काठमाडौं- चीनले दक्षिण पूर्वी एसियाली देशहरु(आसियन)लाई थप १० करोड मास्क र १ करोड थान सुरक्षा कवच दिने भएको छ। आसियनमा सिंगापुर, ब्रुनाइ,मलेसिया, थाइल्याण्ड, फिलिपिन्स, इन्डोनेसिया, भियतनाम, लाओस्, म्यान्मार र कम्बोडिया गरि १० देश छन्।
चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार चिनियाँ प्रधानमन्त्री ली खच्याङले बिहिबार बेइजिङमा यस्तो घोषणा गरेका हुन्। भिडियो कन्फ्रेन्सिङमार्फत मंगलबार बेइजिङले कोरोनाबारे आयोजना गरेको आसियन प्लस थ्री (चीन, जापान र कोरिया)को विशेष सम्मेलनमा लीले यस्तो बताएका हुन्।
ती सामग्री अनुदान र व्यवसायिक दुवै हुने बताइएको छ। उनले चीनले कोरोनाविरुद्ध लड्न सहयोग पुर्याउन स्वाथ्य आपूर्ति र औधोगिक शृंखलामा परिपुरक हुने गरि प्रस्ताव गरेको पनि बताए।
प्रधानमन्त्री लीले चीनले कोभिड–१९ आसियन प्रतिक्रिया कोष बनाएको र आवश्यक सहयोग आसियन–चीन सहकार्य कोषमार्फत गर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।