काठमाडौं- चालु आर्थिक वर्षको फागुनसम्ममा विदेशी विनिमय सञ्चिति बलियो अवस्थामा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका अनुसार हाल नेपालसँग भएको भएको विदेशी विनिमय सञ्चितिले १० महिनाको वस्तु तथा सेवा आयात धान्ने देखिएको छ।
केन्द्रीय बैंकका अनुसार फागुन मसान्तसम्ममा नेपालसँग ११ खर्ब ३६ अर्ब रुपैयाँ बराबरको विदेशी विनिमय सञ्चिति रहेको छ। उक्त सञ्चितिले १० महिनाको वस्तु आयात र ८.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ।
२०७६ असार मसान्तमा १० खर्ब ३८ अर्ब ९२ करोड रुपैयाँ बराबरको विदेशी विनियम थियो। यस्तो सञ्चिति ९.४ प्रतिशतले वृद्धि भई २०७६ फागुन मसान्तमा ११ खर्ब ३६ अर्ब ५१ करोड रुपैयाँ बराबर पुगेको छ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०७६ असार मसान्तमा ९ अर्ब ५० करोड रहेकोमा २०७६ फागुन मसान्तमा १ अर्ब ६० करोड रुपैयाँ पुगेको छ।
कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७६ असार मसान्तमा १०२ अर्ब ४४ करोड रुपैयाँ रहेकोमा २०७६ फागुन मसान्तमा ९८३ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ। बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तमा १३६ अर्ब ४७ करोड रुपैयाँ रहेकोमा २०७० फागुन मसान्तमा १५२ अर्ब ९६ करोड रुपैयँ पुगेको छ। २०७६ फागुन मसान्तको कल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.३ प्रतिशत रहेको छ।
समीक्षा अवधीमा विदेशी विनिमय सन्चितिको कूल गार्हस्थ्य उत्पादन, कूल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु १.८ प्रतिशत, ७३.१ प्रतिशत र २९.६ प्रतिशत रहेका छन्। २०७६ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३०.० प्रतिशत, ६४.९ प्रतिशत र २९.० प्रतिशत रहेका थिए।
नेपाल राष्ट्र बैंकले गरेको समीक्षा अवधिमा विप्रेषण आप्रवाह १८ प्रतिशतले वृद्धि भई ५९२ अर्ब ४२ करोड रुपैयाँ कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाहमा १.७ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ११.७ प्रतिशतले बढेको थियो।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २४.२ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३६.६ प्रतिशतले घटेको थियो। समीक्षा अवधिमा पुनः श्रम स्वीकृति लिनेको संख्या २.७ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४.६ प्रतिशतले बढेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।