• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, फागुन २८, २०८२ Thu, Mar 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

लकडाउनका कारण किसानले गहुँ बिक्री गर्न पाएनन्

64x64
शेरबहादुर ऐर मंगलबार, वैशाख १६, २०७७  २०:३८
1140x725

कैलाली- कैलारी गाउँपालिका- ५ का स्थानीय खुशीराम चौधरीले २० क्विन्टल गहुँ घरभित्रै थन्काएका छन्। लकडाउनका कारण गाउँमै व्यापारीलाई बिक्री गर्दा सस्तोमा बिक्री गर्नुपर्ने भएपछि उनले गहुँ बिक्री गरेका छैनन्। उनले भने‚ लकडाउनका कारण गहुँ घरभित्रै राखेको छु।  

खुसीरामका अनुसार सरकारले गहुँको न्युनतम मूल्य प्रतिक्विन्टल ३ हजार १५ रुपैयाँ कायम गरेको छ। तर, व्यापारीहरू दुई हजार सातदेखि दुई हजार आठ सय रुपैयाँका दरले मात्रै गहुँ खरिद गरिरहेका छन्। 

कैलारी गाउँपालिका- ५ का विरकुमार चौधरी पनि अहिले गहुँ बिक्री गर्ने सोचमा छैनन्। उनले भने‚ ‘स्थानीय व्यापारीलाई बेच्यौं भने तोकिएको मूल्य पाइँदैन। यसले हामीलाई थप घाटा हुन्छ। नबेचौं अन्य आवश्यक सामान खरिद गर्न रुपैयाँ छैन।’ 

कैलालीमा अहिले गहुँ भित्र्याएसँगै धान खेतीको तयारीमा किसानहरू जुट्छन्। उनले भने‚ ‘खाद्य तथा धान खेतीका लागि बिऊ, डिजेल खरिद गर्न गहुँबाटै रकमको जोहो गरिन्छ।’ उनले गहुँ बिक्री गर्न नपाउँदा धानको बिऊ लिन नपाएको गुनासो गरे।

खुशीराम र विरकुमारजस्तै अधिकांश किसानहरूले गहुँ बिक्री गर्न नपाएको गुनासो गरे। किसानहरूका अनुसार स्थानीय व्यापारीलाई बिक्री गर्दा तोकिएको मूल्य नपाउने र शहरतिर बिक्री गर्नका लागि ढुवानी गर्न नपाइने समस्या छ।
किसानहरूले अहिले गहुँ घरभित्रै राखेपछि केही व्यापारीहरू घरमै खरिद गर्न जान लागेका छन्। 

कैलालीको बर्दगोरियाका हरिप्रसाद भण्डारी बिहानै गहुँको खोजीमा निस्कन थालेको हप्ता दिन भयो। आफ्नो खेती नभएपछि उनी गहुँ खरिद गर्न हातमा पैसा लिएर निस्कने र खाली हात फर्कने गरेको बताए।

घोडाघोडी नगरपालिकाका एक सामान्य व्यापारी समेत रहेका वीर बहादुर खत्री पनि गाउँ-गाउँ पुग्दा समेत गहुँ खरिद गर्न नपाएको गुनासो पोख्छन्। ‘पैसा नभएको बेला सस्तोमा खरिद होला र छाक टारुँला भनेको कहीँ कतै मिलेन,’ उनले भने। 

स्थानीय तथा व्यापारीहरू गहुँ खोज्दै किसानको घरसम्म पुगेपनि रित्तै फर्कनुपरेको छ। उनीहरूजस्तै धेरै भूमिहीनहरूले हाल गहुँ खरिद गर्न पाएका छैनन्। लकडाउनका कारण कतिपय किसानहरूले चाहेर पनि गहुँ बिक्री गर्न पाएका छैनन् भने कतिपयले दर रेट बढ्ने भन्दै घरमा आउने भूमिहीनहरूलाई समेत बिक्री गर्न मानिरहेका छैनन्। 

Ncell 2
Ncell 2

बन्दाबन्दीले खाद्यान्न संकट हुन सक्ने र गहुँको रेट बढ्न सक्ने भन्दै हाल गहुँ बिक्री नगरेको एक किसानले बताए।  

बन्दाबन्दीले किसानहरू गहुँ बिक्री गर्न नआएको गल्ला व्यापारी डिलबहादुर सापकोटाले बताए। ‘सरकारले निर्धारण गरेको मूल्यमा खरिद गर्ने वा नगर्ने पछिको कुरा हो‚’ उनले भने‚ ‘गहुको दर रेट सोध्न समेत कोही आएका छैनन्।’ 

सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहात रहेको कृषि निर्देशनालयसँग यस वर्ष प्रदेशभरी के कति गहुँ उत्पादन भयो भन्ने तथ्यांक संकलन गर्न नसकेको जनाइएको छ। निर्देशक यज्ञराज जोशीले भने‚ ‘लकडाउका कारण फिल्डमा कर्मचारीहरू जान पाएनन्‚ जसका कारण कति उत्पादन भयो भन्ने तथ्यांक छैन।’ उनले गत वर्षको तुलनामा यस वर्ष पनि प्रदेशमा गहुँ उत्पादनमा भने ह्रास नआएको बताए।

उनले सरकारले गत वर्षको तुलनामा गहुँको मूल्य पनि उचित तोकेको बताए। उनले भने‚ ‘अहिले सकभर किसानबाट गहुँ सरकारले नै खरिद गरेर मौज्दात गर्नुपर्छ।’ उनले सरकारले खरिद नगरे बिक्रीका लागि गल्ला व्यापारीहरूलाई खुलाउनुपर्ने बताए।

कैलाली सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले अहिले किसानहरूलाई अन्नबाली घर भित्र्याउनमात्र अनुमति दिइएको बताए। उनले भने‚ ‘ढुवानी गर्न र गल्ला व्यापारसम्म पुर्‍याउनु भनेको व्यापार हो‚ त्यसैले यसको अनुमति दिइएको छैन।’ उनले लकडाउनको अवस्थाका आधारमा मात्र किसानलाई ढुवानीको अनुमति दिइने बताए।
 

प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०७७  २०:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
सामाजिक सञ्जाल प्रयोगसम्बन्धी साउदीमा रहेका नेपालीलाई दूतावासको ३ बुँदे अनुरोध बुधबार, फागुन २७, २०८२
जनताको भावना अनुरूप राष्ट्रिय सभामा प्रस्तुत हुने कांग्रेसको निर्णय बुधबार, फागुन २७, २०८२
६ दलले पाए राष्ट्रिय दलको मान्यता बुधबार, फागुन २७, २०८२
रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश बुधबार, फागुन २७, २०८२
समानुपातिक मतगणना अन्तिम चरणमा, दुई क्षेत्रको गणना हुँदै बुधबार, फागुन २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
समानुपातिक मतगणना अन्तिम चरणमा, दुई क्षेत्रको गणना हुँदै बुधबार, फागुन २७, २०८२
६ दलले पाए राष्ट्रिय दलको मान्यता बुधबार, फागुन २७, २०८२
दुबई उडान सञ्चालन गर्दै नेवानि, पहिला आउनेलाई पहिलो प्राथमिकता मंगलबार, फागुन २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
झापा– ५ मा बालेन ओलीभन्दा चार गुणा बढी मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
ललितपुर १ मा कांग्रेसका उदयशमशेरको अग्रता शुक्रबार, फागुन २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्