• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

किन बन्द गर्नु हुँदैनथ्यो सेयर बजार? 

बोर्ड, नेप्से र सिडिएससीको कमजोरी लुकाउन लगानीकर्ताको साथ 
प्रकाश तिवारी बिहीबार, वैशाख ४, २०७७  १७:२३
1140x725

काठमाडौं- सरकारले बैसाख १५ सम्म लकडाउन लम्ब्याएको छ। १५ गते लकडाउन सुरु भएको ३४ दिन पूरा हुनेछ। लकडाउनका बेला धेरै व्यापार व्यवसाय बन्द भएको विदितै छ। तैपनि बैंकिङ सेवा सञ्चालन गर्न सरकारले प्रोत्साहन गरिरहेको छ। डिजिटल कारोबार बढेको पनि छ। 

लकडाउनका बेला सेयर बजार भने बन्द छ। लकडाउनकै कारण सेयर बजार बन्द गरिहाल्नुपर्ने अवस्था थिएन। प्रश्न उठ्न सक्छ, सेयर बजार किन बन्द गर्नु  हुँदैनथ्यो? यसको उत्तर पनि छ, सेयर बजार चाहिनुको प्रमुख कारण तरलता ‘लिक्वीडिटी’ र पुँजी निर्माणका लागि हाे।

सेयर बजार बन्द हुने बित्तैको यसको ५० प्रतिशत मर्म सकियो। लगानीकर्ताका संघ/संगठनहरु बजार बन्द गर्नुपर्छ भन्दै नेप्से र बोर्डमा जान हतारो गर्नु हुँदैनथ्यो। यस्ता संघ संघठनले बजार बन्द गर्नुपर्छ भन्ने होइन। लगानीकर्ताले जहिले पनि बजार खोल्नुपर्छ भन्ने हो।

लकडाउन हुँदै गर्दा राफसाफ गर्न गाह्रो थियो, पूर्ण रुपमा पैसाको कारोबार गर्न अनलाइन छैन। यी कारण देखाएर बजार बन्द गरिएको भए यसमा कसैको आपत्ति थिएन।  

कतिपय ठूला लगानीकर्ताहरुले मनोबल कमजोर हुने र बजार घट्छ भन्दै बन्द गर्नुपर्छ भनेका थिए। बजार बढ्छ या घट्छ भन्ने लागेर बन्द गर्नु आफैंमा गलत हो। कोरोनाको कारणले बजार चल्नै नसक्ने भयो भनेर बन्द गर्नुलाई अस्वभाविक मान्न सकिदैन। विभिन्न कारणले बजार बन्द हुन सक्छ तर घट्छ भन्ने लागेर बन्द गर्नु  हुँदैनथ्यो। 

लकडाउन हुँदै गर्दा राफसाफ गर्न गाह्रो थियो, पूर्ण रुपमा पैसाको कारोबार गर्न अनलाइन छैन। यी कारण देखाएर बजार बन्द गरिएको भए यसमा कसैको आपत्ति थिएन।  

यदि बजार बन्द नगरिएको भए नेप्सेको अनलाइन प्रयोगकर्ता सोचेभन्दा धेरैले बढ्थ्यो। बजार खुल्दै गर्दा सकारात्मक र नकारात्मक दुवै प्रभाव पर्थ्यो। बजार खुलेपछि सम्बन्धित निकायलाई बजार मात्रै अनलाइन गराएर नहुँदो रहेछ बैंक र डिम्याटलाई पनि पूर्ण रुपमा इन्ट्रिगेट गर्नु पर्ने रहेछ भन्ने दबाब सिर्जना हुन्थ्यो।

लगानीकर्ता तथा अन्य निकायबाट सेयर बजारलाई पूर्ण रुपमा डिजिटल बनाउने अवधारणाले आवाज पाउँथ्यो। कारोबार हुन नसक्नुको पछाडि नेप्से र सिडिएससीको प्रणालीमा कमजोरी भएर हो। त्यस्तै नेपाल धितोपत्र बोर्डले अनलाईन कारोबारका लागि पर्याप्त कानुन नबनाएर हो। बजार बन्द गर्नुपर्छ भन्दै गर्दा यी निकायको कमजोरीका विषयमा आवाज उठाइएन। बजार बन्द भएपछि सबै लगानीकर्ता चुप लागेर बसेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

बजार बन्द गराउन विभिन्न कारण प्रस्तुत गरिएका छन्। पहिलो कारण अनलाइनबाट मात्रै कारोबार गर्दा दुईचार जनाले मात्र बजारलाई चलाउछन् भनियो। सबैले अनलाइन प्रणाली नलिएको हुँदा २०/५० जनाले बजार चलाउछन् भन्नु सरासर गलत हो। यहाँ कसलाई अनलाइन लिनको लागि रोकिएको छ र? 

दोस्रो कारण यस्तो समयमा टाठाबाठाले सेयर किनेर बाहिरिन्छन् भनियो। उपयुक्त समयमा बेच्ने र उपयुक्त समयमा खरिद गर्ने व्यक्ति स्मार्ट लगानीकर्ताले हो। यस अवस्थामा धेरै लगानीकर्ता डुब्छन् भन्नु अर्को गलत कारण प्रस्तुत गरिएको छ। हिजोका दिनमा थोरै लगानीकर्ता हुँदा पनि निर्मल प्रधानजस्ता व्यक्तिहरुको हातमा बजार थियो। त्यसपछि कयौं लगानीकर्ताहरु आए। जोसुकैले जस्तोसुकै अवस्थामा पनि खेल्न सक्छन्।

बजार चलिरहेको भए कुन कारणले हामी पूर्ण स्वचालित भएका थिएनौं ती सबै कुरा छर्लङ्ग हुन्थे। कुनकुन कानुन नपुगेर काम गर्न सकिएको रहेनछ भन्ने थाहा हुन्थ्यो। 

अहिले पनि केही लगानीकर्ता छन्, जसले बजारलाई केही हदसम्म चलाउन खोज्छन्। हिजो बजारमा आफ्नो दबदबा राख्नेहरु आज डुब्लान्। आज बजार चलाउन खोज्नेहरु भोलिका दिनमा डुब्लान्। यही नै शेयर बजारको सुन्दरता हो। यहाँ जोखिम लिएर लगानी गर्ने हो। बजारमा आउने जाने क्रम चलिरहन्छ त्यसैले केही लगानीकर्ताले बजारलाई नै चलायमान बनाउछन्। यस्ता कारणले बजार प्रभावित हुन्छ भन्नु सैद्धान्तिक रुपमा गलत छ। 

Xtrem

Xtrem

विश्वव्यापी रुपमा बजारमा नयाँनयाँ अवधारणा आएका छन्। कसैले सर्किट ब्रेकरको समयमा परिवर्तन गरेका छन्। सबैले बजार कसरी चलाउन सकिन्छ त्यहीअनुसार नियम कानुन परिवर्तन गरिरहेका छन्। कारोबार समय आवश्यकता अनुसार थपघट गरिरहेका छन्। 

यस अवधिमा पैसा नहुनेले शेयर बेचेर हिँड्लान्। पैसा हुनेले सस्तोमा शेयर उठाउने अवसर पाउलान्। बजार चलिरहेको भए कुन कारणले हामी पूर्ण स्वचालित भएका थिएनौं। ती सबै कुरा छर्लङ्ग हुन्थे। कुनकुन कानुन नपुगेर काम गर्न सकिएको रहेनछ भन्ने थाहा हुन्थ्यो। 

अहिले नेपालको बजार किन बन्द भयो भनेर सोधियो भने केही लगानीकर्ता र ब्रोकर मिलेर बन्द गराइदिए भनिन्छ। अबका दिनमा नेप्सेले मेरो कमजोरीका कारणले बजार बन्द भयो भनेर स्वीकार नै गर्दैन। 

लगानीकर्ताहरु 'बजार बन्द गरिदेऊ' भन्दै नेपाल धितोपत्र बोर्ड गए। यससँगै धितोपत्र बोर्डलाई पनि यो-यो कारणले बजार बन्द भयो। अब सुधारका काम गर्नु पर्छ भनेर सक्रिय रुपमा भुमिका खेल्ने वातावरण नै बनेन। यदि बजार खुला भएको भए केही मात्रै कारोबार हुने थियो होला। तर बोर्ड र नेप्सेले आफ्ना कमजोरी हेरेर सुधार गर्ने अवसर पाएनन्।  

यदि सबै कुराको सुनुवाइ भएमा सूचक एक हजारकै अंकमा झर्दा पनि भोलिका दिनमा सम्पूर्ण कम्पनीको मूल्यमाथि जान सक्थ्यो। तर अहिले एक डेढ सय अंकले सूचक घट्छ भन्ने डरले बन्द गराइएको छ। 

सेयर बजारमा ठूलो लगानी भित्र्याउने, एनआरएन ल्याउने भनेर ठूला कुरा गर्ने तर बजार एक डेढ सय अंकले घट्छ भन्ने लाग्ने बित्तिकै बन्द गर्ने बजारमा कसले लगानी गर्छ? म आफै पनि बजारमा शतप्रतिशत लगानी गर्न सक्दिनँ। किनभने कुनै पनि बेलामा बजार बन्द गर्न सकिँदो रहेछ नि त! 

यसरी नै चल्दै गयो भने बजार विकसित हुन सक्दैन। यस्तो क्षेत्रमा मेरो करिअर छ भनेर कसरी सोच्ने? अनि कुन चाहिँ लगानीकर्ताले शेयर बजारमा आफ्नो करिअर बनाउन खोज्छ। जुनसुकै बेलामा बन्द हुन सक्ने बजारमा फुलटाइम लगानीकर्ता हुन सकिँदैन। यस क्षेत्रमा करिअर बनाउन सकिन्छ भन्ने अवधारणाको विकास नभएसम्म यसरी नै बजार चलिरहन्छ तर सुधार हुँदैन। 

बजार खोलेर केही फाइदा छैन तर के हो भने बजारमा जुन किसिमको सन्देश गयो र जुन किसिमका कमजोरी देखिएको थियो त्यो समाधान हुन सकेन। अहिले बजार चल्दा बोर्ड, नेप्से र सिडिएससीलाई धेरै प्रश्न आउथे। त्यसले उनीहरुलाई समाधान गर्न घचघच्याउँथ्यो। 

कतिपयले नेपालको बजारलाई विदेशी बजारसँग तुलना गर्न मिल्दैन भन्छन्। के त्यसो भए संसारकै सबैभन्दा खत्तम शेयर बजार हाम्रै हो त? यदि २ सय वटा स्टक मार्केटमध्ये १ सय वटा बन्दको अवस्थामा भैदिएको भए हामीलाई प्रश्न गर्न सक्ने ठाउँ हुन्थेन। दुई चार वटा स्टक मार्केट बन्द छन् भनेर हाम्रो पनि बन्द गर्नुपर्छ भन्नु कति उचित?

यदि बजार घट्छ भनेर बन्द गरिएको हो भने सरासर गलत हो। 

अर्को प्रश्न पनि छ, सबैभन्दा काम नलाग्ने स्टक मार्केट हाम्रै हो त? कि त हाम्रो शेयर बजारमा कुनै पनि पूर्वाधार छैन भनेर स्वीकार गर्नु पर्‍यो। विश्वकै सबैभन्दा खत्तम शेयर बजार हाम्रै हो। अब अन्य देशले पनि बन्द गर्छन् भन्नु पर्‍यो। डिजिटल पनि नभएका कतिपय देशको शेयर बजार बन्द छैनन्।

भारतमा हाम्रो भन्दा पनि क्रिटिकल अवस्था छ। तर त्यहाँ कारोबार भइरहेको छ। हाम्रोमा आज पनि बजार खुल्ने हो भने जसले पनि कारोबार गर्न सक्छ। अहिलेको सबैभन्दा ठूलो समस्या राफसाफमा डिजिटलाइज नभएर हो। यदि कारोबार सुचारु भएको भए सिडिएससीलाई डिजिटलाइज बनाउने दवाव सिर्जना हुन्थ्यो। 

हाम्रोमा कोरोनाको ठूलो असर परेको छैन। तर हाम्रो अर्थतन्त्र अन्य देशमा भर पर्ने भएकाले डराएर बन्द गरिएको हो। यसरी नै डराइरहने हो भने कहिलेसम्म बन्द गरिरहने? यदि बजार घट्छ भनेर बन्द गरिएको हो भने सरासर गलत हो। 

लगानीकर्तालाई धेरै घाटा हुन्छ भन्ने तर्क ठीक होइन। तर सिडिएसीले राफसाफ गर्न नसकेर हो भने तर्कसंगत छ। यदि त्यसो हो भने सिडिएससीले कहिलेसम्ममा अनलाइनबाटै राफसाफ गर्न सक्छ। यसको उत्तर चाहियो। के कारणले सकिएको छैन? सफ्टवेयर नभएर हो या अरु के के कारण छन्। यो बेला सरकारसँग सफ्टवेयर चाहियो र यी यी कानुन बनाउनु पर्‍यो। त्यस पछि मात्रै सक्छौं भन्दा पूरा हुन सक्थ्यो। 

नेप्से, बोर्ड र सिडिएससी बजार बन्द भयो। अब हामीलाई आनन्द भयो भनेर बसिरहेका छन्। उनीहरुमा के गर्‍यो भने बजार खुल्न सक्छ भन्ने सोचको विकास हुनै सकेन। फोकटमा हामीले २२ दिन बजार बन्द गर्‍यौं। अझै पनि बजार खुला गर्ने हो भने केही बिग्रँदैन। योपाली कोरोनाको कराण देखाएर बजार बन्द भयो। अहिले पनि चुप लागेर बस्ने हो भने भोलिका दिनमा अर्को कुनै पनि कारणले बजार बन्द हुने अवस्था आउन के बेर?

अत: बजार बन्द भएसँगै बजारको सुन्दर र आवश्यक कामहरु सबैमा पूर्णविराम लागेको छ। कोरोनाको डर सबैलाई छ। मार्केट खोलेर लकडाउनको उल्लङ्घन गरौं, आफ्नो ज्यानको बाजी राखेर कारोबार गर्न जाउ भन्ने होइन। घरबाट नै बसीबसी जे समस्या हुँदा नि काम हुन सक्ने मार्केट बन्नु महत्वपूर्ण हो।

एक दुई सय अंकले बजार घट्छ भन्ने डरले गर्दा नेप्सेले बजार बन्द गर्नु हुँदैन थियो। बजार सधैं जोखिम लिनेहरुका लागि हो भन्दै खुला गर्नु पर्ने थियो। आज एक दुई सय अंकले घट्छ भन्ने डरले भोलि एक हजार नगुमोस्।

प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०७७  १७:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
पूर्वबाट पश्चिम सर्दै वर्षा प्रणाली, ३८ जिल्लामा बाढीको जोखिम
२४ घण्टामा सबैभन्दा बढी वर्षा पाल्पाको अर्चलेमा, २०५.२ मिलिमिटर मापन
ट्रम्पले दिए सीलाई राजकीय भोज, मस्क–बेजोसदेखि जेन्सेन हुआङसम्म सहभागी
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
पूर्वबाट पश्चिम सर्दै वर्षा प्रणाली, ३८ जिल्लामा बाढीको जोखिम शुक्रबार, असोज ९, २०८३
२४ घण्टामा सबैभन्दा बढी वर्षा पाल्पाको अर्चलेमा, २०५.२ मिलिमिटर मापन शुक्रबार, असोज ९, २०८३
ट्रम्पले दिए सीलाई राजकीय भोज, मस्क–बेजोसदेखि जेन्सेन हुआङसम्म सहभागी शुक्रबार, असोज ९, २०८३
महेन्द्र राजमार्गको रजैया क्षेत्रमा पहिरो, प्रहरी टोली घटनास्थलमा शुक्रबार, असोज ९, २०८३
एमाले कार्यालय च्यासलमा अवलोकनको लागि पुगे गृहमन्त्री गुरुङ शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्