• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

संकटमा पनि भत्ता बढाउने प्रतिस्पर्धाले बढ्यो दायित्व

प्रगतिशील भत्ताको अवधारणामा जान सकिन्छ : पौडेल
64x64
सविन मिश्र आइतबार, वैशाख १४, २०७७  ०७:३०
1140x725
अर्थ मन्त्रालय। तस्बिर : नेपाल लाइभ अर्काइभ।

काठमाडौं- लोकप्रियताका लागि राजनीतिक दलहरुले भत्ता बढाउने प्रतिस्पर्धा गर्दा राज्य कोषमाथि वर्षेनी भार बढ्दै गएको छ। मुलुक संकटमा परेको बेलासमेत दलहरुबीच सामाजिक सुरक्षा तथा अन्य भत्ता बढाउने प्रतिस्पर्धा हुँदा सरकारमाथि अनिवार्य दायित्वको बोझ वर्षेनी बढ्दै गएको छ। 

आर्थिक वर्ष २०७२/०७३ को बजेट बनाउँदै थिए, तत्कालीन अर्थमन्त्री डा रामशरण महत। वैशाख र जेठमा गएका ठूला भूकम्पका कारण मुलुकमा ९ खर्ब रुपैयाँको क्षति भएको विवरण आफ्नै अगाडि राखेर बजेट लेख्दै थिए उनी। उनै महतले यही बजेटमार्फत ७० वर्षमाथिका नागरिकले पाउने भत्ता दोब्बर गरिदिए।

त्यसअघि वृद्धभत्ताबापत् सरकारले ५ सय रुपैयाँ दिँदै आएको थियो। महतले ७० वर्ष उमेरमाथिका नागरिकका लागि थप ५ सय रुपैयाँ औषधोपचार खर्च दिने घोषणा गरिदिए। नाम उपचार खर्च भनेपनि वृद्धभत्ता बढाइएको थियो। 

पूर्व अर्थमन्त्री डा रामशरण महत। 

असार २९ गते बजेट ल्याएका महत असोजमा सरकार परिवर्तनसँगै अर्थमन्त्रीबाट बाहिरिए।

उनको कुर्सीमा आइपुगे विष्णु पौडेल। पौडेल अर्थमन्त्री हुँदा देशमा भारतीय नाकाबन्दी सुरु भएको थियो‚ जुन फागुनसम्म चल्यो। पाँच महिना लामो नाकाबन्दीले अर्थतन्त्रको वृद्धिदर ०.२ प्रतिशतमा सिमिति भएको थियो। 

यही अवस्थाका बीच बजेट ल्याएका पौडेलले सामाजिक सुरक्षा भत्ता फेरि दोब्बर गरिदिए। अर्थात् अघिल्लो वर्ष एक हजार रुपैयाँ पुर्‍याइएको भत्ता पौडेलले दुई हजार रुपैयाँ पुर्‍याइदिए। 

पूर्व अर्थमन्त्री विष्णु पौडेल।

पौडेल अर्थमन्त्री हुँदा हालका अर्थमन्त्री डा युवराज खतिवडा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष थिए। अर्थात् स्रोत समितिका संयोजक नै उनै थिए। स्रोत समितिले दिएको बजेटको सिलिङभित्र बसेर अर्थमन्त्रीले बजेट बनाउने गर्दछन्। 

महत नेपाली कांग्रेस र पौडेल तत्कालीन नेकपा एमालेबाट अर्थमन्त्री भएका थिए। फरक राजनीतिक दर्शन र आस्था बोक्ने यी दुवै अर्थमन्त्रीले अर्थतन्त्र संकटमा परेकै बेला लोकप्रियताका लागि भत्ता बढाउने निर्णय गरेका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

'हाम्रोमा वितरण गर्ने मान्छे मात्रै लोकप्रिय हुन्छ भन्ने एउटा संस्कार बस्यो, जसका कारण मन्त्रीहरुले अर्थतन्त्रको अवस्था नहेरी यस्ता निर्णय लिन्छन्,' एकजना पूर्वअर्चसिचवले भने। 

सामाजिक सुरक्षाका लागि मात्रै अहिले १ खर्ब ५७ अर्ब रुपैयाँ खर्च हुने सरकारी प्रक्षेपण छ। गत वर्ष १ खर्ब १६ अर्ब रुपैयाँ खर्च भएको थियो। जुन सुरुवाती अनुमानभन्दा धेरै हो। बजेटमा उल्लेखित यो अंकमा सरकारले वितरण गर्ने सम्पूर्ण सामाजिक सुरक्षाका योजनाहरु समावेश छन्।

प्रगतिशील भत्ताको बहस 
नेपालमा ७० वर्ष नाघेका सबैलाई ३ हजार भत्ता दिइन्छ। त्यसका अलावा अपाङ्गता भएका व्यक्तिहरु, एकल महिला सबैलाई भत्ता दिने व्यवस्था छ। यसैगरी सिमान्तकृत वर्गका नागरिकका लागि पनि भत्ताको व्यवस्था गरिएको छ। उनीहरुलाई दिने भत्ताको रकम फरक-फरक छ। सबैभन्दा धेरै रकम वृद्ध/वृद्धाले पाउँछन्।

सामाजिक सुरक्षा भत्ता सबैलाई दिने व्यवस्था हुँदा खाने र हुने खाने सबैलाई समानता छ। २०५१ सालबाट नै सरकारले वास्तविक आवश्यकता भएकाहरुको पहिचान नगरी लोकप्रियताका लागि सबैलाई भत्ता बाँढ्ने नीति अवलम्बन गरिएको थियो। अर्थशास्त्री डा विश्व पौडेल आवश्यकता पहिचान गरेर वृद्धभत्ता दिन सकिने बताउँछन्।

Xtrem

Xtrem
अर्थशास्त्री विश्व पौडेल

'सामाजिक सुरक्षा भत्तालाई प्रगतिशील बनाउँदै लैजानुपर्छ, वास्तविक आवश्यकता कसलाई परेको छ उनीहरुको पहिचान गरेर भत्ता वितरण गर्नु उपयुक्त हुन्छ,' उनले भने, 'वास्तविक गरीब पहिचान गरेर उनीहरुलाई मात्रै दिने र आवश्यकता नभएकालाई नदिने गरी यसलाई प्रगतिशील बनाउन सकिन्छ।' 

सरकारले गरीब पहिचान कार्यक्रम अघि बढाइसकेको छ। यसैका आधारमा वास्तविक आवश्यकता भएका नागरिकको पहिचान गरी प्रगतिशील सामाजिक सुरक्षाको अवधारणामा अघि बढ्न सकिने उनको तर्क छ। 'आवश्यकता नभएकालाई पनि भत्ताको दायरामा ल्याउँदा सरकारमाथि बोझ बढेको छ, वास्तविक आवश्यकता भएका व्यक्तिहरुलाई मात्रै दिने हो भने अहिलेभन्दा धेरै पैसा दिन सकिन्छ र त्यो प्रभावकारी पनि हुन्छ,' उनले भने। 

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०७७  ०७:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो आज सेयर बजारमा ३६.२५ अंकको गिरावट आएको हो। बुधबार, असोज ७, २०८३
नेप्से परिसूचक ७.०६ अंकले बढ्यो c मंगलबार, असोज ६, २०८३
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमि... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
ट्रम्पले दिए सीलाई राजकीय भोज, मस्क–बेजोसदेखि जेन्सेन हुआङसम्म सहभागी शुक्रबार, असोज ९, २०८३
महेन्द्र राजमार्गको रजैया क्षेत्रमा पहिरो, प्रहरी टोली घटनास्थलमा शुक्रबार, असोज ९, २०८३
एमाले कार्यालय च्यासलमा अवलोकनको लागि पुगे गृहमन्त्री गुरुङ शुक्रबार, असोज ९, २०८३
एसियाली खेलकुदमा नेपालको शानदार सुरुवात, अफगानिस्तान ५ विकेटले पराजित शुक्रबार, असोज ९, २०८३
जटिल प्रसूति समस्या भएकी रुकुमकी महिलाको हवाई उद्धार शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्