एजेन्सी-चेक गणतन्त्रका नागरिकहरु अहिले जिम र साइक्लिङका लागि घर बाहिर निस्कन थालिसके। उनीहरु अहिले टेनिस खेल्छन्, अनि स्विमिङ्ग पनि गर्छन्।
इस्टर उत्सवपछि साना पसलहरु खोल्ने योजनामा छ अस्ट्रिया। डेनमार्कले आगामी साताबाट किन्डरगार्टन स्कुल खोल्दैछ। नर्वेमा पनि आगामी साताबाट बालबालिका किन्डरगार्टनमा फर्कदै छन्।
यी तिनै देश हुन् जो कोरोना भाइरसको बढ्दो संक्रमणले लकडाउनमा परेका थिए। चीनमा कोरोना भाइरसको संक्रमण सुरु हुँदा अन्य देशहरु पर्ख र हेरको रणनीतिमै हुँदा यी देशले कोरोना संक्रमणविरुद्धको लडाइँका लागि तयारी गरिसकेका थिए। उनीहरुले बेलैमा लकडाउनको निर्णय गरे, अनि सामाजिक दूरी कायम गराए।
चीनको वुहानबाट सुरु भएको कोरोना संक्रमण जब युरोपका अन्य देशमा भित्रिन थाले त्यो बेलासम्म यी देशले आवश्यक सतर्कता सबै अपनाइसकेका थिए। अहिले युरोप र अमेरिकाका देशहरु कोरोना संक्रमणको उच्चतम विन्दुमा पुग्दा यी देशहरु भने सामान्य दैनिकीमा फर्कने तयारीमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।