• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ ३, २०८२ Sat, Jan 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

लकडाउनको मौका छोपेर मूल्यवृद्धि, भएन बजार अनुगमन

64x64
शेरबहादुर ऐर शनिबार, वैशाख २०, २०७७  ०७:५१
1140x725

धनगढी- सुदूरपश्चिम प्रदेशमा लकडाउनसँगै खाद्यान्नलगायतका दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भइरहेको जनगुनासो बढे पनि अनुगमन प्रभावकारी हुनसकेको छैन। कालोबजारी तथा महँगी नियन्त्रणका साथै आपूर्ति व्यवस्थापनलगायतको जिम्मेवारी प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयकाे हाे। 

प्रदेश सरकारले बजार अनुगमनका लागि निर्देशिका र संरचना तयार गरे पनि बजार अनुगमन भने प्रभावकारी हुन सकेको छैन। लकडाउनयता सुदूरपश्चिम प्रदेशमा पनि खाद्यान्न, तरकारी, फलफूललगायतका दैनिक उपभोग्य वस्तुको निरन्तर मूल्यवृद्धि भइरहेको छ। त्यस्तै, कतिपय व्यापारीले टेलिफोन रिचार्जमा समेत बढी मूल्य लिने गरेको जनगुनासो छ। 

प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले तीन महिनाअघि तयार गरेको प्रदेशस्तरीय संयूक्त बजार अनुगमन निर्देशिकाअनुसार उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशकको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको छ भने जिल्लामा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुखको संयोजकत्वमा समिति गठन हुने व्यवस्था गरिएको छ। 

निर्देशनालयका निर्देशक विनोद मालीले लकडाउनका कारण बजार अनुगमन गर्न नसकिएको बताए। उनले भने‚ ‘निर्देशिका र संरचना तयार गरी मन्त्रालयमा दुई पटक बैठक बसेको छ भने निर्देशनालयमा समेत एक पटक बैठक भइसकेको छ। तर, बजार अनुगमन भने गर्न सकिएको छैन।’ उनले कतैबाट उजुरी आए तत्काल बजार अनुगमन गरिने बताए।

निर्देशक मालीले प्रदेश सरकारले बजार अनुगमन गर्ने अधिकार पाए पनि दण्ड जरिवाना गर्ने अधिकार भने नभएको बताए। उपभोक्ता हकहित संरक्षण समितिका कैलाली अध्यक्ष हरि रेग्मीले बजारमा हुने कालोबजारी तथा महँगी नियन्त्रणमा प्रदेश सरकारको खासै भूमिका नदेखिएको बताए।

‘प्रदेश सरकारसँग बजार अनुगमन गर्ने, कालोबजारी तथा महँगी नियन्त्रण गर्ने र अत्यावश्यक वस्तुको अभाव हुन नदिनेलगायतको जिम्मेवारी छ‚’ अध्यक्ष रेग्मीले भने‚ ‘तर, प्रदेश सरकारले जिम्मेवारीअनुसारको काम गर्न सकेको छैन।’ उनले प्रदेश सरकारभन्दा स्थानीय तह र संघीय सरकारले प्रभावकारी रुपमा बजार अनुगमन गरिरहेको अनुभव रहेको बताए। 

उनले भने‚ ‘स्थानीय सरकारले बजार अनुगमन गरिरहेको थियो, तर अहिले राहत वितरणमै बढी व्यस्त देखिएको छ। त्यस्तै, संंघीय सरकार मातहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता कार्यालयले पनि धनगढी उपमहानगरपालिका बाहेक अन्य स्थानीय तहमा बजार अनुगमन गर्न सकेको छैन।

कैलालीमा तरकारी र फलफूलका साथै चामल, तेल, चिनी, नुनलगायतका दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि भएको व्यापारीहरु बताउँछन्। धनगढीका एक व्यापारीले भने‚ ‘पहिलेको भन्दा ढुवानीमा बढी मूल्य तिर्नु परेपछि सामानको मूल्य पनि बढ्ने नै भयो।’ 

Ncell 2
Ncell 2

लकडाउन जारी भएपछि दुर्गम क्षेत्रमा दैनिक उपभोग्य वस्तु, मोबाइल रिचार्ज कार्डलगायतको अभाव सिर्जना गरी मूल्यवृद्धि भइरहेको गुनासो बढेको छ। 

पाँच व्यवसायीलाई कारबाही
कैलालीमा कालोबजारी गर्ने पाँच व्यवसायीलाई जरिवानासहित कारबाही गरिएको छ। संयुक्त बजार अनुगमन समितिले कैलालीका पाँच जना व्यवसायीलाई जरिवानासहित कारबाही गरेको हो।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख कमलबहादुर पुनमगरले लकडाउनका बेला कालोबजारी गर्ने पाँच व्यवसायीलाई पाच लाख ६० हजार रुपैयाँ जरिवाना गरिएको बताए।

धनगढीको द ग्लोबल सर्जिकल हाउसलाई पिपिई र मास्कमा कालोबजारीको गरेको पाइएकाले दुई लाख रुपैयाँ जरिवाना गरिएको छ। त्यस्तै, शुभारम्भ फार्मेसी, शैलैश्वरी आयुर्वेदिक हल र आरबी पूजा स्टोरलाई मास्कमा कालोबजारी गरेकोले जनही २० हजार रुपैयाँ जरिवाना गरिएको कार्यालयले जनाएको छ। 

बजार अनुगमन टोलीले अनुगमनका क्रममा पिपिईमा ४४ प्रतिशत र मास्कमा ६० प्रतिशत बढी मूल्यवृद्धि गरेको भेटिएकाले तत्काल जरिवाना गरिएको जनाएको छ।

त्यस्तै, धनगढी उपमहानगरपालिका- ६ मटियारीस्थित शुभ समैजी ग्यास सप्लायर्सले लकडाउनका बेला बढी मूल्यमा ग्यास बिक्री गरेको पाइएकाले तीन लाख रुपैयाँ जरिवाना गरिएको छ।

प्रकाशित मिति: शनिबार, वैशाख २०, २०७७  ०७:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
बर्दिया १ बाट चुनाव लड्ने तयारीमा बामदेव गौतम शनिबार, माघ ३, २०८२
सुरु भयो एमाले सचिवालय बैठक शनिबार, माघ ३, २०८२
शेरबहादुर देउवाको अभिभावकत्व खोजेको छौँ : सभापति थापा शनिबार, माघ ३, २०८२
दक्षिणी अफ्रिकामा भीषण वर्षा र बाढी: १०० भन्दा बढीको मृत्यु शनिबार, माघ ३, २०८२
‘काँग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँ’ : सभापति थापा शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो शुक्रबार, माघ २, २०८२
देउवा पक्षको आक्रोश – निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो शुक्रबार, माघ २, २०८२
देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्