• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

तीन हप्ता बितिसक्दा पनि चीनसँग हुन सकेन स्वास्थ्य सामग्री खरिदको सम्झौता

चिनियाँ सरकारी कम्पनीसँग सहमतिको पर्खाइमा सेना
64x64
रामकुमार डिसी आइतबार, वैशाख ७, २०७७  १७:२७
1140x725

काठमाडौं– कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि आत्यावश्यक स्वास्थ्य सामग्री ल्याउने जिम्मा नेपाली सेनालाई सुम्पिएको तीन हप्ता बितिसक्दा पनि कुनै अहिलेसम्म खरिदको सम्झौता हुन सकेको छैन।

मन्त्रिपरिषद् बैठकले सरकार-सरकार (जिटूजी) विधिमार्फत खरिदको जिम्मा सेनालाई दिन १६ चैतमा गरेको निर्णय आत्यावश्यक सामग्री समयमै ल्याउन नसकेको भन्दै ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनलसँगको टेन्डर १९ चैतमा खारेज भएपछि अघि बढाइएको थियो । 

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले स्वास्थ्य सामग्री किन्न लागेको चिनियाँ सरकारी कम्पनीसँगको सम्झौताको लागि पर्खिरहेको बताए। ‘सहमति कुरिरहेका छौं,’ पाण्डेले नपाल लाभइसँग भने, ‘सामग्री किन्ने कम्पनीसँग छलफल भएर उहाँहरुले उठाउनु भएको कुरा पनि समावेश गरेर त्यो फेरि फिर्ता पठाइसकियो । सम्झौता हुनेबित्तिकै यहाँबाट हामी पैसा पठाउँछौं।’

यद्यपि निजी कम्पनीहरुले भने चीनबाट स्वास्थ्य सामग्री ल्याइरहेका छन्। सांग्रिला फ्रेसले र फ्ल्यास फ्रेड लजिस्टिकले नेपाल वायुसेवाका दुई वाइडबडी विमान चार्टर गरेर शुक्रबार करीब २८ टन स्वास्थ्य सामग्री नेपाल ल्याएका थिए। 

सेनाले बुधबार परराष्ट्रमार्फत नेपालले किन्ने सामग्रीको अन्तिम सूची चीन र भारतमा पठाएको थियो। भारतबाट ५३ थरी औषधि तथा चीनबाट ६७ थरी स्वास्थ्य सामग्री र औषधि ल्याउने तयारी सेनाको छ। 

भारतमा भने त्यहाँको सरकारले औषधी सिधै नेपाली दूतावासमा ल्याएर बुझाउनेछ। ‘भारतमा त हामीले अहिले सहमति गरिसकेका छैनौं,’ प्रवक्ता पाण्डेले भने, ‘भारतमा त्यहाँको सरकारले सिधै नेपाली दूतावासमा ल्याएर बुझाउँछ। भारतीय सरकारले हाम्रो दूतावासमा औषधी  जम्मा गर्ने काम सुरु भएपछि यहाँबाट पैसा पठाउने काम हुन्छ।’

समय लाग्ने
चिनियाँ सरकारी कम्पनीसँग सहमति भएर पैसा पठाएपछि पनि ती सामग्री जम्मा हुनलाई एक हप्ता लाग्नेछ। 
‘हाम्रो पैसा पाएपछि चीनको कम्पनीले गोन्जाओमा लगेर सामग्री जम्मा गर्छ,’ पाण्डले भने, ‘उनीहरुको भनाइ पैसा पाएको एक हप्ताभित्रै समान जम्मा गर्न थाल्छौं भन्ने छ।’

सहमतिमा हस्ताक्षर भएपछि पनि ‘मोड अफ पेमेन्ट’का लागि सेनाले सकारको निर्णय पर्खिनुपर्ने हुन्छ। औषधी खरिद गर्ने चिनियाँ कम्पनीलाई भुक्तानी  र समान ल्याउने विधिबारे मन्त्रीपरिषदकै निर्णय चाहिन्छ। यस हिसाबले स्वास्थ्य सामग्री नेपाल आउन धेरै समय लाग्ने देखिन्छ।

nimb
nimb

सेनालाई चीनबाट सामान कसरी ल्याउने भन्ने पनि समस्या छ। नेपाली सेनाले चीनबाट झण्डै ३ सय ४० टन स्वास्थ्य सामग्री ल्याउने गरी सहमति गर्न लागेको छ। 

नेपाल वायुसेवा कम्पनीको एउटा वाइडबडी विमानले एक पटकमा करीब २५ टनमात्रै सामग्री बोक्न सक्छ। सेनाले माग गरे जत्तिकै सामग्री चिनियाँ कम्पनीले एकै पटक उपलब्ध गराएमा त्यो समान ल्याउन धेरै उडान गर्नुपर्ने हुन्छ। 

चिनियाँ कम्पनीले ग्वान्जाओस्थित नेपाली महावाणिज्य दूतावासलाई उक्त सामग्री हस्तान्तर गर्नेछ। त्यहाँ स्वास्थ्य सामग्री राखेको भाडा पनि नेपालले नै तिनुपर्ने भएकाले बिस्तारै समान ल्याउने सुविधा पनि सेनालाई छैन। 

‘हामीलाई समस्या के रहेछ भने त्यो समान त्यहाँ (गान्जाओ)मा ल्याएर राखिदिएपछि प्रत्येक दिन त्यसको भाडा तिनुपर्ने रहेछ,’ प्रवक्ता पाण्डे भन्छन्, ‘चिनियाँ कम्पनीले सामग्री ल्याएर बुझाएपछि त्यसको भाडा नेपालले नै तिर्नुपर्ने रहेछ, त्यसकारण त्यहाँ धेरै समयसम्म सामग्री राख्दा समस्या हुन्छ।’

झन्झटिलो प्रक्रिया
तत्कालै स्वास्थ्य सामग्री ल्याउने जिम्मा सरकारले सेनालाई दिएको भए पनि जिटुजी विधिमार्फत खरिद गर्दाका नियमित प्रक्रिया पुरा गर्नमै सेनालाई धेरै समय लागेको देखिन्छ।

उपप्रधान एवम् रक्षा मन्त्री ईश्वर पोखरलेको संयोजकत्वमा रहेको कोभिड-१९ विपद व्यवस्थापन केन्द्र (सिसिएमसी) अन्तर्गतको स्वास्थ्य सामग्री व्यवस्थापन समितिले खरिद गर्ने स्वास्थ्य सामग्रीको सूची र लागत टुंग्याएको थियो। उक्त समिति संयोजक स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ छन्। 

उक्त समितिले टुंग्याएपछि रक्षा मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृति लिएर ५ देश (भारत, चीन, सिंगापुर, दक्षिण कोरिया र इजरायल ) लाई पत्र पठाइदिन परराष्ट्रलाई आग्रह गरेको थियो। 

पत्र पठाएको झण्डै एकसाता पछि चीनले नेपाललाई तत्काल उपलब्ध गराउन सकिने स्वास्थ्य सामग्रीको सूची मंगलबार नेपाललाई बुझाएको  थियो। परराष्ट्र मन्त्रालयमार्फत् बुझाएको उक्त सूची रक्षा मन्त्रालयमा केही दिन रहेपछि सेनाकहाँ आइपुगेको थियो। 

त्यसपछि परराष्ट्र मन्त्रालयको सहयोगमा सेनाले स्वास्थ्य सामग्री किन्न लागेको चिनियाँ कम्पनीसँग भिडियो कन्फ्रेन्समार्फत कयौं चरणको वार्ता गरेको थियो। 

सेनाले स्वाथ्य सामग्री किन्ने भनेपनि सिसिएमसी, रक्षा मन्त्रालय, स्वाथ्य तथा जनसंख्या मन्त्रालय र परराष्ट्र मन्त्रालय हुँदै सबै प्रक्रिया गुज्रने भएकाले यसमा धेरै समय लागेको सैनिक स्रोत बताउँछ। 

स्वास्थ्य सामाग्रीहरु खरिद स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गरी आवश्यकताअनुसार रक्षा मन्त्रालयले नेपाली सेनामार्फत सरकार-सरकार विधिबाट गर्नुपर्ने निर्णय मन्त्री परिषदको थियो। 

स्वास्थ्य सामग्री खरिद प्रक्रियमा आफू विवादत हुन नपरोस् भनेर सेनाले खरिद प्रक्रियाका दौरान विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त सामाग्रीहरु मात्र खरिद गर्ने, मध्यस्थकर्ताको प्रयोग नगर्ने, गुणस्तरमा कुनै सम्झौता नगरिने र सो प्रक्रियालाई सार्वजनिक खरीद ऐन तथा नियामावलीहरुको परिधिभित्र रही पारदर्शी र मितव्ययी ढंगबाट व्यवस्था गर्ने निर्णय गरेको थियो। 

त्यसका लागि सेनाले दुईवटा समिति पनि बनाएको थियो। एकातर्फ सर्वपक्षीय औषधी, उपकरण तथा स्वास्थ्य सामग्री खरीद व्यवस्थापन समिति गठन गरिएको थियो भने अर्कातर्फ खरिद गरिने सामाग्रीहरुको गुणस्तर निर्धारणका लागि विभिन्न मन्त्रालयका पदाधिकारीहरुसहितको गुणस्तर नियन्त्रण समिति बनाइएको थियो।

प्रकाशित मिति: आइतबार, वैशाख ७, २०७७  १७:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रामकुमार डिसी
नेपाल लाइभका वरिष्ठ संवाददाता डिसी परराष्ट्र, रक्षा तथा राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फर्किएनन् द्वन्द्वकालमै हराएका आफन्त
नेपाली भूमिमा भारतको सडक : दलपिच्छे विज्ञप्ति, नेतापिच्छे बोली
कालापानी : विज्ञप्तिपछिको विकल्प के?
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
फेरि बाढी आउनसक्ने चीनको सूचनापछि धादिङ प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह बिहीबार, भदौ ११, २०८३
अप्पर त्रिशुली हाइड्रोको टनेलमा फसेका ३५० सहित सेनाद्वारा ८८३ जनाको उद्धार बिहीबार, भदौ ११, २०८३
भीषण बाढीका कारण थप पत्रकार परिवारसहित सम्पर्कविहीन : खोजी र उद्धारका लागि माग बिहीबार, भदौ ११, २०८३
रसुवा बाढी : अहिलेसम्म ३८९ शव फेला, सबैभन्दा बढी चितवनमा १३७ भेटिए बिहीबार, भदौ ११, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्