• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

२०७६ मा वित्तीय क्षेत्र : बिग मर्जरदेखि एटिएम ह्याकसम्म

64x64
अरुण सापकोटा सोमबार, वैशाख १, २०७७  ०९:५६
1140x725

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीको बैंक खाता खोल्ने अभियानसहित २०७६ सालको सुरुवात गरेका थिए। सबै नेपालीको बैंक खाता खोल्ने अभियानमा एक लाख ६० हजारले नयाँ बैंक खाता खोलेका छन्।

गत वैशाखमा दुई करोड ७३ लाख बैंक खाता थिए। एक वर्षको अवधिमा तीन करोड १५ लाख पुगेको छ। 

सुरुवाती अवस्था धेरै उत्साहजनक भए पनि अन्तिम २० दिनको लकडाउनले समग्र बैंकिङ क्षेत्रमा चुनौती थपिएको नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहाल बताउँछन्। बैंकिङ क्षेत्रमा मात्रै नभई अर्थतन्त्रका अन्य क्षेत्रहरु समेत समस्यामा परेको हुँदा सबैजना मिलेर जानुपर्ने अवस्था आएको उनले बताए। 

असल नियमले काम गर्दा पनि जेल जानुपर्ने घटनाले यस वर्ष सबैभन्दा धेरै बैंकरहरु त्रसित देखिए। नक्कली धितोमा कर्जा दिएको आरोपमा बैंक अफ काठमाडौंका पूर्व प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठलाई प्रहरीले पक्राउ गरिएको थियो। असल चरित्र भएको व्यक्ति अरुको बदमासीले जेल जानुपर्ने अवस्थाले बैंकरहरुको मनोबल गिर्ने अवस्था सिर्जना भएको अध्यक्ष दाहाल बताउँछन्। 

यस वर्ष सबैभन्दा धेरै चर्चा बैंकहरुको मर्जरले बित्यो। एउटा बिग मर्जरसहित केही मर्जर सफल भए। नेपाल राष्ट्र बैंकको संख्या घटाउने अभियानमा धेरै बैंकहरुले प्रतिबद्धता दिए पनि उनीहरुले आफ्नो प्रतिबद्धता भने पुरा गरेनन्। 

चालु आर्थिक वर्षको मौद्रिक नीति तथा बजेटमै बैंक तथा वित्तीय संस्थाहरुको संख्या घटाउने व्यवस्था गरियो। नेपाल राष्ट्र बैंकले मर्जरमा जाने बैंक तथा वित्तीय संस्थाहरुलाई धेरैवटाको सुविधाको कार्यक्रम ल्यायो। यही सुविधाको उपभोग गर्न केही बैंकहरुले साना वित्तीय संस्था तथा विकास बैंक खरिद गरे।

वर्षको सुरुवाती दिनमै लक्ष्मी बैंक र एभरेष्ट बैंकको बिग मर्जरले समग्र बैंकिङ क्षेत्र तरङ्गित भयो। तर यो हल्ला सत्यतामा परिणत हुन भने सकेन। त्यस्तै वैशाख पहिलो सातामा प्राइम र ओम डेभलपमेन्ट बैंक मर्जरको सहमति भाँडिएको थियो। यो असफलताले अर्का दुईवटा मर्जर भए। 

प्राइमसँग भाँडिएपछि ओम डेभलपमेन्ट बैंक एनएमबी बैंकसँग गाभियो। एउटा असफलतापछि प्राइमले मुक्तिनाथ विकास बैंकलाई गाभेर शाखा सञ्जालदेखि समग्र सूचकमा आफूलाई सुधार गर्न सफल देखियो।  

Ncell 2
Ncell 2
nimb
nimb

यसै अवधिमा जनता बैंक र ग्लोबल आइएमई बैंकको सफल बिग मर्जरले बैंकिङ क्षेत्रमा सबैभन्दा ठूलो बैंक बन्यो। ग्लोबल आइएमई बैंकले जनता बैंकलाई असार २० गते गाभ्ने सहमति गरेको थियो। यो मर्जर करीब ६ महिनामा टुङ्गियो। 

नेपाल इन्भेष्टमेन्ट बैंकले जेविल्स फाइनान्सलाई खरिद गरेर नेपाल राष्ट्र बैंकले मर्जरका लागि दिएको सुविधा उपभोग गर्‍यो। यस्तै सुविधाका लागि देवः विकास बैंकले वेष्ट्रन डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेको थियो। यसैका लागि सुरुमा ग्लोबल आइएमई बैंकले हाथवे फाइनान्सलाई किनेको थियो।   

सानतिना मर्जर हुने क्रममा केही विकास बैंक तथा वित्त संस्थाहरु र लघुवित्तको मर्जर भए। असोज २७ गते शाइन रेसुङ्गासँग भार्गव विकास बैंक र पूर्णिमा विकास बैंक गाभिएर एकिकृत कारोबार सुरु भयो। 

जेठ ८ गते मर्जरको क्रममा रहेकै तिनाउ र मिसन डेभलपमेन्ट बैंकले अर्को कम्युनिटी डेभलपमेन्ट बैंकलाई गाभ्ने सहमति गरेका थिए। हाल यो मर्जर सफल भइसकेको छ। यसै वर्ष प्राइम कमर्सियल बैंकले कन्काई डेभलपमेन्ट बैंकलाई पनि खरिद गर्‍यो। सप्तकोशी डेभलपमेन्ट बैंक र कावेली विकास बैंकले असारमा मर्जरको सहमति गरे। 

Xtrem

Xtrem

मंसिर १० गते वमी र नागरिक लघुवित्त गाभिने सहमति गरेका थिए। त्यस्तै वैशाख ३१ गते मिर्मिरे लघुवित्त नागवेली लघुवित्त र किसान लघुवित्तले एक आपसमा गाभिने संझौता गरेका थिए। जेठ १० गते साधना लघुवित्त र आर्थिक समृद्धि लघुवित्त एक आपसमा गाभिने सहमति गरे। यो सहमति असार ३० गते एकिकृत कारोबारसहित टुङ्गियो। 

त्यस्तै सारथी लघुवित्त र सत्यवती लघुवित्त एक आपसमा गाभिएका छन्। असार १९ गते त्रिलोक लघुवित्त र सूर्योदय लघुवित्त एक आपसमा गाभिने सहमति गरे। उन्नति र सहकार्य लघुवित्तले साउन ९ गते मर्जरका लागि हस्ताक्षर गरेका थिए। लघुवित्त बैंकर्स संघले मर्जरको ठूलो सूची नेपाल राष्ट्र बैंकमा बुझाए पनि उसले आफ्नो सहमति कार्यान्वयन गर्न सकेन।  

हिमालयन बैंकसँग २६ वर्षको सहयात्रा गरेको पाकिस्तानको हबिब बैंक बाहिरिएको छ। हबिबको सेयर कमनवेल्थ डेभलपमेन्ट कर्पोरेसन ‘सिडिसी’ले लिएको छ। हबिबसँग हिमालयन बैंकको २० प्रतिशत सेयर थियो। 

भदौ १५ गते चिनियाँ नागरिकले नेपाली बैंकहरुको एटिएम ह्याक गरी पैसा लुटेका थिए। यससँगै बैंकिङ क्षेत्रको सुरक्षाको विषयले ठूलो चर्चा पायो। कृषि विकास बैंकको कर्मचारीकै मिलेमतोमा चार करोड रुपैयाँ लुटिएको घटनाले पनि बैंकिङ सुरक्षामा चनाखो हुनुपर्ने अवस्था आएको छ।

नेपाल सरकारले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई सम्पत्ति सुद्धिकरणलगायतका विभिन्न आरोप लगाएर बर्खास्त गरेको थियो। उनिमाथी लागेका आरोप पुष्टि नभएको भन्दै उनलाई पछि पुनः पदबहाली गराइएको थियो। 

यस वर्ष आफ्नो कार्यकाल पूरा गरी गभर्नर चिरञ्जिवी नेपाल बिदा भए। ढिलै भए पनि सरकारले चैत २४ गते महाप्रसाद अधिकारीलाई गभर्नरमा नियुक्त गरेको छ। 

ब्याजदरका लागि नेपाल राष्ट्र बैंकको कदम तर तरलताको दबाब कायमै
गत वर्ष व्यवसायीहरुले उच्च ब्याजदरको विरोध गर्दै विरोध र्‍याली नै आयोजना गरे। त्यसपछि नेपाल राष्ट्र बैंकले विभिन्न नीति निर्देशन जारी गर्‍यो। स्प्रेडदर घटाउनुका साथै गणना विधि नै परिवर्तन गर्‍यो। परिणाम पछिल्लो समय बैंकहरुको आधार ब्याजदर नै घटिरहेको छ। 

एक वर्षको अवधिमा बैंक निक्षेप ४ खर्बभन्दा माथिको सुधार भएको छ। वर्षको सुरुवातमा निक्षेप संकलन ३१ खर्ब ५४ अर्ब रुपैयाँ थियो। हाल ३५ खर्ब नाघेको छ। त्यस्तै कर्जा लगानी २८ खर्ब ३० अर्ब रुपैयाँबाट बढेर ३१ खर्ब ८९ अर्ब रुपैयाँ पुगेको छ। 

ब्याजदर घटे पनि बैंकहरुमा तरलताको दबाब भने घट्ने सकेको थिएन। कोरोनाको कारणले कर्जाको माग आउन नसक्ने प्रक्षेप गरिएपनि चालु आर्थिक वर्षको ८ महिना १० दिन उल्लेख्य मात्रामा कर्जा प्रवाह भएको नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्मा बताउछन्। 

नेपाल राष्ट्र बैंकका कदम
यस वर्ष नेपाल राष्ट्र बैंकले दर्जनौं निर्देशन तथा सर्कुलर जारी गर्‍यो। बैंकहरुले विभिन्न उपहारको स्किम ल्याएर निक्षेप तानातान गर्न थालेपछि नेपाल राष्ट्र बैंकले वैशाख २६ गते निर्देशन जारी गर्दै यस्तो नगर्न निर्देशन जारी गर्‍यो। निक्षेप तान्न बैंकहरुले कार‚ सुन/चाँदीको सिक्कालगायतको उपहार दिँदै आएका थिए। 

निक्षेप तानातान रोक्न नेपाल राष्ट्र बैंकले वैशाख २९ गते एउटा निर्देशन जारी गर्दै ९० दिनभन्दा कमको मुद्दती निक्षेप संकलन गर्न नपाउने व्यवस्था गर्‍यो। बैंकहरुले निक्षेप तान्न ७ दिन अवधिको समेत मुद्दती निक्षेपको स्किम ल्याउन थालेका थिए। कतिपय बैंकहरुले मुद्दती निक्षेप समेत ग्राहकले चाहेको बेलामा झिक्न पाउनेगरी स्किम बनाउन थालेका थिए। 

नेपाल राष्ट्र बैंकले जेठ ६ गते एउटा निर्देशन जारी गर्दै सम्पुर्ण एटिएम मेसिनमा नेपाली भाषा पनि प्रयोग गर्नुपर्ने व्यवस्था गरेको थियो। यस व्यवस्थासँगै अहिले सम्पुर्ण बैंकहरुले आफ्नो एटिएम मेसिनमा नेपाली भाषालाई समेत राख्ने गरेका छन्। 

चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत सम्पुर्ण वाणिज्य बैंकहरुले चुक्ता पुँजीको २५ प्रतिशत ऋणपत्र निष्काशन गर्नैपर्ने व्यवस्था गरेको थियो। यही व्यवस्थाअनुसार १४ वटा बैंकले मात्रै यसको पालना गरेका छन्। 

मौद्रिक नीति मार्फत बैंकहरुले सहायक कम्पनी मार्फत सेयर ब्रोकरको काम गर्न पाउने व्यवस्था गरेको थियो। यसै व्यवस्थाअनुसार १५ वटाभन्दा बढी बैंकहरु ब्रोकर लाइसेन्सको लागि तयारी अवस्थामा छन्। तर यस विषयलाई अहिले अर्थसमितिको नाममा अड्काएर राखिएको छ। 

नेपाल राष्ट्र बैंकले साउन २० गते एउटा निर्देशन जारी गर्दै बैंकको प्रमुख कार्यकारी अधिकृतको उमेर हदको व्यवस्था गरेको थियो। उक्त व्यवस्थाअनुसार ६५ वर्षभन्दा बढि उमेर भएका व्यक्ती बैंकको सिइओ हुन नपाउने बनाएको छ। त्यस्तै सञ्चालकको उमेर हद ७० वर्ष तोकिएको छ। 

चैत ११ गतेदेखि नेपाल सरकारले कोरोना रोकथामका लागि लकडाउन गरेको छ। त्यसयता सम्पुर्ण आर्थिक गतिविधि ठप्प छ। लकडाउनकै अवधिमा पनि बैंकहरुले सर्वसाधारणलाई वित्तीय सेवा प्रदान गर्दै आएका छन्। लकडाउनले पुर्‍याएको क्षति न्यूनीकरणका लागि नेपाल राष्ट्र बैंकले १९ बुँदे राहत सुविधा प्रदान गरेको छ। 

राष्ट्र बैंकले चैत मसान्तभित्रमा ब्याज र कित्ता तिर्नेलाई १० प्रतिशत छुट गर्ने व्यवस्था व्यवहारिक नभएको दाहालको तर्क छ। यस अवधिमा ब्याज तिर्न सक्नेहरु राम्रै व्यापार व्यवसाय गर्ने हुन्छन्। यसको सट्टा वास्तविक रुपमै मर्कामा परेका ऋणीको पहिचाहन गरि छुटको स्किम ल्याएको भए सान्दर्भिक हुने उनको तर्क छ।

वर्षको अन्तिम समयमा देखा परेको संकट भोलिका दिनमा अझै कति समयसम्म लम्बिने हो टुङ्गो छैन। यसले के कस्ता क्षेत्रमा असर पुर्‍याएको छ भन्ने यकिन तथ्याङ्क आउन बाँकी छ। नव नियुक्त गभर्नर अधिकारीले अहिलेको अवस्थामा भएको क्षतिको मूल्याङ्कन गरेर मात्रै बैंकिङ क्षेत्रमा चाल्नुपर्ने कदम अगाडि बढाउने बताएका छन्। 

यस्तो संकटको घडिमा बैंकिङ क्षेत्रले नाफा घाटाको कुरा गर्नेभन्दा पनि अर्थतन्त्रका सबै पक्षलाई सबल बनाउने गरी अगाडि बढ्नुपर्ने दहाल बताउँछन्। पछिल्लो २० दिनको अन्योलताले आगामी वर्षमा अझ के कस्तो असर पर्छ भन्ने अन्योलता भने देखिएको छ। 

प्रकाशित मिति: सोमबार, वैशाख १, २०७७  ०९:५६
  • #वित्त

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
पूर्वबाट पश्चिम सर्दै वर्षा प्रणाली, ३८ जिल्लामा बाढीको जोखिम शुक्रबार, असोज ९, २०८३
२४ घण्टामा सबैभन्दा बढी वर्षा पाल्पाको अर्चलेमा, २०५.२ मिलिमिटर मापन शुक्रबार, असोज ९, २०८३
ट्रम्पले दिए सीलाई राजकीय भोज, मस्क–बेजोसदेखि जेन्सेन हुआङसम्म सहभागी शुक्रबार, असोज ९, २०८३
महेन्द्र राजमार्गको रजैया क्षेत्रमा पहिरो, प्रहरी टोली घटनास्थलमा शुक्रबार, असोज ९, २०८३
एमाले कार्यालय च्यासलमा अवलोकनको लागि पुगे गृहमन्त्री गुरुङ शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्