काठमाडौं–राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सातै प्रदेशका सभामुखसँग भर्चुअल छलफल गर्दैछन्।
सिंहदरबारस्थित आफ्नै कार्यकक्षबाट अध्यक्ष तिमिल्सिनाले कोरोना भाइरस (कोभिड १९) को जोखीम न्यूनीकरण गर्न सरकारले लिएको नीतिका सन्दर्भमा प्रदेशका सभामुखहरुसँग भर्चुअल छलफल गर्न लागेको संसद सचिवालयले जनाएको छ। छलफल दिउँसो १ बजेलाई तय भएको छ।
भर्चुअल छलफलमा आएका सुझावलाई एकीकृत गरेर सरकारलाई बुझाइने संसद सचिवालयले जनाएको छ।
यसअघि गत सोमबार पनि अध्यक्ष तिमिल्सिनाले राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेता, सचेतक तथा राष्ट्रियसभा अन्तर्गतका ४ वटा समितिका सभापतिहरुसँग भर्चुअल छलफल गरेका थिए। मंगलबार सभामुख अग्निप्रसाद सापकोटाले सात वटै प्रदेशका सभामुख र उपसभामुखसँग टेलिफोन संवाद गरेका थिए।
यस्तै, राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहालले बिहीबार सात वटै प्रदेशका उपसभामुखसँग भर्चुअल छलफल गर्ने तय भएको छ ।
उपाध्यक्ष दाहालले पनि कोरोनाविरुद्ध सरकारले लिएको नीति र प्रदेश तथा स्थानीय तहमा हाल रहेका समस्या र समाधानका उपायका सन्दर्भमा केन्द्रीत रहेर छलफल गर्ने संसद सचिवालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।