• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, वैशाख ३०, २०८३ Wed, May 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोना भाइरसमाथिको अनुसन्धान नियन्त्रण गर्दै चीन

64x64
नेपाल लाइभ आइतबार, वैशाख ७, २०७७  १०:५०
1140x725

काठमाडाैं- चीन सरकारले कोभिड–१९ बारे गरिएका शाेध निष्कर्षहरुमा नियन्त्रण गर्न सुरु गरेको छ। नेचर जर्नल र केही अनुसन्धानकर्मीका अनुसार विगत दुई महिनायता चीनले वैज्ञानिक शाेध प्रकाशन गर्न पूर्व स्वीकृति लिनुपर्ने नीति चुपचाप कार्यान्वयनमा ल्याइरहेको पाइएको छ।

कम्तीमा पनि दुई चिनिया विश्वविद्यालयले भाइरसको उत्पतिबारे गरिएको अनुसन्धान प्रकाशित गर्न प्रस्तुत गर्नुअघि विश्वविद्यालयको प्राज्ञिक समिति, विज्ञान तथा प्रविधि मन्त्रालय वा शिक्षा मन्त्रालयको अनुमति आवश्यक परेको सूचना प्रकाशन गरेको समाचार मिडियामा आएका थिए। 

कोरोना भाइरसमाथि भएका कमजोर अध्ययनका कारण राज्यले त्यसो गरेको हुन सक्ने चिनियाँ वैज्ञानिकहरुको भनाइ छ। तर यस्ता विषयमा मिडियाले विस्तृत कभर गरेका छन्। धेरैले स्वागत पनि गरेका थिए। तर, केही प्राज्ञिकहरु भने चीनका ती नीति कोराना प्रकोपको सुरुवातबारेका सूचना नियन्त्रण गर्ने चिनियाँ प्रयासकै अंश भएको बताउँछन्।

नयाँ नियमप्रतिको सचेतना कोरोना भाइरसमाथि अनुसन्धान गरिरहेका शोधकर्ताहरु बीचमा मिश्रित छ। नेचरसँग कुरा गरेका केही वैज्ञानिकले यसबारे आफ्नो संस्थामार्फत् सुनेको तर अन्य भने अनभिज्ञ रहको बताए। 

मन्त्रायलहरुले नीतिबारे आफ्नो वेबसाइटमा सूचना जारी गरेको देखिदैन र यसबारे पुष्टि गर्ने नेचरको प्रयत्नको कुनै जवाफ दिएका छैनन्। देश बाहिरका शाेधकर्ताहरु अनुसन्धानको परीक्षणले कोरोना भाइरस नियन्त्रणका लागि सघाउ पुर्‍याउन सक्ने महत्वपूर्ण खोजको प्रकाशनमा ढिलाई हुनेमा चिचिन्त रहेका छन्।

चीन सरकारबाट वैज्ञानिक ‘रिभ्यू’ प्रक्रियामै हस्तक्षेप भएकोमा केही त्रसित पनि छन्। ‘शोधकर्ता र शोध संस्था समान्यरुपमा बिना कुनै निगरानी ज्ञान बाँड्न स्वतन्त्र हुनुपर्छ, यत्ति हो यो हालैको संहिता सम्मेलन र मापदण्डअनुसार संचालित हुनुपर्छ,’ सिंगापुरस्थित ड्यूक एयूएस मेडिकल स्कुलका भाइसरविज्ञ एशले सेन्थ जोन भन्छन्, ‘जहासम्म समीक्षा गर्ने या अनुसन्धानको नै परीक्षण गरिने कुरा छ, त्यो केवल वैज्ञानिक प्रकृतिको हुनुपर्छ।’

गत महिना चिनिया विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियनले भाइरस अमेरिकाबाट आएको हुन सक्ने सनसनी दाबी गरेका थिए। जसले चिनिया सरकारका वक्तव्य विज्ञानद्वारा निर्देशित हुँदैनन् भन्ने चिन्तालाई थप बढाएको थियो। यद्यपि भाइसको ठ्याक्कै उत्पतिबारे केही थाहा छैन्, शोधकर्ताहरु सम्भवतः यो चमेराबाट आयो र गत वर्ष मध्य चीनमा पहिलो व्यक्तिमा फैलिनुअघि जनवारमा फैलियो भन्ने मान्छन्।

‘पेपर ट्राइल’
कोभिड–१९ माथिको सरकारी निगरानी विश्वविद्यालयका निर्देशिकासँगै सुरु भएको देखिन्छ।

nimb
nimb
Ncell 2
Ncell 2

नेचरले प्राप्त गरेको दस्तावेज अनुसार शिक्षा मन्त्रालयले गर्त मार्च १० मा सार्स–कोडिभ–२ भाइरसको उत्पति, यसको प्रसार मार्ग तथा उपचार वा खोपबारे सार्वजनिक रुपमा घोषणा गर्नुअघि मन्त्रालय वा शक्तिशाली राज्य परिषद्‌द्वारा संचालित संयुक्त उन्मुलन तथा नियन्त्रण संयन्त्रबाट अनुमित लिन संस्थाहरुलाई आदेश दिएको छ।

दस्तावेजमा विश्वविद्यालयहरुले भाइसरसम्बन्धी अनुसन्धान सार्वजनिक गर्दा समाज चिन्तित रहेको प्रश्नबारे ख्याल गर्न आवश्यक रहेको उल्लेख गरिएको छ। 

शिक्षा मन्त्रालयले संयुक्त रोकथाम तथा नियन्त्रण संयन्त्रको २५ मार्चको बैठकपछि दोस्रो आदेश जारी गरेको देखिन्छ, जुन चिनिया भाषा केन्द्र पिङकोङ्गमा सार्वजनिक भएको देखिन्छ। अप्रिल ७ मा जारी गरिएको एउटा सूचनामा भाइरसको स्रोतबारे गरिएको अध्यन जर्नल, अखबार वा ब्लगमा प्रकाशित गर्नुअघि विश्वविद्यालयको प्राज्ञिक समिति र शिक्षा मन्त्रालयको विज्ञान तथा प्रविधि विभागबाट अनुमति लिनै पर्ने उल्लेख गरिएको छ। सूचनामा भनिएको छ, ‘प्राज्ञिक समितिले कोभिड–१९ सम्बन्धी सबै अनुसन्धानको ‘प्राज्ञिक मूल्य र सान्दर्भिकताकाे मूल्यांकन गर्नैपर्छ।’

‘आर्काइभ्ड वेबपेज’का अनुसार गत ७ अप्रिलमा सांघाइस्थित फुदान विश्वविद्यालयको स्कुल अफ इन्फरमेशन साइन्स एन्ड टेक्नोलजीको वेबसाइटमा उक्त सूचना पुनः प्रकाशित गरिएको थियो। तर, पछि त्यसलाई हटाइएको थियो। बेलायतस्थित दी अब्जरभर पत्रिकाले त्यस्तै सूचना वुहानको चाइना युर्निभरसिटी अफ जिओसाइन्सेसको वेबसाइटमा पनि प्रकाशित गरिएको र त्यसपछि हटाएको समाचार सार्वजनिक गरेको थियो।

सहयोगी नीति
चीनका धेरै वैज्ञानिकहरु कोभिड–१९ अध्यनको परीक्षण प्रक्रियालाई राम्रो विचार मान्छन्। चिनियाँ विज्ञान प्रतिष्ठानमा कार्यरत संरक्षण जीवविज्ञ एलिस ह्युजेस यसले गलत र सननीपूर्ण अनुसन्धान (जस्तो कि जनवरी २२ मा जर्नल अफ मेडिकल भाइरोलोजीमा प्रकाशित विवादस्पद अनुसन्धान जसले भाइरसको स्रोत सर्प भएको बताएको थियो) प्रकाशन/प्रसारणलाई रोक्ने बताउँछिन्।

उक्त अनुसन्धानलाई वैज्ञानिकहरुले प्रमाण अभाव भन्दै आलोचना गरेको थिए, तर अझैं पनि यसले मिडियामा व्यापक प्रचार पाइरहेको छ।

ह्युसेजले आफ्ना संस्थाका निर्देशकले गत फ्रेब्रुवरीको अन्त्यतिर कोभिड–१९ बारेका अनुसन्धानलाई विज्ञान तथा प्रविधि मन्त्रालयको अनुमति चाहिने बताएकी थिइन्। उनी आफैंले भने यसबारे कुनै आधिकारिक दस्तावेज देखेकी छैनन्। गत मार्चको सुरुतिर उनले आफूसँग विज्ञान प्रतिष्ठान र विज्ञान तथा प्रविधि मन्त्रालयको अनुमति भएको बताएकी थिइन्।

उनी अनुसन्धान प्रकाशनका लागि कुनै ठूलो प्रयत्न गर्न नपरेको बताउँछिन्। ‘हामीले निरन्तर यही प्रक्रियाबाट चीनमा भाइरसको उत्पतिबारे शोधपत्र प्रकाशित भइरहेको देखेका छौं,’ उनी भन्छिन्। 

यो प्रक्रिया सुरु हुनुभन्दा पहिले प्रकोपको उत्पतिबारे शोध प्रकाशित गरेका कुमनिङस्थित युनान विश्वविद्यालयका उदाउँदा जीवविज्ञ झाङ झिग्याङ्ग अनुसन्धानको गुणस्तर र विश्वसनीयता नियन्त्रण गर्नु राम्रो भएको ठान्छन्। उनी भन्छन्, ‘निम्न गुणस्तरका अनुसन्धानले भाइरसविरुद्धको लडाईंका लागि चालिएका प्रयत्नलाई आघात पुर्‍याउन सक्छ।’

तर, यो नीतिबारेको समाचार सबै वैज्ञानिकसम्म पुगेको छैन। ग्वान्जाओस्थित ग्वाङ्डोङ इन्स्टिच्युट अफ एप्लाइड बायोलजिकल रिर्सोसेसका जीव रोग अनुसन्धानकर्ता एवं भाइरसको उत्पतिबारे अध्यन गरिरहेका चेन चीन पिङ शाेध प्रकाशित गर्न मन्त्रालयको अनुमति चाहिने बारे आफूलाई केही नभनिएको बताउँछन्।

केही संस्थाहरु पनि यसप्रति अनभिज्ञ छन्। सुजौंस्थित लिभरपुल विश्वविद्यालयको अनुसन्धान तथा ग्रयाजुयट अध्यनका डीन फि मा कोरोना भाइरससम्बन्धी अनुसन्धानलाई विज्ञान तथा प्रविधि मन्त्रालय वा अन्य सरकारी निकायबाट स्वीकृत प्रात हुनुपर्ने बारे आफूले नसुनेको बताउँछन्। 

कुनसानस्थित ड्युक कुनसान विश्वविद्यालयका कार्यकारी उपकुलपति डेनिस सिमोन कोरोना भाइस सम्बन्धी अध्यनलाई मन्त्रालयको स्वीकृति चाहिने बारे आफ्नो संस्थाले कुनै औपचारिक सूचना प्राप्त नगरेको तर अनुसन्धानकर्मीहरुले यसबारेमा छलफल गरिरहेको बताउँछन्। ‘मानिसहरुले यसबारे सुनेका छन्, तर हाम्रो कार्यालयमा केही पनि आएको छैन्,’ उनले भने। 

सिकागो विश्वविद्यालयमा संक्रामक रोगकी शोधकर्ता सारा कुबे यदी चीनले अनुसन्धानको गुणस्तरभन्दा अन्य कारणले छानविन गर्ने या दबाउने हो भने यो धेरै समस्याग्रस्त हुने बताउँछिन्। देशभरको भाइरस संक्रमणको अवलोकनले सामाजिक दूरी जस्ता हस्तक्षेपको प्रयोगबारे सूचित गरेको उनी बताउँछिन्। ‘यदि अनुसन्धानले पक्षपाती तस्बिर प्रस्तुत गरेको रहेछ भने सार्क–कोडि–२ को अन्यत्रको अध्यनमार्फत् धेरै रेकर्ड  सुधार गर्न सकिन्छ,’ उनी भन्छिन्, ‘तर तोडमोड र ढिलाइ मानव स्वास्थ्यका लागि महंगो पर्न सक्छ।’

(नेचर जर्नलमा प्रकाशित सामग्री नेपाल लाइभका रामकुमार डिसीले अनुवाद गरेका हुन्)

प्रकाशित मिति: आइतबार, वैशाख ७, २०७७  १०:५०
  • #काेराेना

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेसको केन्द्रीय अनुशासन समिति पुनर्गठन
तस्करीलाई छुट दिने प्रहरीमाथि कारबाही हुने आईजीपीको चेतावनी
सभामुखले तोके नीति–कार्यक्रममाथिका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने दिन
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
कांग्रेसको केन्द्रीय अनुशासन समिति पुनर्गठन बुधबार, वैशाख ३०, २०८३
तस्करीलाई छुट दिने प्रहरीमाथि कारबाही हुने आईजीपीको चेतावनी बुधबार, वैशाख ३०, २०८३
सभामुखले तोके नीति–कार्यक्रममाथिका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने दिन बुधबार, वैशाख ३०, २०८३
प्रतिनिधि सभाको सचिवमा प्रकाश अधिकारी नियुक्त बुधबार, वैशाख ३०, २०८३
नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टद्वारा राजीनामा बुधबार, वैशाख ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सभामुखले प्रतिनिधिसभा सचिव हर्कराज राईलाई हटाए मंगलबार, वैशाख २९, २०८३
संसदमा निदाएको भनिएको विषयमा अर्थमन्त्री डा. वाग्लेले दिए स्पष्टीकरण मंगलबार, वैशाख २९, २०८३
सभामुखले तोके नीति–कार्यक्रममाथिका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने दिन बुधबार, वैशाख ३०, २०८३
संघीय सरकारमा मन्त्रालयको संख्या घटाइयो, प्रधानमन्त्री कार्यालयसहित १८ मन्त्रालय रहने बुधबार, वैशाख ३०, २०८३
आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना मंगलबार, वैशाख २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्