• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

पहिलो बजेट नै दबाबमा

64x64
सविन मिश्र सोमबार, वैशाख ८, २०७७  ०९:३५
1140x725
अर्थ सचिव शिशिरकुमार ढुंगाना। तस्बिर : निमेष जंग राई

काठमाडौं- डा राजन खनाल र प्रेमकुमार राईले पदबाट अवकाश पाएपछि तत्कालीन राजस्व सचिव शिशिरकुमार ढुंगानासँग दुई विकल्प थिए, गृहसचिव बन्ने या अर्थ? दोहोर्‍याएर राजस्व सचिव भएका उनले अर्थ मन्त्रालयबाट बाहिरिन खोजेनन् र एक तला माथि उक्लिए।

उपसचिव भएदेखि अर्थ मन्त्रालयको संरचनासँग परिचित ढुंगानाले सहसचिवको आफ्नो पुरा कार्यकाल अर्थ अन्तर्गतकै विभिन्न निकायमा बिताएका थिए। २०६० सालमा अर्थ मन्त्रालय प्रवेश गरेका उनले यही संरचना भित्रै आफ्नो करिअर अघि बढाए।

उनले आन्तरिक राजस्व कार्यालय क्षेत्र नं १ को प्रमुख, राजस्व अनुसन्धान विभागको उपमहानिर्देशक, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार प्रमुख, प्रशासन महाशाखा प्रमुख र आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख भएर काम गरे। सचिव हुनुअघि उनी भन्सार विभागको महानिर्देशक भए।

अर्थात् अर्थ मन्त्रालयको मेनस्ट्रिम मानिले बजेट तथा कार्यक्रम महाशाखा र अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखामा उनले काम गर्न पाएनन्। यद्यपि, उनलाई यसमा कुनै गुनासो छैन। 

ढुंगाना अहिले त्यही 'हट सिट'मा छन् जहाँबाट मुलुकको अर्थव्यवस्था सञ्चालन हुन्छ। कोरोना भाइरसका कारण अर्थव्यवस्थामा उत्पन्न संकटको सामना गर्न पहिलो चरणको राहत प्याकेज ल्याए। अब धेरैले सोध्न थालेका छन्- दोस्रो चरणको प्याकेज कहिले?

एकातिर दोस्रो चरणको राहतको खोजी भइरहेको छ भने अर्कोतिर सरकार नयाँ बजेटको दबाबमा छ। जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाका कारण अर्थ मन्त्रालय त्यसको तयारी गरिरहेको छ। दोस्रो चरणको आर्थिक प्याकेजको अहिले तयारी छैन। 

अर्थमन्त्री डा युवराज खतिवडासहित ढुंगानाको टिम बजेट लेखनको सघन छलफलमा छ। अर्थ मन्त्रालयले मन्त्रालयगत छलफल अघि बढाइरहेको छ। नयाँ बजेटमा के नयाँ ल्याउने भन्दा पनि अनिवार्य दायित्व भुक्तानीको व्यवस्था पहिले मिलाउने र पुराना काम अघि बढाउनेमा छलफल केन्द्रित छ।

अर्थतन्त्रलाई गति दिने गरी नीतिगत व्यवस्था गर्नु, राजनीतिक घोषणा र प्रतिस्पर्धाले सिर्जित चालु खर्चतर्फको उच्च दायित्व बहन गर्नु, रोजगारी सिर्जना र आयआर्जन विस्तार हुनेगरी नीति बनाउनु नै उनको अहिले मुख्य चुनौति हुन्। लक्ष्यअनुसारको राजस्व उठाउन क्याल्कुलेटका अंक दबाउन खप्पिस ढुंगानामाथि अब कोरोनाका कारण सिर्जित व्यवयभार मिलाउने गरी त्यसको बाँडफाँटको सूत्र तयार गर्नुपर्ने चुनौती छ। 

Ncell 2
Ncell 2
nimb
nimb

ढुंगाना मात्रै होइन, बजेट लेखनमा उनका प्रथम सहयात्री धनिराम शर्माका लागि पनि यो चुनौती र अवसर दुवै हो। शर्मा बजेट लेखन समूहका नेतृत्वकर्ता हुन्। राजस्व समूहमा काबिल उनी पहिलोपटक बजेट तथा कार्यक्रम महाशाखाको नेतृत्व गर्न पुगे। ढुंगानाले गृह मन्त्रालय छोडेर अर्थ रोजेजस्तै उनले पनि मन्त्रालयभित्रका सबै महाशाखा छोडेर यही रोजेका थिए। ढुंगाना र शर्मा दुवै जना अन्य प्रतिस्पर्धीलाई छलाएर रोजेको सिटमा बस्न सफल भएका हुन्। 

बजेट तथा कार्यक्रम महाशाखा प्रमुख, सहसचिव धनीराम शर्मा। तस्बिर : निमेष जंग राई 

कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिका कारण आन्तरिक बजार ठप्प छ। आर्थिक क्रियाकलाप ठप्पै छन्। लाखौँ मानिसले रोजगारी गुमाएका छन्। कृषक उब्जनी खेतमा कुहिने अवस्थामा पुगेको छ। दूध खाल्डामा पोखिएका छन्। विदेशमा बसेका नेपालीले पनि आफ्नो रोजगारी गुमाउने अवस्था आउँदैछ। उनीहरु स्वदेश फर्किए भने श्रमशक्तिको व्यवस्थापन सबैभन्दा ठूलो चुनौती बनेर आउनेछ। 

यी सबै क्षेत्रलाई तंग्रन सक्ने गरी नीतिगत व्यवस्था अहिलेको आवश्यकता हो। अर्थात् बजेटमार्फत् अंकको मिलान मात्रै होइन, समष्टिगत आर्थिक स्थायित्व कायम गर्दै अर्थतन्त्रलाई गति दिने नीतिगत व्यवस्था चाहिएको छ जुन कार्यान्वयन योग्य होस्। जुन अहिले पुँजीगत खर्चका लागि छुट्याइएको बजेट जस्तो नहोस्।

विकसित देश जस्तो १/२ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरेर हात बाँधेर बस्न मिल्ने अवस्थामा अहिले सरकार छैन। कोरोनाले थलिएको अर्थ व्यवस्थालाई तीव्र रफ्तार दिने गरी नीतिगत व्यवस्था हुन जरुरी छ। कमजोर बनेको निजी लगानी र निजी क्षेत्रको मनोबल बढाउनुपर्ने दायित्वमा अर्थमन्त्री, अर्थसचिव र उनको समूह छ। 

Xtrem

Xtrem

अर्थतन्त्रका जानकार अर्थमन्त्री हुनुको फाइदा पनि उनलाई छ। अर्थतन्त्र पुनरुत्थानका योजनाबारे जानकार अर्थमन्त्री भएकाले यसको दबाब मन्त्री स्वयंले लिनेछन्। 

अहिलेको बजेट निर्माण परम्परागतभन्दा फरक छ। अर्थात् यसअघि जस्ता विनियोजनका नियमित प्राथमिकता भन्दा सरकारले फरक बाटो रोज्नुपर्नेछ। 'हाम्रा प्राथमिकता फेरिएका छन्, त्यसैअनुसार काम गर्नुपर्नेछ,' सचिव ढुंगाना भन्छन्, 'हो, यसपकट धेरैवटा चुनौतीबाट हामी गुज्रिएका छौँ।' 

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०७७  ०९:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
यस्तो छ आज विदेशी मुद्राको भाउ राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ । शनिबार, असोज २४, २०८३
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे अघिल्लो दिन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ९०० रुपैयाँले बढ्दै २ लाख ९५ हजार ७०० रुपैयाँमा... शुक्रबार, असोज २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
मोजाभित्र प्याज राखेर सुत्दा ज्वरो निको हुन्छ? के भन्छ विज्ञान शनिबार, असोज २४, २०८३
गगनलाई विश्वप्रकाशको शुभकामना : ‘यात्राको सुरुवात हो, लक्ष्य प्राप्ति होइन’ शनिबार, असोज २४, २०८३
१४ लाखभन्दा बढीका सामान र इ–लोडर बरामद शनिबार, असोज २४, २०८३
सीजेपीको प्रदर्शन रोक्न दिल्लीमा कडा सुरक्षा, ४५ मेट्रो स्टेसन बन्द शनिबार, असोज २४, २०८३
कहाँ–कहाँ अवरुद्ध छन् राजमार्ग ? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्