• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

यो आँसु बेचेको होइन : किन रुनु हर्कबहादुर र सुपकला

ऋग्वेद शर्मा/शिव बोहरा शनिबार, वैशाख ६, २०७७  १४:०९
1140x725

काठमाडौं/भक्तपुर/काभ्रे- शुक्रबार दिउँसो रोल्पा जान हिँडिरहेका देवराज, अजवीर र हर्कबहादुर पाँचखालबाट थानकोट पुगेका थिए। त्यतिबेरै सप्तरी जान काठमाडौंबाट हिँडेका सुपकला, भुपनारायण र सविनकुमार बनेपामा थिए। सँगै थिए- उदयपुर हिँडेका उपेन्द्र र अघिपछि अरु धेरै। 

सयौँ किलोमिटर किन पैदल हिँडिरहेछन् यी श्रमिकहरु? अप्ठ्यारो समयमा यिनीहरुलाई सबैभन्दा ठूलो आश हुने सरकार यतै देखिन्छ। उनीहरुले भोट दिएका ‘ठूला नेता’ यतै कतै छन्। परिवर्तनका लागि सँगै लडेकाहरु पनि यहीँ छन्। आश गरेर, काम देखेर आएका यिनीहरु विपदमा किन भागिरहेछन् राजधानी नै छाडेर? 

अभरका बेला भरपर्दो केही नभएपछि मानिस भर खोज्छ। साथ खोज्छ। आफ्नाहरु सँगै हुन् भन्ने चाहन्छ। विकल्प सोच्दछ। त्यसमध्ये राम्रो उपाय रोज्दछ। राजधानीबाट गाउँ हिँडेका श्रमिकको ताँतिले त्यस्तै भर, त्यस्तै विकल्प यतै भेट्दा हुन् त किन यत्रो बाटो पैदल हिँड्ने कष्ट सहँदा हुन्? हिँडौँ भनेर त्यत्रो आँट कहाँबाट जुटाउँदा हुन्? 

यी श्रमिकहरु जसरी मौन काम गरिरहन्छन्, यसैगरी अहिले थातबासतिर पाइला चालिरहेछन् मौन। यिनीहरुले प्रश्न कहिल्यै गरेनन्, काम हुँदा र नहुँदा पनि। अहिले थोरै आश गरेका हुन्। सरकार भएको देशसँग।  

तर अहिले पनि प्रश्न उनीहरुमाथि नै छ- ए किन तोडिरहेछौ लकडाउन? 

प्रश्न तिनको बोली बोल्नेहरुमाथि छ- किन बेचिरहेछौ आँसु? 

आँसु त किन बेच्नु? बिक्छ र? बिक्दो हो त हर्कबहादुर, सुपकलाहरुको आँसु थाप्न पहिले को पुग्दा हुन्? जसरी चुनावको बेला बिक्छ कटकटिएका बुँढी औँला, त्यसरी नबिक्दो रहेछ दुःख पर्दाको आँसु!

Ncell 2
Ncell 2
nimb
nimb

हुन त दुःख ज्यास्तै होस् तर पनि हर्कबहादुर र सुपकलाले आँसु नै कहाँ झारेका छन् र? केही चिन्ता, केही डर, केही शंकोचसँगै केही आश छ- कतै सरकार भेटिएला कि भन्ने। तर आँसु झारेका छैनन्। सहर बनाउन खटिएका यी श्रमिकहरु सहरकै संकटले गाउँ जानुपर्दा आश पनि नगरुन्? 

कोराना भाइरस (कोभिड १९) को जोखिम कम गर्न लकडाउन गरिएको आज २६ दिन पुग्यो। यतिका दिन सहरमा बसिरहेका यी श्रमिकहरु अहिले गाउँ फर्किन पैदल हिँड्नुको कष्टमा यदि ‘दोष’ हुन्छ भने कसको हो? ‘आँसु बेचिरहेका’ आवाजहरुको या आँसु नदेख्ने सरकारको?

०००
रोल्पा त्रिवेणी गाउँपालिकाका १६ वर्षका देवराज पुनमगर घर हिँडिरहेका छन्। काभ्रे पाँचखालबाट बिहीबार हिँडेका उनी शुक्रबार दिउँसो थानकोटमा थिए। लकडाउन अघि काभ्रेमा घर बनाउने काममा खटिएका थिए। ठेक्कामा थिएनन्। काम माग्दै जाने र काम गर्ने। चार महिना भयो त्यसरी निर्माणको काममा लागेको।

देवराज र अजवीर

रोल्पा कहिले पुगिएला त? 
-    ‘खै। जाँदै गरौँ।’

यसरी हिँड्न नहुने, यतै बस्न के अप्ठ्यारो भयो र?
-    ‘भएको पैसा सकियो, खाने कुरा सकियो, कति दिन यस्तो हो कसरी बस्नु र!’

खान समस्या हुनेलाई यहिँ हेर्छ भनेको छ त, हिँडेर जाँदा अरु समस्या पनि थपिएला नि?
-    ‘खै अब त्यस्तो त केही पाएन, कोठाभाडा तिर्न पनि मुस्किल छ।’ 

प्रहरीले बाटोमा रोकेनन्?
-    ‘बाटोमा पुलिसले त रोकेको थियो। फर्किनु भन्थ्यो, हामीसँग पैसा पनि छैन। यहाँ बस्न खान समस्या छ भनेपछि जान दियो।’ 

देवराज रोल्पा पुग्न कस्सिएर हिँडिरहँदा उनीसँगै रोल्पा नै हिँडेका अजवीर बिकलाई विश्वास छैन देवराज यत्रो बाटो हिँड्न सक्लान्। ‘आलोकाँचो केटा छ के भर, सक्छु भनेर आएको छ आउन त’ अजवीरले शंका र मायाको स्वरमा भने। 

५६ वर्षका अजवीरले पनि देवराजले जस्तै काभ्रेमा घर बनाउने कामहरु गर्दै जीविका गरिरहेका थिए। भूकम्पपछि त भरथेग कमाइ पनि थियो। भएको पैसा लकडाउन अघि नै घर पठाइदिए। अहिले साथमा पैसा सकियो। 

‘कोठा भाडा तिर्नै परिहाल्यो। खानेकुरा पनि चाहिहाल्यो। त्यसैले काम पनि नभएपछि गाह्रो भयो नि। खै अब लकडाउन कहिले खोल्छ थाहा छैन। हिजो भक्तपुर नजिकै बस्यौँ। आज बिहान त्यहाँबाट हिँडेको’ अजवीरले सुनाए। 

अजवीर

उनीसँग साथमा अहिले १२ सय रुपैयाँ छ। त्यतिले बाटोमा परेको गरौँला भन्ने आँट छ। झोलामा चाउचाउ, बिस्कुट र चिउरा भएकाले भोकको चिन्ता पनि केही दिनलाई छैन। हिँडिरहँदा उनलाई चिन्ता चाहिँ प्रहरीले कहाँबाट फर्काइदिने हो र न यता न उता भइने हो कि भन्ने छ। 

‘हिँड्नुको विकल्प छैन, यहाँ यत्तिकै कसैले बस्न दिने कुरा पनि भएन। हुन त लकडाउन जनताको लागि नै हो तर हामीलाई दुर सफरको लागि घर लगिदिएको भए राम्रो हुने थियो। अरु पैसाहरु केही पनि चाहिँदैन थियो’ उनले थोरै भर खोजे।   

देवराज र अजवीर सँगै छन् रोल्पा नै हिँडिरहेका हर्कबहादुर घर्ती। ४२ वर्षका उनी यी तीनमध्ये अलि देशकाल देखेका। दुई वर्षअघि वैदेशिक रोजगारीमा मलेसिया पुगेर आएको सुनाउने उनलाई नेपालमै मेहनत गरौँ भन्ने लाग्यो। एक त यहाँ भनेको र विदेश पुगेपछिको काम मिलेन अर्को त लाग्यो- मेहनत देशमै पनि हुन्छ। 

तर अहिले उनको मेहनतको पनि काम छैन। कतिञ्जेल यस्तै कामविहीन हुनुपर्ने हो ठेगान छैन। पैसा सकियो। खानेकुरा सकियो। जे होला गाउँमै होला भन्ने ठाने र बाटो लागे। 

हर्कबहादुर, देवराज र अजवीर।

‘पहिले त सरकारले गाडीमा नै पठाइदिन्छन् कि भन्ने भएको थियो। पठाउँदैनन् भन्ने भएपछि हिँड्न निस्कियौँ। १२ दिनमा त कसो नपुगिएला। झोलामा केही लुगा, चिउरा, नम्किन बोकेका छौं। बास त जहाँ पुगिन्छ त्यही सडक छेउमा सुत्ने हो’ उनले भने।

कुरामै अघि थप्छन्- ‘काम सबै बन्द भइसक्यो। कमाएका केही पैसा घर पठाइ सकिएको थियो। बचेको केही २२ दिन खाँदा खर्च भइगयो। यो बन्दको ठेकान भएन त्यसैले हिँडेरै जान तम्सिएका हौं। काम गर्ने बानी भए पनि हिँड्ने बानी छैन। हिजो धेरै नै हिँडेकाले आज उही रफ्तारमा हिँड्न सकिएको छैन।’

काभ्रेबाट भक्तपुर बसेका उनीहरुलाई बिहान हिँड्दा काठमाडौंमा प्रहरीले खाना पनि खुवाए। ‘ती प्रहरीले कहाँ जाने भनेर सोध्नुभयो, दाङ हुँदै रोल्पा पुग्ने भनेपछि मेरो घर कैलाली हो नि भनेर खाना खुवाएर पठाउनु भयो। खाना बनाउँदासम्म थकाइ पनि मेट्यौँ’ उनले सुनाए। 

०००
हर्कबहादुरको टोली थानकोटबाट रोल्पा हिँडिरहेकै बेला भुपनारायण चौधरी, सुपकला कुमारी चौधरी र सविनकुमार चौधरी धुलिखेलबाट सप्तरी हिँडिरहेका थिए। सँगै थिए उदयपुर हिँडिरहेका उपेन्द्र थापा। समूह समूहमा राजधानी छाड्नेहरु थानकोटतर्फ भन्दा बढी थिए धुलिखेलतर्फ। 

रोल्पा हिँडेका हर्कबहादुर हुन् या सप्तरी हिँडेकी सुपकला, गन्तव्य फरक भए पनि उनीहरु सबैको कथा समान थियो। यहाँ बसिरहन खर्च सकियो, कसरी गर्जो टार्ने त्यसैले घर गएर बस्नुको विकल्प देखिएन। 

सुपकलाकुमारी

भुपनारायण र उनकी श्रीमती सुपकलाकुमारी काठमाडौंमा घर बनाउने काम गर्दै आएका थिए। काम रोकियो र पैसा पनि सकियो। अहिलेसम्म खान बस्न दिएको ठेकेदारले कहिलेसम्म देला भन्ने डर भयो। त्यसैले निधो भयो घर जाने। 

‘यो बन्द कहिलेसम्मको हो केही पत्तो भएन। यहाँ समस्या पर्नुभन्दा त घर जाने निधो गरेर श्रीमती र गाउँको भाइको साथ हिँडेको हो’ भुपनारायणले सुनाए। 

न बास कहाँ बस्ने भन्ने ठेगान छ न त झोलामा भएको चाउचाउले कतिन्जेल पुग्छ भन्ने भर तर पनि उनीहरु हिँडिरहेकै छन्। यहाँ खानै नपाएर बस्नु पर्दैन सरकारले राहत दिन्छ भनेको उनीहरुले सुनेका छैनन्। या त उनीहरुले भर गरेका छैनन्। यसैले अप्ठ्यारो भारी टाउकोमा हालेर बाटो लागेका छन्। 

सविनकुमार र भुपनारायण

राजधानी छाडेर घरको यात्रामा निस्किएकाहरुमा अलि भिन्न देखिन्छन् उदयपुर हिँडेका उपेन्द्र थापा। सप्तरी जाने टोली सँगै रहेका उनी अरु जस्तो अतालिएका देखिँदैनन्। 

‘सबै हिँडेर घर जान सक्छन् भने म पनि सक्छु भनेर आँट आयो अनि बिहान निस्किएँ। नगएर पनि के गर्नु र, पहिले नै होटलमा खाएको ९ हजार तिर्न भइसकेको रहेछ, कोठामा पनि सामान सकियो। काम त रोकियो नै’, उनले भने, ‘यो बन्द कहिलेसम्म हो अत्तोपत्तो नभएकाले घर पुगिने आशले हिँडेको हो।’

उपेन्द्र पर्यटक बसमा सहायकको काम गर्थे। त्यसअघि केही समय ज्यामी काम पनि गरे। भन्छन्- ‘ठेकेदारले पैसा नदिएपछि त्यो काम छाडेर रेस्टुरेन्टमा काम गर्न गएँ र त्यहाँबाट बसमा काम गर्न।’ 

खल्तीमा भएको ६ सय रुपैयाँ र झोलामा भएको केही चाउचाउ बिस्कुटले घर पुग्छु भन्ने आँट उनले गरिरहेका छन्।

उपेन्द्र

०००
यसरी राजधानी छाडेर गाउँ फर्कनेहरुको ताँती लागेको पनि थुप्रै दिन बित्योे। सञ्चार माध्यमसँगै सामाजिक सञ्जालमा अनेकौँ टिप्पणी र सयौँ तस्बिर सार्वजनिक भइरहेका छन्। समाचार बढिरहँदा बाटोमा केही गाउँपालिकाले थोरै बाटो भए पनि गाडीमा लगिदिएर सहयोग गरिरहेका पनि छन्। धेरैले बाटोमा पानी र खानेकुरा, खाना सहयोग गरिरहेका छन्।

केन्द्रको शासन सम्हालेकाहरुमा भने अहिले प्रश्न यिनीहरु हिँड्नै हुँदैन थियो भन्नेमा छ। सञ्चार माध्यममा कपोलकल्पित आँसु बेचियो र भ्रम फैलाइयो भन्दै सरकारी सामाजिक सञ्जाल दस्ता पनि लागिरहेकै छ।

तर हरेक दिन घर फर्कने नागरिकको ताँति देखिरहेका भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना भने त्यो दुःखमा यहाँ नै रोकेर सहयोग दिन कहाँ चुकिएको हो भन्नेमा दुःखी देखिन्छन्। 

‘बेलुकीपख काठमाडौँबाट आउने मजदुरको लस्कर हरेक दिन सडकमा देखिएको छ। भक्तपुरबाट जानेहरु पनि छन्। अहिले स्थानीय तहले अप्ठ्यारोमा परेकालाई राहत बाँड्ने र जो जहाँ छन् त्यही बसेर यो अप्ठ्यारो परिस्थितिमा लकडाउनको पालना गर्नुपर्ने हो तर पनि मानिसहरुसम्म सूचना नै पुग्न नसकेको हो कि जस्तो भएको छ’ शुक्रबार दिउँसो सडकमै भेटिएकी भक्तपुरकी प्रजिअ पाण्डेले भनिन्। 

काभ्रेपलाञ्चोकका प्रजिअ तिमिल्सिना यस्तो समयमा गर्न सकिने कामका विषयमा शुक्रबार दिउँसो सुरक्षा निकायसँग छलफलमा नै थिए। उनले पनि धुलिखेलको बाटो हुँदै गाउँ हिँडेका नागरिक देखिरहेको धेरै दिन नै भयो। तर ती श्रमिक वर्गले खानै नपाउने अवस्था आउने डर किन माने थाहा छैन। 

शुक्रबार सर्वोच्च अदालतले पनि बाटोमा हिँडिरहेका मजदुरका लागि निशुल्क यातायात व्यवस्था गरेर घर लैजानु भन्ने आदेश दियो। स्थानीय तहसँग समन्वय गरेर जान चाहनेलाई लगत राखिकन पठाउनु भन्ने सर्वोच्चको आदेश आएको केही घन्टामै प्रधानमन्त्री केपी शर्मा ओलीले वालुवाटारमा केही मन्त्री राखेर भने- ‘मजदुर जहाँ छन् त्यहीँ राख्नु, खाने कुरा नभए पुर्याउनु।’ 

तीन तहको शासनले रनभुल्ल परेको सरकारमा प्रधानमन्त्रीको यो आदेश कसरी पालना होला थाहा छैन तर रोल्पा हिँडेका हर्कबहादुर र सप्तरी हिँडेकी सुपकलालाई अझै लागिरहेको छ- सरकारले हामीलाई बाटोमा भेटेर घर लगिदिन्छ। 

प्रकाशित मिति: शनिबार, वैशाख ६, २०७७  १४:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्