काठमाडौं – अवैध रुपमा लाओस पुगेर फेरि त्यहाँबाट भागेर थाइल्यान्ड छिरेका एक नेपालीलाई नेपालमै फर्काइएको छ।
थाइल्यान्डस्थित नेपाली दूतावासका अनुसार अवैध रुपमा लाओस पुग्ने व्यक्ति त्यहाँको गोल्डन ट्रयाङ्गलमा थिए।त्यहीबाट उनी भागेर थाइल्यान्ड छिरेका थिए।
उनलाई शुक्रबार नेपाल फर्काइएको हो।अवैध रुपमा आसियानलगायतका देशमा जान नहुने भन्दै दूतावासले सचेत गरेको छ।
दूतावासले जारी गरेको सूचनामा भनिएको छ, ‘नेपाल सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी कानूनविपरीत छिटो धेरै पैसा कमाउने हेतु कम्वोडिया, लाओस, म्यानमार र थाइल्यान्डलगायत कुनै पनि मुलुकमा वैदेशिक रोजगारीका लागि नआउन राजदूतावास सम्बन्धित सबैमा अनुरोध गर्दछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।