनिक र भौगोलिक क्षेत्रको राजनीतिको जोडघटाउमा नलाग्दै खतिवडाले राजकाजका महत्वपूर्ण पद हाँसिल गरे। तत्कालीन नेकपा एमाले र अहिलेको नेकपाभित्रकै बहुसंख्यक नेताहरूको रुची बेगर उनको सत्ता यात्रा अघि बढिरहेको छ। बीचबीचमा केही तगारा देखिए तर ती समयक्रममा आफैँ हट्दै गएका छन्।

अर्थात् अर्थतन्त्रीको उनको कुर्सी निकै उतारचढावका बीच सुरक्षित बन्दै अघि बढ्यो। खतिवडा २०७४ फागुनमा अर्थमन्त्री नियुक्त हुनुअघि यो पदका दाबेदार थिए उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल। तत्कालीन नेकपा एमालेको महाधिवेशनमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीकै गुटबाट महासचिव भएका पोखरेल काठमाडौं- ५ का निर्वाचित सांसद हुन्। उनको आकांक्षा विपरीत ओलीले खतिवडालाई अर्थमन्त्री बनाए।

 

आफ्नो पहिलो बजेटबाटै पार्टीभित्रबाट चरम आलोचनाको शिकार भएका खतिवडाको भरथेग प्रधानमन्त्री एक्लैले गरिरहे। दोस्रो बजेटमा केही 'पपुलिस्ट' कार्यक्रम आएपछि तत्कालीन आलोचना साम्य भए पनि खतिवडा धेरैको निशानामा परिरहे। 

राष्ट्रपतिले नियुक्त गर्ने ३ जनाको कोटाबाट राष्ट्रियसभामा प्रवेश गरेका खतिवडाले सांसद हुनुअघि नै अर्थमन्त्रीको सपथ लिएका थिए। अहिले दोस्रो कार्यकालका लागि उनले काम गरिरहे पनि खतिवडा सांसद होइनन्। अर्थमन्त्री पदमा बहाल रहन उनले यही भदौ २० गतेभित्रमा सांसद पदको सपथ लिनुपर्छ, अन्यथा उनको पद स्वत: समाप्त हुनेछ।

Ncell 2
Ncell 2
nimb
nimb

राष्ट्रिय सभामा उनको कार्यकाल सकिनै लाग्दा पुनर्नियुक्ति वा विकल्पबारे बहस सुरु भयो। यो सिटका लागि नेकपाकै अध्यक्ष पुष्पकमल दाहालसमेतको रोजाइमा बामदेव गौतम थिए। प्रत्यक्ष निर्वाचनमा पराजित गौतमलाई सांसद बनाउन नेकपाकै एक समूहले निकै जोड गर्‍यो, जसको एउटै कारण थियो- खतिवडालाई अवरोध गर्नु। 

राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न नपाउने संवैधानिक व्यवस्थाका कारण सुरुमा गौतम यसका लागि तयार थिएनन्। तर गुटगत लडाइँ बढ्दै जाँदा उनी यसका लागि तयार भए र नेकपा स्थायी समितिले राष्ट्रिय सभामा उनैलाई पठाउने निर्णय गर्‍यो। जुन प्रधानमन्त्री ओलीको इच्छाको बर्खिलाप थियो। 

गौतम राष्ट्रियसभामा जाने/नजाने अन्यौलकै बीच प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भए। राष्ट्रियसभाका अन्य सदस्यले सपथ लिए, एक सिट खाली बस्यो। अस्पताल जानुअघि नै ओलीले खतिवडालाई दोस्रो कार्यकालका लागि मन्त्री नियुक्त गरिदिए, राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ गराइदिइन्। 

Xtrem

Xtrem

यसबीचमा नेकपाको आन्तरिक राजनीतिले धेरैवटा घुम्ती पार गर्‍यो। राष्ट्रियसभामा गौतमलाई पठाउने निर्णय भएको करीब २ महिनापछि पार्टीले उनलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने निर्णय गरेको छ। योसँगै अब उनको राष्ट्रियसभा सदस्य बन्ने 'च्याप्टर क्लोज' भएको छ। 

गौतमको यात्रा नयाँ बाटोमा लागेसँगै धेरैको आँकलन अब अर्थमन्त्री खतिवडा नै राष्ट्रियसभामा जानेछन्। अर्थात् उनै खतिवडा फेरि एकपटक भाग्यमानी ठहरिनेछन्।

चैत अन्तिम साता नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेपछि अर्थ मन्त्रालयका उच्च अधिकारीसँगको अनौपचारिक छलफलमा एउटा प्रसंग उठ्यो, 'जता पनि महाप्रसादजीलाई नै अवसर भन्ने चर्चा बाहिर भइरहेको छ।' 

त्यसबखत खतिवडाले पूर्वअर्थमन्त्री डा रामशरण महतको उदाहरण दिँदै भने, 'नेपाली कांग्रेसमा त्यत्रा नेता छन् तर अर्थमन्त्रीमा किन रामशरण महत नै चाहिएको?' उनको संकेत थियो, क्षमता भएरै अधिकारीले डेपुटी गभर्नर, लगानी बोर्डको सिइओ र गभर्नरको नियुक्ति पाएका हुन्। 

खतिवडाले पनि नेपालको अर्थतन्त्र सञ्चालनमा सबै महत्वपूर्ण जिम्मेवारी पाए। नेपाल राष्ट्र बैंकको गभर्नर, दुई पटक राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र अर्थमन्त्री। यसपटक पनि खतिवडा आफ्ना कमाण्डर तथा प्रधानमन्त्री ओलीले 'ब्याक' नभनेसम्म मैदानमै रहने निश्चित देखिएको छ। 

प्रकाशित मिति: शनिबार, वैशाख २०, २०७७  २२:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
यस्तो छ आज विदेशी मुद्राको भाउ राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ । शनिबार, असोज २४, २०८३
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे अघिल्लो दिन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ९०० रुपैयाँले बढ्दै २ लाख ९५ हजार ७०० रुपैयाँमा... शुक्रबार, असोज २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
प्रहरी महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता शनिबार, असोज २४, २०८३
परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता शनिबार, असोज २४, २०८३
घुँडाको खिइएको कुरकुरे हाड फेरि उमार्न सकिने सम्भावना (नयाँ अनुसन्धान) शनिबार, असोज २४, २०८३
सर्वोच्च अदालत भवन निर्माणको भ्रष्टाचारमाथि छानबिन गर्न माग शनिबार, असोज २४, २०८३
यस्तो छ आज विदेशी मुद्राको भाउ शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्