• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १२, २०८३ Fri, Aug 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

चीनले मात्रै दिन सक्ने भयो अत्यावश्यक स्वास्थ्य सामग्री, सेनाको भूमिका भरिया मात्रै

64x64
रामकुमार डिसी बुधबार, वैशाख ३, २०७७  २१:३८
1140x725
स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई चीन सरकारले उपलब्ध गराएका स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै नेपालका लागि चीनकी राजदूत होउ यान्छी।

काठमाडौं- कोरोना भाइरस (कोभिड-१९) विरुद्ध लड्न अत्यावश्यक स्वास्थ्य सामग्री तत्कालै उपलब्ध चीनले मात्रै गराउन सक्ने भएको छ। चीनले नेपाललाई तत्काल उपलब्ध गराउन सकिने स्वास्थ्य सामग्रीको सूची मंगलबार नेपाललाई बुझाएको छ। परराष्ट्र मन्त्रालयमार्फत् बुझाएको उक्त सूची रक्षा मन्त्रालयमा आइपुगेको छ। 

सरकारले अत्यावश्यक स्वास्थ्य सामग्री खरिदको जिम्मा नेपाली सेनालाई दिएपछि सरकार–सरकार (जिटूजी)विधिमार्फत् सेनाले ५ देशमा पत्र पठाएको थियो। परराष्ट्रमार्फत् भारत, चीन, सिंगापुर, दक्षिण कोरिया र इजरायलसँग स्वास्थ्य सामग्री किन्ने प्रस्ताव पठाएका तत्काल चीनले मात्रै उलपब्ध गराउन सक्ने जानकारी दिएको हो। 

सूचीमा के कति सामग्री छन् भन्ने चाहिँ खुल्न बाँकि छ। प्रधानमन्त्री कार्यालयका सचिव नेतृत्वको कोभिड–१९ क्राइसिस म्यानेटम्यान्ट सेन्टर (सिसिएमसी)मा आएपछि मात्र जानकारी हुने बताइएको छ। 

हाल सिसिएमसीका खटिरहेका रक्षा मन्त्रालयका प्रवक्ता शान्तबहादुर सुनुवारले उक्त सूची आफूहरूकहाँ भने आइनसकेको बताए। ‘रक्षा मन्त्रालयमा होला, त्यो अहिले हामी कहाँ आइपुगेको छैन,’ उनले भने, ‘सूची आइसकेपछि चीनले तत्काल उपलब्ध गराउन सक्ने सामग्री के-के हो भन्ने खुल्छ।’

सेनाले खरिद गर्ने स्वास्थ्य सामग्रीबारे अन्तिम निर्णय प्रधानमन्त्री कार्यालयका सचिव, सेनाका सम्भार रथी र स्वास्थ्य मन्त्रालयका १२औं तहका अधिकृत रहेको सिसिएमसीले गर्ने गर्छ। चीनले आफूले उपलब्ध गराउने स्वास्थ्य सामग्री गोन्जाओमा उपलब्ध गराउने बताएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दियो।

चीनले उपलब्ध गराउन सकिने स्वास्थ्य सामग्रीको सूची सिसिएमसीमा आएर थप छलफल भएपछि मन्त्री परिषद्ले सामग्री खरिद र भुक्तानीको प्रक्रियाबारे अन्तिम निर्णय गर्ने छ। 

भारतले पनि केही स्वास्थ्य उपलब्ध गराउन सकिने जानकारी दिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। तर, भारतले उपलब्ध गराउने स्वास्थ्य सामग्रीका कोरोनाविरुद्ध लड्न चाहिने अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण (पिपिई), एन–९५ मास्क, ग्लोब्स, इन्फ्रारेड थर्मोमिटर, पिसिआर मेसिन लगायत छैनन्। 

यद्यपि भारतले ६० प्रकारका औषधि अनुदानमा दिन सकिने जानकारी दिएको छ। हाइड्रोक्सी क्लोरोक्विनलगायतका औषधि भारतले नेपालसहित १३ देशलाई दिन सक्ने बताएको छ। तर, नेपालले यस्ता औषधिलाई अत्यावश्यक स्वास्थ्य सामग्रीको सूचीमा राखेको छैन।

nimb
nimb

नेपाललाई आवश्यक परेमा त्यस्ता औषधि दिल्लीस्थित नेपाली दूतावासमा नै उपलब्ध गराउन आफूहरु तयार रहेको भारतले जानकारी दिएको छ। सिंगापुरले भने त्यहाँका औषधि उत्पादक कम्पनीको सूची मात्रै पठाएको थियो। औषधी भए/नभएको र उपलब्ध गराउन सकिने/नसकिनेबारे सिंगापुरले केही जानकारी दिएको थिएन। 

कोरोना संक्रमणको मार खेपिरहेको दक्षिण कोरियाले भने तत्काल नेपाललाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन नसक्ने जानकारी त्यहाँस्थित नेपाली दूतावासलाई दिएको छ। इजरायले भने यसबारे कुनै जानकारी अहिलेसम्म दिएको छैन।

सेनाको भूमिका भरिया मात्रै 
सरकारबाट जिटूजी विधिमार्फत् स्वास्थ्य सामग्रीको जिम्मा पाएको नेपाली सेनाको भूमिका भने यसमा भरियाको मात्रै सीमित हुने भएको छ। सिसिएमसी अन्तर्गतको स्वास्थ्य सामग्री व्यवस्थापन समितिले खरिद गर्ने स्वास्थ्य सामग्रीको सूची र लागत टुंग्याएको थियो। उक्त समिति संयोजक स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ छन्। 

उक्त समितिले टुंग्याएपछि रक्षा मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृतिमा मात्रै गत बुधबार ५ देशलाई पत्र पठाइदिन परराष्ट्रलाई आग्रह गरेको थियो। आफ्ना श्रम सहचारी रहेका चीन, र भारतमा मात्रै सेना सक्रिय भएको भएपनि  ती सबै देशमा रहेका नेपाली दूतावास नै औषधी खोज्ने मामिलामा सक्रिय थिए। 

त्यस्तै सामग्री खरिदबारे छलफल गर्न आइतबार  जंगी अड्डामा बैंक बसेपनि मुख्यसचिव लोकदर्शन रेग्मी, रक्षासचिव रेश्मीराज पाण्डे, आपूर्तिसचिव बैकुण्ठ अर्याल, स्वास्थ्यसचिव यादव कोइरालालगायतका गैरसैनिक अधिकारीले चीनसँगको छलफलमा हाबी भएका थिए। 

त्यस्तै गैरसैनिक नेतृत्व परराष्ट्रमन्त्रीले पनि यसमा भूमिका खेलेका छन्। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सोमबार चिनियाँ समकक्षी वाङ् यीसँग टेलिफोन वार्ता गरेर जिटुजीमार्फत् स्वास्थ्य सामग्री किन्न सहजीकरण गरिदिन आग्रह गरेका थिए। जवाफमा चिनियाँ विदेश मन्त्रीले पनि सकरात्मक जवाफ दिएका थिए।

चीनले दिएको स्वास्थ्य सामग्री
पहिलो चरणमा चिनियाँ पक्षबाट केही स्वास्थ्य सामग्री गत चैत १५ गते प्राप्त भएका थिए। नेपाललाई काठमाडौंस्थित चिनियाँ दूतावास र सिचुवानवान प्रान्त सरकारले पहिलो चरणमा सहयोग गरेका थिए।

त्यस्तै निजी क्षेत्र अन्तर्गत व्यापारिक समूहहरु अलिबाला फाउन्डेसन, ज्याक मा फाउन्डेसन, चाइना इन्जिनियरिङ लिमिटेड, सिचुवान होङ्सी ग्रुप र होङ्सी सिमेन्टले पनि सहयोग प्रदान गरेका थिए।

नेपाल वायु सेवा निगमको विमानले चीनको गोन्जाओ पुगेर ल्याएको उक्त सामग्रीमा चिनियाँ दूतावास र सिचुवान प्रदेश सरकारले दिएका एन–९५ मास्क २ हजार, डिस्पोजेबल सर्जिकल मास्क २४ हजार, डिस्पोजेबल मास्क २० हजार, ग्लोब्स ५ सय, इन्फ्रारेड थर्मोमिटर १०० थान, प्रोटेक्टिभ क्लोथ ५ सय ३० र एक थान पोर्टेबल भ्यान्टिलेर लगायत रहेको  थियो।

त्यस्तै अलिबाला फाण्डेसन र  ज्याक्मा फाउन्डेसनले एकलाख एन–९५ मास्क र २० हजार पीसीआर मेसिन पठाएको थियो। चाइना इन्जिनियरिङ लिमिटेड, सिचुवान होङ्सी ग्रुप र होङ्सी सिमेन्टले पनि विभिन्न मेडिकल सामग्री दिएका छन्। त्यस्तै चीनको तिब्बत सरकारले पनि नेपाललाई आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ।

ल्हासास्थित नेपाली महावाणिज्य दूतावासमा शुक्रबार एक कार्यक्रम गरी तिब्बत स्वायत्त क्षेत्र सरकारको तर्फबाट तिब्बत प्रान्तीय परराष्ट्र कार्यालयका महानिर्देशकले नेपालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी थिइन उक्त सामग्री नेपाली महावणिज्य दूत गोविन्दबहादुर कार्कीले बुझेका थिए। 

नेपाली महावाणिज्य दूतावासका वाणिज्य दूत जिम्सन रुम्दाली राईले विभिन्न ६ किसिमका स्वास्थ्य सामग्री नेपाललाई हस्तान्तरण गरेको बताए। स्वास्थ्य सामग्रीमा व्यक्तिगत सुरक्षा उपकरण (पिपिई), पिसिआर टेस्ट किट, पिसिआर मेसिन, एन ९५ मास्क, स्यानिटाइजर र इन्फ्रारेड थर्मो्मिटर छन्।

उक्त सामग्री ल्हासामा नेपाली महावाणिज्य दूतावासलाई हस्तान्तरण गरेको भए तातोपानी भन्सारसम्म तिब्बत सरकारले ल्याउनेछ। त्यहाँबाट चिनियाँ दूतावासले  काठमाडौंमा ल्याएर नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ। 

राईले एक हप्ता जतिमा ती सामग्री नेपाल आइपुग्ने बताए। नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले ट्विटरमा ती समान चाँडै नेपाल आउने उल्लेख गरेकी छन्। नेपालले कोरोना संक्रमणको उपचारका लागि आवश्यक मेडिकल सामग्रीका लागि चीन सरकारलाई आग्रह गरेको थियो। 

कोरोना संक्रमितको उपचारका लागि आवश्यक पर्ने सामग्रीहरुको सूची स्वास्थ्य मन्त्रालयले बनाएपछि सरकारले परराष्ट्र मन्त्रालयमार्फत् चीनलाई पठाएको थियो।

नेपालले चीनसँग २ लाख थान व्यक्तिगत सुरक्षा कवच (पिपिई), भिटिएम एक लाख, एन ९५ मास्क डेढ लाख थान मागेको थियो। त्यसैगरी ल्याबसहितको एम्बुलेन्स १० थान, मोबाइल एम्बुलेन्स ५ थान समेत नेपालले चीनसँग मागेको थियो। 

२४ चैतमा नेपालका लागि चिनियाँ राजदूत याङ्छीले नेपाललाई आवश्यक मेडिकल सहयोग दिन चीनको केन्द्रीय सरकारले तयारी गरिरहेको बताइएकी थिइन्। कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणसम्बन्धी चीनको पहलबारे नेपाली मिडियामार्फत् सोधिएका प्रश्नहरुको जवाफ फर्काउँदै उनले त्यस सम्बन्धमा नेपाल र चीन सम्पर्कमा रहेको बताएकी थिइन्।

‘चिनियाँ सरकारले नेपाललाई सहयोग गर्न सामग्री उपलब्ध गराउने र त्यसका लागि दुवै पक्ष सम्पर्कमा छन्,’ उनको भनाइ थियो, ‘यसैबीच चीनमा केही स्थानीय सरकार र नागरिक समाजले नेपाललाई आवश्क पर्ने सामग्री उठाउन सक्रिय भएर लागेका छन्।’

केही स्थानीय सरकारले प्रदान गरेको पहिलो चरणको सहयोग गत मार्च २९ मा नेपाल आइपुगेको भन्दै राजदूत याङ्छीले सिन्जियाङ स्वायत्त क्षेत्र, युनान प्रान्त र केही चिनियाँ व्यवसायीले पनि नेपाललाई केही मेडिकल उपकरण दिने इच्छा जाहेर गरेको जानकारी गराएकी थिइन्। अहिलेको घडीमा यातायात निकै कठिन भएको भन्दै उनले चिनियाँ दूतवासाले भन्सार पास र यातायातका लागि सबै पक्षसँग समन्वय गर्ने आश्वासन उनको थियो।

प्रकाशित मिति: बुधबार, वैशाख ३, २०७७  २१:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रामकुमार डिसी
नेपाल लाइभका वरिष्ठ संवाददाता डिसी परराष्ट्र, रक्षा तथा राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फर्किएनन् द्वन्द्वकालमै हराएका आफन्त
नेपाली भूमिमा भारतको सडक : दलपिच्छे विज्ञप्ति, नेतापिच्छे बोली
कालापानी : विज्ञप्तिपछिको विकल्प के?
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
फेरि बाढी आउनसक्ने चीनको सूचनापछि धादिङ प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह बिहीबार, भदौ ११, २०८३
अप्पर त्रिशुली हाइड्रोको टनेलमा फसेका ३५० सहित सेनाद्वारा ८८३ जनाको उद्धार बिहीबार, भदौ ११, २०८३
भीषण बाढीका कारण थप पत्रकार परिवारसहित सम्पर्कविहीन : खोजी र उद्धारका लागि माग बिहीबार, भदौ ११, २०८३
रसुवा बाढी : अहिलेसम्म ३८९ शव फेला, सबैभन्दा बढी चितवनमा १३७ भेटिए बिहीबार, भदौ ११, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्