• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

न्यु बुटवल–गोरखपुर प्रशारण लाइन बनाउन ‘जोइन्ट भेन्चर कम्पनी’ स्थापना गर्ने प्रस्ताव मन्त्रिपरिषद्‍मा

‘एमसीसी कम्प्याक्ट कार्यान्वयनका लागि बाधा छैन’
64x64
हेमन्त जोशी शनिबार, वैशाख ६, २०७७  १०:५४
1140x725
सांकेतिक फोटो

काठमाडौं- उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले न्यु बुटवल–गोरखपुर ४ सय केभि अन्तरदेशीय प्रशारण लाइन निर्माणका लागि नेपाल र भारत सरकारको संयुक्त लगानी रहने (जोइन्ट भेन्चर) कम्पनी स्थापना गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको छ।

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेका अनुसार दुई देशबीच ६ महिनाअघि भारतमा भएको आयोजना निर्माण सम्बन्धी सम्झौताअनुसार जोइन्ट भेन्चर कम्पनी स्थापना गर्नका लागि आवश्यक ‘सेयर होल्डर’ सम्झौताको मस्यौदा मन्त्रिपरिषद्मा पठाइएको हो।

‘बुटवल–गोरखपुर प्रशारण लाइन निर्माणका लागि सेयर होल्डर एग्रिमेन्ट हुने तयारीमा छ। हामीले मस्झौताको मस्यौदा पाइसकेका छौं। त्यसलाई हाम्रो मन्त्रिपरिषद्बाट स्वीकृत गराइसकेपछि अन्तिम सम्झौतामा हस्ताक्षर हुन्छ,’ उर्जा सचिव घिमिरेले भने।

उनका अनुसार उक्त प्रशारण लाइन निर्माणको कामलाई भारतले पनि उच्च चासो देखाएको छ।

२०१९ अक्टोबर १४ र १५ मा भारतको बैंलोरमा बसेको नेपाल र भारतका उर्जा सचिवस्तरीय बैठकबाट ४ सय केभि न्यु बुटवल–गोरखपुर अन्तरदेशीय प्रशारण लाइन निर्माणका लागि दुई देशबीच सहमति जुटेको थियो। उक्त बैठकबाटै आयोजना निर्माणका लागि नेपाल र भारतको संयुक्त कम्पनी बनाउने सहमति भएको थियो। कम्पनीमा ५०/५० प्रतिशत पुँजी लगानी गर्ने र ६ महिनाभित्र स्थापना गरिसक्ने सम्झौता उक्त बैठकबाट भए पनि संयुक्त कम्पनी हालसम्म बन्न सकेको छैन। सम्झौता बमोजिम तीन वर्षभित्र आयोजना निर्माण सम्पन्न गरिसक्नुपर्ने छ। आयोजनाको डिपिआरलगायत प्रारम्भिक प्रक्रिया टुंगिसकेका छन्।

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) नेपाल अकाउन्ट अन्तर्गत बन्न लागेको ३ सय १२ किलोमिटर लामो ४ सय केभि लप्सीफेदी–बुटवल प्रशारणलाइन पनि यही आयोजनासँग सम्बन्धित छ। अबको साढे दुई महिनाभित्र कार्यान्वयनमा गइसक्नुपर्ने एमसीसी परियोजनाका लागि न्यु बुटवल–गोरखपुर आयोजना निर्माणका लागि खोलिने संयुक्त कम्पनी स्थापनामा हुने ढिलाईले असर पर्नेछैन। आयोजना निर्माणका लागि एमसीसीले राखेको पूर्व शर्त पूरा भएसकेकाले दुई देशले संयुक्त रुपमा खोल्ने कम्पनीको विषयलगायत अरु कारणले परियोजनामा खासै असर नपर्ने देखिएको हो।

मिलेनियम च्यालेन्ज अकाउन्ट नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्टका अनुसार आयोजना निर्माणका लागि राखिएको नेपालले भारतसँग गर्नुपर्ने सम्झौताको पूर्व शर्त पूरा भइसकेका कारण अरु सहायक सम्झौताहरुमा ढिलाई भए पनि त्यसले एमसीसीको काममा फरक पर्नेछैन। उनका अनुसार अहिले एमसीसी कम्प्याक्ट कार्यान्वयनका लागि परियोजना संसदबाट पारित नहुनु एकमात्र अड्चन हो।

एमसीसी नेपाल कम्प्याक्टको औपचारिक कार्यान्वयन आगामी असार (२०२०, जुन ३०) देखि हुँदैछ भने यसको काम थालनी हुनुपूर्व ६ वटा पूर्व शर्त पूरा गर्नुपर्ने एमसीसीले जनाएको थियो। जसमध्ये नेपालको बुटवलबाट भारतको गोरखपुरसम्म सीमापार प्रशारण लाइन निर्माणका लागि भारत सरकारको सहमतिमा योजना तर्जुमा गर्नुपर्ने शर्त पनि एउटा हो। त्यस्तै, एमसीसी कम्प्याक्टकै पूर्व शर्तका रुपमा राखिएको विद्युत प्रशारण आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा घोषणा गर्नुपर्ने विषय पनि टुंगिसकेका कारण अरु विषयले एमसीसी कार्यान्वयनमा बाधा नआउने उर्जा सचिव घिमिरे पनि बताउँछन।
 
एमसीसीका पूर्व शर्त मध्ये नेपाल–भारत सीमापार प्रशारण लाइन निर्माण सम्बन्धमा भारतसँग गर्नुपर्ने गर्नुपर्ने सम्झौतासहित ४ वटा पूर्व शर्त पूरा भइसकेका छन्। आयोजनाहरु समयमै कार्यान्वयन गर्नका लागि निर्धारण गरिएको आर्थिक सहयोग नेपालले पाउनका लागि पूरा हुन बाँकी २ वटा पूर्व शर्तहरु मध्ये कम्प्याक्टको संसदीय अनुमोदन तथा आयोजना क्षेत्रमा पहुँचको विषय भने अझै टुंगो लाग्न सकेको छैन।

Ncell 2
Ncell 2
nimb
nimb

दक्षिण एसियाली मुलुकका उर्जा सचिवस्तरीय भिडियो बैठक
विश्व बैंकको पहलमा नेपाल, भारत, बंगलादेश, भुटान र श्रीलंकाका उर्जा सचिवहरुबीच बिहीबार भिडियो बैठक सम्पन्न भएको थियो। उक्त बैठकमा पनि बुटवल–गोरखपुर अन्तर्देशीय प्रशारण लाइनका विषयमा कुरा उठेको थियो। तर खासगरी बैठकमा दक्षिण एसियाली मुलुकमा कोभिड १९ को त्रासका कारण उर्जा क्षेत्रमा परेको असरबारे छलफल भएको सचिव घिमिरेले जानकारी दिए।
 
‘भिडियो बैठकमा उर्जा क्षेत्रसँग जोडिएका बहुआयामिक क्षेत्रमा कोरोना भाइरस संक्रमण त्रासको असरका विषयमा छलफल भयो। र अहिले देखिएका समस्या समाधानका लागि एक देशले अर्को देशलाई कसरी साथ र सहयोग गर्नसक्छ भन्ने विषयमा छलफल भयो,’ उनले भने।

नेपालको उर्जा क्षेत्रको वर्तमान स्थितिबारे पनि अन्य देशका उर्जा सचिवहरुलाई जानकारी गराएको सचिव घिमिरे बताउँछन्।

लकडाउन पनि नेपालको विद्युत आपूर्ति प्रणालीमा माग धेरै घटेको छ। पिक डिमाण्ड १३ सय मेगावाटबाट ९ सय मेगावाटसम्म झरेको प्राधिकरणको भनाई छ। उद्योगधन्दा नचलेका कारण माग घट्दा नेपाल विद्युत प्राधिकरणले संकलन गर्ने राजस्वमा त्यसको असर देखिन्छ। प्राधिकरणको ४३ प्रतिशत विद्युत उद्योग धन्दामा खपत हुने भएका कारण अहिले प्राधिकरणले त्यो राजस्व गुमाइरहेको छ। यस्तो समस्या समाधानका लागि अर्थात माग घट्दा पनि नेपालको उत्पादन खेर नजाओस भनेर भारतीय बजारमा बिडिङमार्फत विद्युत बेच्न सक्ने बाटो खुलाउन भारतीय उर्जा सचिवलाई आग्रह गरेको उर्जा सचिव घिमिरेको भनाई छ।

‘भारतको सेन्ट्रल इलेक्ट्रिसिटी अथोरिटी (सिइए) ले बनाएको कार्यविधि कन्डक्ट अफ बिजनेस रुल (सिबिआर) भारतको उर्जा मन्त्रालयमा स्वीकृतका क्रममा रहेका छ। त्यसलाई स्वीकृत गरिदिन आग्रह गरेका छौं। उक्त कार्यविधि स्वीकृत भएपछि मात्र नेपालले भारतीय बजारमा नेपालको विद्युत प्रतिस्पर्धी मुल्यमा बेच्नसक्छ’, सचिव घिमिरेले भने।

त्यस्तै अहिले निर्माणाधिन जलविद्युत आयोजनाहरुको लागि चाहिने निर्माण सामाग्री भारतबाट आउने भएका कारण त्यसमा सहजीकरणका लागि पहल गरिदिन पनि भारतीय उर्जा सचिवलाई आग्रह गरेको घिमिरेको भनाई छ। लकडाउनका कारण अहिले सबैजसो निर्माणाधिन जलविद्युत आयोजनाको काम पनि रोकिएको छ। वर्षात अगावै सकिनुपर्ने काम पनि ठप्पप्राय हुँदा त्यसको नकारात्मक असर देखिने कुरालाई मध्यनजर गर्दै सरकारले विकास आयोजनाको कामलाई निरन्तरता दिन भनेको छ। तर निर्माण सामाग्री अभाव हुन नदिने र कामदारको स्वास्थ्य सुरक्षाका विषयमा भने सरकारको ध्यान त्यति पुग्न सकेको छैन।

प्रकाशित मिति: शनिबार, वैशाख ६, २०७७  १०:५४
  • #बुटवल–गोरखपुर
  • #प्रशारण
  • #लाइन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हेमन्त जोशी
जोशी नेपाललाइभका अर्थ बिटमा कार्यरत छन्।
लेखकबाट थप
राजस्व अनुसन्धानले समातेको ७२ मेट्रिक टन गुणस्तरहीन चिनी नष्ट गरिँदै
साइबर सुरक्षामा बैंक-वित्तीय क्षेत्र कति संवेदनशील छ?
आफैंले भोगेको समस्याबाट जन्मिएको ‘फुडमान्डु’
सम्बन्धित सामग्री
रसुवा-नुवाकोटका सडक सम्पर्क पुनर्स्थापित गर्न भारतद्वारा तीन बेलिब्रिज सहयोग भारत सरकारको सहयोगमा प्राप्त प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज शनिबार सडक डिभिजन कार्यालय हेटौंडालाई हस्तान्तरण गरिएको हो। भारतीय दूतावा... शनिबार, भदौ २७, २०८३
भदौभित्रै कृष्णभीरमा यातायात सञ्चालन गर्ने गरी काम तीव्र कृष्णभीरमा पहाड काटेर करिब २५० मिटर नयाँ ट्रयाक निर्माण गर्न १० वटा मेसिन र ३० जना कर्मचारी खटाइएको छ। बिहीबार, भदौ २५, २०८३
भोटेकोशी बाढीपछि पुनर्निर्माणमा सवा ७ खर्ब लाग्ने, ऊर्जामै ३ खर्ब ९० अर्ब राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्ष... बिहीबार, भदौ २५, २०८३
ताजा समाचारसबै
एमालेको केन्द्रीय कमिटीको बैठक बस्दै सोमबार, असोज ५, २०८३
पुवा खोलामा बेलिब्रिज जडान सम्पन्न, आइतबार साँझदेखि यातायात सञ्चालनमा सोमबार, असोज ५, २०८३
तीन वटा संसदीय समितिको बैठक बस्दै सोमबार, असोज ५, २०८३
नक्कली ब्लुबुक बनाउने व्यक्ति ४ राउण्ड गोली लोड भएको पेस्तोलसहित पक्राउ सोमबार, असोज ५, २०८३
कास्कीमा एक महिनामै ५६ जना फरार प्रतिवादी पक्राउ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्