• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार

पर्यटन क्षेत्रलाई चलायमान बनाउन कर्मचारीको तलबदेखि भाडाको विषयसम्म बजेटले सम्बोधन गर्नुपर्छ

प्रचण्डमान श्रेष्ठ मंगलबार, वैशाख १६, २०७७  १२:०४
1140x725

नेपालको पर्यटनमा विगत २०/३० वर्षलाई हेर्ने हो भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रमले विभिन्न समयमा प्रभाव पार्ने गरेका छन्। विगतको सार्स, बर्डफ्लुलगायत विश्वभरि फैलिएको भाइरसले प्रभाव पारेको देखिन्छ। बाह्यवाहेक नेपालभित्रकै  विभिन्न कारणले पनि नेपालको पर्यटनमा प्रत्यक्ष प्रभाव पारेको हुन्छ।

नेपालभित्र हुने गरेका बन्द, हड्ताल, भूकम्प, नाकाबन्दी, हिमपहिरोलगायतले पनि नेपालको पर्यटनमा प्रत्यक्ष असर पारेका छन्। 

यसरी हुने घटनाक्रमले एउटा त उद्गम बजारमा  र अर्को गन्तव्यमा (हाम्रो गन्तव्यभित्र) परेको समस्याका कारण सप्लाइ साइट र डिमान्ड साइटमा प्रत्यक्ष असर पारेको छ।

विगतलाई केलाउँदै गर्दा अहिलेको कोरोना भाइरसलेचाहिँ दुवै ठाउँ (उद्गम बजार र गन्तव्य) प्रभाव परेको छ। कोरोना भाइरसको विषय स्वास्थ्यसँग जोडिएको छ। यो केही समयपछि अवस्य पनि अन्त्य हुने छ। तर, यसले अर्थतन्त्रमा पारेको प्रभाव भने लामो समयसम्म रहन सक्छ। यसले रोजगारीदेखि आयसम्ममा समेत परेको असरले आउने क्षमतामा असर गर्ने छ।

कोरोनाले उद्गम बजारमा पारेको प्रभावले हामीकहाँ आउने डिमान्डमा पक्कै पनि असर गर्छ। तर, कतिसमय सम्म गर्छ भन्ने कुराचाहिँ विगतलाई हेर्ने हो भने एकदेखि साढे एक वर्षसम्म पर्न सक्छ। यसले केही लामो समय असर पार्छ  किन भन्ने नै हो। होटल, एयरलाइन्स तथा ट्राभल क्षेत्रमा भने ठूलो समस्या परेको छ। यी क्षेत्रमा  मुख्यतः ४ वटा समस्या परेका छन्। 

पहिलो,आम्दानी नभएपछि निश्चित खर्च गर्नुपर्ने क्षेत्रमा असर परेको छ। जस्तै पहिलो त कर्मचारीको तलब नै हो।  यसमा मात्रै ३० देखि ४० प्रतिशत रकम जान्छ। दोस्रोचाहिँ स-साना होटल  तथा ट्राभल, ट्रेकिङ क्षेत्रको अर्को केही प्रतिशत रकम भाडामा जाने गरेको छ।

तेस्रोचाहिँ ठूला–ठूला होटल तथा एयरलाइन्स कम्पनीहरुको खर्च ऋणको ब्याजमा जाने गरेको छ।

यसबाहेक चौथो भनेको स–साना सन्चालन खर्चमा जाने गरेको छ। मुख्य खर्च हुने क्षेत्र भनेको कर्मचारीको तलब, भाडा र बैंकको ऋणको ब्याज हो।

Ncell 2
Ncell 2
nimb
nimb

आम्दानी नभएको अवस्थामा खर्च कसरी धान्ने भन्ने नै उद्योगीको ठूलो समस्या हो।

यस्तो अवस्थामा सरकारले ल्याउने बजेटको पनि ठूलो महत्व हुन्छ। व्यवसायीले पनि बजेटलाई चासोका साथ हेरिरहेका हुन्छन्। जसका कारण सरकारले पर्यटनजस्तो सेवा प्रदायक र सेवा उद्योगको रक्षा गर्ने गरी बजेट ल्याउनु पर्छ। यो क्षेत्रलाई रिकभर गर्न सक्ने योजना सहितको बजेटरी गर्नु पर्ने हुन्छ। यो क्षेत्रको बचाउका लागि सरकारले मुख्यतः ३ वटा विषयलाई प्राथमिकता दिँदै बजेट ल्याउनु पर्ने हुन्छ।

सरकारले सबैभन्दा पहिला कर्मचारीलाई जागिरबाट निकाल्न दिन हुन्न। कर्मचारी कटौती भएको अवस्थामा युवा फेरि वेरोजगार हुन्छन्। जसका कारणले कर्मचारीको तलबमा सरकारले बजेटरी प्रोभिजनबाट केही न केही सहयोग हुनुपर्छ। यसका लागि सरकार आफैँले तोकेको न्यूनतम पारिश्रमीकचाहिँ सामाजिक सुरक्षाको कोषमा राखिदिनु पर्छ।

सरकारले १० वा २० प्रतिशत राखिदिने ठाउँमा अग्रिम नै राखिदिएर कर्मचारीले झिक्न पाउने व्यवस्था गरिदिनु पर्छ। यसले बेरोजगारलाई पनि सम्बोधन गर्छ र कम्पनीहरुलाई पनि सहयोग गर्छ।

Xtrem

Xtrem

अर्को विषय हो भाडा। भाडाको विषयमा भाडा दिने र लिनेबीचको दुई पक्षीय सहमतिमा काम भएको हुन्छ।

भाडा सरकारले दिने र लिने हैन। त्यसमा कुनै पनि भाडामा दिने मान्छले भाडा २, ३ वा ४ कति महिनाको हुन्छ त्यो छाडिदिएर पनि उद्योगको बचाउ गर्न सकिन्छ। तर, भाडामा दिने मान्छेलाई सरकारले फेरि केही न केही अनुदान त दिनु पर्छ। सरकारले केही  अनुदान नदिएको अवस्थामा फेरि भाडामा दिने मान्छेले पनि भाडा छुट दिन सक्दैन।

कम्पनीहरु बचाउका लागि एउटा कर्मचारीको तलबमा र अर्को भाडाको रकममा सहयोग गरिदिनु पर्छ।

तेस्रो भनेको सरकारको सोझै फिस्कल मेजर नभए पनि मोनिटरी मेजरबाट बैंकहरुबाट राष्ट्र बैंकको सहयोगमा सहुलियत दरको ऋण दिने व्यवस्था गर्नु पर्छ। जुन भूकम्पको  बेलामा पनि भएको थियो। जुन अवस्थामा वाणिज्य बैंकहरुले २ वा ३ प्रतिशत ब्याजदरमा ऋण दिने अवस्था सिर्जना भए स–साना उद्योगहरु बचाउन सहजता आउँछ। जसले उक्त रकम पछि तिर्छन् र क्यापिटल कस्ट पनि कम गराउँछ। 

यी तीन वटा विषय कर्मचारीको तलब, भाडा र सहुलियत दरको ऋणलाई सरकारले प्राथकिता दिँदै बजेटरी व्यवस्था गरेको खण्डमा आगामी आर्थिक वर्षको ६ महिना कम्पनी बाँच्न सक्छन। कम्पनी बाँचेपछि  मात्रै दोस्रो विषय आउने हो।

दोस्रो विषय भनेको डिमान्ड हो। जहाँ–जहाँ कम्पनीहरुले डिमान्ड गर्नु पर्ने हो त्यहाँ रिकभर योजना सुरु हुन्छ। रिकभर योजना कम्पनी आफैँले पनि अगाडि बढाउछ। त्यसमा भने सरकारले कम्पनी बचाउन दिएको सुविधाहरुलाई जोगाउन फेरि मार्केटिङ गर्न वा प्रचारप्रसार गर्न केही फेरि अुनदान दिन सक्छ। फरक प्रकृतिका कम्पनीहरुलाई फरक–फरक किसिमको  सहुलियत योजना हुन सक्छ।

यो एक वर्षकै लागि आउने बजेट भएका कारण पहिलो ६ महिनाका लागि कम्पनी जोगाउन र दोस्रो ६ महिनाका लागि रिकभर योजनामा सहयोग गर्ने गरी पर्यटनको बजेट आउनु पर्छ।  यसो गरेको अवस्था एक वर्षपछि हाम्रो पर्यटक आउने स्रोत बजारहरुमा प्रचारप्रसारको काम बढ्दै जाने छ। त्यसमा पनि ४७ प्रतिशत बजार हिस्सा रहेको राष्ट्र भारत, चीन, बंगलादेश, म्यामार, भुटानजस्ता नजिकका देशमा आफ्नो बजार बिस्तारको योजना लैजान सकिन्छ। यो क्षेत्रबाट भ्रमण गर्ने पर्यटकले छोटो समयमा नै योजना बनाउन सक्छन्। त्यसपछि दुई वर्षपछि मात्रै हाम्रो ३० प्रतिशत बजार हिस्सा भएको युरोप अमेरिका तथा अस्ट्रेलियाको बजारमा प्रचारप्रसार गर्न सक्छौं। जुन सम्भव पनि हुन्छ।

साथै, लकडाउन सकिनेबित्तिकै आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने सकेको अवस्थामा  साना होटल तथा स–साना लगानी रहेको पर्यटन क्षेत्रलाई ब्रेकइभनमा ल्याउन सकिन्छ। जसका कारण नयाँ आउने बजेटले कर्मचारीको तलब, भाडा, बैंकको ब्याज, रिकभरी प्लान र मार्केटिङ शैलीलाई सहयोग गर्ने हुनुपर्छ।

(श्रेष्ठ पर्यटन विभागमा पूर्व महानिर्देशक हुन्)

प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०७७  १२:०४
  • #paryatan
  • #tourism

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ताजा समाचारसबै
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा शनिबार, असोज २४, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा शनिबार, असोज २४, २०८३
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्