• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

लकडाउनले निक्षेपको वृद्धिदर पौने तीन गुणाले घट्यो

64x64
नेपाल लाइभ मंगलबार, वैशाख ९, २०७७  १७:३१
1140x725

काठमाडौं- लकडाउनका कारण बैंकहरुमा निक्षेप संकलनको वृद्धिदर २.७३ गुणाले घटेको छ। चैतमा बैंकहरु जम्मा १० दिनमात्रै पूर्ण रुपमा सञ्चालन भएका थिए। सरकारले कोरोना रोगको नियन्त्रण तथा रोकथामका लागि चैत ११ गतेदेखि पूर्ण रुपमा लकडाउन गर्दा बैंकिङ कारोबार पूर्णरुपमा प्रभावित भएका छन्। बैंकहरुले निक्षेप संकलन तथा पैसा झिक्ने व्यवस्था गरेपनि यस अवधिमा खासै सुधार भएन। 

चैत महिना बैंकहरुको त्रैमासिक किस्ता र ब्याज उठाउने समय हो। जसले गर्दा बैंकहरुमा निक्षेप संकलन बढ्छ। चैत महिनाभरिमा जम्मा ४९ अर्ब रुपैयाँले निक्षेप संकलन भएको छ। फागुन महिनामा बैंकिङ प्रणालीमा एक खर्ब २३ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो। फागुन महिनाको तुलनामा निक्षेप संकलनको वृद्धिदर २.७३ प्रतिशतले घटेको हो। 

बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ३१ खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। फागुन महिनामा ३१ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए। 

तर गत वर्षको चैत महिनाको तुलनामा यस वर्षको चैतमा भने एक खर्ब ३७ अर्ब रुपैयाँले निक्षेप बढेको हो। यस आर्थिक वर्षको ८ महिना १० दिन बैंकिङ प्रणाली उत्साहप्रद भएकाले तुलनात्मक रुपमा गत वर्षको चैतभन्दा यस वर्षको चैतमा निक्षेप बढेको हो। 

त्यस्तै कर्जा विस्तारको वृद्धिदर पनि केही घटेको छ। फागुन महिनामा कर्जा ५३ अर्ब रुपैयाँले बढेको थियो। चैत महिनामा कर्जा विस्तार जम्मा ४२ अर्ब रुपैयाँले मात्रै बढेको छ। बैंकहरुले यस महिनाको १० दिनमा यति कर्जा विस्तार गरेका हुन्। लकडाउनमा बैंकहरुले कर्जा विस्तार गर्न सकेका छैनन्। 

चैत महिनामा बैंकहरुले २८ खर्ब ४५ अर्ब रुपैयाँको कर्जा लगानी गरेका छन्। फागुन महिनामा बैंकहरुले २८ खर्ब ३ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थियो। चालु आर्थिक वर्षमा कर्जा विस्तारको वृद्धिदरमा खासै सुधार हुन सकेको छैन। 

लकडाउन अगाडि बैंकहरु नयाँ कर्जाको माग नआएको भन्दै चिन्तित थिए। पुराना कर्जाको फाइलअनुसार लगानी गर्नेबाहेक नयाँ कर्जाको लागि प्रस्ताव खासै आउन सकेको थिएन। यससँगै नेपाल राष्ट्र बैंकले केही महिनाअघि आवासीय घर कर्जामा केहि खुकुलो पारिदिएको थियो। कर्जा विस्तारको वृद्धिदर घट्न थालेसँगै बैंकहरु नेपाल राष्ट्र बैंक र अर्थमन्त्रालय धाउन थालिसकेका थिए। 

लकडाउनपछि के कस्तो नीति लिने भन्ने विषयमा नेपाल राष्ट्र बैंकले गृहकार्य गरिरहेको छ। निक्षेपको ठूलो स्रोत मानिने रेमिट्यान्समा भारी गिरावट आउने निश्चित छ। यसले गर्दा बैंकिङ प्रणालीमा निक्षेप बढ्नेभन्दा पनि घट्ने विश्लेषण गर्न थालिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

रोजगारी गुम्दै जाने, काम नहुँदा आफूसँग भएको निक्षेप नै बाँच्नका लागि खर्च गर्नुपर्ने अवस्था आउने भएकाले भोलिका दिनमा बैंक निक्षेप बढ्नेभन्दा पनि घट्ने सम्भावना धेरै छ। 

उद्योग कलकारखाना बन्द हुँदा नयाँ निक्षेप बढ्न सक्ने अवस्था छैन। व्यापार व्यवसाय गरिरहेकाको खातामा पैसा थपिनेभन्दा पनि बाँच्नका लागि खर्च गर्नुपर्ने हुन्छ। यसले गर्दा केही व्यवसायीले मात्रै निक्षेप संकलन गर्न सक्छन्। औषधी, तरकारीलगायत अत्यवश्यक सामग्रीको व्यापार गर्नेले बाहेक निक्षेप सिर्जना गर्दैनन्। आन्तरिक रुपमै निक्षेप सिर्जना हुन सक्दैन।  

विज्ञहरुका अनुसार लकडाउनको अवधिमा निक्षेपको आवागमन लगभग ७५ प्रतिशतले घट्ने अनुमान गरिएको छ। विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसका कारण विदेशमा रहेका धेरै नेपालीले आगामी केही महिना रेमिट्यान्स पठाउन सक्ने अवस्था छैन। त्यस्तै कतिपय देशले भएका कामदार नै कटौती गर्ने आँकलन गरिएको छ। यससँगै वैदेशिक रोजगारमा गएका नेपालीले पठाउने रेमिट्यान्समा भारी गिरावट आउने आँकलन गरिएको छ। 

लकडाउनले कतिपय उद्योगी तथा व्यवसायीले केही समय किस्ता र ब्याज तिर्न सक्ने अवस्था छैन। उनीहरुले कर्जाको किस्ता र ब्याज तिर्न नसक्ने भएकाले निक्षेप सुधार हुँदैन। साथै बैंकको ब्यालेन्स सिटको आकार पनि सुधार हुन सक्दैन।

Xtrem

Xtrem

तीन महिनामा बैंकहरुले संकलन गरेको निक्षेप र कर्जा लगानी

Deposit and Lending Of Commercial Banks FY 2076/77 (in Billions)

महिना

मिति

निक्षेप

कर्जा लगानी

गत वर्ष

यस वर्ष

जम्मा

गत वर्ष

यस वर्ष

जम्मा

29/09/2076

2931

129

3060

2650

81

2731

माघ

03/10/2076

2925

127

3052

2632

83

2715

10/10/2076

2914

122

3036

2645

82

2727

17/10/2076

2921

124

3045

2651

84

2735

24/10/2076

2920

128

3049

2657

85

2742

29/10/2076

2934

133

3066

2664

86

2750

फागुन

02/11/2076

2934

130

3063

2663

86

2749

08/11/2076

2943

123

3066

2666

87

2753

16/11/2076

2944

124

3068

2671

88

2759

23/11/2076

2950

126

3076

2678

92

2770

30/11/2076

3007

133

3140

2710

93

2803

चैत

30/12/2076

3052

137

3189

2748

98

2845

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०७७  १७:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
महेन्द्र राजमार्गको रजैया क्षेत्रमा पहिरो, प्रहरी टोली घटनास्थलमा
एमाले कार्यालय च्यासलमा अवलोकनको लागि पुगे गृहमन्त्री गुरुङ
एसियाली खेलकुदमा नेपालको शानदार सुरुवात, अफगानिस्तान ५ विकेटले पराजित
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
महेन्द्र राजमार्गको रजैया क्षेत्रमा पहिरो, प्रहरी टोली घटनास्थलमा शुक्रबार, असोज ९, २०८३
एमाले कार्यालय च्यासलमा अवलोकनको लागि पुगे गृहमन्त्री गुरुङ शुक्रबार, असोज ९, २०८३
एसियाली खेलकुदमा नेपालको शानदार सुरुवात, अफगानिस्तान ५ विकेटले पराजित शुक्रबार, असोज ९, २०८३
जटिल प्रसूति समस्या भएकी रुकुमकी महिलाको हवाई उद्धार शुक्रबार, असोज ९, २०८३
जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्