• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

खै त राहत?

64x64
शेरबहादुर ऐर शनिबार, वैशाख १३, २०७७  ०९:२८
1140x725

कैलाली- धनगढी उपमहानगरपालिका १ त्रिवेणी चाेकमा भाडामा बस्दै आएकी छिन् प्रतिक्षा जोशी। चार जनाको परिवार भएकी उनले लकडाउनयता कुनै पनि राहत पाएकी छैनन्। यहीकारणा शुक्रबार उनी धनगढी उपमहानगरपालिका घेराउ गर्न पुगेकी थिइन्। भनिन्- ‘लकडाउनले मसहित मेराे परिवारलाई ठूलो असर गरेको छ ।’ श्रीमान दैनिक ज्यालादारीमा काम गर्छन्। उनले भनिन्,‘घरमा कोही पनि रोजगार छैनन्, म दैनिक ज्याला मजदुरी गरि परिवारको  जोहो गर्नेे गर्छु। अब के खाने भन्ने चिन्ताले सताईरहेको छ ।’

उनीमात्र होइन धनगढी  १ का अन्य व्यक्तिहरु पनि धर्नामा सहभागी थिए। धनगढी  १ मै बस्दै आएका लालबहादुर कामी विद्युतीय रिक्सा चलाउँदै जीविकोपार्जन गरिरहेका थिए । उनले भने- ‘रिक्साबाटै दैनिक खर्च चलेको थियो अहिले न रिक्सा चलाउन पाएको छु न त आम्दानीको स्रोत नै छ। घर भाडामा बसेको छु । स्थानीय सरकारले केही दिएको छैन।’

सरकारले चैत ११ गतेदेखि देशभर लकडाउन जारी गरेको छ। लकडाउन भएपछि आर्थिक रुपमा विपन्न, मजदुर, विद्यार्थी लगायतलाई राहतस्वरुप खाद्यान्न प्रदान गर्ने जनाएको छ। धनगढी उपमहानगरपालिकामा भने घर भाडामा बस्दै आएका अधिकाँस व्यक्तिले खाद्यान्न सहयोग नपाएको गुनासो गरिरहेका छन्।

‘सरकारले लकडाउन प्रभावितलाई राहत उपलव्ध गराई रहेको छ भन्ने सुनेँ’ पीडित प्रतिक्षाले भनिन् ‘त्यही भएर उपमहानगरपालिका घेराउ गर्न आएकी हुँ ।’ उनका अनुसार केही दिन पहिला धनगढी उपमहानगरपालिकाले वडा नम्बर १ का विभिन्न स्थानमा खाद्यान्न वितरण गरेको थियो । उनले भनिन्-‘उपमहानगरपालिकाले वितरण गरेको खाद्यान्न हाम्रो टोलसम्म भने पुग्न सकेन।’

वडा नं १ बस्ने तुली नेपालीले प्रश्न गरिन्,‘'हामी यो देशको नागरिक होइनौँ? राहत पाउनलाई पनि पार्टीगत आस्था बोक्नुपर्छ र ?’

उनले स्थानीय सरकारले राहतमा राजनीति गर्न थालेको आरोप लगाइन्। उनको पाँच जनाको परिवार छ। उनले भनिन्,‘रोगले भन्दा पनि भोकले सताईरहेको छ ।’  उनी पनि दैनिक ज्यालादारी गरी परिवारको जीविकोपार्जन गर्दै आएकी छिन् । उनले भनिन्–‘हामीजस्तो दैनिक गुजारा गर्नेको पीडा कसले सुन्ने ?’ 

धनगढी उपमहानगरपालिकाका पदाधिकारी र कर्मचारीहरुले आफन्त र आफ्ना पार्टीका कार्यकर्तालाई वितरण गरेको भन्दै शुक्रबार कार्यालय घेराउ गर्न आईपुगेको वडा नं १ का लालबहादुरले बताए। 

स्थानीय बसन्ती गुप्ता उपमहानगरको कार्यालयबाट राहत दिइएको थाहा पाएकाे र आफूले नपाएकाे बताइन् । उनले राहत पाउनुपर्ने परिवारभन्दा नजिकका मानिस हेरेर राहत वितरण भई रहेको बताईन्। 

Ncell 2
Ncell 2
nimb
nimb

धनगढी उपमहानगरपालिका १ का वडाध्यक्षय सन्तोस मुडभरीले सबैलाई राहत दिईरहेकाे र राजनीति नगरेकाे बताए। 

भर्खर वितरण गर्दै चुरे?
सरकारले लकडाउन जारी गरेको एक महिना पुगिसकेको छ । कैलालीको दुर्गम मानिएको स्थानीय तह हो चुरे गाउँपालिका । सो गाउँपालिकाले अहिलेमात्र खाद्यान्न वितरण गर्ने तयारी गरेको छ। छ वडा रहेको गाउँपालिकामा हाल छ सय परिवार अति विपन्न रहेका छन्। गाउँपालिकाले एक महिना अवधिसम्म पनि कुनै पनि स्थानीय तहमा राहत वितरण गर्न नसकेको जनाएको छ ।

गाउँपालिका अध्यक्ष धनबहादुर रोक्का मगरले भने–‘शुक्रबारमात्र खाद्यान्न धनगढीबाट गाउँपालिकामा पुगेको छ । शनिबारदेखि वितरण सुरु हुने छ ।’ उनका अनुसार गाउँपालिकाले प्रतिव्यक्ति पाँच किलो चामल, एक किलो दाल, एक प्याकेट नुन, तेल, साबुनलगायत वितरण गर्ने जनाएको छ ।

कांग्रेसले बाँड्यो राहत
चुरे गाउँपालिकाले गाउँपालिकामा राहत वितरण नगरेपछि नेपाली कांग्रेस चुरे गाउँसमितिले लकडाउनका कारण छाक टार्न समस्या भएका परिवारका लागि खाद्यान्न सहयोग गरेको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

गाउँपालिकाका नेता-कार्यकर्ताहरुले आफैँ ब्यक्तिगत रुपमा रकम उठाएर शुक्रवार चुरे गाउँपालिकाका अध्यक्ष धनबहादुर रोक्कालाई खाद्यान्न र स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन्। नेपाली कांग्रेस क्षेत्र नं ४ का सभापति दिनेशराज जोशी, वडाध्यक्ष कृष्ण मल्ल नेपाली कांग्रेस जिल्ला सल्लाहकार समिति सदस्य सुरत कार्की, कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरु राहत सामग्री लिएर वडा कार्यालय पुगेका थिए।  

नेपाली कांग्रेस चुरे गाउँ समितिका सभापति डिलबहादुर भाटका अनुसार नेपाली कांग्रेसका नेता-कार्यकर्ताहरुले स्वस्फूर्त रुपमा सहयोग गरेको रकमबाट २० क्वीन्टल चामल, ८० किलो मिक्स दाल, ८० लिटर तेल, ५०० थान मास्क र १ थान पिपिई हस्तान्तरण गरिएको हो।

लामो लकडाउनका कारण बिपन्न, असहायको घरमा चुलो जलाउन नसक्ने अवस्था भएकाले खाद्यान्न सहयोग गरेको नेपाली कांग्रेस गाउँ समितिका सह अध्यक्ष टिकाराम ढुंगानाले बताए। नेपाल तरुणदलका चुरे गाउँ समितिका कार्यवाहक अध्यक्ष खगेन्द्र कठायतले स्थानीय सरकार छाक टार्न समस्या भएकाहरुका लागि गम्भीर नदेखिएपछि आफूहरुले राहत र स्वास्थ्य सामग्री उपलब्ध गराएको बताए । नेपाली कांग्रेसका स्थानीय नेता हेमबहादुर बिष्टले राहत बितरणमा बिभेद नगर्न स्थानीय सरकारसँग आग्रह गरे।

पहुँचका आधारमा राहत

गोदावरी नगरपालिकाले पनि अति विपन्न, दैनिक ज्यालादारीमा काम गर्दै आएका व्यक्तिहरुलाई राहत वितरण गर्ने जनाएको थियो। एक स्थानीयले भने–‘नगरपालिकाले पहुँचका आधारमा राहत वितरण गरेको छ ।’ उनले  गोदावरी नगरपालिका २ मा दैनिक ज्यालादारीमा जीविकोपार्जन गर्दै आएका व्यक्तिका नाम सिफारिस गरे पनि नगरपालिकाले कुनै पनि खाद्यान्न उपलब्ध नगराएको गुनासो गरे।

टीकापुर नगरपालिका  १ को राहत वितरणलाई लिएर धेरैले असन्तुष्टि जनाएका छन्। कतिपयले सामाजिक सञ्जालमा गैरलक्षित वर्गले राहत पाएको गुनासो गर्ने गरेका छन् । नगरपालिकाले समेत राहत वितरणप्रति चित्त बुझाएको छैन। कहीँ कतै कमि-कमजोरी भैरहेको नगरपालिकाकै भनाइ छ।

वडा कार्यालयले वडाध्यक्षको संयोजकत्वमा २७ सदस्यीय जम्बो आपूर्ति समिति गठन गरेको थियो । साथै सल्लाहकार समिति गठन गरेको थियो। सो समितिले गाउँ-टोलमा विपन्न घरपरिवारको तथ्यांक संकलन गर्न मान्छे खटाएको जनाएको छ।

वडा कार्यालयले पहिलो चरणमा नौ हजार तीन सय घरपरिवारको नामावली ल्याएको जनाएको छ । पुनः नामावली सम्प्रेषण गरि संख्या घटाएर चार हजार एक सय २३ मा झारिएको जनाइएको छ । 

नामावली संकलन गरेकोमा कतिपय वैदेशिक रोजगारमा रहेकाहरुको परिवारको पनि नाम समेटिएको आरोप स्थानीयले लगाएका छन्। स्थानीयका अनुसार जागिरे र विभिन्न पेशा व्यवशाय गर्दै आएकाहरु समेत राहत पाउनेमा परेका छन् ।

प्रकाशित मिति: शनिबार, वैशाख १३, २०७७  ०९:२८
  • #Novel Corona Virus

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु बुधबार, असोज २८, २०८३
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ जारी बुधबार, असोज २८, २०८३
विश्व शान्तिको सन्देश फैलाउँदै चर्चित कुकुर ‘अलोका’ नेपालमा बुधबार, असोज २८, २०८३
बेली ब्रिज नबन्दा तुइनबाट दशैँको यात्रा (तस्बिरहरू) बुधबार, असोज २८, २०८३
१०९ सामुदायिक विद्यालयको पूर्वाधार विकासमा सरकारको साढे ६ अर्बभन्दा बढी लगानी बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्