काठमाडौं- अमेरिकामा कोरोना भाइरसको संक्रमितको संख्या ६ लाख ९ हजार नाघेको छ। नेपाली समय अनुसार बुधबार दिउँसो ३ बजेसम्म अमेरिकामा ६ लाख ९ हजार ५ सय १६ जना मानिस संक्रमित भएका छन्।
स्पेनमा संक्रमितको संख्या १ लाख ७४ हजार ६० पुगेको छ। इटालीमा १ लाख ६२ हजार ४ सय ८८ जना मानिस संक्रमित भएका छन्। जर्मनीमा १ लाख ३२ हजार २ सय १० जना मानिस संक्रमित भएका छन् ।फ्रान्समा १ लाख ३१ हजार ३ सय ६२ जना मानिस संक्रमित भएका छन् । युकेमा संक्रमितको संख्या ९४ हजार ८ सय ४५ पुगेको छ।
जोन्स होप्किन्स युनिभर्सिटीको तथ्यंकअनुसार विश्वमा १९ लाख ८६ हजार ९ सय ८६ जना मानिस संक्रमित भएका छन्। कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख २६ हजार ८ सय ५९ पुगेको छ। अमेरिकामा सबै भन्दा बढी मानिसको मृत्यु भएको छ। अमेरिकामा मृत्यु हुनेको संख्या २६ हजार ६४ पुगेको छ।
इटालीमा २१ हजार ६७ जनाको मृत्यु भइसकेको छ। स्पेनमा मृत्यु हुनेको संख्या १८ हजार २ सय ५५ पुगेको छ। फ्रान्समा मृत्यु हुनेको संख्या १५ हजार ७ सय २९ पुगेको छ। युकेमा मृत्यु हुनेको संख्या १२ हजार १ सय ७ पुगेको छ।
विश्वभर ४ लाख ८६ हजार २ सय ४७ जना संक्रमित बिरामी उपचार पछि निको भएर घर फर्किसकेका छन् ।
निको भएर घर फर्किने कुन देशमा कति
चीन - ७७ हजार ८ सय १६
जर्मनी- ७२ हजार ६ सय जना
स्पेन- ६७ हजार ५ सय ४ जना
इरान- ४८ हजार १ सय २९ जना
अमेरिका- ३८ हजार ८ सय २० जना
इटाली- ३७ हजार १ सय ३० जना
फ्रान्स- २७ हजार ७ सय १८ जना
स्विजरल्याण्ड- १४ हजार ७ सय जना
ब्रजिल - १४ हजार २६ जना
अस्ट्रियामा- ८ हजार ९८ सय जना
क्यानाडा- ८ हजार २ सय ३५ जना
बेल्जियम- ७ हजार १ सय ७ जना
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।