काठमाडौं– सरकारले लकडाउन गरेको ३ साता पूरा भइसेकेको छ। चैत ११ गतेबाट सुरु भएकाे लकडाउन तेस्रोपटक समय थप्दै १५ बैशाख सम्म पुर्याइएकाे छ।
यसैबीच नेपाल एयरलाइन्सले मंगलबार चार्टर्ड उडानमार्फत् ब्राजिलयिन नागरिकको उद्धार गरेको छ। नेपाल एयरलाइन्सको एयरबस ३२० मार्फत् ३४ ब्राजिलियन नागरिकलाई दिल्लीको इन्धिरा गान्धी विमानस्थलसम्म पुर्याएको हो।
ब्राजिलियन दूतावासले नेपाल एयरलाइन्सको जहाज चार्टर्ड गरेर ३४ जनाको उद्धार गरेको छ। उद्धारको लागि दिल्ली उडेको जहाज अबको केही समयमा नेपाल फर्कँदै छ।
यसैगरी बुद्ध एयरले एटिआर ४३ जहाजमार्फत् १३ जना बंगाली नागरिकलाई पनि मंगलबार (आज) उद्धार गरेको छ। बंगाली नागरिक बोकेर बंगलादेश गएको बुद्ध एयरको जहाज पनि आजै नेपाल फर्कने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।