एजेन्सी–गत अक्टोबरमा अमेरिकाको डिभी लोटरी भरेकाहरुको नतिजा मे ५ मै आउने भएको छ। कोरोना भाइरसको महामारीका बाबजुद पनि डिभी लोटरीको नतिजा तोकिएको समयमै आउने भएको हो।
गत अक्टोबर २ देखि नोभेम्बर ५ सम्म डिभी लोटरी भरेकाहरुको नतिजा मे ५ मा आउने र उनीहरुले आगामी अक्टोबर १ देखि अमेरिकाको भिसा पाउन सुरु गर्नेछन्।
चालु आर्थिक वर्षका लागि डिभी लोटरी भरेकाहरुले अहिले कोरोनाको महामारीका कारण भिसा पाउनमा समस्या भएको छ। विदेशमा रहेका कैयौं अमेरिकी दूतावास र कन्सुलेटहरुले नियमित भिसा जारी गर्ने कार्य स्थगित गरेका छन्।
कोरोनाको महामारी कम भएपछि विदेशमा रहेका अमेरिकी दूतावास र कन्सुलेटहरुले डिभी लोटरी विजेताहरुलाई भिसा जारी गर्न सुरु गर्ने अपेक्षा गरिएको छ। मे महिनाका लागि ११ हजार ७ सयसम्म केस नम्बर हुनेहरुको भिसा प्रकृया अगाडि बढाउने बताइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।