काठमाडौं- मुस्लिम आयोगले देशभरका मद्रसालाई क्वारेन्टान बनाउन सकिने जानकारी गराएको छ। देशभर मद्रसा रहेको र त्यहाँ भान्सा घर, शौचालय, स्नान कक्ष, बिजुली, खानेपानी आदिको व्यवस्था रहने भएकाले क्वारेन्टाइन बनाउन सकिने आयोगले बताएको छ।
पर्याप्त आकारका मैदान पनि हुने भएकाले मद्रसा क्वारेन्टाइनका लागि उपयुक्त हुने आयोगले बताएको हो। यसमा आयोगले सरकारलाई सहयोग गर्ने समेत उसले बताएको छ।
राज्य विपदमा परेको बेला क्वारेण्टाइन प्रयोजनको लागि आफ्ना मनसा भवन उपलब्ध गराएर सहयोग गर्न चाहने मद्रसा व्यवस्थापन समितिहरुले मुस्लिम आयोगमा यथाशीघ्र सम्पर्क गर्न समेत आयोगले भनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।